Daily Archives 25th February 2017

कुमारी बैंक संकटउन्मुख, सञ्चालक बद्नाम

काठमाडौं । कुमारी बैंकका संस्थापक नुरप्रताप राणाको निधन भइसक्यो । तर उनको सपना बनेको कुमारी बैंक यतिबेला चर्चामा छ । यसका सञ्चालकमाथि दाग लागेको छ । सञ्चालकहरु ग्रीनकार्ड होल्डरदेखि बैंक ध्वस्त पार्ने व्यक्ति हुन् भनेर नेपाली वित्तीय बजारमा चिनिएका छन् । यति धेरै चर्चा भइसक्दा पनि नेपाल राष्ट्र वैंक र गभर्नर मौन छ । बैंकरहरुले केही कुमारी बैंक र जनता बैंकको चर्चा गरिरहेका छन् । बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनअनुसार आगमी असार मसान्तसम्ममा बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पु¥याउनै पर्नेछ । तर यी दुवै बकंै समस्यामा छन, यिनले मर्जमा ल्याउन खोजेका प्रयासहरु असफल भइरहेकाले पनि समस्यामा परेका हुन् । यही कारण
More

मोर्चाले चार विषयमा संशोधन दर्ता गराउने

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले भाषा, नागरिकता, सङ्घीयता र राष्ट्रिय सभा गठनबारे संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो । उल्लिखित चार विषयमा संशोधन प्रस्ताव लैजाने तयारी भएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले राससलाई जानकारी दिनुभयो । उहाँले संशोधन प्रस्तावबारे सरोकारवालासँग छलफल भइरहेको पनि बताउनुभयो । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रक्रिया गत बिहीबार सुरु भएको थियो । सरकारले गत मङ्सिर १४ गते सो प्रस्ताव संसद्मा दर्ता गरेको थियो । संसद्ले ‘नेपालको
More

निर्धारित समयमै स्थानीय तहको निर्वाचन : सभापति देउवा

बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री देउवाले आज बुटवलमा बिपी स्मृति भवनको उद्घाटन तथा बिपी स्मृति स्मारिका विमोचन गर्दै अब कुनै पनि कारणले निर्वाचन नरोकिने भन्दै निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो । सभापति देउवाले काँग्रेस मात्रै सबैलाई मिलाएर अगाडि बढ्न सक्ने पार्टी भएको दाबी गर्नुभयो । डर, त्रास भयमुक्त समाज निर्माण गर्न र जनतालाई अधिकार सम्पन्न गराउन काँगे्रस लागिपरेको उहाँको भनाइ थियो । कार्यक्रममा काँगे्रस नेता तथा रक्षामन्त्री बालकृष्ण खाँणले सबैका माग सम्बोधन गरेर भए पनि समयमा निर्वाचन हुने र त्यसका लागि सबै नेता कार्यकर्तालाई निर्वाचनमा होमिन आग्रह
More

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : नेता नेपाल

फलेवास । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभएको छ । जिल्लाको मुडिकुवा गाविसमा आज आयोजित बृहद् जनसभालाई सम्बोधन गर्दै नेता नेपालले संविधान संशोधन प्रस्ताव नेपालीको हितमा नभएको बताउनुभयो । प्रधानमन्त्रीले उक्त प्रस्ताव तत्काल फिर्ता लिँदा वा त्यत्तिकै थन्क्याउँदा उत्तम हुने उहाँको भनाइ थियो । “संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुँदैन,” नेपालले भन्नुभयो । संशोधन प्रस्तावको विपक्षमा एमालेसहितका आठ दल र राप्रपा तथा लोकतान्त्रिक मधेसी मोर्चा उभिएको उहाँले बताउनुभयो । “संंशोधन प्रस्ताव मधेसी समुदायको माग होइन,” नेता नेपालले भन्नुभयो । अहिलेको आवश्यकता तीनवटै तहको निर्वाचन भएको र
More

हकप्रद सेयर जारी गर्दै सानिमा

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिनुभयो । सो कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्तापुँजी रु दुई अर्ब ११ करोड ५० लाख पुग्नेछ । हाल
More

मङ्गलोदय माविको स्वर्ण जयन्ती

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार काठमाडौँ थानकोटस्थित मङ्गलोदय माविको स्वर्ण जयन्ती महोत्सवको उद्घाटन गर्नुहुँदै । साथमा शिक्षा मन्त्री धनीराम पौडेल । तस्बिर : प्रदीपराज वन्त
More

साताको नेप्से ३२ अङ्कले घट्यो

काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ दशमलव ४६ अङक्मा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ०६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार ३५० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६ दशमलव ४३ प्रतिशत बढी हो । गतसाता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २९ हजार ३२७ कारोबारबाट रु
More

विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइटसेवा

विराटनगर । पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ । उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजवाट सुरु गरिएको हो । यति एयरलायन्सको विमानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र गौरीशङ्कर हिमालको अवलोकन गराइने छ । उक्त विमानबाट दिनमा एकपल्ट १९ जना यात्रुले सो हिमाली क्षेत्रको अवलोकन गर्छन् । विराटनगर विमानस्थलबाट आज सुरु भएको पहिलो फ्लाइटबाट प्रजिअ यज्ञप्रसाद कोइराला, प्रहरी नायब महानिरीक्षक रमेश भट्टराई, पत्रकार महासङ्घ मोरङका अध्यक्षसहित १९ जना सहभागी हुनुभएको छ । दिनमा एकपल्ट गरी तीन दिनसम्म जारी रहने सो
More

पार्टी एकलौटी ढंगले चलाएको भन्दै पौडेल समूह छलफलमा

काठमाडौं । पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कांग्रेस संस्थापन पक्षसंग असन्तुष्ट देखिएको छ । असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरु पार्टीमा कसरी प्रस्तुत हुने तथा सरकारले हालै नियुक्त गरेको आईजीपी र राजदूतका विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र छलफल नगरी राजदूतको सिफारिस गरिएको भन्दै केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाए । विशेष गरी कांगे्रसको कोटाबाट युएइका लागि राजदूतमा सिफारिस भएकी आशा लामा को हुन्, कसरी सम्पर्कमा आइन भन्ने विषयमा छलफल भएको बताइएको छ । पौडेल समूहको महाराजगञ्जस्थित महामन्त्री शसांक कोइरालाको निवासमा बैठक बसेको थियो । बैठकले भावी रणनीतिबारे छलफल गरेको बताइएको छ । लामो समय देखि
More

स्थानीय निर्वाचन आशङ्काको घेरामा : नेता नेपाल

फलेवास । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताउनुभयो । एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताउनुभयो । संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा रहँदैन भन्नुभयो । संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती हो उहाँले भन्नुभयो, ‘‘संविधान कार्यान्वयन नभएमा विभिन्न शक्तिले
More

भारतमा एक नेपाली मृत भेटिए

बैतडी । भारतमा काम गर्न गएका एक नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । उहाँका अनुसार मृतक कुँवरको टाउकोमा गम्भीर चोट रहेको र नाक तथा कानबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो । मृतक कुँवर दुई दिन अगाडि मात्रै बिहेमा काम गर्न भनी भारत गएको प्रहरीले बताएको छ ।
More

निर्वाचनको चर्चासँगै भोटिङ मेसिनमा -याल

काठमाडौं । निर्वाचनको चर्चासँगै भोटिङ मेसिन खदिरबारे १६ अर्बको खेल सुरु भएको छ । नेपाली वैज्ञानिक राम रिमालले निर्माण गरेको भोटिङ मेसिनको सफल प्रयोग हुँदा हुँदै विदेशबाट भोटिङ मेसिन आयात गर्न केही माफिया यतिबेला सक्रिय भएको निर्वाचन आयोग श्रोतले नेपाल ब्रिटेन डट कमलाई जानकारी दियो । नेपालमा भएका अधिकांश निर्वाचनमा रिमालले बनाएको भोटिङ मेसिनले विवादरहित ढंगले काम गरिरहेको छ । दुई साता अगाडि बेलायती भोटिङ मेसिन खरिद गरेर निर्वाचनमा प्रयोग गर्ने भनेर निर्वाचन आयोगमा डेमोन्स्ट्रेशन गरियो । यस कार्यमा प्रधानमन्त्रीसमेत सामेल भए, अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत डेमोन्स्ट्रेसनमा सहभागी गराइयो । बेलायती भोटिङ मेसिन पछिल्लो पटक भेनेजुयलाको निर्वाचनमा प्रयोग
More

दोस्रो पटक डेनमार्कका राजकुमार नेपाल भ्रमणमा

काठमाडौं । केयर नेपाल र डेनमार्क दूतावासको विशेष आमन्त्रणमा डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दीमार क्रिश्चियन दशदिने नेपाल भ्रमणमा आउनुभएको छ । केयर नेपाल र डेनिस राजदूतावासको निमन्त्रणमा उहाँ यही फागुन २२ गतेसम्म नेपाल भ्रमणमा आउनुभएको केयर नेपालका कार्यक्रम निर्देशक डा पपुलर जेन्टलले जानकारी दिनुभयो । राजकुमार योकिमले काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन भएका कार्यक्रमबारे जानकारी लिनुहुनेछ । नेपालमा भूकम्पपछि पुनःनिर्माणका बहुआयामिक पक्षका बारेमा छलफल भइरहेका अवस्थामा डेनमार्कका राजकुमारले भूकम्प प्रतिकार्य कार्यक्रम, खाद्य सुरक्षा तथा जीविकोपार्जन, यौन तथा प्रजनन स्वास्थ्य, प्राकृतिक स्रोत व्यवस्थापन, संरक्षण तथा प्रकोप पूर्वतयारी लगायत विषयमा जानकारी लिने कार्यक्रम छ
More