Daily Archives February 27, 2017

दल दर्तामा एमाले र फोरम सँगसँगै

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने सन्दर्भमा आज सँगसँगैजसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । संविधान संशोधन प्रस्तावप्रति फरक मत जाहेर गर्दै आएको एमाले र संविधान संशोधन नभई निर्वाचनलाई मान्दैनाँ भन्दै आएको फोरमका नेताको आयोगको दल दर्ता कोठामा भएको जम्काभेटलाई एउटा सुखद् संयोगकै रुपमा लिइएको छ । आयोगको सूचनाअनुरुप फोरमका प्रमुख सचेतक डा शिवजी यादवले स्थानीय तहको दल दर्ताका लागि निवेदन दर्ता गराइरहेकै समयमा एमालेका नेता कृष्णगोपालको नेतृत्वको टोली पनि आयोग पुगेको थियो । दुवै नेताहरुले त्यहाँ एकार्कालाई अभिवादन गर्दै हार्दिकताका साथ तस्बिर खिंचाउन भ्याउनुभयो
More

अनौपचारिक कक्षामा लेखपढ गर्दै महिला

जन सामुदायिक केन्द्रद्वारा सञ्चालित अनौपचारिक कक्षामा सहभागी कञ्चनपुर ढाणाँका महिलालाई लेखपढ गर्न सिकाउँदै सहजकर्ता । तस्बिरः राजेन्द्रप्रसाद पनेरु
More

उपराष्ट्रपतिको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिनुभएको छ । विगत चार दिनदेखि रिंगटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति उपराष्ट्रपति पुनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । प्रधानमन्त्री दाहाल आज अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाका बारेमा चासो लिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । उपराष्ट्रपतिको उपचारमा डा मधु घिमिरे र डा शिवजीविक्रम सिलवाल संलग्न हुनुहुन्छ । चिकित्सकले उहाँको शरीरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताउनुभएको प्रेस संयोजक घर्तीले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी
More

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव : डा भट्टराई

रुकुम । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गर्नुभएको छ । संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनवटै तहको चुनाव गर्न सकिने उहाँले बताउनुभयो । पार्टी प्रशिक्षणका लागि रुकुम पुग्नुभएका भट्टराईले आज काठमाडौँ जानुअघि सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउनुभयो । अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । विमानस्थलमा बोल्दै डा भट्टराईले अहिलेको शासकीय स्वरुपसमेत ठीक नभएको र संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी
More

नेताप्रेमी बन्न सकिन, पराजित भएँ

विन्दा गिरी, नेतृ राप्रपा भर्खरै सम्पन्न राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित विन्दा गिरी एकताअघि राप्रपा नेपालको सिन्धुली जिल्ला अध्यक्ष थिइन् । सिन्धुलीमा मात्र होइन, राप्रपा नेपालको संगठन विस्तारमा उनी पूर्व मेचीदेखि महाकालीसम्म खटिइन्, तर केन्द्रीय नेतृत्वमा पुग्न भने असफल भइन । विन्दा भन्छिन्, ‘जनताको शक्तिमा विश्वास राखे, नेताको चाकरीमा लागिनँ पराजित भएँ ।’ पार्टी एजेन्डालाई सिस्टममा डो¥याउन सके लक्ष्य एकदिन अवश्य भेटिने उनको भनाइ छ । यिनी विषयमा विन्दासँग कुमार राउतले गरेको कुराकानी : ० कमल थापा भन्दै सक्रिय हुनुहुन्थ्यो, एकता महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनुभयो ? – म व्यक्तिको पछाडि लागेकी छैन, राप्रपा नेपालले आत्मसात गरेको सिद्धान्त र आदर्शको
More

कसरी पास हुन्छ संविधान संशोधन विधेयक ?

काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक गणितीय आधारमा अल्पमतमा देखिएको छ । सरकारले दर्ता गरेको विधेयकसँगै अन्य सबै संशोधन दर्तासमेत राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पास हुन नसक्ने स्थितिमा छन् । सरकारले दर्ता गरेको संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित साना दलले विपक्षमा भोट हाल्ने बताउँदै आएका छन् । राप्रपाले समेत संशोधनको विरोध गरेपछि स्वतः अल्पमतमा परेको हो । यता, मोर्चाको प्रस्तावमा सत्तारूढ दल र विपक्षीले नै समर्थन गरेका छैनन् भने ५ नम्बर टुक्र्याउन हुन्न भन्ने कांग्रेस र माओवादीका चार सांसदको संशोधनसमेत अल्पमतको पक्षमा नै छ । कानुनमन्त्री अजयशंकर
More

आज ग्याल्पो ल्होसार मनाउँदै

काठमाडौं । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्पो ल्होसार नयाँ वर्षका रुपमा विविध कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष लाग्नेछ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्पो ल्होसारका अवसरमा शेर्पा समुदायले बिभिन्न कार्यक्रम गर्दैछन् । काठमाडौंको बौद्धदेखि टुंडिखेलसम्म शुभकामना -याली हुँदैछ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सिफलचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्दैछ । ल्होसारकोे अबसरमा आज सरकारले सार्वजनिक बिदा दिएको
More

महिला विज्ञ समूह गठन

काठमाडौं । महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन अधिकारकर्मी चाँदनी जोशीको संयोजकत्वमा ‘महिला विज्ञ समूह’ गठन गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले गठन गरेको समूहमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्तालक्ष्मी श्रेष्ठ सदस्य हुनुहुन्छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले सो समूह गठन गरिएको जानकारी दिनुभयो । उहाँले महिलामा लाग्ने पाठेघर तथा स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने गरी गृहकार्य भइरहेको र क्यान्सरको उपचार हुने सबै अस्पतालका व्यवस्थापन तथा चिकित्सकसँग छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्री खड्काले काठमाडौँको कारागारमा रहेका महिला
More

अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

काठमाडौं । निकारागुवामा भएको १३ औं ग्रालाडा अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपालका वरिष्ठ कवि तुलसी दिवसले भाग लिई कविता वाचन र सांस्कृतिक सम्पदाबारे विचार प्रस्तुत गर्नुभएको छ । विश्वका छ महादेशका करिब १७० मुलुकका विशिष्ठ कविहरुको सहभागिता रहेको सो सम्मेलनमा निरन्तर कविता वाचन (म्याराथुन पोइट्री रिडिङ), सडक, विभिन्न शिक्षालयका कविता वाचन, विचार विमर्श, पुस्तक, लोक शिल्पकला र सांस्कृतिक प्रदर्शनीसमेत गरिएको थियो । दिवसका कवितालाई स्पेनी, अङ्ग्रेजी र अन्य भाषामा अनुवाद गरी सुनाइएको थियो । यही फागुनको पहिलो साता भएको महोत्सवमा नेपालबाट सहभागी एकमात्र कवि दिवसले स्वदेश फर्केपछि रासससँग कुरा गर्दै ग्रानाडालाई विश्व कविताको राजधानी बनाउन आफूले गरेको प्रस्ताव सम्मेलनको घोषणापत्रमा समावेश
More

क्याम्पसमा दुई सङ्गठनका विद्यार्थीबीच झडप, प्रहरी पनि घाइते

लमजुङ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् । झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि घाइते हुनुभएको छ । घाइते हुनेमा नेविसङ्घ समर्थित तीनजना छात्र रहेका छन् । घाइतेमध्ये छात्र दीपेन्द्र रेग्मीलाई गम्भीर चोट लागेको बताइएको छ । झडपका क्रममा क्याम्पस प्रमुख लालप्रसाद अमगाईंलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । स्ववियु निर्वाचनका सिलसिलामा असन्तुष्टि
More