Daily Archives 28th February 2017

एनआरएन नाइजेरियाको ‘सांस्कृतिक साँझ’मा राजेश पायल राई आउने

एनआरएन नाइजेरियाले नेपाली संस्कृति प्रबर्धन एवं च्यारिटीका निम्ति यस वर्ष पनि नेपाली नयाँ वर्षको अवसरमा ‘सांस्कृतिक साँझ २०१७’को आयोजना गर्ने भएको छ । नाइजेरियाको लेगोसमा आगामी अप्रिल एक तारीखका दिन हुने उक्त साँझमा प्रसिद्ध नेपाली गायक राजेश पायल राईले आफ्नो प्रस्तुति दिनेछन् । संघका नाइजेरिया कार्यबाहक अध्यक्ष जनक बिष्टका अनुसार लोकप्रिय नेपाली गायकलाई अफ्रिकामा बोलाउन पाउँदा यहाँको एनआरएन समुदाय हर्षित भएको छ । संघले गत वर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलीको प्रस्तुतिको सफल आयोजना गरेको थियो । संघका आइसिसी सदस्य चिरन्जिबी रोकाका अनुसार यस्तो कार्यक्रमले अफ्रिकामा नेपाली कलासंस्कृतिको प्रबर्द्धन गर्नुका साथै आफ्नो माटोभन्दा टाढा रहेका नेपालीहरुलाई मनोरंजन दिनेछ । उक्त
More

छलफल कार्यक्रम

मेडिकल टिम इन्टरनेशनलले धादिङको विकट गाउँ सेर्तुङमा आयोजना गरेको स्वास्थ्य सम्बन्धी छलफल कार्यक्रममा सहभागी धादिङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लगायत अतिथिहरु र स्थानीय । तस्बिर : किरण भट्टराई
More

भोलिदेखि निर्वाचन आचारसंहिता लाग्ने

काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगको आज बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको जनाएको छ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग सुरक्षाकर्मी, निर्वाचनको
More

वरिष्ठ नेता पौडेलद्वारा रेग्मीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लमजुङ सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थानमा घाइते भएका विद्यार्थी दीपेन्द्र रेग्मीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सोमबार बिहान स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर नेवि सङ्घ र अनेरास्ववियुबीच झडप हुँदा सशक्त घाइते भएका रेग्मीको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । भेटका क्रममा वरिष्ठ नेता पौडेलले सुन्दरबजार क्याम्पसमा भएको झडप निन्दनीय घटना भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गर्नुभयो ।
More

प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सफल बनाउन देशवासीलाई आह्वान गरेका छन् । मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशवासीलाई सम्बोधन गर्दै उनले सरकार सबै प्रकारका चुनौतीलाई चिर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री दाहालले आफूले संविधान संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउन प्रयास गरेपनि सफल नभएको भन्दै मतपत्रमार्फत् आफ्ना असन्तुष्टि व्यक्त गर्न मधेसी मोर्चालाई आग्रह गरे । प्रधानमन्त्री दाहालको सम्बोधनको पूर्णपाठ तल पढ्नुहोस् स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान
More

श्रीमान्द्वारा श्रीमतीको हत्या

तम्घास । गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । इस्मा रजस्थल–१ अन्तर्गत थापाचौर निवासी ५९ वर्षीय यमबहादुर खत्रीले आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ४५ वर्षीय श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरी ढुङ्गाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनुभएको छ । खुकुरी प्रहारबाट लक्ष्मीको घटनास्थलमा नै ज्यान गएको हो । खत्रीले श्रीमतीको हत्या गर्नुअघि आफ्नै गोठमा आगोसमेत लगाएको स्थानीयवासीले बताएका छन् । दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए । दुई श्रीमतीमध्ये खत्रीका जेठी श्रीमतीतर्फ चार र कान्छी श्रीमतीतर्फ चार गरी
More

निर्वाचनका लागि पहिलो सर्त संविधान संशोधन : डा भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले परिमार्जनसहित संविधान संशोधनको विषयलाई टुङ्ग्याउनु निर्वाचनको पहिलो सर्त भएको बताउनुभएको छ । नयाँ शक्ति नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “सबैलाई निर्वाचनमा सहभागी बनाउन सरकारले संशोधनलाई टुङ्ग्याउनै पर्छ । यसमा हेलचेक्र्याईं गर्न हुँदैन, विषयको गम्भीरता बुझ्नुपर्छ ।” आफ्नो पार्टीले निर्वाचनका लागि आन्दोलनरत पक्षलाई समेटौँ भनेर बारम्बार भनेको उल्लेख गर्दै संयोजक भट्टराईले मूलतः मधेसी, थारू र आदिवासी जनजाति संविधानसँग असन्तुष्ट भएकाले उहाँहरुलाई सहमतिमा लिन जरुरी भएको बताउनुभयो । स्थानीय तह, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको टुङ्गो नलगाई गरिने निर्वाचनले गति नलिने भन्दै उहाँले सरकारले स्थानीय तहको सङ्ख्या
More

दुई न्यायाधीश विरुद्ध ९१ वर्षीया वृद्धाको उजुरी

काठमाडौं । ललितपुर र भक्तपुर जिल्ला अदालतका दुई न्यायाधीशविरुद्ध ९१ वर्षीया एक वृद्धाले फैसलामा गम्भीर त्रुटि गरेको दावीसहित न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष उजुरी दिएकी छन् । आफ्नो स्वामित्व कायम हुने ललितपुर र भक्तपुरको जग्गालाई हकदावी नै नपुग्ने र कानुनी आधार नै नभएका व्यक्तिहरुको नाममा दुबै न्यायाधीशले हक स्थापित गरिदिएपछि आशामाया गोर्खाली श्रेष्ठले फरक फरक प्रकृतिका जग्गा मुद्दामा उजुरी दिनुभएको हो । ललितपुर जिल्ला इमाडोलको एक रोपनी जग्गाको स्वामित्व विवादमा चलेको मुद्दामा २०७२ चैत ३० गते गरिएको निर्णयमाथि ललितपुर जिल्ला अदालतका न्यायाधीशविरुद्ध विरुद्ध उजुरी परेको हो । काठमाडौँ चिकंंमुगल वडा न २० बस्ने आशामायाले ललितपुर जिल्ला
More

पढ्नुहोस् रविन्द्र मिश्रले जारी गरेको विज्ञप्ति

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदिवत नै छ । त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर
More

आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग

बाबियाचौर । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् । म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको हो । आदर्श मावि रिमा स्रोत केन्द्रका स्रोत व्यक्ति भरतकुमार पुनले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई रकम हस्तान्तरण गर्नुभएको हो । राम्चेको नांगीमा जन्मिएर सोही क्षेत्रका ग्रामीण बस्तीमा बेतार इन्टरनेटको माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासमा सघाउनुभएका महावीरको प्रयासमा स्थापना हुन लागेको केन्द्रलाई शिक्षक, कर्मचारी र अगुवाले स्वेच्छिक रुपमा सहयोग जुटाएका हुन् । विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन
More

एक मिनेटमा ४२ पोटी लसुन

धनगढी । विश्व फुटबल महासङ्घ (फिफा) मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ ओल्र्ड रेकर्ड‘मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाउनुभएको छ । उहाँले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाउनुभएको हो । एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि विष्टले एक मिनेटमा ४२ पोटी खाएर ‘ओल्र्ड रेकर्ड सेटर‘मा नाम दर्ता गराउनुभएको छ । विष्टलाई गिनिज बुक कमिटी बेलायतले प्रमाणपत्र दिइसकेको छ ।
More

महासङ्घ काठमाडौंको निर्वाचनका लागि परिचालन समिति गठन

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँले आसन्न नेपाल पत्रकार महासङ्घ काठमाडौँको निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको बैठकले आगामी चैत १ गते हुने काठमाडौँ महासङ्घको निर्वाचनका लागि युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडीको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । सदस्यमा युनियन काठमाडौँ शाखाका सल्लाहकार, अध्यक्ष, पदाधिकारी, पत्रकार महासङ्घ काठमाडौँका पदाधिकारी, उपत्यका समिति सदस्य सचिव, युनियन केन्द्रीय समितिमा रहेका काठमाडौँ शाखाका सदस्य छन् । बैठकले शाखाका सल्लाहकारमा शाखाका पूर्वअध्यक्ष गोकर्ण अर्याल, शिव लम्साल र लीलाराज खनाललाई थप गर्ने निर्णय गरेको छ । यसैगरी पत्रकार महासङ्घको युनियनतर्फको उम्मेदवारका लागि
More

भारतीय राजदूत रेद्वारा प्रधानमन्त्रीसँग विदाइ भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बिदाइ भेट गरेका छन । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लागेका रे ले बालुवाटारमा प्रधानमन्त्री दाहालसँग बिदाइ भेट गरेका हुन । भेटमा प्रधानमन्त्री दाहालले कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा रेलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले रेको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तिव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिनमा यसले थप तिब्रता पाउने विश्वास व्यक्त गरेका छन् । भेटमा राजदूत रे ले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ
More

स्थानीय निकायको सङ्ख्या थप हुने

काठमाडौं । सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ । सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय निर्वाचनका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समझदारी भएको हो । स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा मोर्चा असन्तुष्ट भएपछि सरकारले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सङ्ख्या थप्न सरकार सकारात्मक भए पनि संविधान संशोधन पारित नभएसम्म निर्वाचनमा जान मोर्चा तयार भएको छैन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन पारित हुने सम्भावना नभएकाले अन्य
More

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्कनु भएको छ । सम्राट आकिहितो तथा साम्राज्ञी मिचिको टोक्योको हानेदा विमानस्थलबाट आज बिहान उक्त दुबै मुलुकका लागि प्रस्थान गर्नु भएको र उहाँहरु पहिले भियतनामको राजधानी हानोई पुग्नु हुनेछ । हाल जापान र भियतनामबीच दौत्य सम्बन्ध राम्ररी फस्टाउँदै गै रहेको र यस अवस्थामा जापानी सम्राट दम्पतिको भ्रमणले थप सौहाद्र्रता दिलाउने विश्वास गरिएको छ । केही बर्ष यता धेरै जापानी कम्पनी र लगानीकर्ताहरुले भियतनाममा उद्योग कल, कारखाना स्थापना गरी सरसामान उत्पादनमा बृहत लगानी गर्दिै आएका छन् । त्यस्तै, जापानमा ब्यावसायिक र उच्च शिक्षा हासील गर्ने विदेशी विद्यार्थी
More