Monthly Archives March 2017

एनआरएनए यूकेको स्वयंसेवक टोली लाप्राकमा

खुशी लिम्बु । गैर-आवासीय नेपाली संघ बेलायतको एक स्वयंसेवक टोली गोरखाको लाप्राक पुगेको छन् । अध्यक्ष मुछेत्र गुरुङको नेतृत्वमा गएको उक्त टोलीमा उपाध्यक्ष हिराधन राई लगायत जम्मा नौ जना समावेश छन् । गैर-आवासीय नेपाली संघले भुकम्पले घरवारबिहिन बन्न पुगेका त्यहाँका जनतालाई उक्त क्षेत्रमा ५९३ वटा घरहरु निर्माण गरिदिने योजना अनुरुप हाल निर्माणकार्य युद्दस्तरमा भइरहेको छ । निकै नै दुर्गम क्षेत्र भएको र मौसम पनि छिनछिनमा परिवर्तन भइरहने हुनाले निर्माण क्षेत्रमा श्रमिक र स्वयंसेवकहरुलाई काम गर्न निकै कठिन हुने कुरा अध्यक्ष मुछेत्र गुरुङले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । एनआरएनए यूकेले उक्त ऐतिहासिक कार्यमा स्वयंसेवकको रुपमा त्यहाँ गएर सहयोग गरिदिन वा
More

मधेशी मोर्चाका चार नेता बालुवाटारबाट सिधै भारतीय दूतावासमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न भएपछि मधेशी मोर्चाका चार नेता सिधै लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेका छन् । संयुक्त रुपमा भारतीय दूतावासमा प्रवेश गर्ने मधेशी मोर्चाका नेताहरुमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव हुन् । उनीहरु बालुवाटारमा भएको सहमति दूतावासमा ब्रिफिङ गर्नका लागि मात्र होइन, दूतावासबाट बोलाएर नै यादव, ठाकुर, महतो र यादव भारतीय दूतावासमा पुगेका हुन् । दूतावासले मोर्चाकै अर्को घटक शरदसिंह भण्डारी र राजकिशोर यादवलाई भने बोलाएन । झण्डै एक घण्टापछि उनीहरु दूतावासबाट बाहिरिएका थिए
More

सरकार–मोर्चा सहमति, २१ गते संसदमा परिमार्जित संशोधन प्रस्ताव पेस हुने

काठमाडौं । सीमांकनको सट्टा संविधानको धारा २७४ को उपधारा ४ देखि ८ सम्म संशोधन गर्ने गरी सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सहमति भएको छ । सहमतिमा आइतबार हस्ताक्षर भएपछि २१ सोमबार संसदमा परिमार्जित संशोधन प्रस्ताव दर्ता हुने शुक्रबार साँझ बालुवाटारमा बसेको संयुक्त बैठकमा सहमति बनेको मधेशी मोर्चाका एक नेताले बताए । पुरक संशोधन विधेयकमा भाषा, नागरिकता, सीमा निर्धारण आयोग गठन, स्थानीय तहको संख्या बढाउने, राष्ट्रिय सभाको गठन र धारा २७४ को उपधारा ४ देखि ८ सम्म संशोधन हुनेछ । बैठकमा कांगे्रस सभापति शेरबहादुर देउवा र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राजकिशोर यादवबाहेक शीर्ष नेताहरुको सहभागिता थियो । कांगे्रस सभापति शेरबहादुर
More

काँग्रेसले प्रदेशस्तरीय भेला गर्ने

काठमाडौं । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले सातै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा गर्ने तयारी गरेको समिति सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले जानकारी दिनुभयो । बैठकले भेलाको मिति भने सभापति शेरबहादुर देउवासँग समन्वय गरी तय गरिने जनाएको छ । बैठकले निर्वाचनमा पार्टीको प्रदेशदेखि टोलस्तरसम्म निर्वाचन परिचालन समिति बनाउन परिपत्र गर्ने र मुलुकभरबाट सूचना सङ्कलन तथा सम्पे्रषणका लागि पार्टी केन्द्रीय कार्यालयमा सशक्त सञ्चार केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । बैठकले निर्वाचनका विषयमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाका साथै व्यवसायीसँग छलफल गर्ने
More

उत्तर कोरियामा लोकतन्त्र पुनस्र्थापना हुने विश्वास

काठमाडौं । उत्तर कोरियामा छिट्टै लोकतन्त्र पुनस्र्थापना हुने विश्वास यहाँका अधिकारवादीहरुले बताएका छन् । उक्त कुरा उत्तर कोरियामा भइरहेको मानवअधिकार उल्लंघनको घटनाबारे कीर्तिपुर र ठमेलमा छुट्टाछुटै आयोजना भएको फोटो प्रदर्शनीमा उनीहरुले बताएका हुन् । ग्रामीण क्लब हाउस नेपाल इटहरी सेन्टर फर लिवर्टी एन्ड युनिफिकेशनको संयुक्त आयोजनामा फोटो प्रदर्शनी भएको क्लबका अध्यक्ष मुकुन्द सुवेदीले जानकारी दिए । उनले नेपाली जनमत उत्तर कोरियाको विपक्षमा रहेको छ भन्दै नेपाल सरकारले पनि आफ्नो धारणा राख्नुपर्ने बताए । दुई दिनसम्म चलेको उक्त फोटो प्रदर्शनीमा झन्डै पाँच हजारले अवलोकन गरेको क्लबले जनाएको छ । फोटो प्रदर्शनीमा नेपाली कलाकार कृष्ण बुढा, परशुराम बुढामगर आफूहरुको कार्टुन अरु देशमा
More

संशोधन प्रस्तावले मधेसी जनताको भावना सम्बोधन हुन्छ: देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावले मधेसी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ । काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित जिल्ला सम्मेलनको शुभारम्भ गर्दै नेता देउवाले विभिन्न शक्तिले मधेस, पहाड र हिमाललाई विभाजन गरेर एकापसमा अविश्वास र विखण्डनको स्थिति सिर्जना गर्न लागिपरेको उल्लेख गर्नुभयो । विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता प्रकट गर्दै उहाँले तोकिएको समयमै स्थानीय निकायको निर्वाचनका लागि एकजुट हुन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो । सो अवसरमा केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसभित्रै साम्प्रदायिकता तथा जातीय विभेदको सोच भएकाले त्यसको अन्त्य गर्न आग्रह गर्नुभयो । केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र डा डिला सङ्ग्रौला तथा सांसद अमृत
More

वरिष्ठ तिब्बती लामाले विवाह गरेर अनुयायीलाई चकित बनाए

काठमाडौं । बौद्ध धर्मको एक संप्रदायका वरिष्ठ तिब्बती लामाले आफूले विवाह गरेको घोषणा गर्दै धेरै अनुयायीहरुलाई चकित बनाएका छन । बाल्यकालदेखि नै कर्मापा लामाका अवतार भनिएका थाये दोर्जेले आफ्नो बाल्यकालदेखिकी मित्रसँग विवाह गरेको उनको वेबसाइटमा जनाइएको छ । भारतमा प्रवासी जीवन बिताइरहेका थाये दोर्जेले विवाह गरेपनि आफ्नो आध्यात्मिक भूमिका अन्तर्गतका कर्महरु गरी राख्ने बताएका छन् । कर्मापा तिब्बती बौद्ध धर्मको काग्युपा संप्रदायका प्रमुख लामा हुन् । थाये दोर्जे आफूलाई कर्मापा लामाको अवतार मान्ने दुई तिब्बती बौद्ध भिक्षु मध्येका एक हुन् । कर्मापा डट ओआरजी वेबसाइट (http://www.karmapa.org/special-news) मार्फत दिइएको जानकारी अनुसार थाये दोर्जेले गत जनवरी १७ तारिखमा तिब्बती परंपरा अनुसार रिन्चेन
More

अब निर्वाचन कसैले रोक्न सक्दैन: ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको उत्साह जनतामा जागिसकेकाले अब निर्वाचन कसैले चाहँदैमा रोक्न नसक्ने बताउनुभएको छ । एमाले कास्कीले आज पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको जनसभालाई सम्बोधन अध्यक्ष ओलीले झन्डै १९ वर्षपछि हुन लागेको निर्वाचनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भएकाले कसैको भ्रममा नपरी निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षसँग आग्रह गर्नुभयो । उहाँले अब देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सरकार र सवै राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो । एक वर्षअघि आपूmले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काममा ढिलाइ भइरहेकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले यसको निर्माणमा तीव्रता दिन सम्बन्धित
More

यूरोपका चार देशमा नेपाली पर्यटन मेला

लन्डन । नेपाल पर्यटन बोर्ड र यूरोपस्थित बोर्डका प्रतिनिधिको सक्रियतामा नेपाली पर्यटन मेला आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाली दूतावास जर्मनी र जर्मनीका लागि पर्यटनदूत दिल गुरुङको उपस्थितिमा बर्लिनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । गत सोमवार बर्लिनस्थित नेपाली दूतावासमा सम्पन्न बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खानाललगायतको उपस्थिति थियो । बैठकले हरेक बर्ष जर्मनी, बेल्जियम, स्पेन, डेनमार्क, पोर्चुगललगायतका देशलाई समेटेर ४ वटा नेपाली मेलाको आयोजना गर्ने निर्णय गरेको छ । सन् १९९४ देखि नेपाल पर्यटन बोर्डको पर्यटनदूतका रुपमा काम गरिरहेका गुरुङले नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यस्ता मेलाको
More

सरकार र मधेसी मोर्चाबीच आज फाइनल वार्ता

संबिधान संसोधन र स्थानीय तह निर्वाचनमा मोर्चाको सहभागिता लगायतका विषयमा सहमति खोज्न सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज वार्ता हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संसोधनमा सहमति जुटाएर मधेसी दलहरुको समेत सहभागितामा स्थानीय तह निर्वाचन गर्ने तयारी स्वरुप छलफल गर्न लागेका हुन । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा सिंमाकन संघीय आयोगमार्फत गर्ने गरि मोर्चाका बाँकी माग पुरा गर्नका लागि संबिधान संसोधनमा सहमतिको प्रयास हुने बताइएको छ । सिमाङकन वाहेक अन्य विषयमा प्रमुख प्रतिपक्षी एमाले पनि सकारात्मक देखिएपछि प्रधानमन्त्रीले मोर्चाको धारणा बुझन लागेका हुन । पछिल्लो दिनमा सिमांकन शक्तिशाली आयोगमार्फत टुग्याउन मोर्चा पनि सकारात्मक देखिएको छ ।
More

हृदयन्द्रको व्रतबन्दको भोज २४ गते, को–कसलाई बोलाइयो ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाति हृदयन्द्रको शुभ उपनयन (व्रतवन्ध) हिजो सम्पन्न गरेका छन् । १५ वर्षका हृदयन्द्रको हिजो दिउँसो १ बजेर १५ मिनेटको साइतमा निर्मल निवासमा ब्रतबन्ध गरिएको हो । व्रतवन्धपछि पूजाआजाका लागि उनलाई बसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश श्री अशोक विनायक मन्दिरमा बाजागाजासहित ल्याइएको थियो । राजपरिवारका आफन्त र सर्वसाधारणको उल्लेख्य उपस्थितिमा शाहले झण्डै दस मिनेट लगाएर पूजा गरिरहँदा समर्थक र शुभेच्छुकले राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरेका थिए । पूजामा हृदयन्द्रका हजुरबुबा ज्ञानेन्द्र तथा बुवा–आमा पारस र हिमानी भने उपस्थित भएनन् । पूर्वराजा शाहले नातिको व्रतवन्धको उपलक्ष्यमा चैत २४ गते होटल सोल्टी क्राउन प्लाजामा भोज आयोजना गरेका
More

तस्करीमा समेत एम्बुलेन्सको प्रयोग हुन थाल्यो

नेपालगन्ज । विभिन्न सामाजिक संस्थाबाट बाँके जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकामा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हुन नसकेको, जथाभावि शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने गरेको, एम्बुलेन्समा यात्रु राखिने गरेको लगायतका गुनासो सेवाग्राहीको छ । रेडक्रस, शाख प्रमुख निरजञ्ना मल्लले एम्बुलेन्सको व्यापक दुरुपयोग बढेको स्वीकार्दै त्यसको सुधारका लागि सरकारले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने र एम्बुलेन्स सञ्चालकमा पनि व्यावसायिक इमान्दारिता हुनुपर्ने बताउनुहुन्छ । एम्बुलेन्स सेवालाई व्यवस्थित रुपमा निर्देशिका अनुरुप सञ्चालन गराउने जिम्मा लिएको जिल्ला एम्बुलेन्स सेवा समितिको भूमिका पनि अपेक्षाकृत हुन नसकेकाले पनि दुरुपयोग बढ्नुको प्रमुख कारण रहेको उहाँको
More

आमा अर्कैसँग गएपछि बालबच्चा बिचल्लीमा

जुम्ला । यहाँकी एक महिलाले श्रीमान्ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन् । बुढाले १८ दिनअघि तत्कालीन मालिकाठाँटा–१ का मीनबहादुर रावतसँग विवाह गरेपछि बालबच्चा बिचल्लीमा परेका हुन् । केटा सदरमुकाम पढ्न आएको र केटीले कुमारी हुँ भनेपछि विवाह गरेको हालका श्रीमान रावत पक्षका कृष्णबहादुर रावतले बताए । दुई वर्षका लागि १८ महिनाअघि वैदेशिक रोजगारमा गएका सुज्र्याका श्रीमान् विष्णुबहादुर बुढाले पटक पटक गरेर रु सात लाख ८३ हजार पठाएका थिए । तर नगद कुनै नराखेर अर्कैसंग हिँडेपछि दुई वर्षको नाबालकसहित युकेजीमा
More

फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । विजय गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सरकारसँग भएको तीन बुँदे सहमति एक साताभित्र पूरा नभए स्वतः समर्थन फिर्ता हुने पार्टीका उपाध्यक्ष रामजनम चौधरीले जानकारी दिए । फोरम लोकतान्त्रिकले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई प्रभावकारी बनाउन असन्तुष्ट पक्षलाई निर्वाचनमा सामेल गराउनुपर्ने माग गरेको छ । पार्टीको यहाँ सम्पन्न दुईदिने कार्यसम्पादन समिति बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई पनि सामेल गराउनुपर्ने ठहर गरेको हो । बैठकले संविधान संशोधन प्रस्तावलाई तत्काल अघि बढाई सबै दल निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको
More

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना

सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका चालिस बर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पहिल्याउन सफल भएका हुन् । कुँवरले यस विषयमा केही वर्षदेखि खोज निरन्तर रुपमा गरिरहेका थिए । उनले केही वर्षदेखि यस विषयलाई पुस्तक,
More

अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण उद्धारमा कठिनाई

अस्ट्रेलिया । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको वर्षा र बाढीका कारण कठिनाई भएको यहाँको प्रहरीले बताएको छ । गत मङ्गलबार डेवी नामको तूफान आउँदा क्वीन्सल्यान्ड राज्यको वोवेन र एअरलीबीच बीचको क्षेत्रमा रुखहरु लडेका, डुङ्गाहरु बगेका र व्यापक क्षति पुगेको थियो । सिड्नीबाट पूर्वमा अवस्थित सामुद्रिक तटमा आँधीपछि लगातार वर्षा भएको र यसका कारण कटिपय नदीकिनारमा रहेका बस्तीहरु समेत जलमग्न भएका छन् । आँधीपछि परेको वर्षाले क्वीन्सल्यान्डको राजधानी ब्रिसवनमा औसत एक महिनामा पर्ने वर्षाभन्दा बढी रहेको पाइएको अस्ट्रेलियाली मौसमविद्ले जनाएका छन् । आँधी र मुसलधारे वर्षाका कारण क्वीन्सल्यान्डका मनोरञ्जन
More

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

भक्तपुर । बच्चा जन्माएर गाडेको अवस्थामा आज प्रहरीले एक शिशुको शव फेला पारेको छ । शिशु जन्माएर गाडेको आशङ्कामा रामेछाप गौसरा १ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो । बच्चा जन्माउने बेला भएपछि उपचारका लागि पैसा सापटी लिन श्रीमान् मेघबहादुर तामाङ गाउँ गएका बेलामा बच्चा जन्माए पछि नजिकैको बाँसघारीमा खाल्डो खनेर बच्चा पुरेको खुलासा भएपछि प्रहरीले साइली तामाङलाई नियन्त्रणमा लिएको र हाल उनको उपचार भक्तपुर अस्पतालमा गराइरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रहरी नायब उपरिक्षक प्रसाईंले गाडेको शिशुको शव
More

सेयर बजार कारोवारमा १ अर्बको गिरावट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा नेपाल राष्ट्र बैंकले सुक्ष्म निगरानी गर्ने बताएसँगै सेयर बजार धुर्रमुराएको छ । मंगलबारसम्म उच्च अंकले बढेको बजारमा त्यसयता ओरालो लागेको छ । बजार ओरालो लाग्नुका साथै विहीबार कारोवार रकममा समेत उच्च गिरावट आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सेयरबजारमा कर्जा प्रवाह गर्न थालेको सुचना आएपछि सो विषयमा सुक्ष्म रुपमा अध्ययन शुरु गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकले बजारमा देखिएको क्रेडिट क्रञ्चलाई समाधान गर्न विपन्न वर्ग कर्जा र उत्पादनमुलक क्षेत्रमा प्रवाह गरिएको कर्जाको ५० प्रतिशत रकम सीसीडी रेसियोमा गणना नहुने गरी सोही क्षेत्रमा लगानी
More