Daily Archives March 1, 2017

प्रहरी महानिरीक्षकको फैसला आउन अझै महिना दिन लाग्ने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न यसअघि सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई आजसमेत निरन्तरता दिने निर्णय गरेको छ । यस बीचमा कुनै उत्पे्ररण भएन भने सर्वोच्च अदालतले लिखित जवाफ प्राप्त भएको १५ दिनपछिको ३ दिनभित्र फैसला गर्ने बताइएको छ । यस विषयमा सर्वोच्चमा लिखित जवाफ प्राप्त भएपछि ११ गतेदेखि दुवै तर्फका वकिलहरुले वहस गरेका थिए । अधिवक्ता कपिलदेव ढकालले वरियता मिचेर प्रहरी महानिरीक्षक बनाउन लागिएको जिकिर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य चार जनाविरुद्ध गत माघ २८ गते र यही फागुन १ गते महानिरीक्षकको प्रतिस्पर्धामा रहनुभएका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले
More

सन्तानले बाबुआमाका लागि आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने कानुन आउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताउनुभएको छ । मनमोहन प्रतिष्ठानले आज राष्ट्र«पति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यससम्बन्धी कानुन मस्यौदा गरिरहेको जानकारी आफूले पाएको बताउनुभयो । “सम्पत्तिको ७५ प्रतिशतमात्र अंशका रुपमा छोराछोरीलाई बाँडिने र २५ प्रतिशत वृद्धवृद्धाकै नाममा हुने व्यवस्था पनि कानुनमा हुँदैछ, वृद्धवृद्धालाई आश्रममा राख्ने व्यवस्थाभन्दा घरमा सम्मानसाथ तीन पुस्ता बस्ने संस्कारको पुनःर्जागरण गरिनुपर्छ”– उहाँले भन्नुभयो । सडकलगायत पूर्वाधार वृद्धवृद्धा, बालबालिका र अपाङ्गमैत्री हुनुपर्नेमा राष्ट्र«पति भण्डारीले जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले कमजोर
More

यौनमा सक्रिय हुन स्पेनकी यौन मन्त्रीको आग्रह

म्याड्रिट । स्पेनमा भर्खरै नियुक्त गरिएकी यौन मन्त्री एडलमिरा बारिरियाले आफ्ना युगल नागरिकहरूलाई सक्रिय यौनजीवन बिताउन र बच्चा जन्माउन आग्रह गरेकी छन् । धेरै काम, थोरै आराम अनि मध्यरातसम्म बिस्तरामा नजाने संस्कृतिका कारण मानिसको यौनजीवनमा कमी आएको र त्यसको असर घट्दो जनसङ्ख्याका रूपमा देखिएको विज्ञहरूले बताएका छन् । युरोपमैं सबैभन्दा कम जन्मदर ऱहेको स्पेनमा यस वर्ष मृत्युदरभन्दा जन्मदर कम देखिएपछि सरकारमाथि तत्काल उपयुक्त कदम चाल्न दबाब परेको थियो । बच्चाको शिक्षा र स्वास्थ्य सरकारले हेर्नेमात्रै होइन, लालनपोषणका निम्ति भत्ता पनि दिने व्यवस्था स्पेनलगायत प्रायः सबै युरोपेली मुलुकमा छ । यतिमात्र होइन कामको सिल्सिलामा युरोपका अन्य कुनै देशमा बसाइँ सर्नुपर्दा पनि
More

संविधान संशोधन पारित हुन दिइन्न : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताउनुभएको छ । एमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय अभियानबारे आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारसँग पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले असन्तुष्ट मधेसी दललाई निर्वाचनमा ल्याउन सो प्रस्ताव टेबल गर्न मात्र दिन प्रधानमन्त्रीको आग्रहका आधारमा प्रस्तुत गर्ने दिन मौन विरोध गरिएको स्मरण गराउनुभयो । उहाँले राष्ट्रिय एकताविरुद्धको कपटसँग संशोधन सम्बन्धित रहेको दाबी गर्दै प्रस्ताव पारित हुन नदिइने उल्लेख गर्दै भन्नुभयो, “तराई र पहाड पूर्णरुपमा अलग गर्ने उद्देश्य यसमा छ,
More

मन्त्रीलाई अतिरिक्त गाडी उपलब्ध नगराउँदा ठाडो प्रस्तावमा सचिवको सरुवा

काठमाडौं । सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ । संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको आजको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी साधनको सुविधा निकै कमी रहेको जानकारी दिनुभयो । वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले सरकारी सवारी साधन अधिक बिग्रने, आवश्यकता परका बेलामा काम नदिने मात्र होइन, मर्मतमा अधिक खर्च हुने समस्या देखिएको बताउनुभयो । कतिपय माथिल्लो ओहदामा बस्नेहरुले आफू जहाजको सुविधा लिए पनि यातायात पनि सँगसँगै लैजाने गरेको घटनासमेत उदाहरणका रुपमा बैठकमा प्रस्तुत गरिएको थियो । समितिका सदस्य उदय नेपालीले भन्नुभयो, “विश्वमै महँगा मूल्यका गाडी पनि नेपाल सरकारका पदाधिकारीबाट प्रयोग
More

थोत्रो बोहोरा लिलामी गर्ने सुमार्गी कसरी करोड चन्दा दिने हैसियतमा पुगे ?

काठमाडौं । तीन वर्षअघिदेखि रोक्क रहेको ३ अर्व २९ करोड रुपैयाँ फुकुवा गर्न राजनीतिक सहमति बन्न लागेको खबर नेपाल ब्रिटेन डट कमलाई प्राप्त भएको छ । प्रचण्ड निवास रहेको लाजिम्पाटको घर अजय सुमार्गीले उपहार दिएका हुन् । उनै अजय सुमार्गीले अफसोर कम्पनीमार्फत् नेपालमा लगानी गर्ने नाममा ३ अर्ब २९ करोड रुपैयाँ नेपाल भित्र्याउन खोजिएको हो । त्यो पैसा नेपाल भित्र्याउन सरकारको कुनै निकायबाट पनि पूर्वसहमति नलिएका कारण कालोधनका रुपमा राष्ट्र बैंकले रोकिराखेको छ । प्रचण्ड र देउवाको सहमतिमा रकम निकासा दिन नसकिएपछि त्यसमा एमालेलाई मनाउने काम भइरहेको स्रोतको दावी छ । यस सम्बन्धमा डुपुटी गभर्नर चिन्तामणि शिवाकोटी र अर्थसचिव शान्तराज
More

वैदेशिक लगानी भित्र्याउन सम्मेलन भोलिदेखि

काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने आयोजक उद्योग मन्त्रालयले जनाएको छ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ यही फागुन १९ र २० गते काठमाडौँमा हुने उक्त सम्मेलनको तयारी पूरा भएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिनुभयो । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा हुने सो सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न
More

आचार संहितालाई अक्षरस पालना गर्न निर्वाचन आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई अक्षरस पालना गर्न मन्त्रीहरुलाई सुझाव दिएको छ । सरकारका मन्त्रीहरुलाई बुधबार आयोगको कार्यालय मै बोलाएर प्रमुख निर्वाचन आयुत्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको क्रममा सरकारी सुविधा प्रयोग नगर्न आग्रह गरे । उनले सामाजिक सद्भाव विथोल्ने, पार्टीगत प्रचारमा मन्त्रीहरु सहभागी हुन नपाउँने व्यवस्था गरिएको जानकारी समेत गराए । आचारसंहिता लागु भएको अवस्थामा मन्त्रीहरु आफनो निर्वाचन क्षेत्रमा जान नपाउने, शिलान्यास, उद्घाटन का साथै नयाँ नियुक्ति समेत गर्न नपाउने भएका छन । छलफलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आयोगको आचारसंहिता सरकार तथा सरकारमा सहभागि मन्त्रीले व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे । त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री
More

ठुला भनिएका क्याम्पसमा भने निर्वाचन हुन सकेन

काठामाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका झण्डै २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भईरहेको छ । ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिकसहित झण्डै २ सय क्याम्पसमा आज निर्वाचन भई रहेको केन्द्रिय निर्वाचन समितिले जानकारी दिएको हो । काठमाडौं उपत्यकाका सानोठिमी, भक्तपुर वहुमुखी क्याम्पस, पूल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनिययिरङ क्याम्पसमा निर्वाचन भइरहेको छ । त्यस्तै जनप्रशासन क्याम्पस, आइओएम, नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषि क्याम्पसमा पनि चुनाव भइरहेको छ । विद्यार्थी संगठनको आपसी विवाद र आन्दोलनका कारण आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन काठमाडौंसहित देशभरका धेरैजसो ठुला क्याम्पसहरुमा भने स्थगित भएको छ । राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल
More