Daily Archives March 2, 2017

विद्यार्थी नृत्य प्रस्तुत

गोरखामा बिहीबारदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । तस्बिर : प्रशन्न पोखरेल
More

लन्डनमा शिवरात्रि भव्यरुपमा सम्पन्न (फोटो फिचर)

लन्डन । गत शुक्रबार विश्व हिन्दू महासंघको आयोजनामा साउथहलस्थित शिव मन्दिरमा शिवरात्री पर्व भव्य रुपमा सम्पन्न भयो । प्रत्येक वर्षझै यस पटक पनि शिवरात्रिमा विविध पूजा तथा भजनकीर्तन गरी मनाइएको महासंघका महासचिव चिरञ्जीवी ढकालले जानकारी दिए । यस पटकको शिवरात्रि महोत्सवमा यजमानका रुपमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए ।
More

भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढ्दै

काठमाडौं । काठमाडौँ भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढेको छ । टावर निर्माण कम्पनी र काठमाडौँ महानगरपालिकाबीच लामो समय आन्तरिक छलफल नमिल्दा रोकिएको टावर निर्माणको कामले तीव्रता पाएको हो । कामपासँग भएको सम्झौतानुसार निर्माण सुरु गर्नका लागि तोकिको समयभन्दा झन्डै एक वर्ष ढिला सुरु गरिएको भए पनि अहिले निर्माणको कामले तीव्रता पाएको हो । अहिले टावर निर्माणका लागि पानी सञ्चय गर्ने ट्यांकी र निर्माण सामग्री राख्नका लागि गोदाम घरको निर्माण भइरहेको टावर निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द विकोइका प्रमुख मनोज भेटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुवै कार्य सकेसँगै निर्माणका अन्य कार्य सुरु हुनेछ । “जमिन खन्न दुई
More

फेसबुकबाट एक महिला ४७ लाख रुपैयाँ ठगिन

चितवन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिँदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडितसमेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत ८ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताइन् । उनलाई ठगी गर्ने गिरोहका दुईजनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वांग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान् २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले
More

निर्वाचनको तयारीमा लाग्न राप्रपाको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठको विस्तार गर्नेबारे छलफल सुरु गरिएको छ । धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा ३० केन्द्रीय सदस्यले सो विषयमा आआफ्नो धारणा र दृष्टिकोण राखेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल गरिएको छ । पार्टीका नेता ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको ‘स्थानीय निकाय निर्वाचन तयारी’ विषयको कार्यपत्रमा अधिकांश नेताले आगामी निर्वाचनका लागि गृहकार्य गर्न सुझाव दिनुभयो । अर्का नेता राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘पार्टीको स्थानीय संरचना’का विषयको कार्यपत्रमाथि केही नेताले जनतामाझ पार्टीका कार्यक्रम सञ्चालन गर्नका लागि जनवर्गीय
More

डायस्पोरा भएपछि मेरो नियुक्ति रोकियो : ढकाल

काठमाडौं । नेपालमा खुला विश्वविद्यालयका परिकल्पनाकार प्रमोद ढकालको गैरआवासीय नेपाली भएकै कारण नियुक्ति रोकियो । संसदबाट खुला विश्वविद्यालय ऐन पारित भएपछि भिसी र रजिष्टार नियुक्ति गर्नेबेलामा सरकारले परिकल्पनाकार ढकाललाई बाइपास गरेर डा. विद्यानाथ कोइराला, डा. लेखनाथ शर्मा र डा. केशरजंग बरालको नाम अघि सारेको बुझिएको छ । समाचारस्रोतका अनुसार माओवादीले उपकूलपति लिने र कांगे्रसलाई रजिष्टार दिने सर्तमा खुला विश्वविद्यालयमा नियुक्ति दिने तयारी शिक्षामन्त्री धनीराम पौडेलले गरेको बुझिएको छ । गैरआवसीय नेपाली संघको सहयोगमा क्यानडाबाट फर्केर ढकालले विश्वविद्यालयको अवधारणा नेपालमा भित्र्याएका हुन् । तर ढकाललाई बाइपास गरेर विश्वविद्यालयमा नियुक्ति गर्ने तयारी शिक्षामन्त्रीले गरेका छन् । डायस्पोरा भएकाले खुला विश्वविद्यालयका लागि आफू
More

स्वाइन फ्लुका बिरामी फेला

काठमाडौं । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिनुभयो । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि सो रोगको भाइरस देखिएको डा पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइनफ्लुको शङ्का लागेर जाँच गर्दा स्वाइन फ्लुको भाइरस भएको पुष्टि भएको हो ।” खोकी लागिरहने, घाँटी खस्खसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने,
More

शिव मन्दिरमा शिवरात्री पर्व

लन्डन । शिव मन्दिर शिव कल्चरल कम्युनिटी सेन्टर तथा अल्टरसर्ट र फार्नवोारे वरपरका बासिन्दाले गत शुक्रबार महाशिवरात्री मनाए । एम्पायर भवन अल्टरसर्टमा रहेको शिव मन्दिरमा रुद्री पाठ, जाप तथा गणेश स्तुतिदेखि भक्तजनले पूजापाठ गरेर शिवरात्री मनाए । कार्यक्रममा मुख्य आराधना साइ कमिटीका अध्यक्ष सुष्मा गुरुङ र भक्तजन र शिव मन्दिरका कल्चर कमिटीका संयोजक नानिया जैनले गरेका थिए । रुद्री जाप इन्जिनियर विजयले गरेका थिए । कमिटीका बाल विकासका विद्यार्थी समेत कार्यक्रममा सहभागी थिए । सूर्य उतारायणका अनुसार गरिने शिवको आराधनामा भक्तजनले विभिन्न भक्तिगीत गाएका थिए । रमा बानियाँ, नातिया जैन, सीता गुरुङ, ममता गुरुङ, यशोदा राई, हेमा राना, विजय, पउल
More

लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री

काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताउनुभएको छ । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा आजदेखि यहाँ सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उहाँले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताउनुभयो । नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताउनुभयो । नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यसलाई थप विस्तार गरेर
More

नर्सको अभिनय ‘तिमी मलाई मनपरेछ’ (भिडियोसहित)

काठमाडौं । पेसाले नर्स हुन् । तर, कर र रहर उनी मोडल भइन् । हो, दिनरात अस्पतालको बेडमा विमारीको हेरचाह र उपचारमा खट्ने गरेकी पविता राईलाई मोडलका रुपमा समेत देख्न पाइने भएको छ । यो पछिल्लो दिनमा आएर पविताले ‘तिमी मलाई मनपरेछ’ भन्दै मोडलिङको नयाँ अनुभूति लिएकी छन् । उनको त्यो अनुभूतिमा केही करका कुरा छन् भने थोरै रहरका पनि । पाँचथर लुङुरुप्पाकी पविताले भनिन्, ‘सुरेन ताम्लिङ मेरो पुराना साथी हुन् । उनले मोडलिङको प्रस्ताव गरेपछि गरेकी हँु । मोडलिङ मेरो रहर पनि हो ।’ यसरी कर र रहरले मोडल बनेकी पविता अभिनीत म्युजिक भिडियो डिजिटल मिडिया यु–ट्यबमार्फत रिजिल भएको
More