Daily Archives March 4, 2017

हामीले उठाएका माग मधेशको मात्र होइन, देशकै हो : अध्यक्ष ठाकुर

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गरेर चुनाव गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ठाकुरले संविधान जारी गरेजस्तै बल प्रयोग गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुनेमा चिन्ता व्यक्त गर्नुभयो । सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती गरेको बताउँदै उहाँले भन्नुभयो, “संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, हामीले उठाएका माग मधेसका मात्रै होइनन्, यी त देशकै माग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनि मात्रै चुनावको कुरा आउँछ ।” नेता ठाकुरले सरकारले हतारमा चुनावको मिति घोषणा गरेकाले अहिले संविधान
More

अपहरणकारी र प्रहरीबीच गोली हानाहान

काठमाडौं । अहपरणमा परेका तीन जना युवकलाई मुक्त गराउदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ । काठमाडौंको स्वयम्भूबाट मुक्त गराउने क्रममा गोली हानाहान भएको हो । काठमाडौंको बौद्धबाट तीन दिनअघि विशाल तामाङ, नाङडुङ तामाङ र मनदोर्जे तामाङ अपहरणमा परेका थिए । उनीहरुलाई अहपरणकारीले फिरौती लिएर मुक्त गर्ने क्रममा प्रहरीसँग गोली हानाहान भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुलाई मुक्त गर्न अहपरणकारीले रु.६ लाख फिरौती लिएका थिए । महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार एक जना अहपरणकारी पक्राउ परेका छन् । घुँडामा गोली लागेर घाइते भएपछि अपहरणकारी दुर्गा तामाङ पक्राउ परेका हुन । त्यस्तै अपहरणमा संलग्न सचिन खवास र
More

एमालेको मेची-महाकाली राष्ट्रिय अभियान सुरु

काठमाडौं । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान आज सुरु भएको छ । झापाको काँकडभिट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे । एमालेको राष्ट्रिय अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रलाई परास्त गर्न आह्वान गरे । उनले सरकारमै रहेका दलहरु संविधान कार्यान्वयन गरी चुनाव हुन नदिने षड्यन्त्रमा लागिरहेको आरोप लगाए । जनताका अधिकार सुनिश्चित गर्न नदिनेहरुलाई जनताले नै ठीक पार्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले चुनाव हुन नदिने, संविधान कार्यान्वयन हुन नदिने, लोकतन्त्रलाई संस्थागत हुन नदिने र हिंसा भड्काउन खोज्नेहरु सक्रिय
More

रसुवागढी नाका–वारि त्रिपाल, पारि महल

रसुवागढी–केरुङ नाकाअन्तर्गत मितेरीपुलको सिमानावारि नेपालतर्फ दुरवस्थामा रहेको टिनको छानोमा नेपाल प्रहरी तथा त्रिपालमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय र पारि चीनतर्फ अत्याधुनिक अध्यागमन कार्यालय । तस्बिर : किरण भट्टराई
More

राजेन्द्र खेतान कन्सुल कप्सको डिनमा नियुक्त

काठमाडौं । नेपालका लागि पोर्चुगलका अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतान अनरेरी कन्सुल कप्र्स, नेपालका नयाँ डिन नियुक्त भएका छन् । यसअघि नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछाने डिन थिए । कप्र्सका नवनियुक्त पदाधिकारीमा आङ छिरिङ सेर्पा भाइस डिन छन् भने श्रीराम लामिछाने, किरण वैद्य, बिनय मान श्रेष्ठ पदाधिकारी टिममा सदस्य छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालय र अन्य कूटनीतिक नियोगहरुसँग निकट रहेर काम गर्ने यो संस्था सन् २००७ मा गठन भएको थियो । संस्थाका सदस्यहरुले आफूले प्रतिनिधित्व गर्ने मुलुकसँग नेपालको द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन प्रतिबद्ध रहेको बताएका छ । संस्थामा ४० देशका वाणिज्य दूतहरु सदस्य छन् ।
More

एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौँ : मह

रत्ननगर । सौराहाको थारू कल्चर हाउसको स्टेजमाथि सधैँ थारू युवाले मौलिक पोसाकमा परम्परागत नृत्य तथा गीत प्रस्तुत गर्थे । स्वदेशी र विदेशी पर्यटक टम्म भरिएका हुन्थे । थारू संस्कृतिमा पर्यटक रमाइरहेका हुन्थे । शुक्रबार राति यहाँ फरक दृश्य देखाप¥यो । सौरेलीको जमघटले कल्चर हाउस भरियो । नेपथ्यबाट राजाराम पौडेलको उद्घोषसँगै रातो जामा र सुरुवालमा मह (मदनकृष्ण र हरिवंश) जोडी निस्किए । तीखो राजनीतिक व्यङ्ग्य मिसिएको शब्द प्रयोग गरी लोकभाका मै ‘प्रार्थना गीत’मार्फत दर्शकलाई उचाले । ईश्वर तिमीले जगत् बनायौँ, चन्द्र बनायाँै, यति सुन्दर देश बनायाँै … एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौँ … ठाउँठाउँमा प्रस्तुत हुँदै आएको ‘नेवार
More

बस भित्रै जलेर मृत्यु

दाङ । घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् । उनको अनुहार, हातखुट्टा एवम् शरीरका विभिन्न भाग जलेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ । पार्किङ गरेको बसमा कसरी आगो लाग्न पुग्यो र मृतक को हुन् भन्ने
More

पन्ध्र जिल्लामा पोलियो खुवाइँदै

काठमाडौं । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ । तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले शुक्रबार नै गृह मन्त्रालयलाई आग्रह गरेको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद
More

एमाले केन्द्रीय कमिटीमा एकैपटक २० जना मधेसी र थारु नेता मनोनित

काठमाडौं । मेची–महाकाली अभियान लिएर तराईमा होमिएको नेकपा एमालेले अकस्मात केन्द्रीय कमिटी विस्तार गरेको छ । शुक्रबार राति झापाको बिर्तामोडमा बसेको स्थायी कमिटी बैठकले एकैपटक २० जना मधेसी र थारु नेतालाई केन्द्रीय कमिटीमा मनोनित गरेको हो । मधेशका जिल्लामा मेची-महाकाली अभियानलाई मधेशी मार्चाले अबरोध गर्न थालेका बेला अभियान थाल्नुअघि एकैपटक एमालेले २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो । केन्द्रीय सदस्यमा मनोनित हुनेमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् । ८ जनालाई भने बैकल्पिक केन्द्रीय
More

काग्रेस महामन्त्री डा. कोइराला नेदरल्याण्ड आउँदै

आमस्टर्दाम । यही मार्च ६ तारिखका दिन नेपाली जनसम्पर्क समिती नेदर्ल्याण्डले आयोजना गरेको नेपालको समसामहिक राजनितिक बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री डा शशांक कोइराला लगायत केन्द्रिय नेताहरु क्रमस्: एन पि शाउद , चन्द्र भण्डारी तथा शुरेन्द्र पाण्डे नेदर्ल्याण्डको राजधानी आमस्टर्दाम आउने भएका छन । नेपाली जन सम्पर्क समिती बेल्जियमको चौथो अधिबेसनलाई प्रमुख अतिथी को रुपमा सम्बोधन गर्न आएका डा कोइरालालाई आमन्त्रण गर्दै नेदर्ल्यान्ड्मा पनि कार्यक्रम आयोजना गरिएको ज स स का महामन्त्री शालिक गौतमले जानकारी गराए । नेपाली जन सम्पर्क समिती नेदर्ल्यान्दले कार्यक्रमलाई भब्य र सभ्य बनाउन सबै तयारी सम्पन्न भैसकेकाले देशको समसमहिक बिषयमा आफ्ना जिज्ञासा
More