Daily Archives March 5, 2017

चितवनमा महायोग साधना हुने

भतरपुर । चितवनमा आगामी बुधवारदेखि ५ दिने पाशुपत सिद्धमहायोग ध्यान साधना एवं सत्सँग समारोह हुने भएको छ । जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ चितवन शाखाको आयोजना तथा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको सहआयोजनामा महायोग साधना शिविर गरिन लागेको आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । जगद्गुरु श्रीरामानन्दचार्य सेवापीठ चतराधामका पिठाधीश महायोगी सिद्धवाबा श्रीवैष्णव कृष्णदासजी महाराजको सानिध्यमा सो शिविर गरिन लागेकोे आयोजकले जनाएको छ । सेवा पीठ चितवन शाखाका सहसंयोजक भरत सापकोटाले महायोग साधना मानव जीवनका लागि अपिरहार्य भएको बताउदै गुरुको सानिध्यमा हुन लागेको महायोगमा सहभागी हुन सबैलाई आग्रह पनि गर्नु भएको छ । सहसंयोजक सापकोटाले स्वत : हुने महायोग साधनाबाट निरोग रहन सकिने
More

साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले कार्यदलको प्रतिवेदन बुझ्ने

काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डे संयोजक रहेको समितिले स्थानिय तह बढाउनेसहितको प्रतिवेदन आज बुझाउन लागेको हो । संघीय मामिला तथा स्थानीय विकासमन्त्री तथा कार्यदलका संयोजक हितराज पाण्डेले प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए । पाण्डेले भने, ‘प्रतिवेदनको औपचारिक टुंगो लागेको छैन, तर पनि चाँडै बुझाउने तयारीमा छौँ ।’ प्रतिवेदनको मस्यौदा तयार भइसकेको उनको भनाइ छ । मन्त्रिपरिषदको बैठक बेलुका ५ बजे बोलाइएको छ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र
More

बाग्लुङको दरमखोला पहिरोले थुनिएपछि ताल बन्यो

काठमाडौं । बागलुङको रिघा गाविस–७ मनेवापाटामा सुख्खा पहिरो गएको छ । बिहान ५ बजेको समयमा करिब २ सय मिटर माथिबाट एक्कासि पहिरो खसेको हो । पहिरो झरैसंगै विद्युत सर्ट हुँदा रिघा गाविसकै अन्दाजी ५६ वर्षीय पूर्णकली नेपालीको मृत्यु भएको छ भने दरमखोला थुनेर तालमा परिणत भएको छ । विद्युत सर्ट हुँदा आगलागी भएपछि निभाउन जाँदा करेन्ट लागेर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालीलाई हटिया उपस्वास्थ्य चौकीमा उपचारका लागि लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिए । अझै पनि सानो सानो पहिरो झरिरहेको अधिकारीले भनाई छ । दरमखोलामा बनेको ताल अहिले विस्तारै ओभरफ्लो भएर
More

नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । त्यसैगरी छनोट हुने अन्य खेलाडीमा शरद भेषवाकर, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, महबुब आलम, अरिफ शेख, सुनिल धमला र दीपेन्द्रसिंह ऐरी छन् । वैकल्पिकतर्फ भने राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की तथा
More

एमालेको मेची–महाकाली अभियान: मोरङ र सुनसरीमा सभा

काठमाडौं । नेकपा एमालेले मेची–महाकाली अभियानअन्तर्गत आज मोरङ र सुनसरीमा सभा गर्दैछ । मोरङको विराटचोकमा हुने सभालाई उपाध्यक्षद्धय बामदेव गौतम र भीम रावलले तथा इटहरीको सभालाई माधबकुमार नेपालले सम्वोधन गर्ने एमालेले जनाएको छ । अभियान हिजो झापाको काकडभिट्टावाट सुरु भएको थियो । स्थानीय तह निर्वाचन र मधेस विरोधीको आरोप चिर्न एमाले पन्ध्र दिने मेची–महाकाली अभियानमा जुटेको हो । अभियान चैत ५ गते सुर्खेत पुगरे टुङ्गिने छ । अभियान अन्तगर्तत एमालेले पूर्व–पश्चिम राजमार्गका ३३ ठाउँमा सभा, -याली र साँस्कृतिक कार्यक्रम गर्दैछ ।
More

लोपोन्मुख कुशबँधिया

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२३ इन्द्रपुरगाउँमा बसोबास गर्दै आएका लोपोन्मुख समुदाय कुशबँधिया । तस्बिर : अमृता केसी
More

मोर्चा निर्वाचनमा सहभागी हुने प्रमको विश्वास

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने स्पष्ट पार्नुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन बुझाउने र तराई–मधेसमा केही तहको सङ्ख्या वृद्धि हुने जानकारी उहाँले दिनुभयो । प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेको तर स्थानीय तहको निर्वाचनका लागि तत्काल नै आवश्यक नरहेको बताउनुभयो । पत्रकारको जिज्ञासमा उहाँले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने छ भन्नुभयो ।
More

म्याग्दीमा पनि फस्टाउँदै छ हाउजिङ

म्याग्दी । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् । सदरमुकाम बेनी बजारमा बसोवास गर्ने करिब २० हजार मानिसमध्ये १३ हजार भन्दा बढी व्यक्ति ग्रामीण क्षेत्रबाट बसाइँसराई गरी आएका हुन् । उनीहरुले सदरमुकाम बेनी र नजिकका ठाउँमा घडेरी किनेर घर बनाउन थालेपछि हाउजिङ संस्कृति फस्टाउँदै गएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सदस्य सुवीन श्रेष्ठले बताउनुभयो
More

HPRR Bhandari wishes all the best to Alex

Honorary Public Relation Representative (HPRR) of Nepal Tourism Board (NTB) for UK, Mr Pashupati Bhandari, met Alex Conty– a London-based physiotherapist — who is leaving for Nepal on Monday to undertake 120-day long trekking along the ‘Great Himalaya Trail.’ Mr Bhandari presented Nepal and Britain badges to Alex and honoured him with a khada. He wished him a safe trek along the Nepal Himalayas and said his determination to go on such a challenging trek for a humanitarian cause was really exemplary. “Two years after the 2015 earthquake, we hope your trek will help convey the message that Nepal is
More

नेपालमा लगानी गर्ने वातावरण बनेको छ : उपाध्यक्ष पन्त

भियना । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालमा लगानी गर्ने वातावरण बनेको बताएका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रियाको साधारणसभामा बोल्दै उपाध्यक्ष पन्तले उक्त कुरा बताउनुभएको हो । पन्तले नेपालमा लगानी गर्न सही समय भएको भन्दै विश्वभर छरिएर रहेका नेपालीले सिकेको ज्ञान, सीप र पूँजी स्वदेश फर्काउन आह्वान गरे । पोर्चुगलमा दूतावास स्थापनाका लागि एनआरएनएले पहल गरिरहेको जानकारी दिँदै उनले दूतावास नहुँदा युरोपका धेरै मुलुकमा नेपालीले दुःख पाइरहेको उल्लेख गरे। ‘दशौं वर्षको प्रयासपछि स्पनेबासी नेपालीको पहलमा आज दूतावास खुल्ने भएको छ। अष्ट्रियाको दूतावाबासबाट सबै सेवा सञ्चालन गर्नका लागि म पहल गर्नेछु’, उनले भने। एनआरएन अभियानका पुराना दिन सम्झँदै उपाध्यक्ष
More