Daily Archives March 8, 2017

पहिला आक्रोसित बनाउने अनि टाउकोमा चढ्न खोज्ने ?

लक्षमणलाल कर्ण, सहअध्यक्ष सद्भावना पार्टी यतिबेला तराई मधेश आक्रोसित छ, सोमबार सप्तरी घटनामा चारजनाको ज्यान गएपछि मधेश आक्रोसित भएको हो । संयुक्त लोकतान्त्रिक मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकसाताको अल्टिमेटम बुझाएको छ । मोर्चाको अबको रणनीति के हुन्छ ? यसै सेरोफेरोमा सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णसँग गरिएको कुराकानी– ० छलफलबाट के निर्णय भयो ? – बैठकमा हामीले सप्तरी घटनामा एमाले दोषी देख्यौं । मधेशमा आन्दोलन चलिराख्या छ, एमाले मधेश विपरित छ, त्यो ठाउँमा सेना, प्रहरी लगाएर कार्यक्रम गर्नु राजनीतिक चरित्र होइन । मान्छे मर्छ भन्ने कुरा थाहा भइकन एमालेले त्यस्तो कार्यक्रम ग¥यो । त्यससम्बन्धमा हामीले भोलि २६ गते प्रदर्शन गछौं, २७
More

कांग्रेस, एमाले र माओवादीलाई बेलाबेलामा नरबली चाहिन्छ

अनिता यादव स्वार्थ मिल्यो भने आपसमा मिल्ने, नत्र संधै झगडा गरि रहने चलन हामी कहाँ नया होइन । सयौं बर्षदेखि शोषित पीडित जनजाति, मधेशी तथा पिछडिका बर्गहरुले आफ्नो अधिकारको माग गरिरहेको बेला अन्धा धुन्ध गोलि हान्न कती जायज छ त्यो एक पटक सोच्ने बेला आएको छ । एक चोटी काग्रेस, एमाले, माओवादी वा कुनै पनी अरु पार्टी भन्दा बाहिर बसेर सोच्नुहोस मधेसी जनताको बाच्न पाउने अधिकार हनन गरेर मधेशी सिधा साधा जनताको ज्यान बली चढाएर कसले के पाए ।मानबिय गुण हुनुपर्ने नेतामा दानबिय गुण भएपछी देश र जनता ले दुख पाउने नै भए । के हाम्रो समाज मा काग्रेस, एमाले,
More

पुनःनिर्माणमा रमाउँदै महिला कामदार

खोप्लाङ । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम लिएका गाउँलेहरुले तामाङलाई भेटेर घर निर्माण गरिदिन आग्रह गर्छन् । तामाङले ठेक्का लिएरै चार वटा घर निर्माणको काम गरिरहनुभएको छ । उहाँलाई श्रीमान् वीरमानले पनि साथ दिएपछि घर पुनःनिर्माणको चाप बढेको हो । वीरमान पनि डकर्मी हुनुहुन्छ । विगतदेखि नै मजदुरी गर्दै आउनुभएका तामाङले घरको गारो लगाउने सीप भूकम्पपछि प्राप्त गर्नुभएको हो । मजदुरीमा सक्रिय तामाङलाई गाउँलेले नै भूकम्प प्रतिरोधी घरहरु बनाउने तालिम लिने जोहो मिलाइदिएका हुन् । केयर नेपालले दिएको सात दिने तालिम लिएपछि
More

राप्रपाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व निर्धारित ‘राष्ट्रिय एकता यात्रा’ अहिलेलाई स्थगन गरेको छ । सोमबार सप्तरीको राजविराजमा संयुक्त मधेसी मोर्चा र सुरक्षाकर्मीकाबीच झडप भई चारजनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै पार्टीले यस्तो निर्णय लिएको हो । मुलुकमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र चुनावका निम्ति अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेकाले पार्टीले आयोजना गर्न लागेको सो यात्रा स्थगन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभएको छ । राप्रपाले राष्ट्रियता, सनातन धर्म र आर्थिक समृद्धि तथा विकासको मुद्दामा केन्द्रित रहेर पार्टीले आगामी चैत ८ देखि १२ गतेसम्म गोरखा, काठमाडौँ, झापा र कञ्चनपुरबाट एकै दिन सँगसँगै सो यात्रा गर्न लागेको थियो
More

दिपुले नयाँ एलबम ल्याउने

काठमाडौं । दर्जनौं लोकप्रिय गीत गाएर स्रोताको मन मनमा बसिसकेका ब्रो सीस ब्याण्डका दिपु गुरुङले फेरि नयाँ एलबमलाई बजारमा ल्याउने भएका छन् । गायक दीपु गुरुङ २००८ सालबाट लण्डनमा बसोबास गर्दै आएता पनि आफ्नो गीत संगीत देखि भने कहिले अलग भई बस्न सकेनन । लण्डनको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा आफ्नो ब्याण्डको गीतहरु गाएर त्यहाँ रहेकाका नेपाली स्रोताहरुको मन जित्न सफल उनले अन्ततः आफ्नो नयाँ एलबम लिएर स्रोतामाझ आउने भएका हुन । उनले ल्याउने ब्रो सीस भोलुम ४ को उक्त एलबमको गीतको भर्खरै रेकर्डिङ्ग र म्युजिक भिडियो सकेर उनी नेपालबाट लण्डनतिरै फर्किसकेका छन् । नयाँ बर्ष २०७४ सालसँगै आफ्नो नयाँ एलबमलाई स्रोतमाझ
More

२०० वर्षको अवसरमा लण्डन दूतावासमा सप्ताहव्यापी कार्यक्रम

लण्डन । नेपाली दूतावासमा नेपाल ब्रिटेन संबन्ध कायम भएको दुई सय वर्ष पुरा भएको अवसरमा आउँदो मार्च १४ तारिखदेखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको छ। दूतावासका अनुसार मार्च १४ तारिख उद्घाटनका अवसरमा साँस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी गरिनेछ। त्यस्तै मार्च १५ तारिखका दिन युरोपेली पर्यटकहरुलाई लक्षित गरिएको “भिजिट नेपाल युरोप २०१७” को घोषणाका साथै चित्रकला एवम् फोटो प्रदर्शनी गरिनेछ। बिहीबार मार्च १६ तारिखका दिन आयोजना गरिने अन्तरकृया कार्यक्रमको अध्यक्षता ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले र सन्चालन अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डेविड गेलनरले गर्नुहुनेछ। सो अन्तर्कृयामा प्रा. डा. सूर्य सुवेदी, डा. कृष्ण अधिकारी, डा. मारा मालागोडी तथा ब्रिटिश
More

महिला दिवसको बिहानै किशोरीको रहस्यमय मृत्यु

गौशाला । महोत्तरी जिल्लाको पिपरा गाविसमा आज बिहान एक किशोरीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा–५ बस्ने राजेन्द्र महासेठकी छोरी १७ वर्षीया काजलकुमारी महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार किशोरी महासेठ गएराति खाना खाएर सुत्न गएकीमा आज बिहान उनको शव झुन्डिएको अवस्थामा उनी सुत्ने कोठाभन्दा छेउको कोठामा फेला परेको छ । किशोरी महासेठको घाँटीमा सलको पासो लागेको तथा उनी आफ्नो सुत्ने कोठामा नभई छेउको कोठामा झुन्डिएको अवस्थामा फेला परेकाले प्रहरीले किशोरीको मृत्यु रहस्यमय भएको भन्दै आवश्यक अनुसन्धान सुरु गरेको छ । घटना रहस्यमय भएको भन्दै प्रहरीले किशोरी महासेठको मृत्युको
More

व्यापारी र मोर्चाका नेता कार्यकर्ताबीच वीगन्जमा झडप

पर्सा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् । बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् । व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बनेको छ । व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् । व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा
More

एमालेको मेची–महाकाली अभियान पुनः भोलिदेखि

चितवन । सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान भोलिबाट पुनः हेटाँैडादेखि सुरु हुने भएको छ । नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गते जिल्लामा वृहत -याली र आमसभा गर्ने जनाएको छ । जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले केन्द्रीय अध्यक्षसहित तीन शीर्ष नेताले सभालाई सम्बोधन गर्ने बताउनुभयो । बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहितको पाँचहजार भन्दा बढीको मोटरसाइकल -याली भरतपुरको चौबिस कोठीमा आएर जम्मा हुने सहभागीसहितको वृहत -याली नदी किनारमा पुगेर सभामा परिणत हुने उहाँले बताउनुभयो । सभामा ५० हजार सहभागी हुने लक्ष्य राखिएको बताउँदै पोखरेलले -यालीमा विभिन्न जातजाति, समुदायको झाँकी प्रस्तुत
More

संयमित बनाउन योगले सहयोग पुग्ने: नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मानिसलाई संयमित बनाउन योगले सहयोग पुग्ने बताउनुभएको छ । जगतगुरु श्रीरामानन्दचार्य सेवा पीठ चितवन शाखाले आजदेखि यहाँ आयोजना गरेको पाँचदिने पाशुपत सिद्धमहायोग ध्यान साधनाको आज उद्घाटन सभामा बोल्दै उहाँले संयमित सोचले समाजलाई भलो गर्ने र शान्ति कायम गर्न सहयोग पुग्ने बताउनुभयो । राजनीतिक क्षेत्रमा हतारमा दिइने प्रतिक्रियाले धेरै अफ्ठ्यारो सिर्जना हुने गरेको भन्दै नेता पौडेलले कम्तीमा दैनिक आधा घन्टा योग गर्न सकेमा शरीरलाई हलुका बनाउने र सोच विचार गरेर निर्णय लिने क्षमताको विकास गर्ने बताउनुभयो । अतिवादी प्रवृत्ति बढेका बेला संयम भएर सोच्न सकियो भने जनहितमा काम गर्न सकिने भन्दै उहाँले यसलाई
More