Daily Archives March 10, 2017

निर्वाचन क्षेत्र विधेयक अघि बढेन

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । सो प्रस्ताव पारित गर्न हाल कायम पाँच सय ९५ को एक चौथाइ १४९ हुनुपर्नेमा १२५ सदस्य मात्र उपस्थित भएकाले संसद्का बाँकी कार्यसूची हटाइएको घोषणा सभामुख ओनसरी घर्तीले गर्दै बैठक स्थगन गर्नुभयो । सत्ता पक्षकै सांसदले पातलो उपस्थिति जनाएपछि विधेयकको थप प्रक्रिया रोकिएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का कतिपय सांसद हेटौँडाबाट पुनः सुरु भएको मेची–महाकाली अभियानमा लागेकाले अनुपस्थित भएको जनाइएको छ । साँझ एकाएक देखिएको खराब मौसम र हल्का वर्षाका कारण पनि सांसद्हरु पहिलो बैठकपछि निस्केका थिए
More

बुद्ध जन्मस्थलबाट शान्ति र राष्ट्रिय एकताका पक्षमा सन्देश

बुटवल । नेकपा(एमाले)ले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २९ र ३० गते लुम्बिनी अञ्चलका तराईका तीन जिल्लामा सभा हुने भएको छ । आइतबार ५ नं प्रदेश अन्तर्गतको नवलपरासीको बर्दघाटबाट -यालीसहित भुमही र रुपन्देहीको भैरहवा तथा सोमबार कपिलवस्तुका चार नं जितपुर र चन्द्रौटामा होलीसहित सभा हुने एमाले केन्द्रीय सदस्य तथा सांसद वैजनाथ चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । राष्ट्रिय एकता, अखण्डता, स्वाभिमान, संविधान कार्यान्वयन, सामाजिक सद्भाव र समृद्धिका पक्षमा एमालेले फागुन २१ गतेदेखि पूर्वको मेची पुलबाट अभियान सुरु गरेको हो । एमाले उपमहासचिव तथा प्रदेश संयोजक विष्णुप्रसाद पौडेलले ती सभाले बुद्ध जन्मस्थलबाट दिगो शान्ति, सामाजिक सद्भाव र
More

अध्ययनबाट बञ्चित दृष्टिविहीन

विद्यालय जानबाट बञ्चित म्याग्दी ताकम–३ की दृष्टिविहिन सुस्मिता विकका छोरीहरु । आमा र बुबा दुबै दृष्टिविहीन हुँदा घरपरिवारको नाजुक आर्थिक अवस्थाले उनीहरु पढ्न छाडेका हुन । तस्बिर : कमल खत्री
More

कन्चनपुर घटनाबारे परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्रीबीच फोनवार्ता

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भएको विषयलाई लिएर परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग आज बिहान फोनवार्ता गर्नुभएको छ । मन्त्री डा महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उहाँको ध्यानाकर्षण गराउनुभएको थियो । नेपाली नागरिकको ज्यान गएको यस घटनाको छानबीन गरी यसमा संलग्न दोषीमाथि कारबाहीका साथै आइन्दा यस्ता घटना हुन नदिन भारतीय पक्षबाट लिनुपर्ने सावधानीका लागि पनि विदेशमन्त्री स्वराजसँग मन्त्री डा महतले आग्रह गर्नुभएको थियो । वार्ताका क्रममा भारतीय विदेशमन्त्री स्वराजले घटनालाई भारत सरकारले पनि गम्भीर रुपमा लिएको र घटनाबारे स्थानीयस्तरमा यथार्थ
More

केन्याविरुद्धको पहिलो खेलको सम्पूर्ण टिकट विक्री

काठमाडौं । अन्र्तराष्टिय क्रिकेट परिषद विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत नेपालको कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा फागुन भोलि शनिबार हुने पहिलो म्याचको सम्पूर्णं टिकट बिक्री भएका छन् । टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवा फोन पे. प्रा.लिका अनुसार ११ हजार दुई सय टिकट विक्री भएका छन् । इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भन्नुभयो ‘हामीलाई आइसीसीले टिकट विक्री रोक्न आग्रह गरेअनुसार टिकट विक्री रोकेका छौं’ । सोमबार हुने दोस्रो म्याचको पनि सिमित टिकट बाँकी रहेको इसेवाले जनाएको छ । आईसीसीले टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । विगतमा जस्तै यसपटक पनि सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने
More

कैलालीमा पनि प्रदर्शन, नाकामै पुगेर विरोध

कैलाली । कञ्चनपुरमा बिहीबार भारतीय सुरक्षाकर्मीको गोली लागेर नेपाली मारिएपछि त्यसको विरोधमा कैलाली जिल्लामा पनि प्रदर्शन भइरहेको छ । कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् । नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफन्टा नाका प्रवेश गर्न लागेका आक्रोशित नेपालीलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ । उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारवाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि विरोध गरेका छन् । कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीले प्रदर्शन गरिरहेका छन् । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको
More

मोर्चाद्वारा बसमा आगजनी

राजविराज । बन्दको अवज्ञा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रअगाडि एउटा बसमा आगजनी गरेका छन् । रुपनीबाट राजविराजतर्फ आइरहेको ना ५ ख ६७१३ नंको स्वस्तिका बसमा मोर्चाको कार्यकर्ताले आगो लगाउँदा बस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नष्ट भएको गाडी राजविराजदेखि वीरगन्ज चल्ने गाडी हो । यात्रुलाई भने केही नभएको बुझिएको छ । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सोमबार एमालेले गरेको कार्यक्रम बिथोल्न पुगेका मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडपमा चार जनाको मृत्यु भएपछि मोर्चा सप्तरीले अनिश्चितकालिन बन्द आह्वान गरेको थियो । बन्दको अवज्ञा गरेकाले
More

उपत्यकामा बन्दको प्रभाव छैन

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको नेपाल बन्दमा काठमाडौँ उपत्यकामा खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्बाध सञ्चालन भएको, हालसम्म कुनै प्रदर्शन तथा घटना नभएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । मोर्चाले सप्तरीमा यही फागुन २३ गते भएको हिंसात्मक घटनाको विरोधमा बन्द आह्वान गरेको हो । भाडाका सवारीसाधन केही पातलो देखिएपनि निजी र अन्य सवारीसाधन यथावत् चलेका छन् भने कतिपय निजी विद्यालय खुलेका छैनन् ।
More

काभ्रेपलाञ्चोकमा दोस्रो किस्ता वितरण सुरु

बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण आजदेखि सुरु भएको छ । प्रथम किस्ता वितरण भएको जिल्लाको रविओपी गाविसबाट आज काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले रविओपी गाविस–४ का होमनाथ कोइरालासहित करिब १० जनालाई दोस्रो किस्ताबापतको अनुदान सम्झौता हस्तान्तरण गर्नुभयो । सो सम्झौतापछि उनीहरुले रु एक लाख ५० हजार पाउने छन् । सो अवसरमा बोल्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले सरकारको राजस्व कसैले पनि दुरुपयोग गर्न नहुनेमा जोड दिँदै पुनःनिर्माणका लागि सरकारको उपस्थिति मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो– “वास्तविक भूकम्पपीडितको लाभग्राहीमा नाम छुटेको छ, भने पनि ढिलोचाँडो पाउनुहुन्छ ”। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव
More

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

जाजरकोट । जाजरकोट खलङ्गाबाट साल्मा–५ खाराको लागि जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । यहाँको भेरी मालिका नगरपालिका–४ बोहरागाउँ सिमी चौतारा नजिकैको मोडमा चार सय मिटर तल खसी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । उद्धारमा नेपाली सेना र सशस्त्र प्रहरी, वाइसिएल टोली घटनास्थलमा खटी घाइतेको उद्धार गरिएको थियो । उक्त बसमा सवार रहेका ६२ जना यात्रुमध्ये घटनास्थलमा नौजना, उपचारको क्रममा जाजरकोट अस्पतालमा ल्याइएका घाइतेमध्ये १६ जना र मिसन हस्पिटल चौरजहारी रुकुममा एकजना गरी २६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरुमध्ये जिल्ला
More