Daily Archives March 11, 2017

जनसम्पर्क समिति बेल्जियमको सभापतिमा माधवको अग्रता

लन्डन। नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको आइतवार हुने निर्वाचनमा सभापति पदका लागि माधव सापकोटा अग्रस्थानमा देखिएका छन् । सभापति पदका लागि अर्की प्रत्यासी अनुजा प्रधानले सापकोटालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए पछि सापकोटा चुनावी अभियानमा अग्रस्थानमा पुगेका हुन् । सभापतिमा सीता सापकोटाले उम्मेदवारी दिएकी छिन्। उनी पार्टी नेता रामचन्द्र पौडेल खेमाकी हुन् भने माधव पार्टी सभापति शेर बहादुर देउवा नजिकट छन् । यसअघि सापकोटाले अनुजाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत भए आफुले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए तर अर्की प्रत्यासी सीता सापकोटा आफ्नो नेतृत्वको दावी नछोडे पछि सहमति वातावरण भाडिएको थियो । २०५० सालमा नेविसंघ चितवनको सचिवको
More

कोदोवारीमा ३ हेलिकप्टर झर्दा (फ्ल्यास ब्याक)

बाग्लुङ । अमलाचौर । तल हेर्दा जंगलै जंगल थियो, यहाँ पनि बस्ती होला र जस्तो लाग्थ्यो । डाँडै डाँडा, कालीगण्डकीले गहिरो गरी काटेको खोँच, डरलाग्दा पहरे भिर । त्यो स्वीस पाइटलले हेलिकप्टरलाई फनफनी घुमाए, औंलामा घुमाए जस्तो गरी । अघिल्लो सिटमा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले उङ्गदै बेला बेलामा मुस्काउँदै थिए । हामी गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, सांसद प्रकाश शर्मा, व्यवसायी चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्वप्रवक्ता डा. हेमराज शर्मा पछाडिको सिटमा रोमान्टिक मूडा थियौं । इन्टरकममार्फत् बेलाबेलामा कुराकानी हुन्थ्यो । हेलिकप्टरमा चढेकामध्ये व्यवसायी चन्द्र ढकाल पश्चिम नेपालीबारे धेरै जानकार हुनुुहन्थ्यो । फर्किनेक्रममा चन्द्रागिरीमा बन्दै
More

विप्लवको कार्यकर्ताद्वारा साझा यातायातमा आगजनी

काठमाडौं । साझा यातायातको यात्रु बसमा आगजनी भएको छ । शनिबार दिउँसो विप्लव माओवादीका कार्यकर्ताले बालाजुको बाइपासमा यात्रु बसमा आजगनी गरेका हुन् । उनिहरुले प्रत्यक्षदर्शीका अनुसार खुकुरी र अन्य हतियारसहित आएको समूहले पेट्रोल छर्किएर आगजनी गरेका हुन् । नयाँबसपार्क( एयरपोर्ट रुटमा चल्ने सो बसमा आगजनी गरेसँगै उनिहरु फरार भएका छन् । बालाजुमा बस रोकेर सुरक्षाकर्मी, चालक र सह(चालक खाना खान गएको समयमा बिप्लबका कार्यकर्ताले साझा बसमा आगजनी गरेका बताईएको छ । बा ४ ख ५६४८को बसमा रहेका यात्रुलाई झारेर आगो लगाइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी कार्यकारी अधिकृत महेन्दराज पाण्डेले बताएका छन् । आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको
More

केन्यासँग नेपाल पराजीत

काठमाडौं । केन्यासँग नेपाल पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा केन्याले नेपालविरुद्ध ५ विकेटको जीत हाँसील गरेको हो । केन्याले पाएको ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । पानी परेको कारण सुरूवातमा खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । पुनः खेलको बीचमा वर्षा भएपछि केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो । बर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, बर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको
More

भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो–“अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु, भन्ने घमण्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ ।”खाली हात आफ्नो सिमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उहाँले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताउनुभयो । सप्तरी घटनाका सन्दर्भमा
More

सप्तरी झडपमा मृत्यु भएका पाँचैजनाको शवयात्रा

राजविराज । प्रहरीसंगको झडपमा गोली लागी मृत्यु भएका पाँचजना मधेसी मोर्चा कार्यकर्ताको आज राजविराजदेखि सिरहाको लहानसम्म शवयात्रा निकालिएको छ । राजविराजको गजेन्द्र चोकमा मृतक पाँचजनाको पार्थिव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिनुभएको थियो । जिल्लाको मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो, मलेठ–४ का पीताम्बर मण्डल, प्रशवनी गाविस टेङ्रीका आनन्द साह र जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो । राजविराजको गजेन्द्र चोकबाट हजारौँ जनसमुदायको सहभागितामा निकालिएको शवयात्रा हनुमाननगर सडकखण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमाननगर, भारदह
More

तोरन्ह पर्वमा थकाली युवती

थकाली सेवा समितिले तोरन्ह पर्वको अवसरमा शनिबार म्याग्दीको बेनीमा आयोजना गरेको कार्यक्रममा अतिथिको स्वागत गर्दै थकाली युवती । तस्बिर : सन्तोष गौतम
More

स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील

काठमाडौं । नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै ७४४ स्थानीय तह कार्यान्वयनमा आएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार एक सूचना गरी ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका गरी ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू भएको जनाएको हो । ७४४ स्थानीय तह कार्यान्वयनमा आएसँगै साविकका गाविस र नगरपालिका भङ्ग भएको मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले बताउनुभयो । चार महानगरपालिका यसअघि काठमाडौँ महानगरपालिका मात्र रहेकोमा अब महानगरपालिकाको सङ्ख्या चार पुगेको छ । काठमाडौँ उपत्यकामा दुई महानगरपालिका भएका छन् । यसअघि उपत्यकामा काठमाडौँ महानगरपालिका मात्र थियो । साविकको ललितपुर उपमहानगरपालिका पनि अब महानगरपालिकामा परिणत भएको छ ।
More

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

क्वालालम्पुर । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहनुभएको छ । भने जति तलब पाउनुभएको छ तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ । महिना मरेपछि हातमा तलब । काम उही, बुट बजार्ने । तेत्तीस डिग्री सेल्सियस तापक्रममा बाह्र घण्टा उभिएर सेवा गर्नु पर्दा उहाँको मन कुँडिन्छ । घर र लालाबालालाई सम्झेर उहाँ भुक्तमान भोगिरहनु छ । उहाँको बिस्तरा भएको कोठामा पनि अरु १३ जनाका गुन्टा छन् । धरान उपमहानगरपालिका–२२ देवी गाउँका रामबहादुर तामाङको
More

जनसम्पर्क समिति बेल्जियमको निर्वाचनमा त्याग देखाउन सबै तयार

ब्रसेल्स । नेपाली जनसंपर्क समिति बेल्जियमको चुनवमा माधव सापकोटाको टिमले सर्वसम्मती हुने खण्डमा संगठनको वृह्तर हितको लागि भन्दै अनुजा प्रधानको नेतृत्वलाई स्विकार गर्ने भएको छ । अध्यक्षका प्रत्यासी माधव सापकोटाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान उपाध्यक्ष र अध्यक्षका उम्मेद्वार अनुजा प्रधानको नाममा सर्वसम्मती हुने भएमा आफुलाई स्विकार्य हुने बताएका छन्  । अर्का उम्मेद्वार सिता सापकोटालाई संगठनको हितका लागि त्याग देखाउन उम्मेद्वार अनुजा प्रधानले अनुरोध गरेकी छन् । यस पुर्व उम्मेद्वार प्रधानले सार्वजानिक अभिव्यक्ति दिदै उमेद्वारद्धय सिता सापकोटा र माधव सापकोटालाई मिलेर आएमा आँफुले मैदान खालि गरिदिने घोषणा गरे लगत्तै माधव सापकोटाले उदारता देखाएर एक पद, एक व्यक्ति र एक
More