Daily Archives 13th March 2017

लिम्बुको हत्या सुनमायाले गरेको प्रहरीको दावी

लन्डन । अल्डरसटस्थित भिक्टोरिया रोडको घरमा गत शुक्रबार सांझ एकजना वृद्ध मारेको अभियागमा एक नेपाली महिलालाई अदालतमा सोमबार उपस्थिती गराइएको छ । हयाम्पसायर प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरि हिरासतमा राखिएकी महिला ५० वर्षीया सुकमाया तामाङ माथि हत्याको अभियोग दर्ता गरेको हो । घट्नास्थलमा प्रहरी पुग्दा ति वृद्ध बेहोस अवस्थामा पाइएको तर पछि एम्बुलेन्स कर्मचारीले उनलाई मृत घोषणा गरेको जनाउंदै प्रहरीले अनुसन्धान थालिएको जनाएको थियो । यसअघि उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे छानबीन शुरु भएको प्रहरीले जनाएको थियो । मृत्यु भएका व्यक्ति ताप्लेजुङका ७५ वर्षीय मानबहादुर लिम्बु भएको प्रहरीले पुष्टी गरेको थियो ।
More

स्कटल्याण्डमा मनाइयो नेपाली होली

स्कट्ल्याण्डको अबर्डिनमा बस्ने नेपालीहरुले भव्यरुपमा होली मनाएका छन् । अबर्डिनमा बस्ने नेपालीहरुको सामजिक सन्स्था नेप्लिज हिमालयन एसोसियसनले आयोजना गरेको उक्त कार्यक्रममा उत्साहका साथ ठुलो सन्ख्यामा नेपालीहरु सहभागी भई होली खेलेका हुन । यसरी पहिलो पटक आयोजना गरिएको होली कार्यक्रममा सबैले रङहरुसँग खेल्दै शुभकामना साटेका थिए । नेपाली-नेपाली बिच यती भब्य रुपमा होली खेल्न पाउदा असाध्यै रमाइलो लागेको भन्दै त्यहाँ सहभागी नेपालीहरुले खुशी ब्यक्त गरेका थिए । एसोसिएसनका उपाध्य डा दिलिप उप्रेतिले यो होलिले नेपालमा धेरै बर्ष अघी साथीभाई आफन्त सँग होली खेलेको अनुभुती भएको भन्दै अब उप्रान्त हरेक बर्ष होली बिशेष कार्यक्रम गर्ने जनाए । एशोसियसनका अध्यक्ष टक थापाले आफ्नो
More

लन्डन दूतावासमा १३ भिसीको तस्विर राखिने

लन्डन । नेपाल — वेलायतको दौत्य सम्वन्ध स्थापना भएको द्धिशतवार्षिकी पूरा भएको अवर पारेर नेपाली दूतावास लन्डनले आफ्नो कार्यालय हाताभित्र भिक्टोरिया क्रस विजेता १३ जना गोर्खाहरुको तस्विर अनावरण गर्ने भएको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरणले सोमवार एक विज्ञप्ति जारी गर्दै दुई सय वर्ष पुरा भएको अवसरमा आउँदो मार्च १४ तारिखदेखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको जनाएका छन्। दूतावासका अनुसार मार्च १४ तारिख उद्घाटनका अवसरमा साँस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी गरिनेछ। त्यस्तै मार्च १५ तारिखका दिन युरोपेली पर्यटकहरुलाई लक्षित गरिएको “भिजिट नेपाल युरोप २०१७” को घोषणाका साथै चित्रकला एवम् फोटो प्रदर्शनी गरिनेछ। बिहीबार मार्च १६ तारिखका
More

कपिलवस्तुबाट ओली सिधै बालुवाटारमा

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लाई संविधान संशोधनका बारेमा सहमतिमा आउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा एमालेका अध्यक्ष केपी शर्मासँग स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था भएका कारण सहमतिका लागि अनुरोध गर्नुभयो । अध्यक्ष ओलीले भने निर्वाचनमा केन्द्रित हुन सरकार र प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई अनुरोध गर्नुभयो । प्रधानमन्त्रीको आग्रह सकारात्मक भए पनि संविधान संशोधन प्रस्तावमा सहमति जनाउन एमालेले नसक्ने धारणा ओलीले राख्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले छलफल निरन्तर अगाडि बढाउने
More

प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वका राष्ट्र एवम् सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ । प्रधानमन्त्रीको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीकै हैसियतमा उहाँको यो पहिलो चीन भ्रमण हुनेछ । प्रधानमन्त्री दाहालले गत वर्ष असोजमा ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा चिनियाँ राष्ट्रपति सि चीन
More

स्थानीय तहको प्रतिवेदन सरकारलाई

काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई गाउँपालिका तथा नगरपालिकाको विशेष, संरक्षित र स्वायत्त क्षेत्रसम्बन्धी प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई आयोगका अध्यक्ष बालानन्द पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन हस्तान्तरण गर्नुभयो । आयोगले यसअघि पुस २२ मा गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या सरकारलाई बुझाएको थियो । स्थानीय तहको सङ्ख्या फागुन २७ गते सरकारले नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ । प्रतिवेदन हस्तान्तरण समारोहमा प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनलाई संवैधानिक रुपमा संस्थागत गर्न स्थानीय तह महत्वपूर्ण हुने बताउनुभयो । “स्थानीय तहमा पहिलोपटक अधिकार जाँदैछ, गाउँपालिका र नगरपालिकाको सङ्ख्या कार्यान्वयनमा गइसकेको
More

क्रिकेट मैदानमा दर्शक

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गते नेपाल र केन्याबीचको सोमबार भएका दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपस्थित दर्शकहरु । तस्बिर: रोशन सापकोटा
More

गृहमन्त्री भारत प्रस्थान

काठमाडौं । आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारततर्फ प्रस्थान गर्नुभएको छ । इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनको उद्घाटनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही मार्च १४, १५ र १६ गते भारतको नयाँ दिल्लीमा हुँदैछ । सम्मेलनमा भाग लिएर उहाँ शुक्रवार स्वदेश फर्कनुहुनेछ । भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री निधिले नेपाल सबै किसिमको आतङ्कवादका विरुद्धमा रहेको उल्लेख गर्दै आतङ्कवादका विरुद्धमा एकअर्काको सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने बताउनुभयो । नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको सहमतिमा सरकार बनेको उल्लेख गर्दै उहाँले मोर्चालाई सरकारसँग नटाढिन आग्रह गर्नुभयो
More

वरिष्ठ कवि पराजुली लन्डनमा

लन्डन । नेपालका वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुली मेडल थाप्न लन्डन आइपुगेका छन् । आइतबार सांझ जेट एयरवेज विमानबाट उनीसहित धर्मपत्नी लक्ष्मी पराजुली लन्डन आएकी छन् । नेपाली साहित्य विकास परिषद यूकेको निमन्त्रणामा आएका कवि पराजुली दम्पतिलाई परिषदका वरिष्ठ सहअध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्ल, सदस्य ज्ञानेन्द्र राउत लगायत साहित्यकारहरूले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए । परिषदले गत वर्ष घोषणा गरेको एक तोला सुन र पांच तोला चँंदीमा बनेको एनएलडिसी गोल्ड मेडल पुरस्कार ग्रहण गर्न आएका वरिष्ठ कवि पराजुली यही १४ मार्च देखि नेपाली दूतावासमा हुन लागेको सप्ताहव्यापी मेलामा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
More

कोलोराडोमा होली सम्पन्न

नातिबाब भट्ट । कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन मन्दिरमा आयोजित कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा संस्थाका सचिव लक्षुमण रानाले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व बारेमा प्रष्ट्याएका थिए । त्यसैगरी नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठले ऐतीहासिक महत्व प्रकास पार्दै सबैलाई होलीको सुभकामना दिएका थिए । त्यस्तै पंण्डित जिवन बरालले विषेश पुजा सहित धार्मिक महत्व दर्शाउदै उपस्थित सबैलाई टिका लगाई
More

एमाले बेलायतले मनायो नारी दिवस

लन्डन । प्रवासी नेपाली मञ्च यूकेले गत ८ मार्चका दिन १०७ औं 
अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । मञ्चकी महिला विभाग 
संयोजक सरस्वती केसीको संयोजकत्वमा सारस रेष्टुरेन्टमा कार्यक्रम भएको हो । मञ्चका अध्यक्ष रामशरण सिम्खडाको आतिथ्यमा भएको उक्त कार्यक्रम 
‘बी बोल्ड फर चेन्ज’ भन्ने नाराका साथ उपयोगी अन्तरक्रिया, नाचगान र रात्रीभोजसहित आयोजना गरिएको थियो । महिला संयोजक केसीद्वारा सञ्चालित कार्यक्रममा मञ्चका भूतपूर्व अध्यक्षहरु आङकल्जङ लामा तथा दिनेश घिमिरे, पूर्व महासचिव राजेन्द्र पुडासैनी, प्रचार विभाग प्रमुख कुमार केसी, संगठन विभाग प्रमुख कमल खनाल, आर्थिक विभाग प्रमुख कृष्ण भण्डारी, एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमिल्सिना, सचिव कृष्ण तिवारी, युवा संयोजक हरि आचार्य,
More

पत्रकार महासंघ यूकेको साधारणसभा आइतबार

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको साधारणसभा आउंदो आइतबार हुने भएको छ । सडबरीस्थित हिमालय क्लबमा हुने सो साधारणसभामा वेष्टमिन्स्टर विश्वविद्यालयमा पत्रकारिताका प्राध्यापक डा. दयाकिसन ठुसुले सम्बोधन गर्ने कार्यक्रम छ । उनको प्रवचनमाथि डा. नरेश राई र भगिरथ योगीले प्रतिटिप्पणी गर्ने छन् । अन्तर्राष्ट्रिय सन्चारका विज्ञ ठुसुका करिब डेढदर्जन पुस्तक प्रकाशित छन् । उनका पुस्तक नेपालमा समेत पत्रकारिताको पाठ्यक्रममा समावेश छन् । महासंघका अध्यक्ष नरेश खपाङ्गीमगरले अघिल्ला वर्षहरुमा भन्दा यसपटक पत्रकारिताका विज्ञलाई ल्याएर फरक किसिमले साधारणसभा गर्न लागिएको बताए । उनले यस्ता प्रयासले शाखाका सदस्यहरुलाई विज्ञहरुसित सम्बन्ध विस्तार गर्न र अनुभव आमोदप्रमोद गर्न मौका दिने विश्वास व्यक्त गरे ।
More

जनसम्पर्क समिति स्पेनको सभापतिमा इन्द्र

लन्डन । नेपाली जन सम्पर्क समिती स्पेनको पाचौं महाधिबेसनले इन्द्र प्रसाद शर्माको सभापतित्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । आइतवार सम्पन्न निर्वाचनमा शर्माले बिष्णु रिजाललाई प्रराजित गरेका हुन् । कार्यसमितिको उपसभापतिमा बिदुर गौतम, राम सापकोटा महामन्त्री राम प्रसाद सापकोट (बिराज), सहमहामन्त्री, रामु चालिसे, कोषाध्यक्षमा सुस्मिता कंडेल, सदस्यहरुमा मुक्ती प्रसाद श्रेष्ठ, अन्जु तिमिल्सिना, सुभाष बहादुर बिस्ट, राजेश रेग्मी,लोक बन्धु बस्नेत र सुभास आचार्य निर्वाचित भए ।
More

नेपाली सामुदायिक केन्द्र भिक्टोरियाका लागि लुम्बिनीको माटो

भिक्टोरिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि गत २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रम आयोजना गरिएको थियो । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा मात्रै गर्नु भएन, कथंकदाचित यो महत्वपूर्ण परियोजनाले पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्न सकिने संभावना रहेको उद्घोष गर्नु भयो । संभबत नेपाली समुदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामुदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठूलो व्यक्तिगत योगदान हो । यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट
More

एकै थलोमा रमाए हंगकंगका फरक पुस्ता

हंगकंग । फरक पुस्ताका बीच बेग्लाबेग्लै समझदारीले दुरी बढाउँदै लगेको यहाँस्थित नेपाली समाजमा ‘नेपथ्य’ले फेरि आफूलाई सेतूका रुपमा प्रस्तुत गरेको छ । यहाँका पुराना पुस्ता नेपालबाट आउने मनोरञ्जनात्मक कार्यक्रममा रमाउँछन् । यतै हुर्केका नयाँ पुस्ता चाहिँ नेपाल बाहेकका स्वादमा आफूलाई ढाल्दै लगिरहेका छन् । यस्तो बेला आइतबार यहाँस्थित युन लुंग थिएटरमा दुवैथरि सुरुदेखि अन्तिमसम्मै रमाएका देखिन्थे । कार्यक्रमको सुरुवात ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ बाट भएको थियो । झण्डै साढे चार दसकअघि यो गीत तयार पारेका विक्रम गुरुङले नेपाली संगीतलाई कुनै समय महत्वपूर्ण योगदान दिएका थिए । अरुण थापाका प्रारम्भिक लोकप्रिय गीतहरुका यी संगीतकार झण्डै तीन दसकदेखि हंगकंगमा
More

सत्र वर्षदेखि साङ्लोमा लीलाप्रसाद

झापा । हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरुलाई सहारा दिउन् । तर, झापा राजगढ–८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको छ । विसं २०५४ मा जन्मिएका लीलाप्रसादलाई १७ वर्षदेखि साङ्लोले बाँध्नुपरेपछि उनकी आमा जानुका चम्लागार्इंले बुढेसकालमा सन्तानको सहारा पाउने आशमात्र मार्नुभएको छैन, आफ्नो शेषपछि छोराको हेरचाह कसले गरिदेला भन्ने चिन्ताले पिरोलेको छ । १९ वर्षीय छोरालाई १७ वर्षदेखि निरन्तर साङ्लोले बाँधेर हेरचाह गरिरहनुभएकी जानुका भन्नुहुन्छ – “बुढेसकालको सहारा त गुम्यो– गुम्या मेरो शेषपछि उसलाई कसले
More

तराईमा आज होली मनाइँदै

विराटनगर । हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली आज बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाइँदैछ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ । आज बिहानैदेखि मोरङको ग्रामीण क्षेत्रका साथै विराटनगर बजारमा धुमधामका साथ विभिन्न रङका साथ पर्व मनाइएको छ । विराटनगरबजारका मुख्य तथा सहायक सडकहरु युवायुवतीका साथै सर्वसाधारण आ–आफ्ना चिरपरिचितसँग एकापसमा अबिर दलेर होली खेलिरहेका छन् । छठ पर्वमा ठेकुवाको महत्व हुन्छ भने होली पर्वमा मालपुवा र दालपुरीको विशेष महत्व हुन्छ । होली पर्व मनाउनेहरु अनिवार्य रुपमा मालपुवा पकाएर घरको देउतालाई चढाउने गर्छन् । यस
More

ज्ञानेन्द्रको कप्तानी पारी, केन्याविरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौं । ज्ञानेन्द्र मल्लले कप्तानी पारी खेलेपछि नेपालले केन्याविरुद्ध को दोश्रो खेलमा ७ विकेटको जित निकाल्यो । मल्लले ९३ बल खेल्दै अविजीत ८ चौका र एक छक्का प्रहार गरेर ६४ रन बनाए । उनलाई दीपेन्द्रसिंह ऐरले साथ दिएका थिए । दीपेन्द्र ओवयोको बलमा गोन्दारियालाई क्याच गराउनु अघि उनले पनि ८ चौका र १ छक्काको मद्दतले ६२ रन जोडेका थिए । ओपनर व्याट्सम्यान सुनिल धमलालाई दोश्रो ओभरमै गुमाएको नेपालले तेश्रो ब्याट्सम्यानका रुपमा आएका सागर पुन पनि ६ रन बनाएर ओटिनोको बलमा एलबीडब्लुको धरापमा परेका थिए । यद्यपि यो जितले नेपाललाई अंक तालिकामा कुनै असर गर्दैन । केन्या १० अंकसहित पाँचौं स्थानमा
More

स्थानीय निकाय भङ्गपछि इलाका कार्यालय धमाधम उद्घाटन हुँदै

डडेल्धुरा । जिल्ला विकास समिति र गाउँ विकास समितिका कार्यालय भङ्ग गरिएपछि जिल्लास्थित घोषणा गरिएका पाँच गाउँपालिका र दुई नगरपालिकाका इलाका कार्यालय धमाधम उद्घाटन भइरहेका छन् । जिविसको कार्यालय र १८ गाविस रहेका डडेल्धुरा जिल्लालाई दुई नगरपालिका र पाँचवटा इलाकामा परिणत भएसँगै आइतबारदेखि लागू हुने गरी गाविसका कार्यालयलाई भङ्ग गरिएको जिविसले जनाएको थियो । स्थानीय तहका कार्यालय भङ्ग भएसँगै गाउँपालिकाका कार्यालयहरु धमाधम उद्घाटन हुन थालेका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी गराउनुभयो । डडेल्धुरामा अमरगढी र परशुराम गरी दुई नगरपालिका र अजयमेरु, भागेश्वर, आलिताल, गन्यापधुरा र नवदुर्गा गरी पाँच इलाकामा १८ गाविसलाई विभाजन गरिएको हो । गाउँपालिका विभाजनसँगै इलाका कार्यालयहरुमा
More

अबर्डिनमा होलीको रौनकता (फोटो फिचरसहित)

लन्डन । बेलायतको स्कट्ल्याड अबर्डिनमा यसपालिको होली भब्य रुपमा मनाइएको छ । अबर्डिनमा बस्ने नेपालीहरुको सामजिक सन्स्था नेप्लिज हिमालयन एसोसियसनले आयोजना गरेको उक्त कार्यक्रममा उत्साहका साथ ठुलो सन्ख्यामा नेपालीहरु सहभागी भई होली खेलेका हुन । यसरी पहिलो पटक आयोजना गरिएको होली कार्यक्रममा सबैले रङहरुसँग खेल्दै शुभकामना साटेका थिए । नेपाली-नेपाली बिच यती भब्य रुपमा होली खेल्न पाउदा असाध्यै रमाइलो  लागेको भन्दै त्यहाँ सहभागी नेपालीहरुले खुशी ब्यक्त गरेका थिए । एसोसिएसनका उपाध्य डा दिलिप उप्रेतिले यो होलिले नेपालमा धेरै बर्ष अघी साथीभाई आफन्त सँग होली खेलेको अनुभुती भएको भन्दै अब उप्रान्त हरेक बर्ष होली बिशेष कार्यक्रम गर्ने जनाए । एशोसियसनका अध्यक्ष
More