Daily Archives 14th March 2017

२०० वर्षको अवसरमा लण्डन दूतावासमा सप्ताहव्यापी कार्यक्रम सुरु (फोटो फिचर)

लन्डन । लण्डनस्थित नेपाली दूतावासमा नेपाल ब्रिटेन संबन्ध कायम भएको दुई सय वर्ष पुरा भएको अवसरमा मंगलवार देखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको छ। दूतावासका अनुसार आज उद्घाटनका अवसरमा साँस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी गरिनेछ। त्यस्तै बुधवार तारिखका दिन युरोपेली पर्यटकहरुलाई लक्षित गरिएको “भिजिट नेपाल युरोप २०१७” को घोषणाका साथै चित्रकला एवम् फोटो प्रदर्शनी गरिनेछ। बिहीबार मार्च १६ तारिखका दिन आयोजना गरिने अन्तरकृया कार्यक्रमको अध्यक्षता ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले र सन्चालन अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डेविड गेलनरले गर्नुहुनेछ। सो अन्तर्कृयामा प्रा. डा. सूर्य सुवेदी, डा. कृष्ण अधिकारी, डा. मारा मालागोडी तथा ब्रिटिश सेनाबाट सेवानिवृत्त लेफ्टिनेन्ट कर्नेल
More

स्पेन र बेल्जियमका कांग्रेसद्धारा पत्रकार माथि अपमान, महासंघद्धारा खेद ब्यक्त

बार्सिलोना। नेपाल पत्रकार महासंघ युरोप शाखाले स्पेन र बेल्जियममा गरिएको पत्रकार निषेधका घटना प्रति ध्यानआकर्षण भएको जनाएको छ। नेपाली जनसम्पर्क समिति स्पेन र बेल्जियमको अधिबेशन हुँदै गर्दा पत्रकार निषेध गरिएको घटना प्रति खेद प्रकट गर्दै महासंघले ध्यानआकर्षण भएको जनाएको हो। महासंघका अध्यक्ष केजिन राई र महासचिव प्रकाश ढकालद्वारा मंगलबार जारी बक्तब्यमा भनिएको छ। “ मुलुककै सबै भन्दा पुरानो,बलियो लोकतान्त्रिक तथा प्रजातान्त्रिक पार्टी भएको दाबी गर्ने नेपाली काँग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिहरुले केहि देशमा आफ्नो अधिबेशन हुँदै गर्दा पत्रकारलाई पूर्ण रुपमा निषेध तथा अपमान गरिएका घटनाहरु प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भिर ध्यानआकर्षण भएको छ।” मार्च १२
More

पशुपति र स्वयम्भुका बाँदरसँग सर्तक रहन उपत्यकावासीलाई डा. पुनको आग्रह

पशुपति र स्वयभु मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एनआईभीको संक्रमण भएको पाइएको छ । केही समयअघि वासिङगटन विश्वविद्यालयले पशुपतिनाथको १६ र स्वयम्भुको ३९ बाँदरमा गरेको अनुसन्धानले यो तथ्यांक देखिएको हो । ३९ बाँदरमध्ये ३७ मा क्यान्सर र एचआईभी देखिएको हो । विश्वविद्यालयले पहिलो समूहमा १२ र दोश्रो समूहमा ११ र तेश्रोमा १६ बाँदरको अध्ययन गरेको थियो । जसमध्ये १७ भाले र २३ पोथी बाँदर थिए । अनुसन्धानकर्ताका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआईभीको उच्च जोखिममा छ । पछिल्लो समय सहरका बाँदरमा बढी स्वास्थ्य समस्या देखिने गरेको छ । बाँदरको आक्रमणबाट घाइते हुनेहरु अहिले दिनहुँ अस्पताल
More

जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित

लन्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन् । आइतवार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटाले भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन् । जम्मा खसेको १०७२ मत मध्य सीताले ६ सय २१ र माधवले ४ सय १६ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका संयोजक इन्द्र क्षेत्रीका अनुसार वरिष्ठ उपसभापति, देबेन्द्र शर्मा देबु, उपसभापति, कमल सिटौला, नरहरि सापकोटा, महिला उपसभापति दिलमाया शर्मा पौडेल, महामन्त्री दिनेश भण्डारी, सुवास गुुरुङ, सहमहामन्त्री धर्म पाठक, कोषाध्यक्ष बिराट जोशी निर्वाचित भए । सदस्यहरूमा ब्रसेल्सबाट केशव सापकोटा, पार्वता शर्मा, राजु थापा, वेष्ट भ्लान्दरेनबाट पूर्ण तिमल्सिना रविन पण्डित, राजेन्द्र
More

बुद्ध माँझ लोक दोहोरी साँझ

लन्डन । नेपाली लोक दोहोरीका पारखीका लागि लन्डनमा बुद्ध दोहोरी साँझको आयोजना हुने भएको छ । लन्डनको स्ट्यान्समा अवस्थित नेपाली रेष्टुरेन्ट बुद्ध अथेन्टिक एसियन कुजिनको आयोजनामा ४ अप्रिल, मंगलवार साँझ ६ देखि सो दोहोरीको आयोजान गरिएको हो । आयोजक मध्येका एक सुमन श्रेष्ठका अनुसार सो साँझमा गायकद्वय मधुसुदन थापा र कल्पना गुरुङले दोहोरीमा भाग लिने भएका छन् । गायकद्वय थापा र गुरुङ पछिल्लो समय लोकप्रियताको शिखरमा छन् । ‘बुद्ध माँझ लोक दोहोरी साँझ’ कार्यक्रमको संज्ञा दिएको सो दोहोरी घम्साघम्सीमा भाग लिन चाहनेलाई अग्रिम टिकट बुकिङ खुला गरिएको आयोजकले जानकारी दिएको छ । अग्रिम टिकट बुकिङ दर १५ पाउण्ड र कार्यक्रम
More

मण्डल परिवारलाई जापानबाट सहयोग

टोकियो । चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग गरिएको हो । जापानमा पीडितका नाममा एक महिनाअघि देखि सहयोग अभियान चलाइएको थियो । अभियानअन्तर्गत दिनमा एक हजारदेखि पाँच हजार येनसम्मका सहयोगी हात बढ्दै गएर सङ्कलन भएको रकम एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको अभियानकर्ता शिव तण्डुकारले जानकारी दिनुभयो । सोह्र सदस्यमध्ये पाँचजनाले आँखा नदेख्ने मण्डल परिवार गरिबीका कारण स्वास्थ्य तथा शिक्षाबाट वञ्चित मात्रै नभएर खानलाउनसमेत अपुग भई सङ्घर्ष गर्दै आएको
More

किन गए डा. भट्टराई भारत ?

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । उहाँले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सञ्चालन हुनेछ । नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तक्र्रिया तथा भेटघाट कार्यक्रममा पनि उहाँ सहभागी हुने सो पार्टीले जनाएको छ ।
More

निर्वाचन र संशोधन विधेयक सँगसँगै अगाडि बढाउनुपर्नेमा कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको नेताहरुले जानकारी दिए । बैठकले चैत १० गते केन्द्रीय समितिको बैठक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पु-याएर राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा पनि छलफल भएको नेताहरुले जानकारी दिए ।
More

सल्यानको विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

सल्यान । एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ । शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो । अमेरिकाबाट डा प्रेम भण्डारीले तथ्याङ्कशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो – “प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढङ्गले पढाइ सञ्चालन गराउन सकिँदो रहेछ । आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई पहिलो चरणमा इन्टरनेटको माध्यमबाट पढाइ सुरु गरेका छौँ ।” कक्षाकोठामै आएर शिक्षकले पढाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्न समेत सो प्रविधि सफल भएको माविका संयोजक विजय केसीले जानकारी दिनुभयो । विदेशबाट प्रविधिको प्रयोग
More

मोर्चाबाट संसद् बैठक बहिष्कार

काठमाडौँ, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले संसद्को आजको बैठक प्रारम्भ भएको घोषणा गर्नुभए पछि मोर्चासँग आवद्ध राजनीतिक दलका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय प्रदान गर्नुभयो । सांसद कर्णले मन्त्रिमण्डलमा नयाँ-नयाँ मन्त्रीको प्रवेश भए पनि सरकार देश र जनताको हितप्रति गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– “सप्तरीमा मधेसी जनतामाथि भएको गोली प्रहारको घटनाले सरकार संवेदनशील नभएको देखाएको छ । मोर्चाले देशमा उत्पन्न समस्या समाधान गर्न प्रस्ताव गरेको संविधान संशोधनको मागलाई सरकार र प्रमुख
More

स्थानीय तहको कार्य प्रारम्भ

ललितपुर महानगरपालिकामा मङ्गलबार आयोजित देशका ७४४ वटै स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भको समुद्घाटन समारोहमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर : प्रदीपराज वन्त
More

छिट्टै समाधान निस्कने विश्वास व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनमा सबै दलको सहभागिताका लागि तराई– मधेसकेन्द्रित दलसित संवाद जारी रहेको र छिट्टै समाधान निस्कने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका लागि चीनका राजदूत यु होङसँग आज पौडेल निवास बोहराटारमा भएको भेटमा उहाँले ती दलका माग संविधान संशोधनमार्फत पूरा हुने पनि जानकारी गराउनुभयो । नेता पौडेलले संविधान संशोधन सबै दलको सहमति र सहकार्यमा हुने र निर्वाचनले संविधान कार्यान्वयन हुँदै राजनीतिक थप स्थायित्व आउने विश्वास व्यक्त गर्नुभएको उहाँका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा चिनियाँ राजदूतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा चासो राख्नुभएको थियो ।
More

महाअभियोग सम्बन्धी प्रतिवेदन स्वीकृत

काठमाडौं । व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रस्ताव महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण विडारीले प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक चैत २ गते दिउँसो १ बजे बस्नेछ ।
More

प्रगतिशील मञ्चको एकता अधिवेशन सम्पन्न

लन्डन । गत आइतबार बेलायत नेपाली प्रगतिशील मंच, बेलायतको एकताको अधिवेसन बेलायतको अल्ड्रसटमा संपन्न भएको छ । नेपाली प्रगतिशील मंच, बेलायत भेला आयोजनक समितिका संयोजक सुरेस गौतमको अध्यक्षमा संपन्न अधिवेसनमा महान शहिदप्रति एक मिनेट मौनधाराणा गरि सुरु भएको अधिवेसनको प्रमुख अतिथि संयूक्त नेपाली मोर्चा, यूरोपका सुरेन्द्र भुषालले गर्नु भएको थियो । त्यस नेकपा माओबादी केन्द्र बिदेस बिभागका सदस्य क. तासि लामाले बिसेस अतिथीमा संपन्न भएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा जनसमुदायहरुलाई मंचका सदस्य मनोज अन्जानले स्वागत गर्नु भएको थियो । शहिद परिवार टिकाराज घले तामगंको बिषेस संम्मान गरिएको थियो । एकताको अधिवेसनमा प्रमुख अतिथिको तर्फ स्वतगत मन्तयब्य दिदै संयूक्त
More

स्थानीयवासीले एलडिओसहित कर्मचारी थुने

वालिङ । स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई सोमबार मिर्मीका स्थानीयवासीले थुनेका छन् । सोमबार जिल्लाको मिर्मीमा सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै नदिई मिर्मी क्याम्पसको सभाकक्षमा सुरु हुनासाथै बाहिरबाट आक्रोशित भीडले तालाबन्दी गरेको हो । कालीगण्डकी गाउँपालिकाको केन्द्र मिर्मी वा विर्घा कायम गर्नका लागि दुईवटै स्थानको नाम पठाइएकोमा पछिल्लो समय विर्घा कायम भएर आएको भन्दै मिर्मीका स्थानीयवासी आक्रोशित बनेका हुन् । सोमबार नै स्थानीय विकास अधिकारी अर्यालले विर्घामा कालीगण्डकी गाउँपालिका कार्यालयको उद्घाटन गरेकाले पनि मिर्मीका स्थानीयवासी
More

स्थानीय तहको आजवाट औपचारिक काम सुरु

काठमाडौं । स्थानीय तहले आजवाट औपचारिकरुपमा काम सुरु गर्दैछ । नयाँ संविधानअनुसार स्थानीय निकायबाट तहमा रुपान्तरण भएका गाउँ र नगरपालिका तथा उप र महानगरपालिकाले आजवाट औपचारिकरुपमा काम गर्न लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै देशभरका स्थानीय तहले सेवा दिन थाल्ने बताइएको छ । स्थानीय तह पुनर्सरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर सात सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ । जसमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका छन् । स्थानीय तहले काम थालेसँगै संघीयता कार्यान्वनय अघि बढ्ने छ । सरकारले स्थानीय तह सञ्चालनका लागि महानगरपालिकामा
More

स्कटल्यान्डले स्वतन्त्र जनमत सङ्ग्रहको अनुरोध गरिने : स्टर्जियन

लन्डन । स्कटल्यान्डले बेलायत सरकारलाई सन् २०१८ को अन्त्य वा सन् २०१९ को सुरुमा नयाँ स्वतन्त्र जनमत सङ्ग्रह गर्नका लागि स्कटल्यान्डको संसदमा आगामी हप्ता स्वीकृति लिने योजना भएको स्कटल्यान्डका प्रथम मन्त्री निकोला स्टर्जियनले सोमबार बताउनुभएको छ । अर्को साता मैले स्कर्टेली संसदमा नयाँ जनमत सङ्ग्रह गर्ने मुद्दामा समर्थन प्राप्त गर्न र सोही कुरालाई संयुक्त अधिराज्यमा लगिने छ, स्टर्जियनले भन्नुभयो । स्कटल्यान्डको संसदबाट प्राप्त स्वीकृतिपछि नयाँ जनमत सङ्ग्रहका लागि कानुन बनाउने प्रक्रिया सुरु हुनेछ, उहाँले थप्नुभयो ।
More