Daily Archives March 15, 2017

रक्षामन्त्री खाँणले जवानसँगै मेसमा खाना खाए पछि……

रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाको नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले पृतनाले विपद् व्यवस्थापन र उपत्यका लगायतका जिल्लामा शान्ति सुव्यस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी लिनुभयो । रक्षामन्त्री खाँणलाई पृतनापति उपरथी शरदकुमार गिरीले उपत्यका पृतनाको कार्यक्षेत्र र दिएको जिम्मेवारी, जनशक्ति र यहाँबाट हुने कार्य सम्पादनका बारेमा जानकारी गराउनुभयो । सो अवसरमा रक्षामन्त्री खाँणले नेपाली सेनालाई आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाले शान्ति सुव्यस्था एवम् विपद् व्यवस्थापनमा गरेको कार्यको प्रशंसा गर्नुभयो ।निरीक्षणपछि रक्षामन्त्री खाँणले जवानका मेसमा जवानसँग बसेर खाना खानुभएको थियो । सो अवसरमा जवानहरुले सेनालाई बिहानको
More

द्धिशतवार्षिकी समारोहमा भाग लिन राजकुमार ह्यारी नेपाली दूतावासमा !

लन्डन । लण्डनस्थित नेपाली दूतावासमा नेपाल ब्रिटेन संबन्ध कायम भएको दुई सय वर्ष पुरा भएको अवसरमा आयोजित समापन कार्यक्रममा वेलायतका राजकुमार ह्यारी सहभागी हुने भएका छन् । नेपाली दूतावास लण्डनको उच्चश्रोतका अनुसार राजकुमार ह्यारीले आगामी सोमवार दिउँसो नेपाली दूतावास भवनमा आयोजित विशेष कार्यक्रम सरिक हुने छ । अपरान्ह आयोजना गरिने सो कार्यक्रममा आमन्त्रणबाट मात्रै सहभागिताको व्यवस्था गरिएको दूतावासले जनाएको छ। दूतावासले मंगलवार देखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि द्धिशतवार्षिकी उत्सव मनाइ रहेको छ । Prince Harry will attend a Ceremony at the Embassy of Nepal to celebrate the bicentenary of UK-Nepal relations on 20th March 2017. pic.twitter.com/16rwI58eIk — Kensington
More

स्थानीय तह कार्यान्वयनका लागि रु सात अर्ब

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ । पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक÷एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई दिनुभयो । अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो । महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना पनि आजै गरिएको छ । तहगत र आर्थिक रुपमा पुनःसंरचना
More

सरकारलाई दिएको समर्थन फोरमले फिर्ता लियो, मोर्चा अन्योलमा

काठमाडौ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पक्षमा मत दिने गरी  सङ्घीय समाजवादी फोरम नेपालले वर्तमान सरकार निर्माण हुँदा दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीका संसदीय दलका नेता अशोककुमार राईले सभामुख ओनसरी घर्ती मगरलाई पार्टीले सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएको पत्र आज बुझाएको छ । उक्त पार्टीमा १५ सांसद छन् । सरकारले आफ्ना मागप्रति ध्यान नदिएको जनाउँदै समर्थन फिर्ता लिइएको पार्टीले जनाएको छ । दलका प्रमुख सचेतक डा. शिवजी यादवले भने अन्य दलका साथीहरु पत्र बनाउँदै हुनुहुन्छ आजै दर्ता हुन्छ । यता मधेसी मोर्चाको बैठक चलिरहेको छ । सरकारलाई अप्ठ्यारो नपार्ने तर प्रोपागाण्डा मच्चाउने नीति अन्तरगत
More

सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नुहोस् : आनी छोइङ

काठमाडौं । सुमधुर स्वरकी धनि आनी छोइङ डोल्मा बौद्धधर्मकी धर्मगुरु पनि हुन् । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि विश्वास गर्ने एक महान व्यत्तित्वको रुपमा चिर परिचित मानिन्छन् । गायन क्षेत्रमा ख्याति प्राप्त डोल्माले धेरै वटा स्वदेशी तथा विदेशी गित गाएर आफ्नो गायन क्षेत्रलाई फराकिलो बनाईसकेकी छन् । नेपाली भुमिमा जन्मेकी डोल्माले पहिलो नेपाली गित ‘फुलको आँखामाफुलै संसार’ बाट हरेक नेपालीको हृदयमाबास बस्न सफल भएकी डोल्मा गायक क्षेत्रबाट उठेको रकम समाज सेवामा लगाउँदै आएकी छन् । समाज सेवाकै शिलशीलामा भुकम्पबाट प्रभावित भएका विद्यालय भवनहरुको पुनः निर्माणमा अग्रसर घाँसी आदर्श समाज नेपाल–घाँसी नेपाललाई सघाउने हेतुले
More

नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि वैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको छनौट समितिले आज चार वैकल्पिक खेलाडीसहित टोलीको घोषणा गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि कप्तान खड्काले उक्त प्रतियोगिता नखेल्ने यसअघि नै घोषणा गरिसकेका छन् । त्यस्तै प्रतियोगितामा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् भने उपकप्तान शरद भेषवाकार रहेका छन् । छनौट गरिएका अन्य खेलाडीमा विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने,
More

पार्टीको पूर्ववर्ती अडान यथावत् : उपप्रम थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनकाबारेमा पार्टीको पूर्ववर्ती अडान यथावत् रहेको बताउनुभएको छ । पार्टीले स्थानीय तहको निर्वाचनका लागि दृष्टिगत गरेर केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘अनुशिक्षण कार्यक्रम’ मा उहाँले भन्नुभयो– “सीमाङ्कनको विषय स्थानीय चुनावसँग सरोकार नराख्ने भएकाले यसलाई थाँती राखेर अगाडी बढ्नुपर्दछ ।” उपप्रधान एव्म सङघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयलाई सामान्य परिमार्जनसहित अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो । “संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनु अहिलेको राष्ट्रिय आवश्यकता हो” उहाँले प्रजातान्त्रिक अभ्यास गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन भएकाले यसवाट कोहि पनि टाढा रहनु हुन्न, यसका लागि सरकार हदैसम्म
More

बाउन्न अर्ब लगानीमा होङ्सी शिवम् सिमेन्ट

नवलपरासी । चिनियाँ र नेपाली लगानीकर्ताले रु ५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब रु ३६ अर्ब लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको रहेको छ । उद्योगले दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको छ । सो उद्योगबाट करिब दुई हजार व्यक्तिले रोजगारी पाउने छन् । उद्योगले एक सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निमार्णको काम थालेको हो । थप
More

‘द्धिशतवार्षिकी पूरा भएको अवसरमा लण्डन दूतावासमा भव्य समारोह’

लन्डन—ब्रिटेनको शाही परिवारका नातेदार प्रिन्स रिचार्ड्स, ड्युक अफ ग्लस्टर तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले संयुक्त रुपमा मंगलबार नेपाल तथा बेलायतबीच कूटनीतिक संबन्ध कायम भएको २०० वर्ष पूरा भएको अवसरमा नेपाली दूतावास लण्डनले मनाउन लागेको सप्ताहव्यापी कार्यक्रमको उद्‌घाटन गरेका छन्। प्रमुख अतिथि ड्युक अफ ग्लस्टर दूतावास प्राङ्गणमा आइपुग्दा पन्चैबाजा बजाएर उनको भव्य स्वागत गरिएको थियो। उनी बेलायतको इटन कलेजमा स्वर्गीय राजा वीरेन्द्रका सहपाठी थिए। आर्किटेक्ट विषय पढेका उनी ब्रिटिश राजगद्दीका उत्तराधिकारीहरुमध्ये २४ औं स्थानमा पर्छन्। नेपालका तीनजना प्रधानमन्त्रीहरु, जंगबहादुर राणा, चन्द्रशमसेर तथा शेरबहादुर देउवाले वेलायतको भ्रमण गरेको र ती तीनैजना आफ्ना नातेदार रहेको उनले जनाइन्। डा.आरजु कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री
More

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता, औपचारिक घोषणा नगर्ने

काठमाडौं । सप्तरी घट्नापछि सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल समर्थन फिर्ताको औपचारिक घोषणा नगर्ने भएको छ । तर सरकारको पक्षमा नरहेको पनि मोर्चाले स्पष्ट पारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । काठमाडौंको विजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्तापछिको अवस्था, आन्दोलनका कार्यक्रम र अन्य विषयमा छलफल हुने बताइएको छ । सप्तरी घटनामा प्रहरीको गोली लागी पाँच जनाको मृत्यु भएपछि मधेस केन्द्रित दलका नेताले सरकारलाई दिएको समर्थ फिर्ता लिन सात दिने अल्टिमेटम दिएका थिए । आफ्ना माग पूरा हुन नसकेको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम
More