Daily Archives 16th March 2017

उद्योगमन्त्री जोशी शनिवार लण्डन आउने

लन्डन । नेपाली कांग्रेसका युवा नेता तथा उद्योगमन्त्री नविन्द्रराज जोशी शनिवार वेलायत आउने भएका छन् । नेपाली जनसम्पर्क समिति वेलायतका सल्लाहार चिरन्जीबी ढकालका अनुसार जोशी इतिहाद एरवेज मार्फत शनिवार विहान ७ बजे लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदैं छन् । मन्त्री जोशी आइतवार नेपाली दूतावार लन्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक कार्यशालामा सहभागी हुने कार्यक्रम छ । यस्तै नेपाल — वेलायत संवन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसरमा आयोजित समापन कार्यक्रममा समेत सहभागी हुने वताएको छ । मन्त्री जोशीले मंगलवार देखी वेलायतस्थित सांसद तथा सरकारी उच्च अधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रमतय गरिएको छ । उनले वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क
More

एनआरएन एसिया क्षेत्रीय सम्मेलन आइतवार देखी क्वालालम्पुरमा

लन्डन । गैरआवासीय नेपाली संघको पाँचौं एसिया क्षेत्रीय सम्मेलन आइतवार देखी क्वालालम्पुरमा हुँदैछ। सम्मेलन वैदेशिक रोजगारीमा रहेका नेपाली समूदायको हितमा केन्द्रित हुने एनआरएन मलेसियाले जनाएको छ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको एनआरएन महासचिव महासचीव सुन्दर आलेले बताए । सम्मेलनबाट संकलित रकम कल्याणकारी कोषमा जम्मा गरिने वताएको छ । यसअघि सो कोषमा करीव दश लाख रुपैयाा जम्मा भैसकेको छ। सम्मेलनमा जापान, हङकङ, मकाउ, सिंगापुर, थाईल्याण्ड, अष्ट्रेलिया, जर्मनी, साउदी अरेबिया, कतार, इण्डोनेसिया लगायतका देशबाट गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु सहभागी हुने भएका छन् । सम्मेलनको उद्धघाटन परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गर्ने कार्यक्रम रहेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले जनाए । महतसँगै
More

पर्यटन दूत सकृय, ‘भिजिट नेपाल युरोप २०१७’ शुरु

लन्डन । युरोपेली नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित 
गर्ने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल युरोप २०१७ को 
औपचारिक शुरुवात लन्डनमा एक समारोहबीच गरिएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले बुधबार अभियान उद्घाटन गरेका हुन् । सन् २०१६ मा करिब ४६ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए । अभियान सम्वन्धि वेबसाइट उद्घाटन गर्दै राजदूत सुवेदीले पर्वतारोहण र पदयात्राका लागि नेपाल विश्वमै सर्वोत्कृष्ट गन्तव्यको रुपमा चिनिएको स्मरण गरे । उनले साहसिक, धार्मिक र सांस्कृतिक पर्यटनकालागि पनि नेपाल एक विशिष्ट गन्तव्यका रुपमा
More

अनिश पाण्डेको ‘मनसँग मन बोल’ भिडियो सार्वजनिक

गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतको भिडियो आएको छ । बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय देख्न सकिन्छ । केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिका समेत निर्बाह गरेकी छन् । काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धा, आध्यात्मिक तथा सामाजिक अवतारमा देखिएकी छन् । अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाईसमन अधिकारीले निर्देशन गरेका हुन् । दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायाँकनमा तयार भएको गीतको भिडियोलाई निशान
More

गोर्खा रेडियोले नयाँ बर्षमा शुभकामना साँझको आयोजना गर्ने

लन्डन, यहिं आउँदो नेपाली नयाँ वर्ष वि.स. २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले गोर्खा अनलाइन रेडियोको संयोजनमा गोर्खा इन्टरटेनमेन्ट यूकेले सन् २०१७ अप्रिल १६ तारिख आइतवारका दिन लन्डनस्थित फेल्थाम कम्यूनिटी कलेजमा “नेप्लिज न्यू इएर धमाका-२०७४” को आयोजना गर्ने भएको छ । विश्वका १ सय दश देशहरुबाट सुनिदै आएको तथा २२ हजारभन्दा बढी युनिक श्राेताहरू रहेको गोर्खा रेडियोद्वारा गत वर्ष पनि नेपाली नयाँ वर्षको उपलक्ष्यमा “गोर्खा रेडियो शुभकामना साँझ” को आयोजना गरिएको थियो । नेपाली कला, संस्कृति र पराम्परालाई निरन्तरता दिने र भावी पुस्ताहरूमाझ पनि आफ्ना परम्परा र संस्कृतिलाई समयसापेक्ष एवं परिमार्जित गर्दै लैजानको लागि प्रेरित गर्ने उद्देश्यले आयोजना
More

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली

धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ । एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई सम्बोधन गर्दै नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो छैन, निर्वाचन गर्ने कुरासँग संशोधनको कुनै सम्बन्ध छैन ।” नेपाली परनिर्भर नभई आत्मनिर्भर र स्वतन्त्र भई देशलाई समृद्धिको बाटामा डो-याउनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री ओलीले देशलाई फेरि पनि गरिबै राख्ने, अगाडि बढ्न नदिने, सम्पन्न हुन नदिने प्रयास निर्देशित रुपमा भइरहेको विचार व्यक्त गर्नुभयो ।
More

बेलायती महारानीबाट प्रधानमन्त्री मेलाई ब्रेक्जिट प्रक्रिया शुरू गर्न अख्तियार प्रदान

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा स्वीकृती दिँदै विधेयकमा विहीबार हस्ताक्षर गर्नुभएको छ । गत बर्ष भएको जनमतसङ्ग्रहको परिणामको भावना अनुसार बेलायती संसदले हालै पास गरेको विधेयक अनुसार बेलायती प्रधानमन्त्री थेरेसा मेलाई बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा महारानीबाट स्वीकृती आएको हो । यससँगै प्रधानमन्त्री मेले इयूको लिसवन सन्धिको धारा ५० अनुसार बेलायतलाई इयूबाट बर्हिगमन गराउने प्रक्रिया थाल्ने अख्तियारी प्राप्त गर्नुहुनेछ । अव प्रधानमन्त्री मेले बेलायती सरकारको तर्फबाट यूरोपेली आयोगलाई पत्राचार गरी बहिर्गमन प्रक्रियामा जाने निर्णय लिएको कुरा औपचारिक रूपमा
More

हिलिहाङ फाउन्डेसनलाई दक्षिण कोरियाबाट दुई लाख रुपैयाँ

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरियामा रहेका युवाहरुले हिलिहाङ फाउन्डेसनलाई दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । याकथुङ सयङ दक्षिण कोरियाले संकलन गरेको उक्त सहयोग विहीबार फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङलाई कुवीर लिङदेनले हस्तान्तरण गरेका हुन् । सहयोग अभियान्ता सुरेश योङहाङ, मचिन्द्र योङहाङ, सरोज योङहाङ र नरेन्द्र योङहाङ रहेका संयोजक लिङदेनले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा लिम्बुवानका अन्तिम राजा हिलिहाङको नाममा खुलेको फाउन्डेसनले हिलिहाङ दरबारको उत्खनन, स्थानीय क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विविध गतिविधि सञ्चालन भइरहेको अध्यक्ष हर्कबहादुरले बताए । हिलिहाङ दरबार संरक्षणका लागि नेपाल सरकार तथा विदेशमा रहेका शुभचिन्तकको सहयोग महत्वपूर्ण रहेको उनले बताए । विदेशमा बसेर पुर्खाको नासो
More

दिदीबहिनी समाज भिक्टोरियाको फरक ढंगको नारी दिवस

मेलबर्न । मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्‍कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले “परिवर्तनका लागि साहसी बन” नाराका साथ यस्ले १०७ औं अन्तराष्ट्रिय नारी दिवस पनि फरक ढंगले मनाएको छ । कार्यक्रममा नाचगान, प्रमाणपत्र बितरण र मन्तब्य ब्यक्त गर्ने मात्रै काम भएन, त्यस्का साथमा योगा र ध्यानका बारेमा जानकारी गराउने र अभ्यास गराउने काम समेत भए । कार्यक्रममा बोल्दै भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले संस्थाको शुरुवातदेखि नै आफू यस्का गतिबिधिसंग जानकार रहंदै आएको र
More

व्याकुल माइला गोल्डकप चैत २५ देखि

काठमाडौं । व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण यही चैत २५ गतेदेखि हुने भएको छ । विगतमा कोजाग्रत पूर्णिमादेखि प्रतियोगिता हुँदै आएकोमा यस वर्ष दूधकोसीको भेलले मैदानमा क्षति पु¥याएका कारण मर्मतका कारण सारिएको आयोजकले जनाएको छ । राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको नाममा गोल्डकप उनको जन्मथलो ओखलढुंगा हिलेपानीस्थित दूधकोसी किनारमा आयोजना हुँदै आएको छ । दूधकौशिका प्रावि, नयाँ नेपाल सराकार समाज, हिलेपानी फुटबल क्लबलगायत विद्यालय तथा संघसंस्था आयोजक छन् । हिलेपानी फुटबल क्लबका कोषाध्यक्ष रमेश राईले गोल्डकप कार्यक्रम खेलकुदको मात्र नभई त्यस क्षेत्रको समग्र विकासका निम्ति आयोजना गर्ने गरिएको उल्लेख गरे । “तर, भौतिक पूर्वाधार मात्र होइन, आवश्यक आर्थिक
More

अन्तर्राष्ट्रिय व्यापार मेला

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको अवलोकन गर्नुहुँदै । मेलामा खाद्यन्न लत्ताकपडा, जडीबुटी, हस्तकला एवम् हिमाली क्षेत्रका उत्पादनको कक्ष समावेश छन् । तस्बिर: प्रदीपराज वन्त
More

मोर्चाले समर्थन फिर्ता लियो

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् । सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी(तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र आज बुझाउँदै समर्थन फिर्ता लिएका हुन् । सङ्घीय समाजवादी फोरम नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र बुधबार नै सभामुखको सचिवालयमा बुझाएको थियो । सरकारलाई मोर्चाका तर्फबाट स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता, संविधान संशोधन सम्बन्धी दिइएको सातदिने समयसीमा (अल्टिमेटम) पूरा नभएपछि समर्थन फिर्ता लिएको मोर्चाले जनाएको छ । सदनमा सङ्घीय समाजवादी
More

महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले विषय बस्तुको गाम्भीर्यताका कारण पूर्ण इजलासमा ६ गते पुनः सुनुवाइ हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । नेपाल प्रहरीका महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
More

बेपत्ता भएको पाँच महिनापछि फेसबुकले मिलन गरायो

अर्घाखाँची । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् । ‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनकोे फेसबुकमा फोटा देखे’ । घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले । उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो , दीपक अझै जिउँदै रहेछन् । परिवारले खुसी हुँदै मसँग फोन सम्पर्क गरे समाजसेवी सहयोगी बिसीले भन्नुभयो । दीपक अर्घाखाँचीमा आफुसँग
More

एसईई आजबाट सुरु

काठमाडौं । एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम ‘एसईई’ आजबाट सुरु भएको छ । संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को परिक्षा लिइएको हो । आज अनिवार्य अङ्ग्रेजी विषयको परिक्षा सञ्चालन भैरहेको छ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, एक हजार नौ सय
More

पूर्व सांसद ढुङ्गेलको निधन

काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ । पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिनुभएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । बिहान अबेरसम्म ढोका नखुलेपछि उहाँका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोल्नुभएको थियो । उहाँको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने काँग्रेसले जनाएको छ । पूर्व कृषि सहायकमन्त्री समेत रहनुभएका ढुङ्गेल अविवाहित हुनुहुन्थ्यो । डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आउनुभएका उहाँ २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित हुनु भएको थियो ।
More