Daily Archives March 17, 2017

काँग्रेस बैठक चैत १० मा

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हँुदै आएको छ । पार्टीले आजै एक विज्ञप्तिमार्फत काँग्रेस स्याङ्जाका पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । स्व पौडेल ब्रेन ट्युमरको समस्याबाट पीडित हुनुहुन्थ्यो । काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको पूर्वसदस्यसमेत रहनुभएका स्व पौडेलले नेपाली काँग्रेसको सङ्गठन विस्तार
More

स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ । पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् । आयोगले शनिबारदेखि मतपत्र छाप्ने भने पनि तयारी नपुगेपछि अब एक÷दुई दिनमा सुरु गरिने भएको छ । आयोगले मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छाप्ने तयारी गरेको छ । निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र
More

सुन तस्करीमा अनुसन्धान सुरु

रसुवा । गैरकानुनी तवरले सुन तस्करी गर्नेलाई नेपाल प्रहरीले सङ्गठित अपराध निवारण ऐनअन्तर्गत कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले आज साँझ पत्रकारसम्मेलन गरी बिहीबार सुनसहित पक्राउ परेका स्याङ्जा वालिङ–९ घर भई रसुवा कर्मीडाँडा बस्ने ३६ वर्षीय प्रकाश गैरेलाई सङ्गठित अपराध नियन्त्रण ऐनअन्तर्गत कारबाही चलाउन जिल्ला अदालतबाट म्याद थप गरिसकिएको जानकारी दिएको छ । अभियुक्त गैरेले सुन बोक्न प्रयोग गरेको बा १७ च २२७५ नंको स्कार्पियो गाडीसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिनुभयो । गत पुस ४ गते बरामद भएको पाँच केजीसमेत चालु आवको हालको अवधिमा जम्मा १२ केजी सुन बरामद भएको छ
More

भाउ खोज्ने मालाको हट डान्स( भिडियो सहित)

पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक्षा भण्डारीको आवाजमा ‘भाउ खोज्ने त्यो ठुला कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । नृपेश उप्रेतीको शब्दमा तयार पारिएकोे गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् । बालाजुस्थित चलचित्र स्टुडियोमा छायाँकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । गीतमा प्रशान्त तामाङको कोरियोग्राफि रहेको छ । भिडियोमा माला लिम्बुलाई बिचार पौड्यालले साथ दिएका छन् । युट्युबमा सार्वजनिक भएको १२ घण्टामै गीतलाई करिब ५० हजारले हेरेका छन् । आफ्नो पहिलो गीतलाई दर्शकले मन पराइदिएकाले आफुलाई हौसला मिलेको गायिका भण्डारीले बताएकी छिन् । मोडेल माला
More

हेर्दा हेर्दै रित्तियो गाउँ!

चिरन शर्मा । लण्डन । घरघरमा टेलिभिजन छन् । सबैसँग मोवाइल फोन छ । मोबाइलमा इन्टरनेट पहुँच, हात–हातमा फेसबुक । गाउँमा मोटर बाटो पुगेको छ । दिनहुँ आधुनिक सुविधाहरू थपिँदा छन् । स्वास्थ्य चौंकी, सार्वजनिक स्कुलदेखि निजी बोडिङ स्कुलमा अध्ययनरत छन् बालबालिका । अथाह छ सम्भावना र अवसर गाउँमा । उत्पादनशील जमिन छ, फलफुल र तरकारी खेतीको प्रशस्तै सम्भवना छ । पर्यटन त्यस्तै छ, परम्परागत पेशासमेत प्रसस्तै सम्भवना छ त्यहाँ । स्वच्छ हावा पानी, तर पनि रोकिएको छैन गाउँ रित्तो पारेर हिँड्नेको लस्कर । पछिल्लो समय अमलाचौरका घरहरु रित्तो हुँदै गएका छन् । मानिसहरु हुने खाने भएपछि बिके बेचेर र
More

ट्रकको ‘ब्रेक फेल’ भई सवारी साधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिका, दूरसञ्चार चोकस्थित मूल सडकमा नागढुङ्गाबाट कलङ्कीतर्फ जाँदै गरेको ट्रकको ‘ब्रेक फेल’ भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा आज दुई जनाको ज्यान गएको छ । ना ३ ख ९७७३ नं को सो ट्रकले अनियन्त्रित भई मिनीट्रक, ट्याक्सी, कार र दुई स्कुटरमा ठक्कर दिँदा मिनीट्रकका चालक झापा अनारमनि बस्ने ३७ वर्षीय डम्बर पोखरेल उपचारका क्रममा वीरअस्पताल ट्रमा सेन्टरमा र बा १ ज ७९६७ नं का ट्याक्सी चालक काभ्रेपलाञ्चोक, पनौतीका ४६ वर्षीय कान्छा बलि लामाको बयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी ट्याक्सीमा सवार कास्की पोखरा बस्ने कृष्णा थापा, उनकी पाँच वर्षीया छोरी केडिना, बालुवाटार बस्ने अञ्जु
More

संविधान संशोधन पारित गर्न काँग्रेसीभित्र दबाब

काठमाडौं । नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुको आज बिहान सिंहदरबारमा बसेको बैठकले यही चैत १० गते बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा बोल्ने अधिकांश वक्ताहरुले काँग्रेस मुलुकको जिम्मेवार पार्टी भएको र मुलुकको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको बैठकमा सहभागी सांसद रामकृष्ण यादवले जानकारी दिनुभयो । “बैठकले तराई मधेसको समस्या समाधानमा पार्टीले अग्रसरता लिनुपर्छ भन्ने निष्कर्ष निकालेको छ”, नेता यादवले भन्नुभयो – “अधिकांशले
More

अभियान सफल भएको एमालेको निष्कर्ष

भीमदत्तनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो— ‘अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको छ । ’ अध्यक्ष ओलीले अभियानमा सहभागिता, सहयोग र ऐक्यबद्धता प्रकट गर्नुहुने आमजनसमुदायमा कृतज्ञता ज्ञापन गर्दै वर्तमान सरकारले बितेको सात महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणाबाहेक अन्य कुनै पनि काम गर्न नसकेको आरोप लगाउनुभयो । “विभिन्न आकर्षक आवरणभित्र निर्वाचन रोक्ने प्रयास हुँदैछन्,” उहाँले भन्नुभयो – “सरकार गलत ढङ्गले प्रयोग भइरहेको छ, कसैलाई सन्तुष्ट
More

असमझदारी सुल्झाउने समय अझै बाँकी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते हुन गइरहेको छ । प्रधानमन्त्री प्रचण्डसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताउनुभयो । आफूले राजनीतिक सद्भाव र विश्वासको वातावरण पनि सिर्जना हुनुपर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जानकारी दिँदै उहाँले भन्नुभयो – “वैशाख
More