Daily Archives March 18, 2017

कांगे्रस नेता खुमबहादुर र पूर्वराजा ज्ञानेन्द्रका नजिकका मित्र उत्तर प्रदेशका मुख्यमन्त्री

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा योग आदित्यनाथलाई नयाँ मुख्यमन्त्री बनाइएको छ । भारतीय जनता पार्टीको विधायक दलको बैठकले योगी आदित्यनाथलाई मुख्य मन्त्री बनाउने निर्णय गरेको हो । दिनेश शर्मा र केशवप्रसाद मौर्य उपमुख्यमन्त्री हुनेछन् । योगी आदित्यनाथ अहिले गोरखपुरबाट पाँचौं पटक संसद बनेका हुन् । यद्यपि मुख्यमन्त्रीको दाबेदारका रुपमा उनको नाम गत वर्षदेखि नै चर्चामा ल्याइएको हो । योगी गोरखपुरमा रहेको गोरखनाथ मन्दिरका मठाधीश हुन् । हिन्दू धर्मका लागि खरो उत्रेका आदित्यनाथ नेपाली कांगे्रसका नेता खुमबहादुर खड्का र पूर्वराजा ज्ञानेन्द्रका नजिकका मित्र हुन् । उनीहरुको साइनो नेपाललाई हिन्दू अधिराज्य बनाउनुपर्छ भनेर जोडिएको हो । कांगे्रस नेताका नेता
More

सीमाङ्कनलाई थाती राखे चुनाव असम्भव : नेता यादव

गौर । सङ्घीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनलाई थाती राखेर देशमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने ठोकुवा गर्नुभएको छ । रौतहट सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले माध्यमिक परीक्षा समाप्त भएपछि सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने बताउनुभयो । “अबको आन्दोलन मधेस केन्द्रित नभई देशव्यापी हुन्छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको आश्वासन दिएर मधेसीलाई ठगी गरेको उहाँको भनाइ थियो । पटकपटक संशोधनको झुठो बाचा गरेर प्रधानमन्त्रीले मधेसीलाई ठगेकाले वर्तमान सरकारले राष्ट्र र मधेसीको हितमा काम गर्न नसक्ने नेता यादवको आरोप थियो । पत्रकार सम्मेलनमा फोरमका केन्द्रीय सदस्य रामकिशोर यादव, जिल्ला
More

हात्तीपाईले विरुद्धको औषधी..

म्याग्दीको बेनीमा शनिबार हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउदै महिला स्वास्थ्य स्वमंसेवीका । तस्बिर : सन्तोष गौतम
More

नेप्सेमा सामान्य सुधार

काठमाडौं । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा सामान्य सुधार आएको छ । यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८१ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका कारोबार भएको छ । जसअनुसार १२ हजार ७५९ कारोबारबाट रु एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २२ दशमलव ०९ प्रतिशत कम हो । गत
More

झगडामा एक युवकको मत्यु, तीन गम्भीर

इटहरी । धरान उपमहानगरपालिका–१५ स्थित गणतन्त्र चोकमा युवकहरुबीच आज मध्याह्न झडप हुँदा सोही स्थानका २५ वर्षीय भक्तबहादुर राईको मृत्यु भएको छ । मृतक राईले आफ्नो घर अगाडि आइसक्रिम बिक्रेताबाट आइसक्रिम किनेर खाइरहेको अवस्थामा पैसा तिरेको वा नतिरेको विषयमा सोधखोज गर्न थालिएपछि भक्तबहादुरले एक जमात युवालाई कुटपिट गरी लखेटेका थिए । घटनास्थलबाट भागेर गएका ती युवाले केही समयपछि खुकुरी र चक्कुसहित अन्य साथीहरु लिएर भक्तबहादुरमाथि आक्रमण गर्न आएका थिए । युवाको कुटाइ र छुरा प्रहारबाट भक्तबहादुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएपछि मृत्यु भएको थियो । आक्रमणमा संलग्नमध्ये सोही स्थानका १९
More

पौडेलविरुद्ध कालोझण्डा प्रदर्शन

फलेवास । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले अहिले तोकिएका स्थानीय तहका केन्द्रहरु स्थायी नभएको बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा आज आयोजित पौडेल बन्धु समाजको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पौडेलले तत्काल स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता भएकाले सहजताका लागि केन्द्र तोकिएको बताउनुभयो । स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको बहुमतको आधारमा स्थायी रुपमा केन्द्र तोक्न सकिने संविधानमा उल्लेख भएकाले अहिले नै अन्तिम हो कि भनेर आन्दोलन गर्नुको कुनै अर्थ नहुने उहाँको भनाइ थियो । “निर्वाचन नजिकै आइसक्यो, अब पनि केन्द्र तोकेर काम नगर्ने हो भने निर्वाचन पछि धकेलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि स्थानीय तहका लागि केन्द्र
More

Nepali Embassy organizes book exhibition in London

The Embassy of Nepal in the UK has organized a literary festival and book exhibition program on the occasion of the bicentennial diplomatic ties between Nepal and the UK. The Embassy has organized a literary festival and books exhibition published from the Sajha Publications. As high as 3000 books have been kept in the three-day-long event, it is said. Visiting the exhibition, former Deputy Prime Minister and Minister for Foreign Affairs as CPN (Maoist Centre) leader Narayankaji Shrestha said that such exhibitions would be instrumental to familiarize Nepal and Nepali writers’ creations. He also added that contribution of Nepalis living
More

ढुंगानालाई सीतादेवी ढकाल अनलाइन पत्रकारिता पुरस्कार प्रदान

लन्डन । नागरिक न्यूज डटकमका संयोजक तथा अनलाइन पत्रकार कृष्ण ढुंगानालाई बेलायतमा स्थापना गरिएको स्वर्गीय सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघका संस्थापक सचिव तथा समाजसेवी चिरन्जीवी ढकालले आफ्नी स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा स्थापना गरेको सो पुरस्कार पाउने ढुंगाना दोस्रो पत्रकार हुन् । यसअघि पहिलो पोष्ट डटकमका सम्पादक उमेश श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको थियो । अनलाइन मिडियामा कलम चलाउने एकजना पत्रकारलाई दुईदुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशी पाँच सय अमेरिकी डलर रहेको छ । यसअघि सीतादवी ढकाल प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी अनलाइन मिडियामा सकृय पत्रकारहरुसँग आवेदन माग गरेको थियो ।
More

उद्योगमन्त्री जोशी लन्डनमा

लन्डन । नेपाली कांग्रेसका युवा नेता तथा उद्योगमन्त्री नविन्द्रराज जोशी लन्डन आइपुगेका छन् । मन्त्री जोशी शनिवार विहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिदा उनको स्वागतका लागि वेलायतका लागि नेपाली राजदूत दुर्गा वहादुर सुवेदी तथा नेपाली कांग्रेसका नेता तथा कार्यकता विमानस्थल पुगेका थिए । लन्डन लर्ड मेयरको औपाचारिक निमन्त्रणामा वेलायत उत्रेका जोशीले आइतवार नेपाली दूतावार लन्डनमा आयोजित ‘नेपालमा लगानीका सम्भवना सम्बन्धी’ एक कार्यशालामा सहभागी हुने कार्यक्रम छ । यस्तै नेपाल — वेलायत संवन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसरमा आयोजित समापन कार्यक्रममा समेत सहभागी हुने वताएको छ । मन्त्री जोशीले मंगलवार देखी वेलायतस्थित सांसद तथा सरकारी उच्च अधिकारीहरुसंग भेटघाट गर्ने
More

पशुगोठ र दाउराका लागि गुराँस फँडानी

इलाममा उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ । खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि बढ्दो प्रयोगजस्ता कारण गुराँस सङ्कटमा रहेको सम्बन्धितको भनाइ छ । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुराँस पाइने भए पनि तिनको सङ्ख्या र प्रजातिको यकिन हुन सकेको छैन । “गुराँस विनाश हुनुका कारण पहिल्याई उचित संरक्षणका लागि ठोस नीतिको आवश्यकता देखिएको छ,” उच्च पहाडी जडीबुटी संस्थाका दीपक लुङ्गेलीले भन्नुभयो, “वन मन्त्रालय र विभागबाट ठोस नीति तर्जुमा गरी जिल्ला वन कार्यालयमार्फत स्थानीय तहका हरेक सरोकारवालाई संरक्षणका लागि प्रेरित गर्नुपर्छ
More