Daily Archives March 19, 2017

Online journalist Dhungana felicitated with int’l award

LONDON, Active online journalist Krishna Dhungana has been awarded with UK based-Sita Devi International Online Journalism Award. Journalist Dhungana has been awarded with cash prize US dollar 500. The Sita Devi Foundation felicitates the journalists who are active in the online media in every two years. The foundation had called for the registration of the online media journalist. The jury finalized the name of journalist Dhungana for the year 2017 among the applicants. Dhungana is one of the founder members of the first commercial online Parewa.com. He has experienced of active journalism in various national media house. Currently, Dhungana is
More

वेलायतमा रविन्द्र मिश्रको साझा पार्टीको शाखा गठन

लन्डन—वेलायतमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन गठन भएको छ। शनिवार रेडिङमा आयोजित भेलाले महेश हरि आचार्यको संयोजकत्वमा साझा सदभाव समूह गठन गरेको हो। संयोजक आचार्य नेपाल सरकारका पूर्व उच्च सरकारी अधिकृत (बन विज्ञ) हुन्। १४ सदस्सीय समितिको उपसंयोजकमा गान्धी सुवेदी र सचिवमा कल्पना सुवेदी पण्डित चयन भएका छन्। सुवेदी पूर्वप्रसाशक तथा पण्डित समाजशास्त्री हुन्। संयोजक आचार्य नेपाल सरकारका पूर्व उच्च सरकारी अधिकृत (बन विज्ञ) हुन्। १४ सदस्सीय समितिको उपसंयोजकमा गान्धी सुवेदी र सचिवमा कल्पना सुवेदी पण्डित चयन भएका छन्। सुवेदी पूर्वप्रसाशक तथा पण्डित समाजशास्त्री हुन्। भेलाले सदस्यहरुमा डा. नारायण कँडेल, प्रकाश सापकोटा, शुभाष लामा, बाबुराम बास्तोला, मान बहादुर
More

पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास ९तेस्रो० मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । यो अभ्यास भोलि सोमबारदेखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।
More

डोल्पामा काँग्रेस स्वतन्त्र हैसियतमा उठ्ने

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसले डोल्पामा स्थानीय तहको चुनाव रुख चिन्हबाट लड्न नपाउने भएको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न पुस २५ देखि माघ १७ गतेसम्मको समय दिएको थियो । तर नेपाली कांग्रेस म्याद गुज्रिएपछि माघ २८ गते दल दर्ता गर्न गएको थियो । यस अवधिमा दलहरूले आफूले चुनाव लड्ने जिल्लाहरूमा दल दर्ता गर्नुपर्नेमा दर्ता हुन नसकेकाले निर्वाचन आयोगले सूचीबाट हटाएको होे । आयोगका अनुसार डोल्पामा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा र परिवार दल मात्र दर्ता भएका छन् । निर्वाचन आयोगले दिएको पुस २५ देखि
More

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

क्वलालम्पुर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भन्नुभएको छ । मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री डा महतले भन्नुभयो, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।” मन्त्री डा महतले विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखाँै नेपाली बिदेसिन बाध्य हुनु परेको स्मरण गर्दै उनीहरुले अन्य देशमा गएर आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको बताउनुभयो । उहाँले विश्वमा रहेका
More

वन रक्षक पदमा आवेदन दिन डिग्री पास गर्नेको भिड

काठमाडौं । नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा भीड लागेको छ । कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन आयोग पुगेका छन् । काठमाडौंस्थित आयोगको केन्द्रीय मध्याञ्चल विकास क्षेत्रका लागि वनरक्षक ५३ र गेम स्काउट ९५ स्थायी पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन पुगेका हुन् । आयोग परिसरका गणित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका गुल्मी बल्लेटक्सारका निर्मल भण्डारी वनरक्षक र गेम स्काउटका लागि फाराम भरेको बताउनुभयो । उहाँले निजामती सेवामा प्रवेश गर्न आफूले आवेदन दिएको जानकारी दिनुभयो । “निजामतीमा प्रवेश गर्ने उमेर नाघ्न
More

एनआरएन एशिया क्षेत्रीय सम्मेलन मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु

पुष्पराज कोइराला । क्वालालम्पुर (मलेसिया)— गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको छ। सम्मेलनको औपचारिक उद्घाटन परराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आइतबार गरेका छन्। सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालमा लगानीको प्रशस्त अवसर र सम्भावना रहेको बताए। ‘गैरआवासीय नेपालीहरुसँग भएको सीप र आर्थिक पूँजी नेपालमा लगानी गर्न सके कृषि, घरेलु तथा साना उद्योगको उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘नेपालको आयातमुखि अर्थतन्त्रलाई निरुत्साहित गर्न निर्यात व्यापार बढाउन सकिन्छ।’ ‘नेपालका सैद्धान्तिक वैचारिक राजनीतिका कुरा धेरै भए,’ परराष्ट्रमन्त्री महतले भने, ‘अब विकासका कुरा गरौं। अब विकासबारे बहस होस्।’ आफूले पहिलादेखि नै मलेसियालगायत देशमा रोजगार गर्न जाने नेपालीका
More

एसइई दिँदै ६२ वर्षीया याखा

भक्तपुरको आदर्श उमावि लाय्कू थिमिमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै मध्यपुर थिमिस्थित बोडे मावि खुल्लाबाट ६२ वर्षीया केदारकुमारी याखा । नयाँ शिक्षा ऐनअनुसार कक्षा ८ पास भएपछि माध्यमिक शिक्षा परीक्षा दिन पाउने व्यवस्था रहेको छ । तस्बिर : रत्न श्रेष्ठ
More

निर्वाचन आयोगविरुद्ध राप्रपा जुलुस

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुृसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गर्नुभयो । राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउनका लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गिरीले लगाउनुभयो
More