Daily Archives 20th March 2017

Prince Harry’s Full Speech at the commemorations marking 200 years of UK-Nepal relations

Minister Joshi Thank you for the introduction. And thank you Ambassador Subedi for inviting me here to be with all of you today. I am delighted to join you on behalf of Her Majesty The Queen, to bring to a close our year of joint celebrations, marking 200 years of friendship and cooperation between Nepal and the United Kingdom. The Queen has asked me to pass on her best wishes to you all. I had the pleasure of visiting Nepal exactly a year ago. I experienced first-hand the true meaning of Nepal’s slogan “I am in Nepal Now”. The warmth
More

निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

काठमाडौं । नेकपा (एमाले) को आजको स्थायी समिति बैठकले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिप्रति सजग रहनुपर्ने भन्दै निर्वाचन आयोगलाई तयारी तीव्र बनाउन पनि आग्रह गरेको छ । एमालेले कार्यकर्ताहरुलाई तयारीमा लाग्न आन्तरिक तयारी पनि प्रारम्भ गर्ने सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहितासमेत जारी गरी लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिता विपरीत बजेटको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढङ्गले कर्मचारीको सरुवा, बढुवा
More

बेलायतले ईयूबाट बहिर्गमन प्रक्रिया मार्च २९ मा शुरु गर्ने

लन्डन । बेलायत सरकारले युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुने प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ गते सुरु गर्ने जनाएको छ । बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी कम्तिमा दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दाहरुलाई छलफलद्वारा टुङ्ग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँगको भेटमा सोमबार बताउनुभयो । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले लिसबन सम्झौताको धारा नं. ५० लाई कार्यान्वयनका लागि लैजान एक पत्रमार्फत् जानकारी गराउनु हुने राजदूत ब्यारोले बताउनुभयो । यद्यपि पत्र परम्परागत चिठ्ठीका रुपमा आउने छ वा विद्युतीय सन्देशका रुपमा पठाइने छ भन्नेबारे भने प्रष्ट गरिएको छैन ।
More

महासङ्घको ताला खुृला

काठमाडौं । क्रान्तिकारी पत्रकार महासङ्घ र नेपाल पत्रकार महासङ्घबीच तीनबुँदे सहमति भएपछि महासङ्घको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज ११ दिनपछि खुलेको छ । क्रान्तिकारी पत्रकारले उठाएका सदस्यता शुद्धीकरण तथा फर्जी प्रतिष्ठान शाखा खारेजी तथा पत्रकारको सट्टाभर्ना विषय उपयुक्त विधि र प्रक्रियाबाट सम्बोधन गर्ने दुई पक्षबीच सहमति भएपछि ताला खोलिएको क्रान्तिकारीका अध्यक्ष इन्द्र राउतले जानकारी दिनुभयो । पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणको माग गर्दै क्रान्तिकारीले गत फागुन २७ गते पत्रकार महासङ्घ केन्द्रमा ताला लगाएको थियो । पत्रकार महासङ्घले गैरपत्रकारलाई सदस्यता वितरण गरिएको, वर्षांैदेखि बन्द रहेका मिडियाका नाममा प्रतिष्ठान कायमै राखिएको र फर्जी सदस्यता बाँडिएको र विधान विपरीत सदस्यता स्थानान्तरण गरेको जनाउँदै क्रान्तिकारीले
More

विश्वका दश दश वटा सुखी तथा दुखी राष्ट्रहरुको एक झलक

वासिङ्गटन । तपार्इं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भएपुग्छ, । त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमान्दारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटि) आफनो जीवनलाई सुखमय तुल्याउन सकिन्छ । सुख कहाँ छ ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिजलगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै एक अनुसन्धानात्मक प्रतिवेदनः “वल्र्ड ह्याप्पिनेस रिपोर्ट” प्रकाशन गरी विश्वका एकसय पचपन्न राष्ट्रलाई सामान्यतया दुई भागमा वर्गिकरण गरी सुखी तथा दुःखी राष्ट्रहरुको एक सूची नै निकालेका छन् । “सुखका लागि अनुसन्धान” नामक यस अनुसन्धान परियोजनामा औसत बैयक्तिक
More

प्रस्तावित राजदूतविरुद्ध चार उजुरी

काठमाडौं । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ । सरकारले लक्की शेर्पा(अस्ट्रेलिया), निरञ्जनकुमार थापा(इजरायल), शर्मिला पराजुली(ओमान), रमेशप्रसाद कोइराला(कतार), अर्जनुजङ्गबहादुर सिंह(गणतन्त्र कोरिया), प्रतिभा राणा(जापान), युवनाथ लम्साल(डेनमार्क), चोपलाल भुसाल(बङ्गलादेश), पदम सुन्दास(बहराइन), भीमकृष्ण उदास( म्यान्मा) विश्वम्भर प्याकुरेल(श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत(साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । प्रस्तावित राजदूतमध्ये पराजुली र कोइरालाविरुद्ध चार उजुरी परेको छ । समितिले आज उजुरीकर्तालाई बोलाएर उजुरीमा उल्लेख भएका विषयवस्तुको वास्तविकताबारे जानकारी लिएको थियो । समितिले राजदूतमा सिफारिस भएकामध्ये अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी लक्की शेर्पाको आज संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइका क्रममा शेर्पाले
More

महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा फैसला मङ्गलबार

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ आज सकिए पनि फैसला भने मङ्गलबार हुने भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि निर्णय मङ्गलबार सुनाइने भएको अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । उक्त विषयमा सरकारका तर्फबाट उपन्यायाधिवक्ता रेवती त्रिपाठी र सहन्यायाधिवक्ता टीकेन्द्र दाहालले बहस गर्नुभएको थियो । उहाँहरुले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने कार्यकारी अधिकार मन्त्रिपरिषद्लाई भएको हुँदा कानुनसम्मत सरकारले नियुक्त गरेको तर्क राख्नुभएको थियो । रिट निवेदनका तर्फबाट जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ता तुलसी भट्ट, अधिवक्ता टीकाराम भट्टराई
More

निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्ले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ लाई बहुमतले पारित गरेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा विधेयकमाथिका संशोधनकर्ता भारतबहादुर खड्का, राजेन्द्र पाण्डे, रेवतीरमण भाण्डारी, गुरु बुर्लाकोटी, रामनारायण बिडारी, अग्निप्रसाद खरेलले फिर्ता लिनुभएको थियो भने सांसद प्रेम सुवाल, अनुराधा थापा र मीना पुनको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनको बहुमतले अस्वीकार गरेको थियो । विधेयकमाथि प्रमुख प्रतिपक्ष दलले राखेको अधिकांश संशोधनलाई सरकारले स्वीकार गरेको हुँदा विधेयक बहुमतका आधारमा पारित भएको हो । यसअघि मन्त्री नायकले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३
More

निर्वाचन हुन्छ, हुन्छ, हुन्छ : काँग्रेस सभापति देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताउनुभएको छ । आज भक्तपुरको लोकन्थलीमा नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उहाँले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले भन्नुभयो – “चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक सङ्कट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।” उहाँले चुनावमा जानुको अब विकल्प छैन्, चुनाव नभए प्रजातन्त्र नै नरहने सङ्केत गर्दै चुनावमा होमिन कार्यकर्तालाई
More

सरकारमा बसेर प्रहरीमाथि ढुंगा

विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुदाँ सो पार्टीका कार्यकर्ताले प्रहार गरेको इँटा लागेर घाइते भएका सुरक्षाकर्मीलाई उठाएर लग्दै सुरक्षाकर्मी । तस्बिरः रोशन सापकोटा
More

मोर्चाद्वारा संसद् बैठक बहिष्कार

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजको व्यवस्थापिका–संसद् बैठक पनि बहिष्कार गरेको छ । बैठक सुरु हुनासाथ मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले तराई–मधेसमा केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाका बारेमा छानबिन समिति गठन गर्न माग गर्नुभयो । ती घटनाप्र्रति दुःख व्यक्त गर्दै उहाँले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनका कारण मानवीय क्षति भएको आरोप लगाउनुभयो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथि मधेस केन्द्रित दलहरुले आशा गरेर समर्थन गरेकोमा आफूहरुलाई धोका भएको बताउँदै सांसद झाले आजको बैठकमा पनि परिमार्जनसहितको संविधान संशोधन प्रस्तावको कार्यसूची नआएको भनी आपत्ति जनाउनुभयो । संविधान संशोधनको सट्टा सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरेर मोर्चाको घाउमा नुन
More

राप्रपाको प्रदर्शन, वरिष्ठ नेता राणा सामान्य घाइते

काठमाडौं । विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केहि कार्यकर्ता समान्य घाइते भएका छन् । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले जमलमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेका थिए । समान्य घाइते भएका वरिष्ठ नेता राणाले शान्तिपूर्ण तवरले राजनीतिक गतिविधि सञ्चालन गर्दा प्रहरी दमन भएकोमा दुःख व्यक्त गर्दै निर्वाचन आयोगले सो विषयलाई पुनः विचार नगरेमा पार्टी सरकारबाट
More

अनिला र भीमको भेडेटार घुम्ने रहर पुरानै (भिडियो)

काठमाडौं । पुर्वको पर्यटकीय बजार भेडेटार कसलाई घुम्ने रहर नहोला र ? अझ सोल्टी–सोल्टिनीसँग भेडेटार घुम्नको मज्जा बेग्लै हुन्छ । यस्तै, भावमा गायिका अनिला राई र गायक भीम लिम्बूले पुर्वेली लोकभाकामा ‘सोल्टी ज्यू’ बोलको गीत गाएका छन् । गीतमा भेडेटार घुम्ने रहर व्यक्त गरिएको छ । भेडेटार घुम्ने रहर पुरानो भन्दै गीतमा भेडेटारलगायत पुर्वको विभिन्न रमणीय स्थलहरुको बयान गरिएको छ । सोल्टी–सोल्टिनी पुर्वमा प्रचलित चर्चित शब्द हो जबकि, आफूलाई मनपर्ने तरुनी तथा तन्नेरीलाई सोल्टी–सोल्टिनी भन्ने गरिन्छ । गायिका अनिला र गायक भीमले यस गीतमा पुर्वतिर गाउँघरमा माया–पिरतीको लाउने तरुनी–तन्नेरी अर्थात सोल्टी–सोल्टिनीको स्मरण गराएका छन् । यस गीतलाई पछिल्लो समयका चर्चित
More

पोल्यान्डमा लूट-२ प्रदर्शन

वार्सा । पोल्यान्डको वारसवामा मार्च १९ गते पहिलो पटक सिनेमा हलभित्र नेपाली सिनेमा लूट २ को भव्यतापुर्वक प्रदर्शन भएको छ । झन्डै २०० जनाको उपस्थितिमा हल भित्र भएको लूट २ को प्रदर्शनमा दर्शक हरुले मिश्रित प्रतिक्रिया दिएका थिए ।” पोल्यान्डमा चुनौती बोकेर नै हामी केही नेपालीहरुले लूट २ लिने सोच बनायौ र सफल पनि भयौ यसको लागि फिल्म हेर्न आउनु हुने सबै दर्शकहरुलाई आभार प्रकट गर्दछु ।” यो भनाई थियो फिल्म व्यवस्थापन गर्नमा महत्वपूर्ण भूमिका खेल्नुहुने सुरज कार्कीको । लूट प्रदर्शन गर्नमा बिशेश भुमिका सुरज कार्की, जीवन केसी, नारायण चालिसे बिनोद आचार्यले खेल्नु भएको थियो । स्मरण रहोस् पोल्यान्डकै इतिहासमा
More

स्पिकर्स कर्नरबाट युरेसियाको स्पर्श सार्वजनिक

लन्डन । लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा शर्माले बताए । बेलायतका नेपालीहरुको साहित्यमा रुची देखेर प्रशन्नता ब्यक्त गर्दै आगामी दिनमा साझा प्रकाशनले बेलायती स्रष्टाहरुका कृति प्रकाशन गरिदैं जाने कुरा बताए । नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीको अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुइसय शिर्षकका तीनहजार थान पुस्तकको लिएर महाप्रबन्धक शर्मा बेलायत आएका हुन् । लन्डनमा जारी पुस्तक प्रदर्शनी
More

‘स्प्रीङ म्युजिकल ब्लाष्टको’ भब्य तयारीमा

लन्डन । ई-मिडिया हबको प्रस्तुतीमा अप्रिल र मे महिनामा युकेका बिभिन्न शहरहरुमा साँगितिक मनोरन्जनात्मक कार्यक्रमको आयोजनाको अन्तिम तयारी पूरा भएको छ । नेपालका ख्याती प्राप्त लोकप्रिय कलाकारहरुको साथमा आयोजना हुने कार्यक्रम स्प्रीङ सिजनमा आयोजना गर्ने निर्णय गर्दै कम्पनिको साँगितिक कार्यक्रमको ब्याबस्थापन मिटिङ्ग १९ मार्च आइतबार अल्डर्सटको एम्पाएरमा सम्पन्न भयो । मनोरन्जन बिभाग प्रमुख हेड अफ ईन्टरटेन्टमेन्ट सेल किसन राईका अनुसार गायक रेवत राई, नायिका माला लिम्बू र गायिका मेलिना राई कार्यक्रमका लागी युके आउनु हुने छ । गायक तथा सँगितकार काली प्रसाद बास्कोटा नेपाल आईडलको निर्णायकमा बस्नु पर्ने भएकाले सबै तयारी पूरा भए पनि यो पटक कार्यक्रमका लागी युके आउन
More

प्रहरी महानिरीक्षक नियुक्ति विवादबारे सर्वोच्च बहस जारी

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति विवादसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ । रिट निवेदक डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालका तर्फबाट बहस सकिए पनि विपक्षीको बहस आज पनि हुने भएको छ । सरकारको तर्फबाट सरकारी वकिलले आज प्रतिरक्षा गरेपछि सर्वोच्चले आईजीपी विवादको अन्तिम फैसला गर्ने छ । रिट विवेदकका तर्फबाट शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट, बाबुराम कुँवर, हरि फुयाँल, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए । मुद्दाको आइतबारदेखि सुरु अन्तिम सुनुवाइका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वमा पाँच सदस्यीय वृहद पूर्ण इजलास गठन गरेकी थिइन् । कार्कीको इजालसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन
More

भिक्टोरिया क्रस विजेता स्व पुनको स्मृतिमा सङग्रहालय बन्ने

बेनी । बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी स्व तुलबहादुर पुनको सम्झनामा जन्मगाउँ म्याग्दीको बेगखोलास्थित तिप्लाङमा सङग्रहालय बन्ने भएको छ । गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनको जीवनी, युद्धका अनुभव, साम्रगी, पदक, पोसाकसहित पुनका बाल्यकालदेखिका अति महत्वपूर्ण दस्तावेजलाई सङग्रहालयमा राखिने उनका जेठा छोरा अर्जुन तिलिजा पुनले बताउनुभयो । स्थानीयवासीले गाउँमा विकासको रेखा कोर्ने स्व पुनको स्मृतिमा सङग्रहालयको आवश्यकता रहेको बताएपछि पुन परिवारले कालिका आधारभूत विद्यालय नजिक रहेको करिब एक रोपनी जग्गा रु १५ लाख ५० हजारमा खरिद गरेर विद्यालयको नाममा हस्तान्तरण गरेका छन् । सोही जग्गामा सङग्रहालय बन्न लागेको हो । सङग्रहालय निर्माणमा पुनका परिवार, आफन्त
More

नाबालकसहित दुई जनालाई कैद सजाय

बैतडी । हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ । कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष नौ महिना कैद सजाय भएको छ ।” गएको भदौ २६ गते दार्चुला अपि–४ का २२ वर्षीय गणेशसिंह कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय धीरेन्द्रसिंह कुँवर समेत पक्राउ परेको भए पनि धीरेन्द्रले सफाइ पाएको प्रहरीले
More