Daily Archives March 21, 2017

सरकारको निर्णय त्रुटिपूर्ण छ, नवराज सिलवाललाई आईजीपी बनाऊ : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णयलाई बदर गरेको छ । साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको हो । फैसलाको पहिलो बुँदामा भनिएको छ, नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई नियुक्त गर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७३।११।१ मा निर्णय भएको छ, सो निर्णय त्रुटिपूर्ण छ । निजभन्दा जेष्ठताको क्रममा अगाडि रहेको रिट निवेदकको बढुवा हुनुपर्ने थियो । प्रहरी नियमावली, २०७१ को नियम ४१ समेतको प्रतिकुल निर्णय भएको छ ।
More

खोटाङलाई ७ वटा एम्बुलेन्स र अल्ट्रासाउण्ड मेसिन प्रदान गरिने

लन्डन । खोटाङलाई ७ वटा एम्बुलेन्स र अल्ट्रासाउण्ड मेसिन प्रदान गरिने एक करोड बार्‍ह लाख छ हजार आठ सय चालिस रुपैयाको कुल बजेटमा सम्पन्न हुन गैरहेको खोटाङ युके एन्बुलेन्स प्रोजेक्टको हस्तान्तरण कार्यक्रमको लागि बेलायतबाट दाता संस्था खोटाङ सेवा समज युकेका पदाधिकारीहरु नेपाल प्रस्थान गर्ने क्रम शुरु भएको छ । सातै जना एम्बुलेन्स ड्राइभरहरुलाई एक हप्ता लामो एड्भान्स ड्राइभिङ ट्रेनिङ दिलाउनको लागि संस्थाका सदस्य भबिन साङ्पाङ (रोसन) काठमान्डौ पुगी सक्नु भएको छ । त्यसै गरी एड्भान्स फस्ट एड (प्राथमिक उपचार) ट्रेनिङ्को लागि डा. प्रमोद कोयी पनि यही साता काठ्मान्डौ पुग्ने योजना रहेको स्रोतले जनाएको छ । कार्यक्रम सम्योजनको लागि प्रोजेक्ट सम्योजक
More

मुसहर बस्ती निर्माणमा करोडको अभाव

महोत्तरीको बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव भएको जनाएको छ । तस्बिर : धनवीर महतो
More

गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आज आयोजित ४१आँै लामागुरु अध्ययन भ्रमणको राष्ट्रपति कार्यालय शीतलनिवासमा समापन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो – “ती आदर्श वचनलाई हरेक मानवले आफ्नो जीवनमा आत्मसात् गरी अगाडि बढेमा मात्र समाजमा शान्ति कायम गर्न बल पुग्छ र हिंसा हत्या अन्त्य हुन्छ ।” बुद्धका आदर्श र सन्देशलाई समाजमा थप स्थापित गर्न आवश्यक रहेकामा पनि उहाँले जोड दिनुभयो । उहाँले बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुजातीय देशको विविधतालाई सरकारले संरक्षण तथा प्रवद्र्धन
More

साझा पार्टीले स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाउने

काठमाडौं । पूर्वसञ्चारकर्मी रविन्द्र मिश्रको हाल गठन भएको राजनीतिक दल साझा पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएको छ । साझा पार्टी निर्वाचन आयोगमा दर्ता भई नसकेको र हाल स्थानीय तहको निर्वाचनका कारण दल दर्ता प्रकृया स्थगित भएकाले आउँदो स्थानीय निर्वाचनमा यस पार्टीले पार्टीगतरूपमा सहभागिता जनाउन सक्ने स्थिति छैन । तर देशभरी साझा पार्टीप्रति देखिएको उत्साहजनक लहर र तीन हप्ता पनि नबित्दै ठाउँठाउँमा बनेका दर्जनौँ एकाइहरूको चाहनालाई मध्यनजर राख्दै साझा पार्टीले स्थानीय तहको निर्वाचनबारे तलको बाटो अवलम्बन गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, लामो अन्तरालपछि हुन गइरहेको स्थानीय निर्वाचन जनताको लोकतान्त्रिक अधिकारको अभ्यासका लागि
More

धनाढ्य सूचीमा बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा !

लन्डन । फोर्ब्स म्यागेजिनले हरेक वर्ष सार्वजनिक गर्ने धनाढ्यो सूचीको पहिलो नम्बरमा यो वर्ष पनि बिल गेट्स अटाएका छन् । सूचीमा पर्ने एक्ला नेपाली बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा छ । फोर्ब्सको अनुसार चौधरीको सम्पति १ दशमलब ३ बिलियन डरल छ । अघिल्लो वर्ष उनको सम्पति १ दशमलब १ बिलियन डलर थियो । फोर्ब्सका अनुसार बिल गेट्सको सम्पति ७५ बिलियनबाट बढेर यो वर्ष ८६ बिलियन पुगेका छ । बिल गेट्स कम्युटर अपरेटिङ सिस्टम उत्पादन गर्ने कम्पनि माइक्रोसफ्टका मालिक हुन् । सूचीको दोस्रो स्थानमा लगानीकर्ता बारेन बफेट छन् । उनको सम्पति ७५ दशमलब ६ बिलियन भएको फोर्ब्सले जनाएको
More

सीमांकनलाई थाँती राख्दै संशोधन विधेयक अघि बढाउने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रले सीमांकन हेरफेरको बिषयलाई थाँती राख्दै संविधान संशोधन विधेयलाई अगाडि वढाउने भएको छ । सिंहदरवारमा आज विहान वसेको माओवादी केन्द्र संसदीय दलको वैठकले सीमांकन हेरफेर सहितको संविधान संशोधनमा दोस्रो ठूलो दल एमालेले अडान नछाडेपछि सहमतिको बिकल्प अघि सार्ने निर्णय गरेको हो । सिमांकन हेरफेरलाई थाँती राखे अन्य विषयमा सहमति खोज्न प्रमुख प्रतिपक्षी एमाले पनि सकारात्मक रहेको र मधेशी मोर्चा पनि आन्दोलनको सफल अवतरणको पक्षमा रहेको बुझाईका साथ राष्ट्रिय सभामा प्रतिनिधित्व, भाषा र नागरिकताको बिषयलाई लिएर मात्र संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेको नेताहरुले बताएका छन । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख ३१ गतेका लागि तय
More

Lord Mayor of London convenes investment conference

The Lord Mayor of London, Alderman Dr Andrew Parmley, will tomorrow (Wednesday) host an investment conference at The Mansion House to connect potential British investors with representatives of Nepal’s hydro power industry. Nepal is blessed with tremendous capacity for medium to large scale hydropower infrastructure and the Government of Nepal is keen to attract foreign investment and skills to meet their targets for total domestic supply as well as facilitating exports to energy-hungry India and Bangladesh. The conference will bring British investment managers, financial services and engineering companies together alongside a senior Nepalese delegation and members of the Nepalese diaspora
More

बेल्जियममा मनाईयो कोईरालाको सातौ स्मृति दिवस

बिष्णु सापकोटा । नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत नेता गिरिजा प्रसाद कोईरालाको सातौ स्मृति दिवस सोमबारका दिन बेल्जियमको आन्त्रोपेन शहरमा नेपाली जनसम्पर्क समिति आयोजानाम एक कार्यक्रमका बीच सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमको भर्खर सम्पन्न चौथो अधिवेशन मार्फत नव निर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा सम्पन्न स्मृति सभामा आफ्नो आसन बाट बोल्दै २००७ साल देखि नेपाली कांग्रेसमा कोईरालाको योगदान, प्रजान्त्रीक आन्दोलनमा भूमीका, माओबादी द्वन्द व्यवस्थापन तथा शान्ति बार्ता साथै लोकतान्त्रिक आन्दोलनका एक कुशल योद्धा को रुपमा स्वर्गीय कोईराला परिचित रहेको चर्चा गर्दै श्रद्धान्जली अर्पण गरेकी थिईन । साथै नेपाली जनसम्पर्क समिति को आफ्नो भर्खर सुरुवादी कार्य संगै
More

९ वुँदे निर्णयहरु जारी गर्दै एनआरएन एशिया क्षेत्रीय बैसक सम्पन्न (पूर्णपाठ)

क्वालालम्पुरमा सम्पन्न गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक आईतवार ९ वुदे निर्णयहरु जारी गर्दै सम्पन्न भएको छ । शनिवार देखी शुरु भएको सम्मेलन आइतवार सम्पन्न भएको थियो । १. मलेसियाको क्वालालम्पुरमा नेपालबाट आमन्त्रित माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा ‘दक्ष जनशक्ति, उद्यमशीलता संमृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नारासहित विभिन्न १७ देशका १ सय ५० प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रिय पांचौं वैठक (मार्च १८ देखि १९) सम्पन्न भयो। २. मध्यपूर्व र मलेसिया लगायत विभिन्न गन्तव्य मुलुकहरुमा बैदेशिक रोजगारमा विद्यमान ठगी, अनियमितता, अपारदर्शिताको अन्त्य गरी कामदारहरुको अधिकार र सुविधाको संरक्षण गर्दै वैदेशिक रोजगारलाई
More