Daily Archives 23rd March 2017

एनआरएन अमेरिकामा १६ हजार सदस्य, १८१ जना प्रतिनिधी चयन हुने

होम लम्साल । न्यूयोर्क – आगामी मे २० देखि २२ सम्म हुने एनआरएन अमेरिकाको निर्वाचनका लागि प्रारम्भिक सदस्यता संख्या १६ हजार आठ सय ८१ पुगेको छ । याे सँगै अमेरिका एनआरएनको शाखाहरूमा विश्वको सबै भन्दा ठूलो शाखा बनेको छ। यसअघि १० हजार ६ सय सदस्यका साथ एनआरएनकै सबैभन्दा ठूलो च्याप्टर बनेको अमेरिकामा गत वर्षको तुलनामा यसपटक सदस्यता आकांक्षीको संख्या ६ हजार दुई सय ८१ ले बढेको हो। एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलका अनुसार भेरिफाई गर्न बाँकी भएकोले त्यस संख्यामा केही घट्न सक्ने बताएका छन्। सदस्यता भेरिफाई गर्नका लागि महासचिव तिलक श्रेष्ठको अध्यक्षतामा ६ सदस्यीय एक समिति गठन भएको छ।
More

गोरखा सैनिकको पेन्सन नेपाली बैंकबाट पाउन माग

काठमाडौं । बेलायती सेनामा काम गरेका अवकाशप्राप्त गोरखा सैनिकलाई नेपाल राष्ट्र बैंकबाट निवृत्तिभरण दिनुपर्ने माग गरिएको छ । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले यहाँ आज पत्रकार सम्मेलन गरी अवकाशपछि पाउने निवृत्तिभरण ‘भारतीय रिजर्भ बैंक’मार्फत आएकाले अब नेपाल राष्ट्र बैंकमार्फत पाउनुपर्ने माग गरेको हो । गेसोका अध्यक्ष कृष्णकुमार राईले गोरखा सैनिकको निवृत्तिभरण भारतीय बैंकमार्फत पठाउनु नेपालमाथिको अपमान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखा सैनिकको पेन्सन नेपाली बैंकमार्फत पाउनुपर्ने माग गर्दै हामीले नेपालका उच्च तहलाई भेटेर ध्यानाकर्षण गराइसकेका छौँ ।” अध्यक्ष राईले गोरखा सैनिकलाई अधिकारसहितको दोहोरो नागरिकता, समान कामको समान ज्याला, नेपालमै बेलायतसरह स्तरीय स्वास्थ्य सुविधा र तिनका सन्तानलाई बिनासर्र्त बेलायतमा आवासीय
More

लन्डन छुरा प्रहार काण्डमा सात व्यक्ति पक्राउ

लन्डन । लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लन्डन प्रहरीले सात व्यक्तिलाई पक्राउ गरेका छन् । लन्डन र बामिङ्घमस्थित ती व्यक्ति पक्राउ परेका प्रहरीले बिहीबार जानकारी दिएको छ । सिन्ह्वा समाचार समितिका अनुसार यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्युहुनुको साथै अन्य ४० भन्दाबढी घाइते भएका छन् । ‘हाम्रीले छ वटा ठेगानाबाट सात व्यक्तिलाई पक्राउ गरेका छाँै,’ लन्डनका महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् । गतः बुधवार अपरान्ह (नेपाली समयअनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती
More

बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारद्वारा भत्सना

काठमाडौं । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गर्नुभएको छ । मन्त्री डा महतले आज नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाई सो घटनाको निन्दा गर्नुभएको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभएको छ । उक्त सन्देशमा परराष्ट्र मन्त्री डा महतले सो आतङ्ककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । साथै मन्त्री
More

चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुग्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

को बन्दैछ मिस चितवन, भोली फाइनल

चितवन । त्यही नारीको कोखबाट जन्मेको पुरुष आफ्नो सन्तानको रुपममा छोरी जन्मदा किन खुशी हुदैनन् ? किन ? यो प्रश्न गर्दागर्दै वीरेन्द्र क्याम्पस जेनेरल वाइलोजी स्तानक दोश्रो वर्षमा अध्यनरत सुमन गुरुङले आफ्नो प्रतिभा देखाउने प्रयास गरिन् । विगत १ महिनादेखि चितवनमा सालीमार मिस चितवन प्रतियोगिताका लागि विभिन्न कार्यक्रमहरु भइरहेको छ । सो प्रतियोगिताकै क्रममा सहभागी २८ प्रतियोगीले आफूभित्र भएका प्रतिभा हरतरहले बाहिर देखाउने प्रयास गरे । सोही प्रतियोगितामा सहभागी सुमनले आफूलाई मनपर्ने अभियन कला प्रस्तुत गरिन् । अभियन कला प्रस्तुत गर्ने क्रममा उनले छोरीको रुपमा सन्ताललाई अझै स्वीकार्न नसकको हाम्रो समाजिक परिवेशलाई देखाउने प्रयास गरिन् । जब सूर्य उदाँउछ अस्ताउछ
More

एमपी सुब्बाको निर्देशनमा ए साइँला

काठमाडौं । रामकोटको डाँडा । बिहानैदेखि सिरसिर्र हावाको झोकासँगै घामको मधुर प्रकाशले वातावरणमा मधुरता थियो । राजधानी नजिकको रमणीय स्थल अनि सुनसान र मधुर त्यो वातावरणमा गुञ्जिँदैथियो, ‘ए, साइँला पहिले जस्तो हुँदैन भेट’ । जसले त्यहाँको वातावरणलाई झिस्काइरहेको आभाष हुन्थ्यो । जहाँ एक प्रेमिल जोडीको भेट हुन्छ, त्यही गुञ्जायस ‘ए, साइँला…’ गीतमार्फत । यो प्रशंग म्युजिक भिडियोको छायांकनको हो । चैते महिना भएपनि केही दिनयता मौसममा देखिएको प्रतिकुलताले गर्दा मनभरी अनेक आशंका लिँदै म्युजिक भिडियो शुटका लागि एकहुल मंगलबार बिहानै रामकोटतिर हानिए । तर, भाग्यवस मौसमले साथ दिएपछि निर्धारित समयमै म्युजिक भिडियो छायांकन सकाएर त्यो हुल युद्ध नै जितेसरी खुसीका
More

पाँचलाख रुपैयाको मुन्दुम स्कलरसिप एवार्ड भोगीराज चाम्लिङलाई

लन्डन । किरातीहरुको अलिखित जीवन दर्शन मुन्दुम तथा किराती सौन्दर्यतालाई संरक्षण गर्ने अभिप्रायले स्थापित नगद रु.५,००,०००.०० (पाँचलाख रुपैया) को मुन्दुम स्कलरसिप मुन्दुम अध्येता भोगीराज चाम्लिङलाई दिने निर्णय भएको छ । मुन्दुम स्कलरसिप संचालक समिति बेलायतद्वारा संचालित यस स्कलरसिप परियोजनामा किरात राई चाम्लिङ खाम्बातिम बेलायत लगाएत बेलायतमा स्थापित अन्य बिभिन्न ईच्छुक किरात राई संघसंस्थाहरु आवद्घ रहने जानकारि प्राप्त भएको छ । “हाम्रो जीवनदर्शनको अध्येताहरुलाई अध्ययन तथा खोज अनुसन्धानमा पूर्ण सहयोग मिलोस र मुन्दुमको लिखित दस्ताबेज समाजलाई प्रस्तुत गर्न सकियोस भन्ने उदेश्यले यो स्कलरसिपको स्थापना गरिएको हो” संस्थापक संयोजक ईश्वर चाम्लिङले बताउनु भयो । बिधावारिधी शोधकर्ताहरुमा मात्र निहित “मुन्दुम स्कलरसिप एवार्ड १”
More

नेपलीज ब्रिटिश कम्यूनिटी यूकेकाे रक्तदान कार्यक्रम सम्पन्न

लण्डन, नेपलीज ब्रिटिश कम्यूनिटी यू के ( NBC U.K. ) ले आफ्नो वार्षिक र नियमित कार्यक्रमलाई निरन्तरता दिदै सातौ स्थापना दिवसको अबसरमा हिजो ग्रिन फोर्ड टाउनहल इलिंगमा ठुलो उपस्थितीका विच रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बेलायतमा केहि बर्ष यता विभिन्न सामाजीक र कल्याणकारी कार्यक्रमहरू गर्नमा अग्ग्रणी स्ंथानमा रहदै आएको उक्त सस्थाले हिजो गरेको रक्तदान कार्यक्रममा वर्तमान अध्यक्ष मिलन घिमिरे , निबर्तमान अध्यक्ष तथा सल्लाहकार कमलराज खनाल सचिब चुरामणी रेग्मी कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरू समिर नाथ प्याकुरेल , बसन्त नेपाल , हरिभक्त न्यौपाने, भगवती रानाभाट, अन्जु सिग्देल ,प्रभु न्यौपाने , कृष्ण शर्मा, होमनाथ पौडेल, देब गुरूग लगाएत १३ जना सस्थाका
More

म्याग्दीमा भैरहेको राष्ट्रिय व्याडमिन्टनमा सहयोगको लागी अपील

लन्डन । म्याग्दी सदरमुकाम बेनीमा भैरहेको राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिताको लागी आर्थिक सहयोगको लागि अपील गरिएको । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत ९ गतेदेखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भैसकेको छ । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत खेलमा सहभागी छन् । स्थानिय युवाहरुले पुरस्कार सहित हरेकबर्ष प्रतियोगिताका लागि खर्च जुटाउन महत्वपुर्ण भूमिका खेल्दै आएका छन्। विभिन्न पाँचवटा विधाका खेलमा महिला र पुरुषको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष, महिला एकल, पुरुष डवल, १७ बर्ष मुनिको पुरुष लगाएत जिल्लास्तरका खेलाडी विच समेत खेल हुने छ । सर्वाधिक धनराशीको प्रतियोगितामा
More

बेल्जियममा नेपालको प्रवद्र्धन गर्ने अभियान

काठमाडौं । नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गर्नुभयो । ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीको सवारीसाधनमा प्रवद्र्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटन प्रवद्र्धन गर्नेजस्ता रचनात्मक प्रयासबाट नेपालमा युरोपेली पर्यटक भित्र्याउन मद्दत पुग्ने विचार व्यक्त गर्दै यस्ता कार्यमा दूतावासको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । नेपाल पर्यटन बोर्डबाट प्राप्त पोस्टर राजदूतबाट विभिन्न व्यक्तित्वको सवारीसाधनमा टाँसेर उद्घाटन गरिएको सो कार्यक्रमको समन्वय बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि शिवकुमार बरुवाल तथा रवीन्द्रमान श्रेष्ठले गर्नुभएको
More

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको कडा शव्दमा निन्दा

लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गर्नु भएको छ । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ पछिको सबभन्दा भयावह घटना मानिएको छ । आक्रमणको घटनापश्चात् बेलायती प्रधानमन्त्रीको निवास – टेन डाउनिङ्ग स्ट्रिट बाहिरबाट पहिलो पटक सार्वजनिक सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मेले बिकृत मनस्थितिको दानव वा नराधमले कायरता पूर्वक यस्तो आक्रमण गरेको भन्नु भएको छ । सो सम्बोधन गर्नुपूर्व प्रधानमन्त्री मे बेलायती उच्च सुरक्षाकर्मी एवं सुरक्षा सल्लाहकारहरु सँगको एक आपत्कालीन बैठकमा सहभागी हुनुहुन्थ्यो । प्रहरीको बहादुरीले धन जनको थप नोक्सानी हुन नपाएको उल्लेख
More

लन्डन आक्रमणमा पाँचको मृत्यु ४० घाइते भएका प्रहरीद्वारा पुष्टि

लन्डन । हिजो बुधबार राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । गतः बुधवार अपरान्ह (नेपाली समय अनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उपरोक्त आक्रमण र हताहतीका घटना भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । कत्र्तब्य पालनको क्रममा ४८ बर्षीय प्रहरी अधिकृत किथ पामरको सो आक्रमणको घटनामा परी मृत्यु भएको सहायक आयुक्त रोलेले समाचारदाताहरुलाई बताए । किथ पामरले बेलायती प्रहरीमा पन्ध्र बर्षसम्म सेवा पु-याएका थिए । सहायक
More