Daily Archives 24th March 2017

लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता – उद्योगमन्त्री, नवीन्द्रराज जोशी

लन्डन- उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्। लण्डनका लर्ड मेयर डा एण्ड्रयु पाम्लीद्वारा ब्रिटिश व्यवसायीहरुकालागि नेपालको जलविद्युत क्षेत्रमा लगानीका अवसरहरु विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री जोशीले नेपालमा नयाँ संविधानको घोषणा पछि नयाँ सरकार देशको आर्थिक रुपान्तरणकालागि लागिपरेको बताए। मार्च महिनाको पहिलो साता काठमाडौंमा आयोजित लगानी सम्मेलनमा साढे तेह्र अर्ब डलर बराबरको विदेशी लगानी संबन्धी मनसायपत्र प्राप्त भएको बताउँदै उनले विदेशी लगानीकर्ताहरुलाई हरसंभव सजीलो बनाउन सरकारले काम गरिरहेको बताए। मन्त्री जोशीले विदेशी कम्पनी खोल्न, आयोजना सन्चालन गर्न तथा लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता लैजान पाउने व्यवस्था मिलाउन सरकारले विभिनन्न कदमहरु चालेकेा बताए। कम्पनी ऐन, औद्योगिक
More

कांग्रेसले हलो अड्काएको छैन

प्रदीप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस तीन दिनपछि बस्ने नेपाली कांगे्रसको बैठकले स्थानीय निर्वाचन, उम्मेदवारको मापदण्ड तथा वर्तमान राजनीतिको समीक्ष हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । राजनीतिको हलो एमालेले अड्काएको उनको दाबी थियो । वर्तमान राजनीति तथा कांगे्रसको भावी योजनाबारे गरिएको कुराकानी– ० पछिल्लो राजनीतिक अवस्था कांगे्रसले कसरी विश्लेषण गरेको छ ? – राजनीतिक विश्लेषण गर्नका लागि कांगे्रसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । बैठक विविध कारणले तीन दिनपछि सरेको छ । त्यही बैठकमा हामी राष्ट्रिय राजनीतिको विषयमा छलफल गर्दैछौं । स्थानीय तहको निर्वाचन, त्यसका लागि पार्टीले गर्नुपर्ने कामलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नकै निम्ति पाटीले बैठक बोलाएको हो
More

पोल्यान्डमा नेपाल युरोप ट्राभल समिट कार्यक्रम सम्पन्न

वार्सा । वन्स मोर नेपाल नारा अगाडि सारेर नेपाल पर्यटन बोर्डको आयोजनामा केही ट्राभल एजेनन्सीहरुको सहकार्यमा पोल्यान्डको राजधानी वारसवामा नेपाल युरोप ट्राभल समिट कार्यक्रम नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशिको उपस्थितिमा सम्पन्न भएको छ । विभिन्न देश जर्मनी चेक हुँदै पोल्यान्डमा समापन भएको ट्राभल समिट युरोप कार्यक्रममा नेपाल पर्यटकीय गन्तव्य स्थल भएको विभिन्न ट्रेकिङ स्थल भएको र धेरै भन्दा धेरै हिमालहरुहरु चढ्न पोलिशहरु मन पराउने हुँदा नेपाल यात्रामा आगामी दिनमा पोलिशहरु लगायत युरोपियनहरु पनि बढ्दै जाने महशुस आफुले गरेको जानकारी गराउनु भयो । नेपाल सुरक्षित ठाउँ भएकोले आगामी दिनमा ढुक्क भएर नेपालको यात्रा गर्न सकिने जानकारी उपस्थित
More

मिरा राणाले तताईन लन्डन

लन्डन । वाह्रैमासे जाडो हुने ठाऊ हो लन्डन । यस्मा पनि सिरसिरे वतासले लण्डनको वुलविच क्षेत्रलाई अझै चिसो वनाईरहेको थियो । आकाश वादलरुपी वाक्लो सिरकमा लुकेकोथियो । गत आईतवार साँझ धर्तिले जाडो पन महसूस गराईरहेको थियो । वुलविच क्षेत्र र आसपासमा वस्ने नेपालीहरु सुकसुकाउदै ट्रामशेड थेटर तर्फ पाईलावढईरहेका थिए । थेटरको मूल गेटमा तीन जना वहिनीहरु मिरा राणाको सांगीतीक सिडि संग्रहका चक्काको पसल थापेका थिए । उनीहरुले सिडी संगै हल भित्र जाने टिकट पनि वेचिरहेका रहेछन् । गेट भित्र प्रवेश गर्नासाथ एउटा छुट्टै माहोल देखिन्यो ,लाग्थ्यो यहाँ कुनै समाहरोह हुदैछ । हलको आगाडी पट्टीको भित्तमा ठुला र चहकिला अक्षरमा ईनास
More

को हुन् लन्डन आक्रमणकारी खालिद मसुद

लन्डन । लन्ड आक्रमणकारीको पहिचान भएको छ । ५२ वर्षीया खालिद मसुदले आक्रमण गरेको प्रहरीले स्पष्ट पारेको छ । उनी केन्टको एटरियान रसेल अजाओमा जन्मेका हुन । तर हिजोआज उनी डिमल्यान्ड्समा बसोबास गर्दथे । तीन सन्तानका पिता खालिद मसुद विभिन्न समयमा क्रावली, वेस्ट ससेक्स, ईस्ट ससेक्स, लुटन र पूर्वी लन्डनमा पनि बसोबास गरे । मेट्रोपोलिटन प्रहरीका अनुसार उनलाई विभिन्न नामले चिनिन्थ्यो । ती धेरै नाममध्ये एक एड्रियन एल्म्स पनि हो । प्राप्त जानकारी अनुसार मसुदले आक्रमण गर्नका लागि आफूलाई नै शिक्षक ठानेर कार भाडामा लिएका थिए । बेलायती समाचार संस्था बीबीसीका अनुसार उनलाई कहिले पनि इग्लिस स्टेट स्कुलमा अंगे्रजी शिक्षकले
More

असोजमा मेलम्चीको पानी नआउने चिन्ता

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ । सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी काठमाडौँमा नआउने र सो आयोजनाका कामका विषयमा आगामी बैठकमा छलफल गरिनुपर्ने माग गर्नुभयो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलसम्म २७.५८ किमी सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म २३.२३ किमी सम्पन्न भएको छ । बाँकी साढे चार किमी सुरुङ निर्माण सकी विसं २०७४ असोज मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने सरकारको लक्ष्य छ । शोक प्रस्ताव पारित सांसद दुलारी देवीको बिहीबार राति निधन भएपछि आजको बैठकमा सभापति डोरप्रसाद उपाध्यायले शोक प्रस्ताव राख्नुभयो
More

प्रम दाहालसँग शिष्टाचार भेट

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गोलीले शिष्टाचार भेट गर्दै । तस्बिर : सौजन्य–प्रधानमन्त्रीको निजी सचिवालय
More

सिके राउतलाई पुनः थप १० दिन थुनामा राख्न आदेश

लहान । राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ । गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो । यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रो पटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । पाचौँपटक आज चैत ११ गते अदालतले
More

लन्डन छुरा प्रहार काण्डमा थप दुई व्यक्ति पक्राउ

लन्डन । लन्डनस्थित बेलायती संसद् भवन परिसरबाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लन्डन प्रहरीले थप दुई व्यक्तिलाई पक्राउ गरेको छ । यसअघि लन्डन प्रहरीले सो आशङ्कामा सात व्यक्तिलाई पक्राउ गरिरससेको थियो । पक्राउ परेका एक महिलालाई मुक्त गरिएपछि हाल हिरासतमा नौ जना रहेका बताइएको छ । सात व्यक्ति लन्डन र बामिङ्घमस्थित पक्राउ परेका प्रहरीले बिहीबार जानकारी दिएको थियो । लन्डनका महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले ती व्यक्तिहरु पक्राउ परेका पुष्टि गरेका छन् । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबाद विरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् । गतःबुधवार अपरान्ह (नेपाली समयअनुसार बुधवार राति) केन्द्रीय
More

वेलायत कांग्रेसको अधिवेसन जुलाई २२ मा, विभिन्न उपसमिति गठन

लन्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको महाअधिवेसन जुलाई महिनामा हुने भएको छ । जनसम्पर्क समिति वेलायतका सभापति एवं अधिवेसन तयारी समितिका संयोजक लोक गुरुङको अध्यक्षमा विहीवार बसेको वैठकले जुलाई २२ तारिखको अधिवेसनको मिति तय गरेको हो । नयाँ नेतृत्वको समेत निर्वाचन हुने सो अधिवेसनका लागि निर्वाचन समिति, विद्यान समिति लगायतका उपसमिति गठन गरिएको छ । सभापति गुरुङका अनुसार अगामी अधिवेसन नयाँ साधारण सदस्यको आधारमा हुने भएको छ । बैठक पछि एक विज्ञप्ति जारी गर्दै गुरुङले जनसम्पर्क समिति वेलायतको स्थापना भएको १४ बर्षमा जनसमुदायको अपार माया, सहयोग र सद्भावले संगठन प्राप्त गरेको भन्दै अगामी दिनमा पनि सहयोगको अपेक्षा
More

नेपालमै पहिलो लक्षचण्डी महायज्ञ चैत २८ देखि

राजविराज । पूर्वाञ्चलको प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता शक्तिपीठको परिसरमा हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ । बिहीबार छिन्नमस्ता मन्दिर परिसरमा आयोजित पत्रकारसम्मेलनमा शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले यही चैत १६ गतेदेखि हुने भनिएको महायज्ञ समसामयिक परिस्थितिका कारण यज्ञको समयतालिका सारिएको उहाँले जानकारी दिनुभयो । सप्तरीमा गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएपछि जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै आगामी चैत्र २८ गतेबाट यज्ञ सुरु हुने पत्रकारसम्मेलनमा बताइएको छ । पीठाधीश ठाकुरका अनुसार नेपालमै पहिलो र विश्वमा पाँचौँ पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञमा स्वदेशी तथा सीमावर्ती भारतबाट
More

अब खानुपर्दैन सिनो पन्साउँदै सुनकोसीको पानी

सिन्धुली । अहिलेको सुख्खा समय । नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ । तर विगतमा खानेपानीको समस्या भोगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाशेश्वर घोक्सिलाका स्थानीयवासी अहिले भने खानेपानीको समस्याबाट मुक्त भएका छन् । नजिकका कुवा तथा खानेपानीको मुहान सुकेपछि सात किमी टाढा सुनकोसी नदीको पानी खान बाध्य भएका यहाँका बासिन्दा अहिले धारामा पानी आउँदा हर्षित छन् । उनीहरुसँग विगतमा खानेपानी थाप्ने भाँडा थिए तर नजिकै पानी थिएन । अहिले भने धारामा पानी छ, तर पानी थाप्ने भाँडा कुनै खाली छैन । भूकम्पले खानेपानीको मुहान, ट्याङ्की, धारा र पाइपमा क्षति भएपछि सुनकोसीको पानी पिउँदै आएका घोक्सिलाका स्थानीय
More

प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना, ६ जनाको मृत्यु,

प्यूठान । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप आज विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु र तीनजना घाइते भएका छन् । सो जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर रहेको छ । बिहीबार साँझ स्वर्गद्वारीको
More

बैतडीमा टाउको नभएको बच्चा जन्मिने वित्तिकै मृत्यु

बैतडी । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी महतोले जानकारी दिनुभयो । जन्मिएको बच्चा छोरी रहेको छ, स्टाफ नर्स महतोले भन्नुभयो, “आठ महिनामै सुनिताले जन्माएको बच्चाको टाउको नभएको र जन्मिने बित्तिकै बच्चाको मृत्यु भएको छ ।” सुनिताको बच्चाको जन्म भने सामान्यरुपमा नै भएको तर बच्चाको जन्म भइसकेपछि अत्यधिक रक्तस्राव भएको अस्पताल स्रोतले बताएको छ । बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको भएपनि सुनिताको कोही पनि नआएका स्टार्फ नर्स महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “घरपरिवार तथा आफन्त कोही
More

लन्डन आक्रमणको आईएसद्वारा जिम्मेवारी लियो

लन्डन । इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ । आईएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले आक्रमणको जिम्मेवारी लिएको हो । अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै भनिएको छ, “आईएसका एक सिपाहीले बेलायती संसदमा भएको आक्रमण गराएका र आक्रमण गठबन्धन राज्यका मानिसलाई लक्षित गरिएको थियो ।”सन्देशमा व्यक्त भावअनुसार आक्रमणकारीलाई आईएसद्वारा प्रोत्साहित गरिएको र प्रत्यक्ष रुपमा आक्रमणको तालिम दिएको स्काई न्युजले जनाएको छ । यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मेले संसदलाई सम्बोधन गर्दै आक्रमणकारी बेलायती मूलका एक व्यक्ति भएको र उसका बारेमा प्रहरी र सुरक्षा सेवामा कार्यरत
More