Daily Archives March 26, 2017

विवाहमा पाँचसयलाई भोज, एकसय पचास जन्ती लान पाइने

काठमाडौं । संसदीय समितिले विवाहमा ५०० जनालाई भोज खुवाउन सकिने प्रावधान समेटेर सामाजिक व्यवहार सुधार विधेयक पारित गरेको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकले विवाहबाहेक अन्य सामाजिक व्यवहारमा गरिने भोजमा २५१ जनाको सीमा तोकेको छ । उक्त विधेयकले १५० जना जन्ती वा बरियात लानसक्ने व्यवस्थालाई पनि स्वीकारेको छ । दुलाहा पक्ष वा दुलही पक्षले जन्ती वा बरियात जानेलाई नगद र जिन्सी उपहार दिन नहुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । विवाहको निधो अर्थात् कुरा छिन्नका लागि आयोजित कार्यक्रममा दुलाहा पक्षबाट ३५ जना र दुलही पक्षबाट ५१ जनासम्म लैजान पाउने प्रावधानलाई स्वीकार गरिएको छ । दुलाहा दुलहीले एकअर्का पक्षसँग
More

नेपाल र चीनबीच चारवटा सञ्जाल जोडिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उद्घाटन गर्दै चारवटा सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सकिने बताए । उनले भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो भएको स्पष्ट पारे । चीन–काठमाडौं थप हवाई सेवा विस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए । प्रधानमन्त्री दाहालले भूकम्पपछि अवरुद्ध तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ नेतृत्वलाई आग्रह गरे । उनले चिनियाँ व्यवसायीहरुलाई नेपालको जलस्रोत र पूर्वाधारका क्षेत्रमा लगानी गर्नसमेत आह्वान गरे । बेइजिङ
More

ओहदाको प्रमाणपत्र

राष्ट्रपति विद्या भण्डारीसमक्ष नेपालका लागि भारतीय राजदूत मन्जीपसिंह पुरी ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु हुँदै । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । राजदूत पुरीलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
More

खुमबहादुरले दर्ता गराए हिन्दू राष्ट्रको प्रस्ताव, केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं । आज आइतबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र खुमबहादुर खड्काले भने अलग अलग प्रस्ताव दर्ता गराएका छन् । खड्काले हिन्दू राष्ट्र नेपाल बनाउने विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव दर्ता गरेका छन् । धर्मनिरपेक्ष खारेज गरि नेपाललार्इ सनातन हिन्दुरास्ट्र कायम गर्ने विषयमा विधिवत निर्णय गरियोस भन्ने प्रस्ताव खड्काले दर्ता गराएका हुन् । कोइरालाको प्रस्तावमा भने एमालेलाई हेर्ने कांग्रेसको दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने र पार्टीलाई संस्थागत संरचनाबाट संचालन गर्नुपर्ने प्रस्ताव गरिएको छ । बैठकले स्थानीय निर्वाचन परिचालन समिति, स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्डबारे पनि टुंगो लगाउनेछ । त्यस्तै प्रादेशिक संरचना अनुसार
More

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्तः नेता राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी छाड्ने बताएका छन् । काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको ‘जनताका माझमा राप्रपा’ विषयक अगुवा कार्यकर्ता भेलामा उनले सोही सिद्धान्तका आधारमा पार्टीले पटकपटक जनताको विश्वास प्राप्त गरेको बताउँदै निर्वाचन आयोगले षड्यन्त्रपूर्ण तरिकाले सो सिद्धान्तलाई विधानबाट खारेज गर्न गरेको निर्णय अवैध रहेको बताए । आसन्न स्थानीय तहको चुनावमा पार्टीलाई कसरी सफल बनाउने भन्नेबारेमा नेता तथा कार्यकर्ताले चिन्ता गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिए । पार्टीका नेता राजाराम श्रेष्ठले कार्यकर्ताको बलिदान र मेहेनतले अहिले
More

मिसेज चितवनको फाइनल भोलि सोमबार

नारायणगढ । देशको केन्द्रको रुपमा रहेको चितवन धार्मिक, सास्कृतिक र जातीय विविधताका साथै पछिल्लो समयमा व्यक्तित्व विकासको विभिन्न प्रतियोगिता आयोजना हुन थालेका छन् । गत शुक्रवार मिस चितवनको फाइनल भएसँगै भोलि चैत्र १४ गते मिसेज चितवनको फाइनल हुने भएको छ । चितवनमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक दुर्गा घिमिरेले बताइन् । प्रतियोगितामा सहभागीलाई १ महिना अघिदेखि सञ्चारकर्मीसमेत रहेकी कोरियोग्राफर जयन सुब्बा मानन्धरलगायतले विभिन्न विद्यामा प्रशिक्षण दिइएका छन् । उनीहरुलाई प्रथम मिस नेपाल रुवी राणा ग्रुमी मोटीभेसनललगायत व्यक्तित्व विकाससम्बन्धी तालिम दिएकी थिइन् । तालिमका दौरान उनले आफू मिस नेपाल हुदाका परिवेश र त्यसपछिका वैवाहिक
More

एक अर्ब बढीको सेयर कारोबार

काठमाडौं । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ११ दशमलव ४८ बिन्दुले बढेको छ । स्टककाअनुसार कुल १४२ कम्पनीको ३१ लाख २३ हजार ७१० कित्ता सेयर रु एक अर्ब ४९ करोड ३१ लाख १७ हजार ६८३ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार बैंकिङ ३ दशमलव ५१ प्रतिशत,
More

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आजवाट शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरमा जारी बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिने गरि २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने र विभाग प्रमुख तोक्ने तयारी गरेका छन् । लामो समयपछि बस्न लागेको केन्द्रिय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी नेतृत्वले राम्रो काम गर्न नसकेको भन्दै प्रश्न उठाउने तयारी गरेको छ । महाधिवेशन भएको एक बर्ष पुगे पनि सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमितिमा सदस्य मनोनयन, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति गर्न सकेका छैनन ।
More

टिएमजेमा गुराँस टिप्न प्रतिबन्ध

तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो । यी जिल्लाका करिब २५ गाविस क्षेत्रफलमा फैलिएको टिएमजे क्षेत्रमा यतिबेला २८ प्रजातिका गुराँस फुलेर यहाँका वन ढकमक्क भएका छन् । फूल टिप्दा हाँगा भाँचिने, गुराँसको बोट सुक्ने र यसको सौन्दर्य समेत गुम्ने भएकाले फूल टिप्न रोक लगाइएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो । गुराँस हेर्न
More

क्यान्सरले चार दिनमा दुई कैदीको मृत्यु

रत्ननगर । चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए । विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ
More