Daily Archives March 27, 2017

एनआरएन केन्द्रिय नेताको मोटो रकम अमेरिकाको निर्वाचनमा लगानी

लन्डन । गैरआवासीय नेपाली संघ अमेरिका उपसंयोजक एसी शेर्पा एनआरएन अमेरिकाको अगामी अधिवेसनका लागि आफुले सर्वसम्मत नेतृत्वका लागि पहल गर्ने वताएका छन् । उनले आइतवार एक विज्ञप्तिजारी गर्दै अन्तिम सयम सम्म सर्वसम्मतको पहल जारी राखिने त्यस्तो सहमति हुन नसके निर्वाचनको विकल्प नभएको स्पष्ट पारेका छन् । उनले सामाजिक सन्जालमा आए जस्तो विवाद संघभित्र नरहेको जनाएका छन् ।   उनले विज्ञप्तिमा एनआरएन विवाद मिलाउने भन्दै आगामी निर्वाचनमा उम्मेद्धवार बन्न चाहाने केन्द्रीय नेतासंग ठूलो रकम माग गरेको समेत खुलासा गरेका छन् । उनले केन्द्रीय नेताको नाम भने खुलाएका छैनन् । उनले केन्द्रीय नेतासंग मोटो रकम असुल्ने माथि छानवीन गरि कारवाहीको माग समेत
More

नेपालमा रहेको भारु तत्काल नसाटिने

काठमाडौं । भारतले प्रतिवन्ध लगाएको ५ सय र १ हजार दरका नोट सटहीबारे नेपाल र भारतका अधिकारीबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेन । वार्ता निष्कर्षमा पुग्न नसक्दा नेपालमा रहेका भारु पाँच सय र हजारका नोट तत्काल नसाटिने भएको छ । प्रतिबन्धित भारु नोट सटहीसम्बन्धी विषय टुंगो लगाउन नेपाल आएको भारतीय टोलीसँग भएको वार्ता निष्कर्षमा नपुगेपछि भारु नोट तत्काल नसाटिने भएको हो । शनिबार रिजर्भ बैंक अफ इण्डियाकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको टोली भारु नोट सटही विषय टुंगामा नपुर्याई स्वदेश फर्किको छ । नेपालमा रहेको ५ सय र हजार दरका ४५ सय भारुभन्दा बढी साट्न नसक्ने
More

काँग्रेस केन्द्रीय समिति बैठक भोलि पनि

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेक्रम आज पनि नसकिएपछि बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, उमाकान्त चौधरी, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, शङकर भण्डारी, ईश्वरी न्यौपाने, पार्वता डिसी चौधरी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, विश्वप्रकाश शर्मा, रमेश लेखक र किरण यादवले आफ्नो धारणा राख्नुभएको थियो । आइतबारदेखि सुरु भएको बैठकले यसअघि
More

‘वान बेल्ट वान रोड’ मा हस्ताक्षर गर्न नेपालले ढिलो गर्नुहुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा तोकिएको मितिमा तीनै तहको निर्वाचन सम्पन्न गरेपछि मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ । स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा समृद्ध र सुखी नेपालको पार्टीको प्रस्तावित अवधारणामा आज यहाँ भएको विद्वतसभामार्फत सुझाव लिँदै अध्यक्ष ओलीले लोकतन्त्रको आधारशीला निर्वाचन भएकाले यसलाई समयमै सम्पन्न गराउन सबैको भूमिका हुने र निर्वाचनमा जनताले सही नीतिका आधारमा छान्ने दलले मुलुकको नेतृत्व गर्ने स्पष्ट गर्नुभयो । संविधानमा आगामी २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख भएकोमा स्थानीय तह निर्वाचनको मिति आउँदो वैशाख ३१ का लागि निर्धारण गरिएको छ । अध्यक्ष
More

अश्वकला प्रदर्शन गर्दै

घोडेजात्राका अवसरमा सोमबार नेपाली सेनाले टुँडिखेलमा आयोजित समारोहमा अश्वकला प्रदर्शन गर्दै नेपाली सेना । तस्बिर: रोशन सापकोटा
More

यसकारण बद्लियो मौसम

काठमाडौं । सामान्यतः मार्च (फागुन-चैत) महिना मेघ गर्जनसहित वर्षात् हुने मौसम हो तर, अघिल्ला वर्षको तुलनामा यो महिनामा बढी नै वर्षात् भएको छ । वर्षात् मात्र हैन, लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ । महिनाको उत्तरार्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बद्लीसँगै वर्षात् पनि भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन, खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ, मौसमविद्को भाषामा यसलाई फरक किसिमले तुलना गरिएको छ । वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ भन्नुहुन्छ– “मार्च महिना बढी पानी पर्ने समय हो तर यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा थिएन, काठमाडौँ उपत्यकाको अहिलेको अवस्था हेर्ने हो
More

नेपालसँग रेल्वे सञ्जाल जोड्न राष्ट्रपति सी जिनफिङ आफैले सक्रियता लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले विसं २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताउनुभएको थियो
More

प्रवासीका परिवार बिरामी भए सरकारी सहयोग

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु पचास हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा पाँच रोगका लागि मात्रै यस्तो सुविधा तय गरिए पनि पछि यसलाई विस्तार गर्दै जाने तयारी गरिएको जानकारी दिनुभयो । क्यान्सर, मृगौला, मुटुलगायतका रोग लाग्दा राज्यले दिने भनि यसअघिनै घोषणा गरेका सुविधा लिएकाहरुले समेत छुट्टै यो रकम सहयोग स्वरुप पाउनेछन् । बोर्डबाट सुविधा लिएकै कारणले
More

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री दाहालबीच भेट

बेइजिङमा सोमबार चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट गर्नुहुँदै । तस्बिर : सौजन्य, प्रधानमन्त्रीको निजी सचिवालय ।
More

लेटर प्याड दुरुपयोग नगर्न एनआरएनको चेतावनी

लन्डन । गैरआवासीय नेपाली संघले आफ्ना पदाधिकारीहरुलाई संघको लेटर हेड प्रयोग गर्नु भन्दा पहिला गैरआवासीय नेपाली संघको सचिवालयसंग समन्वयन गर्न भनेको छ। संघका महासचिव डा. बद्री केसीले आइतवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपालीसंघ सम्बन्धी आधिकारिक तथ्यांकहरुसंघको लेटर हेडमा सम्प्रेषणगर्नु पूर्व आइसिसिका महासचिवा सचिवालयसंगसमन्वय गरेरमात्र सम्पेषणगर्नको लागिअन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्पूर्णपदाधिकारी र सदस्यहरुलाई जानकारी गराएका छन् । यसअघि गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले आफ्नो अनुकुल हुने गरी संघको लेटरप्याडको दुरुपयोग गरे पछि विवादमा तानिएका थिए । त्यस्तै महासचिव केसीले गैरआवासीय नेपालीसंघ अमेरिकाको स्थापनाको बिषयमा भएको विवाद समेत अन्त्य गर्दै एनआरएन अमेरिकाको गठन २१ जनवरी २००६ देखी विधिवत रुपमा
More