Daily Archives March 28, 2017

गोर्खा भूतपूर्व सैनिक संघ र सत्याग्रह संघर्ष समितिबीच कार्यगत एकता

लन्डन । भूतपूर्व गोर्खा सैनिकमाथि बेलायत सरकारले गरेको अन्यायविरुद्ध संघर्ष गरिरहेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र सत्याग्रह संघर्ष समितिबीच सहमति भएको छ । गेसो सभापति कृष्णकुमार राई र सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सय वर्षसम्म बेलायतद्वारा गोर्खाहरुप्रति भएको रंगभेद, अन्याय, अपमान र असमानतापूर्ण व्यवहारको अन्त्यको लागि शीर्ष गोर्खा संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को बुँगत मुद्दाहरु सम्पूर्ण गोर्खाहरुको प्रतिनिधिमूलक मुद्दा भएकाले उक्त बुँदाहरु लिपिबद्ध गरी निर्णयक वार्तामा प्रस्तुत हुने र भविष्यमा हुने सबै प्रकारका अभियान, आन्दोलन र आवश्यक गृहकार्य अनि गतिविधिमा सहकार्य, सहमति, समझदारी र कार्यगत एकता गरी अगाडि
More

कांगे्रसले हिन्दू धर्मको अभिमतलाई सम्मान गर्नुपर्छ

शंकर भण्डारी, वन मन्त्री, कांगे्रस केन्द्रीय सदस्य नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा वन मन्त्री शंकर भण्डारीले नेपाली कांगे्रसभित्र हिन्दू धर्मप्रतिको अभिमतलाई सम्मान गर्नुपर्ने बताएका छन् । आवश्यक परे जनमतसंग्रहमा जानसमेत कांगे्रस तयार हुनुपर्ने नेता भण्डारीको मत छ । कांगे्रस नेता खुमबहादुर खड्का नजिक मानिनु हुने मन्त्री भण्डारीले हिन्दू धर्मको एजेन्डाबार पार्टीको चालू बैठकमै छलफल हुने विश्वास गरे । वर्तमान राजनीतिमा कांगे्रसको भूमिका, स्थानीय तहको निर्वाचनको तयारी तथा हिन्दू धर्मबारे गरिएको कुराकानी ० कांगे्रस चुनावमा जान्छ कि संविधान संशोधनतिर ? – चुनाव अनिवार्य भइसक्यो, चुनावका लागि नेपाली कांगे्रसले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । संविधान जारी भएपछि देखिएको राजनीतिक असहमति, मधेशी दलहरुको
More

‘महिला मालिक बन्ने बेला आयो’

चितवन । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीले महिला शारिरिक र मानसिक दुबै पक्षमा बलियो रहेको भन्दै नेतृत्व लिन सक्ने बताएकीछिन् । पितृसत्ता र सामन्तवादी सोचले महिलालाई सेविकामा मात्र सिमित पारेको परिवेशलाई चिर्न हरेक तह र तप्कामा महिला मालिक बन्ने बेला आएको बताइन् । नेपाल महिला संघ चितवनले आयोजना गरेको महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम पुस्तिका विमोचन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष रेग्मीले स्थानिय निकायको निर्वाचनमा अब महिलालाई मेयर तथा वडा अध्यक्ष जस्ता प्रमुख पदमा दावी गर्न सुझाएकीछिन् ।आरक्षणमा मात्र सिमित नरही खुला रुपमा प्रतिष्पर्धामा उत्रन महिला सक्षम रहेको उनले जोड दिइन् । कार्यक्रममा नेपाली कांग्रेस चितवनका
More

दिक्तेलमा जागरण सभा

नेपाल तरुण दल खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको बृहत जागरण सभामा नृत्य गर्दै कलाकार । तस्बिर : केदार मगर
More

राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउँछ : पौडेल

खोटाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा देखिएका राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउने बताउनुभएको छ । नेपाल तरुण दलले आज सदरमुकाम दिक्तेलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय निकायको निर्वाचनमार्फत देशमा देखिएका सबै राजनीतिक अस्थिरता समाधार हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पार्नुभयो । संविधान कार्यान्वयन गर्न पनि निर्वाचन गर्नैपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “निर्वाचन नगर्ने हो भने प्राप्त उपलब्धि गुम्न सक्छ । त्यसैले प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अनिवार्य गर्नुपर्ने अवस्था आएको छ ।” काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले हिंसालाई शान्तिमा बदल्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
More

लण्डनमा धार्मिक यज्ञसहित नयाँ वर्ष मनाइने

लण्डन । वेस्ट लण्डनको मुटु मानिने साउथहलमा भव्य धार्मिक समारोहको आयोजना गरी नेपाली नयाँ वर्ष मनाउने तयारी भएको छ । बेलायतमा रहेर धार्मिक अनुष्ठानमा सहभागी हुँदै आएका प्रायः सबै पण्डितहरूको सहभागितामा साउथहलस्थित विश्वहिन्दू मन्दिरमा सामूहिक सत्यनारायण पूजा तथा प्रवचन कार्यक्रम गरी मनाउन लागिएको उक्त नयाँ वर्ष उत्सवमा सहभागी हुन सबै इच्छुक नेपालीहरूमा आग्रह गरिएको संयोजक चिरन्जीवी ढकालले बताउनुभयो । कार्यक्रम खुला प्रकृतिको रहेको हुनाले इच्छुक सबैले कर्ताका रूपमा, दर्शक या भक्तालुका रूपमा सहभागी हुनसक्ने पुरोहित दुर्गा पोख्रेलजीले बताउनुभयो । कार्यक्रम नयाँ वर्षका दिन अर्थात आगामी अप्रिल 14, शुक्रवारका दिन हुनेछ । कार्यक्रम: सत्यनारायण पूजा अाराधना तथा कथा धार्मिक प्रवचन नयाँ
More

प्रधानमन्त्री ल्हासामा, भोलि स्वदेश फर्कंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासास्थित ऐतिहासिक पोताला दरबारको आज अवलोकन गर्नुभएको छ । सिचुवान प्रान्तको राजधानी छन्दुबाट आज बिहानै ल्हासा आउनुभएका उहाँले तिब्बत परिषद्का अध्यक्ष क्विइ जिनसँग द्विपक्षीय सम्बन्धबारे छलफल गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग भएको सो छलफलमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ । यसअघि तिब्बतस्थित नेपालका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र यसका लागि महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाका बिबिध पक्षबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो । ल्हासा विमानस्थल पुग्दा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई महावाणिज्यदूत कार्कीसहित महावाणिज्यदूतावासका उच्च पदस्थ कर्मचारीले स्वागत गर्नुभएको
More

स्थानीय निर्वाचनका लागि सामग्री सहयोगका लागि आग्रह

काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीसँग आज भएको भेटमा नेपालमा हुने आगामी स्थानीय निर्वाचनका लागि आवश्यक सामग्री सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गृह मन्त्रालयमा आज अपराह्न भएको भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले निर्वाचन सामग्री सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गरिने विश्वास दिलाउनुभयो । उहाँले नेपाल–भारतबीचको शदियौँ पुरानो घनिष्ठ सम्बन्ध आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभएको थियो ।
More

सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ । उच्च वृद्धि भएपछि सेयर बजार बुलिस टे«न्डमा अगाडि बढेको जनाइएको छ । लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन्दुमा पुगेको हो । बजार बढेर एक हजार ६१० बिन्दुमा पुगेको छ । स्टकका अनुसार बैंकिङ समूह ७५.०९,
More

रभ्नाले चुमिन् आदिवासी सुन्दरी ताज

काठमाडौं । ‘एइसिसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि रभ्ना तण्डुकारले जितेकी छन् । सोमबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा ४३ जना स्पर्धीलाई पछि पार्दै रभ्नाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । रभ्नाले उपाधिसँगै विभिन्न गिफ्ट ह्याप्पर तथा पुरस्कार हात पारिन् । प्यासिपिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को यस दोस्रो संस्करणका प्रतियोगीहरु तेह्रथुमे ढाका बुटिकले तयार गरेको ‘ढाका कन्ट्रास्ट’ गाउन र वानपिसमा प्रस्तुत भएका थिए । फेसन डिजाइनर तथा तेह्रथुमे ढाका बुटिककी सञ्चालक निरु आङबुङ र संगीता लिंखाले तयार गरेको ढाका पहिरनमा प्रतियोगीहरु खुबै खुलेका थिए । ‘आदिवासी अवाज’ नारा दिइएको यस ‘मिस
More