Daily Archives March 29, 2017

भूतपूर्व गोर्खा बारे त्रिपक्षीय छलफल सकरात्मक

लन्डन । ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खाहरुको लामो समयदेखि रहँदै आएको गुनासोकाबारेमा बुधवार नेपाली तथा ब्रिटिश अधिकारीहरुबीच छलफल भएको छ । लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणका अनुसार छलफल निकै सकरात्मक रुपमा अगाडी बढेको थियो । उनले एक साता भित्र भूपूगोर्खाहरुको मागलाई सम्वोधन गर्न सर्वपक्षीय प्राविधीक संयन्त्र वनाउने सहमति भएको जनाए। छलफलमा वेलायत सरकारको तर्फवाट रक्षा मन्त्रालय अन्तरर्गत भेट्रान तथा पेन्सन मामिला हेर्ने मन्त्री मार्क ल्यांककास्टर सहभागी थिए । मन्त्री ल्यांकास्टरले मे महिनाको अन्तिमसात नेपालको भ्रमण गर्नु अघिनै सेवानिवृत्त भूतपूर्व गोर्खाहरुको समस्याका बारेमा वेलायत सरकारको तर्फवाट केही सकरात्मक निर्णय आउनेमा आशावादी रहेको प्रवक्ता आरणले जनाए । करिब
More

सुजाताको ‘ऐंसेलुमा’ सार्वजनिक (भिडियो)

लन्डन । गायिका सुजाता काफ्लेको गीत ‘ऐंसेलुमा…’को म्यूजिक भिडियो लन्डनमा सार्वजनिक भएको छ । रामकाजी राईको शब्द,संगीत एबं संयोजन सम्पादन निर्देशक आशिष राजको छायांकनरहेको गीतको म्यूजिक भिडियोमा बुद्धि सारु मगर , प्रतिष्ठा त्रिपाठी र राज अधिकारीले अभिनय गरेका छन् । हाम्रो सामुहिक प्रयासमा ऐंसेलुमा’ म्युजिक भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरेका छौं । यहाँ हरुले मन पराइदिनु हुन्छ भन्ने ठुलो आशा राखेका छौं किशोर सुबेदी ,आशिष राज अनि राज अधिकारी भन्छन, बेलायत मा संगीत साधना त्यति सहज छैन् । विभिन्न वाध्यताबीच काम र व्यवसायबाट फूर्सद निकालेर संगीत सृजना गर्ने चुनौती सामना गरेकी छन् नवगायिका सुजाता काफ्ले,उनको यो दोस्रो एल्बम हो
More

एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष केसी लन्डन आउने

लन्डन– नेपालमा पहिलोपटक पकाउने विधा (कुलिनरी) लाई केन्द्रित गरेर सञ्चालनमा आएको प्यासिफिक हस्पिटालीटी एण्ड कुलिनरी एकेडेमीले लन्डनमा सेमिनार गर्ने भएको छ । आगामी अप्रिल ८ तारिक सनिबार लन्डन को सडबरी टाउनस्थित हिमालयन क्लबको सभाहल भेटघाट तथा अन्तर् क्रिया कार्यक्रम आयोजना गरिएको एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसीले जानकारी दिए । सेमिनारमा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी पूर्व एनआरएन युरोप क्षेत्रीय संयोजक च्रिन्जीबी ढकाल सहित एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसी, प्यासेफिकका अन्तर्राष्ट्रिय परामर्श प्रमुख प्रेम सापकोटाले विविध पक्षबारे आफ्नो प्रस्तुति राख्नेछन् । बेलायतमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्केपछिका विकल्पकोरुपमा जानकारी दिन सेमिनार आयोजना गरिएको केसीले बताए । अष्ट्रेलियामा लामो समयसम्म
More

कांगे्रस बैठकको निर्णय जस्ताको त्यस्तै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७३ चैत्र १३ गतेदेखि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी बैठक आज सम्पन्न भयो । उक्त बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., नरहरि आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइराला, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र
More

बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन: करिश्मा मानन्धर

काठमाडौं । ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ पार्टीभित्र बाबुरामको चर्का विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा बताएकी हुन्। मंगलबार र बुधबार चलेको केन्द्रीय परिषद् वैठकमा संयोजक डा. बाबुराम भट्टराईले असहमत विचार राख्न नदिएपछि विवाद भएको हो । पार्टीमा बाबुराम भन्दा फरक विचार राखिरहेका देव लिम्बूले वैठकमा पेस गर्न फरक मत दर्ता गराएका थिए । तर, डा. भट्टराईले फरक मत राख्नु पार्टी अनुशासन विपरित भएको ठहर गरेका छन् । मंगलबार वैठक
More

स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालया प्रवक्ता बालकृष्ण पन्थीले बताउनुभयो । केन्द्रीयतहमा सुरक्षा योजना बनिसकेको छ भने क्षेत्रीय र जिल्ला तहमासमेत सुरक्षा योजना बन्दैछन्, उहाँले भन्नुभयो– ‘ एक हप्ताअघिनै १५ दिनभित्र योजना प्रस्तुत गर्न सबै जिल्लामा निर्देशन जारी गरिसकिएकाले अबको एक हप्ताभित्र सबै जिल्लाबाट सुरक्षा योजना आइपुग्नेछ ।’ उन्नाइस वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुने भएकाले पनि यसले गाउँ, टोलस्तरसम्म प्रत्यक्ष प्रभाव पार्ने छ । निर्वाचनमा
More

चुनाव तोकिएकै समयमा हुन्छ : नेता पौडेल

पथरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । मधेसी जनताको माग पूरा गर्न काँग्रेस तयार रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज संञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो – “ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन्, तोकिएकै समयमा निर्वाचन हुन्छ ।” नेता पौडेलले निर्वाचनको तयारी पूरा भइसकेकाले कसैले चाहेर पनि निर्वाचन नबिथोल्ने बताउँदै मधेसी मोर्चालाईसमेत निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनेतर्फ गृहकार्य भइरहेको छ भन्नुभयो । मोर्चापनि निर्वाचनमा सहभागी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
More

प्रधानमन्त्रीे स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छ दिने चीन भ्रमण सकेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्रीहरु । तस्बिर : प्रदीपराज वन्त
More

नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपियो : प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताउनुभयो । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको छ भन्नुभयो । उहाँले चीनको हाइनान प्रान्तमा बोआओ एसिया मञ्चमा आफूले विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका सम्बन्धमा अतिकम विकसित तथा
More

केन्द्रीय सदस्यका पत्नी बुहारीप्रति दुव्र्यवहार गरेकामा’ आपत्ति

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्य सुमन प्याकुरेलका पत्नी ज्योति र बुहारी रक्तिमज्योतिलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गालीगलोज तथा दुव्र्यवहार गरेको भनी आपत्ति जनाएको छ । एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गरेको प्रेस विज्ञप्तिमा मङ्गलबार राजविराजस्थित आफ्ना घरमा निजी कामले गएका बेला मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको समूहले घेराबन्दी गर्ने, गालीगलोज गर्ने र दुव्र्यवहार गर्ने प्रयास गरेको भनी खेद व्यक्त गरिएको छ । आक्रमणबाट जोगाउन प्रहरी प्रशासनले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै पार्टीले मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढङ्गले प्रस्तुत हुन आग्रह गरेको छ ।
More