Daily Archives March 30, 2017

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

भक्तपुर । बच्चा जन्माएर गाडेको अवस्थामा आज प्रहरीले एक शिशुको शव फेला पारेको छ । शिशु जन्माएर गाडेको आशङ्कामा रामेछाप गौसरा १ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो । बच्चा जन्माउने बेला भएपछि उपचारका लागि पैसा सापटी लिन श्रीमान् मेघबहादुर तामाङ गाउँ गएका बेलामा बच्चा जन्माए पछि नजिकैको बाँसघारीमा खाल्डो खनेर बच्चा पुरेको खुलासा भएपछि प्रहरीले साइली तामाङलाई नियन्त्रणमा लिएको र हाल उनको उपचार भक्तपुर अस्पतालमा गराइरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रहरी नायब उपरिक्षक प्रसाईंले गाडेको शिशुको शव
More

सेयर बजार कारोवारमा १ अर्बको गिरावट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा नेपाल राष्ट्र बैंकले सुक्ष्म निगरानी गर्ने बताएसँगै सेयर बजार धुर्रमुराएको छ । मंगलबारसम्म उच्च अंकले बढेको बजारमा त्यसयता ओरालो लागेको छ । बजार ओरालो लाग्नुका साथै विहीबार कारोवार रकममा समेत उच्च गिरावट आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सेयरबजारमा कर्जा प्रवाह गर्न थालेको सुचना आएपछि सो विषयमा सुक्ष्म रुपमा अध्ययन शुरु गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकले बजारमा देखिएको क्रेडिट क्रञ्चलाई समाधान गर्न विपन्न वर्ग कर्जा र उत्पादनमुलक क्षेत्रमा प्रवाह गरिएको कर्जाको ५० प्रतिशत रकम सीसीडी रेसियोमा गणना नहुने गरी सोही क्षेत्रमा लगानी
More

प्राप्त उपलब्धि गुम्न नदिन सबै पक्ष निर्वाचनमा सहभागी हुनुपर्छ : नेता पौडेल

इटहरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिन स्थानीय तहको निर्वाचनमा सबै पक्षलाई भाग लिन आग्रह गर्नुभएको छ । सुनसरीको इनरुवामा आज काँग्रेस ४ नं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –“मधेसी, दलित एवम् महिलाले प्राप्त गरेको उपलब्धि र अधिकारहरु गुम्न नदिन पनि निर्वाचनको अपरिहार्यता छ ।” नेता पौडेलले काँग्रेसले संविधान संशोधनलाई टुङ्गोमा पु-याउने विश्वास दिलाउँदै मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । काँग्रेस हल्ला गर्ने र समस्या देखाउने पार्टी नभई समाधान गर्ने पार्टी भएकाले यसले अघि सारेका सबै मुद्दाहरु सबैको हितमा रहनेमा पनि उहाँले जोड दिनुभयो ।
More

व्रतवन्धपछि हृदयन्द्रलाई गणेश श्री अशोकविनायक मन्दिर लगिँदै

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको शुभ उपनयन (ब्रतबन्ध)सम्पन्न भएपछि उहाँलाई पूजा तथा दर्शनका लागि बसन्तपुर दरबारस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा बाजागाजासहित लगिँदै । तस्बिरः रोशन सापकोटा
More

ढुक्क हुनुहोस् बैशाख ३१ मा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तयारीबारे आज निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । बालुवाटारस्थित आफ्नै निवासमा उहाँले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गर्नुभएको हो । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “आयोगको यो नियमित भेटघाट हो, निर्वाचन सम्बन्धी अयोगले अहिलेसम्म गरेको तयारीबारे छलफल भयो,” उहाँले भन्नुभयो– “निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो ।” प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक वातावरण बनाईदिन
More

कविता महोत्सवको पुरस्कार वितरण

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा बिहीबार आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सवको पुरस्कार वितरण समारोहमा पुरस्कृतहरुका साथमा । तस्बिर : प्रदपराज वन्त
More

संविधान संशोधन गरेरमात्र निर्वाचनःसंयोजक डा भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । पार्टी सङ्घीय परिषद्को दोस्रो पूर्ण वैठकबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले भन्नुभयो – “सबै राजनीतिक दललाई समेट्न, संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्छ ।” संयोजक भट्टराईले अब हुने निर्वाचन विगतको निरन्तरता नभएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछिको नयाँ ऐतिहासिक निर्वाचन भएको बताउँदै आफ्नो पार्टीले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने बताउनुभयो । “चुनाव चिन्ह विना नयाँ शक्ति पार्टी निर्वाचनमा जाँदैन र जान पनि हुँदैन्,” उहाँले भन्नुभयो – “निर्वाचन आयोगले स्वीकृत गरेको आँखा निर्वाचन चिन्ह नै आफ्नो पार्टीलाई चाहिन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत
More

विमानस्थलमै मिलेमतोबाट नेपाली महिलालाई विदेश पुर्‍याइन्छ

काठमाडौं । नेपाली महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडीका विभिन्न मुलुकमा पुर्‍याइने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध तथा मानवअधिकार समितिले गरेको अध्ययनले विमानस्थलमै सेटिङ मिलाएर अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पुर्‍याइने गरेको देखाएको हो । समितिअन्तर्गत गठित अनुगमन उपसमितिले खाडी मुलुकमै पुगेर गरेको अध्ययनले खाडी मुलुकमा पुर्‍याइएका महिलामध्ये ६० प्रतिशतभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाएर पुर्‍याइएको देखिएको हो । उपसमितिले बिहीबार समितिलाई प्रतिवेदन बुझाउँदै बाँकी ४० प्रतिशत महिला भने भारत, श्रीलंका, चीनलगायतका देशको बाटो हुँदै खाडी मुलुक पुर्‍याएर घरेलु कामदारमा रुपमा लगाउने गरेको जनाएको छ । उपसमितिले महिलालाई गाडीको डिकीमा
More

आनन्दको अवतार… (भिडियोसहित)

काठमाडौं । आनन्द राई सामाजसेवीका रुपमा चिनिन्छन् । लण्डनमा बस्दै आएका यिनै समाजसेबी आनन्द गीतकारको ‘अवतार’मा पनि श्रोता तथा दर्शकमाझ झुल्किएका छन् । आनन्दको शब्दरचना रहेको ‘अवतार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसलाई सुगमसंगीतका हस्ती उदय सोताङले स्वर दिएका छन् । गीतमा आफ्नो देशप्रति नै भाव प्रकट गरिएको छ । यो गीतलाई महिला भर्सनमा पनि रेकर्ड गरिएको छ । जसमा गायिका मेनुका राईको स्वर सुन्न सकिनेछ । लण्डनमा रहेर पनि आफ्नो मातृभूमिप्रति अटुट माया दर्साउँदै आएका समाजसेवी तथा गीतकार आनन्दले आफ्नो गीतबाट पनि यही प्रस्ट गरेका छन् । लण्डनको एक कम्पनीको काउन्सुरसमेत रहेका आनन्द भन्छन्, ‘गीतमार्फत आफ्नो माटोको
More

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई राजदूत सिंहले आफ्नो पदको कार्यभार सम्हालेपछि पहिलोपटक भेट गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत पुरीको कार्यकालको सफलताको शुभकामना गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत पुरीले नेपाल र भारत दुई देशको आपसी हित र सम्बन्धको विकासमा आफ्नो भूमिका रहने उल्लेख गर्दै नेपालमा रहेर काम गर्ने मौका पाएकामा खुसी व्यक्त गर्नुभएको थियो । यसअघि नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का
More