Monthly Archives April 2017

सुडान घोटाल प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ। ६ वर्षअघि ३३ करोड रुपैयाँ घोटाला गरेको सुडान कान्डमाथि सर्वोच्चले आइतबार फैसला सुनाएको हो । प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्वर श्रेष्ठको इजालसले पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो । पूर्व डिआइजी श्यामसिंह थापा र पूर्व अतिरिक्त महानिरीक्षक दीपकसिंह थाङ्देनलाई १ वर्ष कैद ४० हजार जरिवानाको फैसला सुनाएको छ
More

महाअभियोगमा नक्कली हस्ताक्षर प्रयोग भएपछि गृहमन्त्रीद्वारा राजीनामा

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएका हुन् । गृहमन्त्रीका कानुनी सल्लाहकार अरुण पञ्जियारले मन्त्री निधिले राजीनामा दिएको पुष्टि गरे । राजीनामा दिनुको कारण बाहिर नल्याए पनि पार्टीभित्र सल्लाह नगरी प्रधानन्यायाधीशलाई महाअभियोग लगाएका कारण मन्त्री निधिले राजीनामा दिएको हुनसक्छे सल्लाहकार पञ्जियारले बताए । प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा आफ्नो नक्कली हस्ताक्षर प्रयोग भएकाले राजीनामा दिएको बताइएको छ । गृहमन्त्रीकै नक्कली हस्ताक्षर प्रयोग हुन थालेपछि अरुको के हविगत भयो होला भन्दै महाअभियोग प्रस्तावमा आफूले हस्ताक्षर नगरेको समेत बताइएको छ ।
More

मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्षा मन्त्रालयमा आवश्यक कारबाहीको लागि अनुरोध गरेको हो । वैशाख ९ गते मुस्ताङको कागबेनीमा तीर्थयात्री सवार गाडी दुर्घटना हँुदा घाइतेको उपचार गर्न अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा आन्दोलनको कारण देखाइ चिकित्सकले उपचार गर्न इन्कार गरेपछि सरकारले यथार्थ बुझ्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा वैशाख १० गते तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । । छानबिन समितिले सो घटनामा अस्पताल प्रशासन र
More

सुशीलामाथि महाभियोग लगाइएपछि सत्तारुढ दलबाटै आपत्ती

काठमाडौ । सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिश सुशिला कार्कीमाथि लगाएको महाअभियोगप्रति उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । उनले आफ्नो ट्वीटमार्फत भनेका छन्, ‘प्रधानन्यायाधिश सुशिला कार्की विरुद्ध काँग्रेस र माओवादी केन्द्रले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्पूर्ण तथा र न्यायिध स्वतन्त्रतामाथि गम्भीर आक्रमण हो ।’ यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वअभ्यास भनेको छ । साथै उसले महाअभियोग प्रस्तावलाई ससदमा असफल बनाउने दाबी गरेको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले लोकतन्त्रवादीहरुले यो स्वीकार गर्न नसक्ने बताए ।
More

प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्ड व्यवस्थापिका संसद्को आइतबारको बैठकमा सहभागी हुन जादै । तस्बिर : रोशन सापकोटा
More

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ । कांग्रेस र माओवादीका दुई सय ४९ सांसदको हस्ताक्षर सहित प्रस्ताव दर्ता गरिएको हो । संसदमा दर्ता गरिएको प्रस्तावको मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् । प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारी अधिकार हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको लगायत आरोप लगाईएको छ । के-के छन् अभियोग ? महाअभियोगका प्रस्तावक मीन विश्वकर्माका अनुसार कार्कीमाथिको पहिलो अभियोग कार्यकारी अधिकारीमाथि हस्तक्षेप गरेको लगाइएको छ । डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज
More

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ । केही दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धतापत्रमा स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भएको स्थानीय तहले प्रयोग गर्ने २२ विषयगत अधिकारको सूचीअनुसार भूमिसुधार, कृषि, सिँचाइ, जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, व्यापार, कर सङ्कलन, बजेट तर्जुमा, यातायात, सूचना–सञ्चार, नगर तथा बस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, भाषा–संस्कृति, खेलकुदलगायत क्षेत्राधिकार तोकिएको र सोही आधारमा नीतिगत एवम्
More

निजी अस्पतालको पक्षपोषणमा सरकारी चिकित्सक

ललितपुर । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी चिकित्सकले नै निजी अस्पतालको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । ललितपुरमा आज क्यान्सर उपचारको मापदण्डसम्बन्धी कार्यशाला शुभारम्भ गर्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालयले सबै सहयोग गर्दा पनि सरकारी अस्पतालका चिकित्सकले आफ्नो सेवा सुधारभन्दा निजी अस्पताललाई बढी प्रोत्साहित गरिरहेको आरोप लगाएका हुन् । निजीमा बढी समय दिने र विरामीलाई पनि उतै बोलाउने चिकित्सकको प्रबृत्तिका कारण सरकारी अस्पतालबाट आम नागरिकले गुणस्तरीय सेवा पाउन नसकेको मन्त्री थापाको भनाइ थियो ।
More

संशोधनमा दुई तिहाई नपुग्ने भएपछि सरकार चार दिन पछि हट्यो

काठमाडौं । संविधान संशोधनको प्रस्तावमाथि व्यवस्थापिका संसदमा २१ गतेबाट मात्र छलफल हुने भएको छ । आजको संसद बैठकमा प्रक्रिया अगाडि बढाएर संशोधन विधेयक पारित गर्ने सरकारको तयारी थियो । तर, प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने निश्चित नभएपछि सरकार छलफल गराउने प्रस्तावबाट एकाएक पछाडी हटेको हो । पूर्वसांसद नथुनीसिंह दनुवारप्रति शोक प्रस्ताव पारित भएपछि सभामुख ओनसरी घर्तीले बैठक २१ गतेसम्मका लागि स्थगित गरेकी हुन् । बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि १९ गते मनोनय दर्ताको कार्यक्रम रहेकाले एक दिन जाने र एक दिन आउने समय छुट्याउनु परेका कारण बैठक २१ गतेका लागि सारिएको बताइएको छ । यता,
More

कांग्रेसले ८० प्रतिशत उम्मेदवारको टुंगो लगायो

काठमाडौं । नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई-मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराई चुनावी वातावरण बनाउन व्यवस्थापिका–संसद्को ठूलो दल भएका नाताले काँग्रेसले विशेष भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको सांसद रामकृष्ण यादवले बताउनुभयो । यही वैशाख ३१ निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवम् नगरपालिकाका उम्मेदवारको टुङ्गो पार्टीले
More

एमालेको ९० प्रतिशत उम्मेदवारको टुंगो

काठमाडौं । एमालेले पार्टीका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको जनाएको छ । स्थायी कमिटीको शनिबार साँझ बसेको बैठकले ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवारको निर्णय भइसकेको एमाले सचिव योगेश भट्टराई जानकारी दिए । प्रदेश नम्बर ३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको र भोलिसम्ममा त्यसलाई टुंगो लगाइने उनले बताए । एमालेले सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा भने सबै उम्मेदारको टुंगो लगाएको छ । एमालेले स्थानीय निर्वाचनको घोषणा–पत्रलाई आइतबार दिउँसो ३
More

सुडान घोटाला सम्बन्धी मुद्दाको फैसला आउँदै

काठमाडौं । बहुचर्चित सुडान घोटाला सम्बन्धी मुद्दा दायर भएको पाँच वर्षपछि सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । नेपाल प्रहरीका तीन पूर्व महानिरीक्षकसहित २३ बहालवाला तथा ११ अवकासप्राप्त प्रहरी र २ ठेकेदार संलग्न रहेको भनिएको सुडान घोटाला मुद्दाको आज किनारा लगाउन लागेको हो । प्रधानन्यायधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फैसला गर्न लागेको हो द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा कार्यरत नेपाल प्रहरीका फर्म्ड पुलिस युनिटका लागि चाहिने ‘आर्म्ड पर्सनल क्यारियर खरिदमा करिब २९ करोड रूपैयाँ घोटाला भएको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई हजार ६८ जेठ २४ गते ३४ प्रहरी, २ ठेकेदार र वेलायती कम्पनी ‘एस्योर्ड रिस्क’बिरुद्ध मुद्दा दायर
More

मलेसियामा कार्यरत नेपालीका समस्या समाधानका लागि कूटनीतिक पहल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ । मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागिपरेको बताउनुभयो । “ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानुन परिमार्जन गरेर हामी लगानी भित्र्याउन चाहन्छौँ, अहिले आर्थिक वृद्धि बढेको छ, समृद्धि र विकासमा सकारात्मक लक्षण देखापरिरहेका छन्”, उहाँले भन्नुभयो । उहाँले मलेसिमा काम गरिरहेका नेपालीले विभिन्न कठिनाइ भोगिरहेको तथा निःशुल्क राहदानी भनिए पनि कामदार विभिन्न नाममा शुल्क तिर्न बाध्य भइरहेकोप्रति सरकार
More

संसद बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित

काठमाडौं । संविधान संशोधनको कार्यसूचीमा प्रवेश नगरी संसद बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ । सरकारले संसदमा पेस गरेको संविधानको दोस्रो संसोधन विधेयकमाथि आजको बैठकमा छलफल हुने कार्यसुचि थियो । पछिल्लो कार्यसूचिभन्दा अब चार दिनपछि धकेलिएको छ । अब १९ गते उम्मेदवार दर्ता भएपछि मात्र संविधान संशोधन प्रकृया अघि बढ्ने भएको छ । सरकारले संसदमा पेस गरेको संविधानको दोस्रो संसोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । सरकारले फास्ट ट्रयाकबाट पारित गराउने प्रयास गरिरहेको संविधान संशोधन विधेयकमा सत्ता गठबन्धन र मधेसी मोर्चाका पाँच सांसदको संयुक्त, एमालेका करिब तीन दर्जन, नेमकिपा र मालेका सबै सांसद र साना
More

सत्तारुढ र मधेसी मोर्चाको संयुक्त संशोधन प्रस्ताव दर्ता

काठमाडौं । व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा शनिबार राति सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी मोर्चाका नेताबीचको बैठकले संशोधनको विषय टुङ्गो लगाएपछि केहीबेरअघि संशोधन प्रस्ताव दर्ता भएको हो । मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरमले भने छुट्टै संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमूख सचेतक चिनकाजी श्रेष्ठले पहिले सरकारले पेस गरेको परिमार्जनअनुरुप केही विषयमा हेरफेर गरेर संशोधन प्रस्ताव लगिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय आयोग गठन गर्ने विषयमा समानुपातिक
More

रेडिंगमा बेलायती सांसदसंग अन्तरक्रिया हुने

बेलायत को रेडिंग मा बेलायती सांसद रब विल्सनसंग अन्तरक्रिया हुने भएको छ। २००५ देखि रेडिंग इस्टबाट निर्बाचित कन्जरभेटिभ पार्टीका सांसद विल्सनसंग वर्तमान राजनीतिक परिवेश, नेपालीहरुको समस्या, आगामी जून ८ माहुने निर्बाचनको बिषयमा छलफल हुने आयोजक महेश हरि आचार्यले जनाएका छन्। युवाहरुको सक्रियतामा अप्रिल ३० आइतबार ४ बजे देखि ६ बजे सम्म रेडिंगको पाकिस्तानी हलमा हुन लागेको उक्त कार्यक्रममा सांसद विल्सनले बिगत १२ वर्षमा आफुले गरेका कामको समिक्षाको साथ साथै आगामी निर्बाचनमा आफ्नो उमेदवारीको बारेमा नेपालीहरुलाई जानकारी दिने छन्। बेलायतको अदालतले हालै नेपालमा रहेका पूर्व गोरखाका छोराछोरीलाई युके आउने बाटो खोलिदिएको छ र सो बिषयमा पनि छलफल हुने कार्यक्रम संयोजक भरत
More

नाइजेरियामा नेपालको पर्यटन र संस्कृती सम्बन्धि बृत चित्र प्रदर्शन

लेगोस , नाइजेरिया । “अफ्रो एसियन कमुनिटि इनिसिएटिभ फर डेभलोपमेन्ट ” द्वारा लेगोस , नाइजेरियामा आयोजित कार्यक्रममा नेपालको सस्कृती र पर्यटनमाथी आज एनआरएनए नाइजेरियाद्वारा एक बिशेष प्रसुस्ती गरियो । एनआरएनएको अथिती देबो भव अन्तरास्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब २० मिनेटको श्रब्य दृश्य प्रस्तुति अफ्रीकन , भारतिय र अन्य एसियन दर्शक माझ प्रस्तुत गरिएको थियो । एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्टले नेपाल एसियन सस्कृतीकै केन्द्र बिन्दु भएको , भगवान बुद्धको जन्मस्थान र सर्बोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिम शृङ्खला भएको सुन्दर देश रहेकोले अफ्रिकन र यहाँ स्थित आप्रवासी समुदायलाई एक पटक नेपाल घुम्न आमन्त्रण गर्नु भयो । कार्यक्रममा एनआरएनएका
More

यस्तो बन्दैछ एनआरएनमा चुनावी समीकरण

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन आगामी अक्टोवर १४ देखि १८ सम्म काठमाडौंमा आयोजना हुने तय भएको छ । एनआरएन विधानअनुसार यो सम्मेलनले नयाँ नेतृत्वको समेत चयन गर्नेछ । विधानमा भएको व्यवस्थाअनुरुप यतिबेला संघको विश्वभरि छरिएका ७४ राष्ट्रिय समिति (एनसीसी) मा चुनावी चटारो छ । विधानतः प्रत्येक राष्ट्रिय समितिले सेप्टेम्बर १५ भित्र राष्ट्रिय समितिको निर्वाचनसहित केन्द्रीय प्रतिनिधि (अन्तर्राष्ट्रिय समन्वयन समिति, आइसीसी) चयन गरिसक्नु पर्नेछ । समयसीमाभित्र अधिवेशन नगर्ने राष्ट्रिय समितिले विश्व सम्मेलनमा भाग लिन पाउने छैनन् । राष्ट्रिय समिति निर्वाचन सुरुवातसँगै संघको आगामी नेतृत्व लिन भित्रभित्रै रस्कारस्की चलेको चर्चा छ । दावी संघको नेतृत्वको लागि अहिलेको
More

संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता

काठमाडौं । सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता भएको छ । संसद सचिवालय सिंहदरबारमा सबैभन्दा बढी संशोधन नेकपा एमालेले २१ ओटा, नेपाल मजदुर किसान पार्टीले २ ओटा र मालेले एकओटा दर्ता गराएका छन् । सरकारले गत सोमबार संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको थियो । संसद नियमावलीको नियम १२२ अनुसार संसदमा प्रस्तुत् विधेयकमाथि सैद्धान्तिक छलफलमात्रै हुनेछ । त्यसपछि संसद नियमावली १२७ अनुसार सांसदहरुले संशोधन प्रस्ताव राख्न पाउनेछन् । संशोधन पेस गर्न चाहने कुनै सांसदले विधेयकमाथि छलफल सकिएको ७२ घन्टाभित्र संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ । उक्त संशोधनको बुँदा सांसदहरुलाई उपलब्ध गराइनेछ । संविधान संशोधन
More

दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन नमिल्ने

काठमाडौं । निर्वाचन आयोगले दुई चरणको निर्वाचनको बीचमा पर्ने गरि नयाँ आर्थिक बर्षको बजेट ल्याउन नमिल्ने निस्कर्ष निकालेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवको अध्यक्षतमा शनिवार बसेको बैठकले जेठ ३१ गतेसम्म नै निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसबीचमा सरकारका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन नहुने निस्कर्ष निकालेको हो । दोस्रो चरणको निर्वाचन हुनुअघि निर्धारित जेठ १५ गते बजेट ल्याइँदा आचार संहिता उलग्घन हुने भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । दुई चरणको निर्वाचनको विचमा बजेट ल्याउदा त्यसले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने भएकाले सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको आयोगले जनाएको
More