Monthly Archives April 2017

ललितपुरबाट एमालेले को कसलाई उम्मेदवार बनाउँदैछ ?

काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले ललितपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई नगरपालिकाको प्रमुख र उपप्रमुख तथा तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सेनाले जानकारी गराउनुभयो । उहाँकाअनुसार ललितपुर महानगरपालिका प्रमुखमा हरिकृष्ण व्यञ्जनकार तथा उपप्रमुखमा उषा बज्राचार्य, रमा आचार्य, सरस्वती खड्का र सुकुमाया तामाङको नाम सिफारिस गरिएको छ । त्यस्तै गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मीठाराम केसी, रघुनाथ महर्जन र श्यामकृष्ण सिलवाल तथा उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल र सरिता केसी
More

मिर्गौला रोगीको उपचारका लागि रु २० लाख सहयोग

बाबियाचौर । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका मिर्गौला रोगी कुमार पुनको उपचारका लागि रु २० लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका ३४ वर्षीय पुनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका बिमवासीले रु २० लाख छ हजार सातसय आर्थिक सहयोग गरेका हुन् । चन्दा सहयोग जुटाएर पुनको मिर्गौला प्रत्यारोपण गरिएको कोरियामा आर्थिक सङ्कलन अभियानको संयोजन गरेका म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०का सहकोषाध्यक्ष ओमनारायण जुक्जालीले जानकारी दिनुभयो । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका पुनलाई केही दिनअघि आमाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । हिजो काठमाडौंमा आयोजित कार्यक्रममा सङ्कलित रकम पुनका आफन्तलाई हस्तान्तरण गरिएको जुक्जालीले बताउनुभयो
More

एमालेको घोषणापत्र भोलि

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र भोलि सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेका स्थायी कमिटीको बैठकमा घोषणापत्रको अन्तिम मस्यौदा र महानगरहरुका उम्मेदवार चयनका विषयमा छलफल भएको सो पार्टीले जनाएको छ । बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने सरकारको निर्णयका सम्बन्धमा पनि छलफल भएको थियो । पार्टीका सचिव एवम् केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले अधिकांश प्रदेशका स्थानीय तहमा उम्मेदवार सिफारिस र तय भइसकेको बताउँदै घोषणापत्र चाँडै जारी हुने बताउनुभयो । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।
More

बेलायती अधिकारकर्मीद्वारा ट्रम्पको विरोधमा प्रदर्शन

लण्डन । बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर करिब १०० जना मानवअधिकारकर्मी भेला भई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेका १०० दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भनी विरोध जनाएका छन् । प्रदर्शनकारी अमेरिकी राजदूतावास बाहिर करिब आधा घण्टा एक हातमा मशाल लिई अर्को हातमा “शरणार्थीको स्वागत गर” शरणर्थीमाथि प्रतिबन्ध नलगाऊ वा पर्खाल नलगाऊ भन्ने भावका नारा लेखिएका प्लाकार्ड बोकी मौन उभिएर मानव अधिकार विरोधि गतिविधिको विरोध गरेका थिए । कार्यक्रम एम्नेष्टी इन्टरनेशनलको आयोजनामा भएको थियो । एक सय दिनको अन्तरालमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको यस अघि मानव अधिकारका बिषयमा कमाएको प्रसिद्धिबाट बताउन साध्य नहुनेगरी क्षति पु¥याउनुभएको छ, एम्नेष्टीका बेलायती निर्देशक केट
More

राजदूत डा. सुवेदीद्धारा आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

लन्डन। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन । डा. सुवेदीले बिहीवार अपरान्ह राष्ट्रपति प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन । यसअघि डा. सुवेदीलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आयरल्याण्डका लागि गैरआवासीय राजदूतको रुपमा नियुक्ती गरेकी थिइन् । डा. सुवेदीले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले राष्ट्रपति माइकल डी हिङग्नसको ब्यक्तिगत सुख र सुस्वाथ्यका तथा बेलायती जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको सन्देश र प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको तर्फबाट पठाएको शुभेच्छा तथा शुभकामना प्रस्तुत गरेका थिए । राष्ट्रपतिले राजदूतको सफलताको लागि शुभकामना दिदैं डा. सुवेदीको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धलाई
More

बैशाख ३१ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डरीले स्थानीय निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सरकारको सिफारिस अनुसार सो स्वीकृति प्रदान गर्नुभएको हो । राष्ट्रपति कार्यलयका अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को गत चैत ९ को निर्णय, मन्त्रिपरिषद्को चैत २९ को निर्णय तथा प्रधानमन्त्रीको चैत २९ को पत्रमा उल्लिखित सिफारिस बमोजिम राष्ट्रपतिले स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको
More

संशोधन विधेयकलाई पराजित गर्ने नौदलीय गठबन्धनको निर्णय

काठमाडौं । नौदलीय गठबन्धनको आज बसेको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितमा नरहेको निष्कर्ष निकाल्दै सो विधेयक पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारस्थित नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव सकरात्मक नभएको जनाउँदै सो प्रस्ताव पराजित गर्ने निर्णय गरेको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन देश र जनताको हितमा नरहेको जनाउँदै त्यसलाई पराजित गर्न आफ्ना तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निष्कर्ष निकालिएको बताउनुभयो । पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “संशोधनको प्रक्रियामा सहभागी हुन्छौँ तर संशोधनमा गठबन्धनले पनि संशोधन हाल्ने छ, देश र जनताको हितमा नरहेको संविधान
More

एभरेस्ट बहुराष्ट्रिय कम्पनीले लगानी विस्तार गर्ने

काठमाडौं । नेपाली बहुराष्ट्रिय कम्पनी माउन्ट एभरेस्ट (एमइ) ग्रुपले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । केन्द्रीय कार्यालय काठमाडौँ रहेको सो कम्पनीले एमइ ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनी खडा गरी व्यवसाय सुरु गर्ने तयारी गरेको हो । ‘नेपालीले नेपालमै’ नारासहित ट्राभल एन्ड टुर्स, होटेल, रेस्टुराँ, शिक्षा, सुपरमार्केट र कृषिलगायत क्षेत्रमा सेवा तथा वस्तुको व्यापारमा लगानी गर्ने सो कम्पनीले जनाएको छ । नेपालसहित एसिया, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत देशमा व्यवसाय विस्तार गरिने कम्पनीका अध्यक्ष कमलराज अधिकारीले जानकारी दिनुभयो । पहिलो पटक विभिन्न देशमा बस्ने नेपाली व्यवसायीद्वारा प्रवद्र्धित सो कम्पनीले विसं २०८२ सम्ममा देश विदेशमा गरी करिब ५०० नेपालीलाई
More

सरकारले निर्वाचनको आवरणमा पहाड र तराई छुट्याउन खोज्योः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनको आवरणमा पहाड र तराई छुट्याउन खोजेको आरोप लगाएका छन् । एमाले प्रचार विभाग भेलाको आज पार्टी मुख्यालय धुम्बाराहीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले निर्वाचनको आवरणमा सरकारले हचुवाको भरमा संबिधान संशोधन प्रस्ताव ल्याएर, स्थानीय तहको संख्या बढाउन खोजेर तथा सिमाङ्कन हेरफेर गरेर पहाड र तराई टुक्र्याउन खोजेको आरोप लगाएका हुन् । बजेट ल्याएर दोस्रो चरणको निर्वाचन गर्ने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका ओलीले संविधान संशोधन प्रस्ताव पारित हुन नदिइने पनि दोहो-याएका थिए । डिआइजी नवराज सिलवालसँग सम्बन्धित प्रकरणको बचाउ गरेका ओलीले सरकारले नै कीर्ते गरेर उनलाई फसाउन खोजेको आरोप लगाए । सरकार र सत्तारुढ
More

निर्वाचन आयोगमा पोस्टर वितरण

काठमाडौँस्थित निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि पोस्टर वितरण गरिँदै । तस्बिर : रोशन सापकोटा,
More

‘संख्या थप्ने निर्णय सम्पूर्णरुपमा फिर्ता भएको होइन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको संख्या थप्ने निर्णय सम्पूर्णरुपमा फिर्ता नलिइएको भन्दै मधेस केन्द्रित दललाई हतारमा कुनै निर्णय नलिन आग्रह गरेका छन् । संख्या बढाउन लागिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार र बुधवार संसद अवरुद्ध गरेपछि हिजो तीन दलबीच संख्या थप्ने निर्णय फिर्ता लिने सहमति भएको थियो । सो सहमतिप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा पूर्व सहमति विपरित संख्या बढाउने निर्णय फिर्ता गरिएको भए आन्दोलनमा जाने चेतावनी दिएको थियो । उसको चेतावनीपछि प्रधानमन्त्री दाहालले निर्णय सम्पूर्णरुपमा फिर्ता नलिइएको र त्यसबारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिएका
More

अध्यक्ष ओलीसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गर्नुभएको छ । एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो ।
More

संसद अवरोध गर्ने पालो अब मोर्चाको

काठमाडौं । स्थानीय तहको संख्या वृद्धि र सीमांकन हेरफेरको सिफारिसका लागि ११ जिल्लामा गरेको परिपत्र सरकारले फिर्ता लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध खुला गरेको छ । स्थानीय निर्वाचन प्रक्रिया शुरु भएपछि सरकारले प्रदेश नम्बर २ र ५ का ११ वटा जिल्लामा संख्या वृद्धि र सीमांकन हेरफेरका लागि सिफारिस गरेपछि एमालेले संसद् बैठक अबरुद्ध पार्दै आएको थियो । उपप्रधान तथा संघीय मामिला मन्त्री कमल थापाले बुधबार संसद्मा असन्तुष्ट मधेसी दललाई निर्वाचनमा सहमत गराउन ११ जिल्लामा स्थानीय तहको संख्या थपको प्रक्रिया शुरु गरेको जवाफ दिएका थिए । तर एमालेका सांसदहरुले भने मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद् बैठकमा अवरोध
More

गोही आक्रमणमा घाइते बालकलाई बेल्जियमबाट सहयोग

चितवन । चितवन सहायता कोष बेल्जियमले गोहीले चपाएर पनि बाँच्न सफल १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि २५ हजार रुपैया सहयोग उपलब्ध गराएको छ । चितवन सहायता कोष बेल्जियमले चितवन सहायता समाजको संयोजनमा सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार पश्चात आउन सक्ने जोखिमलाई मध्यनजरगर्दै रकम प्रदान गरिएको चितवन सहायता समाजकी कोषाध्यक्ष विजया रेग्मीले जानकारी दिइन् । अस्पताल बाट डिस्चार्ज भएपछि पनि संक्रमणको खतरा रहेको र पारिवारीक अवस्था कमजोर रहेकाले पछिको उपचारमा समस्या आउन सक्ने उनको सहयोग अभियानका अभियन्ता विकास पाठकले बताएका छन् । हालका लागि भने आर्थिक संकलन अभियान स्थगित गरिएको भए पनि न्युन आर्थीक अबस्थाका कारण आर्थीक
More

विद्युत् चोरीमा संलग्न १३ पक्राउ

झापा । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, वासु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजम, शम्भू राजवंशी, जमुना राजवंशीलगायत रहेका छन् । उनीहरुलाई पानी तान्न प्रयोग गरिएका मोटर, घरमा जडान गरिएका पङ्खालगायत विद्युतीय उपकरणसहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण, अनारमनी वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिनुभयो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको
More

बजारमा विषालु आँप : उपभोक्ता मन्द विषको सिकार

वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन-भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहँुदा उपभोक्ता विषाक्त आँप खान बाध्य देखिन्छन् । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने अर्काेतिर उपभोक्ता मन्द विषको सिकार भई विभिन्न रोगबाट प्रभावित भएको देखिन्छ । व्यापारीले बढी मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि
More

आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि …

मोरङ । आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उहाँहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ । विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उहाँका पाँच छोरा र एक छोरी छन्, तर भएर पनि नभए जत्तिकै छ । उहाँ भन्नुहुन्छ, “श्रीमान्को मृत्यु भएको दश वर्ष भयो । सबै छोराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनतिर लागेपछि म यहाँ आइपुगेँ, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान हुँदारहेछन् ।” उनान्सत्तरी वर्षीया सिङ्घामाया तामाङ पाठेघरको शल्यक्रियापछि विभिन्न समस्यामा हुनुहुन्छ
More

फेला परेका ताइवानी पर्यटक

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा रहेको एक खोंचमा खसेर एक जना बेहोस भएको र अर्को मृत अवस्थामा फेला परेका दुई ताइवानी पर्यटक । बिना गाइड लाङटाङ क्षेत्रमा ट्रेकिङ गएका उनिहरु गत फागुन २५ देखि हराइरहेका थिए । तस्बिर: सीताराम अधिकारी
More

संसदको अर्को बैठक कहिले बस्छ, थाहा छैन

काठमाडौं । ‘ल भन्नुस् त साथीहरु, हामीभित्र के गर्दैछौँ ?’ दिनभर कुर्दा पनि बेलुकी आठ बजेसम्म बैठक नबसेपछि नेकपा (एमाले) का सांसद् उदय नेपाली श्रेष्ठले बैठकस्थलबाट बाहिरिँदै पत्रकारहरुलाई यसरी सोध्नुभयो । प्रायः नेता र सांसद्हरुलाई राजनीतिक गतिविधिबारे पत्रकारले प्रश्न सोध्ने सोधिने संसद्को बैठकस्थलमा आज नेता र सांसद्हरु अन्योलमा रहन विवश हुनुपरेको उदाहरण हो यो । आज बिहान ११ बजेको पहिलो बैठकमा संविधान संशोधन विधेयकको कार्यसूची र ११ जिल्लामा स्थानीय तह पुनरवलोकनबारे सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेको आपत्ति र अवरोधपछि दिउँसो ३ बजेका लागि तोकिएको थियो । त्यसबीचमा प्रमुख दलका शीर्ष नेताहरुलाई बसालेर संसद्को गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले पहल
More

रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नवलपरासी र रुकुममा २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारले रुकुमको सिस्ने र उत्तर गंगासहित ११ गाविसलाई ५ नं प्रदेशमा गाभ्ने निर्णय गरेसँगै दु्ई नवलपरासी र रुकुममा समेत निर्वाचन दुई चरणमा हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद बैठकमा सरकारले नवलपरासीको ४ नंम्बर प्रदेशमा परेका क्षेत्रमा आउँदो बैशाख ३१ गते नै निर्वाचन गर्ने निर्णय लिएको छ । नवलपरासीमा दाउन्ने खोलाको वारी पर्ने ४ नम्बर र पारी पर्ने ५ नम्बर प्रदेशमा सरकारले वैशाख ३१ गते निर्वाचन गर्दैछ । त्यस्तै, प्रदेश ५ मा जेठ ३१ मा निर्वाचन गर्ने निर्णय लिएको सुचना तथा
More