Daily Archives April 1, 2017

जनसम्पर्क समिति युएईको अध्यक्षमा बस्नेत

युएई—नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति युएईको सभापतिमा खेमराज बस्नेत निर्वाचित भएका छन्। शुक्रबार दुबईमा सम्पन्न तेस्रो अधिवेशनले बस्नेतको सभापतित्वमा ३१ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो। नव निर्वाचित समितिको वरिष्ठ उपसभापतिमा भुवानीप्रसाद तिमल्सिना, उपसभापतिहरु चन्द्रबहादुर सारु मगर, राजेन्द्र अधिकारी र सूर्यबहादुर बस्नेत चयन भएका छन्। महामन्त्रीमा कृष्णप्रसाद गौतम र सह महामन्त्रीहरु भूमिराज चालिसे, डिकबहादुर तामाङ र दामोदर पाण्डे चयन भएका छन्। समितिको कोषाध्यक्षमा मनि कुमार लामा र प्रवक्तामा हरि खड्का चयन भएका छन्। सदस्यहरुमा नवराज विडारी, विमला सापकोटा, गोपाल कंडेल, शंकर घिमिरे, भीमकुमार अधिकारी, मीनप्रसाद भण्डारी, कृतिमान पुन, अमरबहादुर रानाभाट, चित्रहाङ लिम्बु, राकेश कुमार जैसवाल, प्रकास सुनार,
More

नेपाली साहित्य विकास परिषद् यूकेद्वारा पुरस्कारको घोषणा

कोमल प्रसाद श्रेष्ठ मल्ल । लन्डन । बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले परिषदमा सन् १९९५ देखि नै स्थापना भएका सिर्जना र साहित्य सेवा तर्फका पुरस्कारहरू को घोषणा गरेको छ । परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै परिषदमा आवद्धरही बेलायतमा नेपाली भाषा साहित्यको विकासमा उल्यखनीय योगदान पुराए बाफत साहित्य सेवामा समर्पित सर्जकहरू द्वय कवि हरिविभोर कार्की,अल्डरसर्ट र कवि ध्रुब केसी,वएम्ली दुबै जनालाई २०१६ को एन एल डि सि गोल्ड मेडल दोस्रो पुरस्कार प्रदान गरिएकोछ । सम्मानपत्र सहित यो पुरस्कार पदक आधा तोला २४ क्यारेट सुन र पाँच तोला प्योर चाँदीमा बनेको छ । नगद लिन
More

म्यादी प्रहरी छनोटकाक्रममा तीनजनाको मृत्यु

काठमाडौं । म्यादी प्रहरीमा छनोटकाक्रममा शनिबार तीनजनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो । बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ । दौड सकेर सेटअप गर्नेक्रममा उनी बेहोस भएर लडेको र तत्काल उपचारका लागि अस्पताल पुर्‍याउँदा मृत्यु भएको जनाइएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङमा दौडनेक्रममा विराटनगर–१६ का २७ वर्षीय तुलसी राजवंशीको मृत्यु भएको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक रमेश भट्टराईले म्यादी प्रहरीमा भर्ना हुन आएका राजवंशी दौडनेक्रममा घाइते भएको र उपचारका लागि कोसी अञ्चल अस्पतालमा पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताए । यसैगरी, जिल्ला प्रहरी
More

विराटनगर उपमहानगरमा सम्भावित उम्मेदवारको यस्तो चर्चा

विराटनगर । निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चर्चा–परिचर्चाले तीव्रता पाएको छ । मोरङको ग्रामीण क्षेत्रदेखि विभिन्न बजारका चोक चोक तथा विराटनगर उपमहानगरपालिकाका गल्ली गल्लीमा निर्वाचनकाका बारेमा चर्चा–परिचर्चा सुरु भएको छ । ‘यो निर्वाचन सम्पन्न भएपछि बढीमा नौ महिनाभित्रै सङ्घीय प्रदेश र संसद्को निर्वाचन हुन्छ’ । स्थानीय तहको निर्वाचनको अत्यधिक प्रभाव ती दुई निर्वाचनमा पर्ने भएकाले सबै दलले आफ्ना उम्मेदवारलाई जिताउनका लागि आन्तरिक रुपमा प्रचारप्रसार सुरु गरिसकेका छन् । यतिखेर विराटनगरका चोकहरुमा कुन पार्टीबाट को–को उम्मेदवार हुने विषयमा अड्कल सुरु भएका छन् । निर्वाचनमा कुन पार्टीका नगर प्रमुख हुने र कसलाई उम्मेदवार बनाउँदा जित हुने विषयमा समेत चर्चा हुन थालेका
More

काँग्रेसद्वारा घोषणापत्र तयारी समितिलाई पूर्णता

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिलाई आज पूर्णता दिएको छ । केन्द्रीय कार्यसमितिको गत आइतबारको बैठकको निर्णयानुसार गठित उक्त समितिलाई ३५ सदस्यीय बनाएर आज पूर्णता दिएको हो । घोषणापत्रलाई अन्तिम रुप दिन समितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यसँग परामर्श गर्नुका साथै पार्टीबाट मन्त्रिपरिषद्मा सदस्य रहेका सबै मन्त्री घोषणापत्र तयारी समितिका आमन्त्रित सदस्यका रुपमा रहने उक्त पार्टीले आज जनाएको छ । समितिले पार्टीका सांसद र संसदीय दलसँग परामर्श गर्ने कार्यविधि अवलम्बन गर्ने तथा सबै भ्रातृ एवम् शुभेच्छुक संस्थाका सभापति÷अध्यक्षलाई छलफलमा आमन्त्रण गर्ने, पार्टीका विभिन्न तह-निकायबाट सुझाव आह्वान गर्नेछ । त्यसैगरी समितिले
More

बुटवलमा सेयर खरिद बिक्री सुरु

तिलोत्तमा । बुटवलमा पहिलोपटक सेयर खरिद बिक्री सुरु भएको छ । आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नं ५७) बुटवल शाखाले मङ्गलबारदेखि यहाँ सेयर खरिद बिक्री सुरु गरेको हो । सो कम्पनीको बुटवल शाखाले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सेयर खरिद बिक्रीका लागि काठमाडौँ पुग्नुपर्ने समस्या अब हल भएको बतायो । प्रालिका सञ्चालक रामचन्द्र भट्टराईले बुटवल आसपासका क्षेत्रमा रहेका सेयर लगानीकर्तालाई छिटो र सरल तरिकाबाट सेयर खरिद बिक्री गर्न दिने उद्देश्यले बुटवलमा पनि सेयर खरिद बिक्री कार्यको थालनी गरेको बताउनुभयो । विसं २०६३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट सेयर बिक्री गर्ने
More

निर्वाचन चिन्ह्को बारेमा मोर्चाको आपत्ति

काठमाडौं । देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालले स्थानीय तह निर्वाचन ऐन–२०७३ ले व्यवस्था अनुसार हाल संसद्मा रहेका दलहरुले मात्र निर्वाचन चिन्ह् पाउने प्रावधान गरेकोमा आपत्ति प्रकट गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै मोर्चाका अध्यक्ष सीपी गजुरेलले सो कानुनमा भएको प्रावधान संविधानको भाग–१ को धारा–४ मा व्यवस्था गरिएको “नेपाल राज्य लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।” भन्ने भावनासँग बाँझिएको उल्लेख गर्नुभएको छ । संविधानका उक्त व्यवस्थाअनुसार नेपाली नागरिकले आफ्नो दर्शन, सिद्धान्त र विचार धारामा आधारित भएर राजनीतिक पार्टी र सङ्गठन खोल्न र सञ्चालन गर्न पाउने पूर्णस्वतन्त्रा प्रदान गर्ने स्मरण गर्दै उक्त कानुनले संविधानको भावनालाई निषेध गरेकाले
More

बङ्गालको जलवास्पयुक्त हावाले मौसम बदली

काठमाडौं । बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदलीभएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन् । उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बङ्गाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । “यो केही दिन रहन्छ, काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य भेगमा दिउँसो र साँझपख हल्का वर्षात हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन,”–उहाँले भन्नुभयो । यसअघि पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्य भेगका विभिन्न स्थानमा वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार
More

म्यादी प्रहरीमा परीक्षा दिँदै महिला

धादिङको मलेखुमा म्यादी प्रहरीमा भर्नाका लागि परीक्षा दिँदै महिला । यहाँ महिलाको उल्लेख्य सहभागिता रहेको छ । तस्बिर : सीताराम अधिकारी,
More

बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र पारिएको छ । जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण सुरु भएको छ भने भद्रकालीको रथ निर्माण भइरहेको छ । जात्राका लागि आवश्यक ५५ हात लामो लिङ्गो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट लिङ्गो उठाउने स्थान ल्यासिङ्खेलमा ल्याइपु-याइएको छ । यस वर्ष चैत २८ गतेदेखि सुरु हुने सो जात्राका लागि २७ गतेसम्म रथ निर्माण, रङ्गरोगनलगायत सम्पूर्ण काम सक्ने गरी काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ । जात्राका लागि रु २५ देखि ३० लाख लाग्ने अनुमान कार्यालयको
More