Daily Archives April 2, 2017

भोलिसम्म संविधान संशोधनको टुङ्गो लाग्छः प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिसम्म संविधान संशोधनको टुङ्गो लाग्ने बताएका छन् । सिंहदरबारमा मधेसी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा आफूहरुले गरिरहेको पहल भोलिसम्म टुङ्गोमा पुग्ने दावी गरेका हुन् । संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाई नपुग्ने प्रष्टाएका प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेसँग समेत छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको जानकारी पनि दिए । वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने दोहो-याएका उनले मधेसी मोर्चासमेत निर्वाचनमा सहभागि हुने बताए । मधेसी जातीय समन्वय समाजले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने माग राख्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन–पत्र बुझाएको थियो ।
More

बाबुराम भट्टराईले ‘आँखा’ नपाएसम्म प्रहरी हिरासत नछोड्ने

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीले ‘आँखा’ चुनाव चिन्ह नपाएसम्म प्रहरी हिरासत नछोडने घोषणा गरेका छन् । प्रहरीले भट्टराईलाई रिहा गर्न चाहे पनि उनी अहिले प्रहरी हिरासतमै छन् । भट्टराईसँगै पुलिस क्लवमा रहेका उनका स्वकीय सचिव बिश्वदीप पाण्डेले प्रहरीले घर जान आग्रह गरे पनि भट्टराईले गृहमन्त्री बिमलेन्द्र निधिलाई फोन गरेर चुनाव चिन्ह प्राप्तिको माग पूरा नभएसम्म बाहिर ननिस्किने बताएको जानकारी दिए । डा. भट्टराईको यो अभिव्यक्ति बाल हठ भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
More

कार्यकारी निर्देशककै संलग्नतामा २७ करोड २४ लाख भ्रष्टाचार !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत आयोजनामा अनियमितता गरेको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा २७ करोड २४ लाख ५४ हजार ३ सय ५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार भएको दावीसहित अख्तियारले आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुँबरसहित त्यसमा संलग्न ६ जनाविरुद्व आज मुद्दा दायर गरेको हो । आयोजनाका लागि परामर्शदाता छनोटका क्रममा कम अंक प्राप्त गर्नेलाई बढी र बढी ल्याउनेलाई कम अंक प्रदान गरी भ्रष्टाचार गरिएको आरोप–पत्रमा उल्लेख छ । कम मूल्य प्रस्ताव गर्नेलाई जानीजानी कम अंक दिएको, डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन पेश गर्नुपर्नेमा डिटेल कन्ट्रक्सन ड्रोइङलाई नै डिटेल
More

नेपाली कांग्रेसविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौं । नेपाली कांग्रेसविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको र शक्तिपृथकीकरणको मान्यता विपरित भएको भन्ने सारसहित नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्णय नै गरी अदालतको फैसला आदेश प्रति असहमती जनाउँदा अदालतको अवहेलना भएको भन्दै आज मुद्दा दर्ता गरिएको हो । मुद्दा अधिवक्ता हरिप्रसाद मैनालीले दर्ता गराएका हुन् । सर्बोच्च अदालत प्रशासनले उक्त मुद्दाको पेसी चैत २२ गते मंगलवारका लागि तोकेको छ ।
More

सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । धितोपत्र बजारमा आज दुई पटक सर्किट ब्रेक लगाउनुपरेको छ । अत्याधिक रुपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ । एक हजार ५८७ विन्दुबाट सुरु भएको कारोबार ७९.४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको छ । अस्वाभाविक रुपमा बजार बढ्नुको पछाडि स्थानीय तहको निर्वाचनको सुनिश्चिता बढेको र ‘क्रेडिट क्रन्च’मा समेत सुधार भएपछि बजारमा उछाल आएको हो । कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ‘क’ वर्गका संस्थाको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १६.३८ विन्दुले परिवर्तन भएको
More

संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने : मधेशी मोर्चा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता वृषेशचन्द्र लालले मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा भागलिनेबारे हालसम्म सरकारसँग कुनैपनि सहमति नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “ मधेसी, जनजाति, मुस्लीम लगायतका माग समावेश गरेर संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भएकाले फास्ट ट्र्याकमा संविधान संशोधन गर्नुपर्छ । ” नेकपा एमालेका नेता वङ्शीधर मिश्रले सीमाङ्कनलाई थाती राखेर संविधान संशोधन प्रस्ताव अधि बढाइए पारित गर्न एमाले तयार छ भन्नुभयो । उहाँले चुनावको मिति सार्ने कल्पना पनि गर्न नहुने बताउनुभयो । राप्रपाका नेता पशुपति शम्शेर राणाले सकेसम्म मधेसी मोर्चालाई समावेश गरी निर्वाचन गर्नुपर्ने बताउँदै नभए
More

पुष्पमेला प्रदर्शनी

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित ‘तेस्रो अन्तर्राष्ट्रिय पुष्पमेला प्रदर्शनी’मा आइतबार पुष्पले सजिएका अवलोकनकर्ता । तस्बिर : रोशन सापकोटा
More

खाडीमुलुकमा घरेलु कामदार नपठाउन निर्देशन

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित ठोस् कानुन नबनाउँदासम्म र नेपालसँग द्धिपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडीमुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णत बन्द गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको छ । समितिको आजको बैठकले खाडीमुलुकमा अलपत्र अवस्थामा रहेका र समस्यामा परेका नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन उच्चस्तरबाट पहल गर्न परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो । मानव तस्करीमा संलग्न नेपाल बाहिर रहेका नेपालीको पहिचान गरी उनीहरुलाई सम्बन्धित देशबाटै देश निकाला गराइ नेपाल ल्याएर कानुन बमोजिम कारबाही गर्न र त्यस्तो कार्यमा संलग्न विदेशी नागरिकलाई सम्बन्धित देशको कानुन अनुसार कारबाही गराउन कुटनीतिक पहल
More

सुन डकैतीमा संलग्न प्रहरीसहित छ पक्राउ

काठमाडौं । मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ । घटनामा संलग्न छ जनालाई पक्राउ गरी आज महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । तीन जना अझै फरार रहेका महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । महानगरीय प्रहरीवृत्त लैनचौरमा कार्यरत प्रहरी जवान अजय गुरुङ पक्राउ परेका छन् भने सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार बलबहादुर मगर र प्रहरी जवान नवीन ढकाल भने फरार रहेका छन् । मरुहिटीमा प्रेमरत्न शाक्यको पाँचतले घरको पहिलो तलामा भारत घर भएका शिव माइटीले सञ्चालन गरेको सुनका गरगहना बनाउने
More

नापी कार्यालय धनुषाका अमिन रु तीस हजार घुस सहित नियन्त्रणमा

महेन्द्रनगर । अख्तियार दुरुपयोग आयोगले नापी कार्यालयका एक अमिनलाई रु ३० हजार घुससहित नियन्त्रणमा लिएको छ । अमिन कृष्ण जोशीलाई आयोगको बर्दिवास क्षेत्रीय कार्यालयले आज दिउँसो सो रकमसहित नियन्त्रणमा लिएको हो । अमिन जोशीले एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट र नामसारीका लागि रु ३० हजार घुस लिएको बेला क्षेत्रीय कार्यालयका एसपी राजकुमार लम्सालको टोलीले नियन्त्रणमा लिएको थियो ।
More