Daily Archives April 3, 2017

नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

चितवन । सुख्खा पहिरोले २ सय मिटर सडक पुरेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अपरान्हपछि खुलाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार पहिरो पन्छाएर पुरिएका सवारी साधन निकालिएपछि सडक साँझ पौने पाँच बजेपछि दुईतर्फीरुपमा खुलेको हो । बिहान पौने एघार बजे मुग्लिनदेखि ११ किलोमिटर टाढा घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खस्दा जीप, ट्याङ्कर, ट्रक र दुईवटा मोटरसाइकल पुरिएको थियो । सोही पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये मोटरसाइकल चालक सल्यानका रेशराज रानाको सनाखत भएको र अर्का एकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । पहिरोबाट उद्दार गरिएका दुई घाइतेको भरतपुरमा उपचार भइरहेको छ ।
More

न्युजर्सीका उपसभामुख नेपाल भ्रमणमा

काठमाडौं । अमेरिकी राज्य न्युजर्सीका उपसभामुख गोर्डन एम जोनसन नेपाल भ्रमणमा आउने भएका छन् । एम जोनसनले उपसभामुख गंगाप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा चैत २७ गतेदेखि बैशाख २ गतेसम्म नेपाल भ्रमण गर्न लाग्नु भएको हो । उपसभामुख यादवका राजनीतिक सल्लाहकार शम्भुप्रसाद घिमिरेका अनुसार भ्रमण टोलीमा एम जोनसनका श्रीमति ज्याक्लिन एम जोनसन, वातावरण तथा भूसंरक्षण समितिका अध्यक्ष टिम इस्टेन्सन, मुख्य सचिव चिल्स हिलम्यान छन् । संघीय संरचनाबारे अनुभव साटासाट गर्ने उद्देश्यले उपसभामुख एम जोनसनको नेपाल भ्रमण हुन लागेको सल्लाहकार घिमिरेले जानकारी दिए । नेपाल भ्रमणका क्रममा उपसभामुख एम जोनसनको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती,
More

यसरी छनौट गर्दैछ एमालेले स्थानीय तहको उमेद्वार

काठमाडौं । नेकपा एमालेले एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । निर्वाचन तयारीका लागि आज बसेको स्थायी समितिको बैठकले स्थानीय तह, प्रदेशसभा र केन्द्रीय संसद्को निर्वाचनमध्ये एक व्यक्तिले एक तहमा मात्रै प्रतिस्पर्धा गर्न पाउने निर्णय गरेको हो । हरेक निर्वाचनमा एकै व्यक्ति प्रतिस्पर्धामा उत्रन चाहने प्रबृत्ति निरुत्साहित गर्न यस्तो निर्णय लिनु परेको बताइएको छ । बैठकले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणा–पत्र मस्यौदा समिति गठन गरेको छ । सो पार्टीको आजको स्थायी कमिटीको बैठकले गठन गरेको सो समितिमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप
More

‘देश खारेज गर’ को नारा लगाएकी हिसिलाले माफी मागिन्

काठमाडौं । प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्को आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् । यमीले आज पत्रकार सम्मेलन गरेर आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी हुन् । नयाँ शक्ति पार्टीले आइतबार निर्वाचन आयोग घेराउ गर्नेक्रममा प्रहरीले नियन्त्रणमा लिएपछि यमीले ‘आपत्तिजनक’ नारा लगाएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । आलोचनाको क्रम पनि बढेपछि यमीले अर्धचेत अवस्थामा आवेगमा आएर आफूले त्यस्तो नारा लगाएको भन्दै माफी मागेकी हुन् । यमीले भविष्यमा पुनः यस्तो गल्ती नदोहोर्‍याउने प्रतिवद्धता पनि जनाएकी छन् । ‘परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो
More

गोर्खाकप फुटबल २८ मेमा

लन्डन । तमु धी यूकेको तेस्रो कार्यकरी बैठकले १५ औं गोर्खा कप फुटबल २८ मेमा क्विन्स एवेन्यु, अल्डरशोटमा गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिताको सम्पूर्ण तयारीबारे खेलकुद संयोजक क्याप्टेन पिताम्बर गुरुङले बैठकमा ब्रिफिङ गरेका थिए । फुटबल खेलमा नन भेट्ररान ३२ र भेट्ररान ८ टिम सहभागी हुनेछन् । संयोजक गुरुङले अन्तर्राष्ट्रिय टिम अमेरिका र हङकङको टोलीले सहभागिता जनाउने अपेक्षा गरेको बताए । यस बर्ष पनि १२ देखि १४ हजार दर्शकको आशा गरेको अध्यक्ष ज्ञाम गुरुङले बताए । प्रतियोगितामा विशेष सुरक्षा, मेडिकल सुबिधा एवम सबै खेल एउटै प्रागणमा अध्यक्ष गुरुङले जानकारी दिए । व्यवसायिक संयोजक तमुधि यूकेका उपाध्यक्ष्य नन्द गुरुङले
More

नाइजेरियामा राजेश पायल राईको भब्य प्रस्तुती

नाइजेरिया । नेपाली नया बर्षको उपलक्ष्यमा लोकप्रिय गायक राजेश पायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा हिजो लेगोसमा आयोजित कार्यक्रममा भब्य प्रस्तुती गरेका छन । उनले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरिया स्थित प्रबाशी नेपालीहरु लाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारेका थिए ।राइले आफुले प्रथम पटक अफ्रिका महादेशमा आफ्नो प्रस्तुती दिन पाएकोमा एनआरएनए र अफ्रिकाका नेपालिहरु प्रती आभार ब्यक्त गर्नु भयो । कार्यक्रममा लेगोस स्थित अमेरिकि नियोगका कन्सुलर ब्रेन्ट इ ओमडहीले यो कार्यक्रमले मलाई नेपाल र नेपाली संगीत प्रति लोभाएको र यस पछिको आफ्नो कुटनैतिक मिसनमा नेपाल जाने बताउनु भयो । त्यसै गरि कार्यक्रममा स्वागत गर्दै एनआरएनएका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले नेपाली
More

ग्लास्गो नेपाली एसोसिएसनले नयाँ वर्ष मनाउने

कृष्ण देवकोटा। ग्लास्गो । युके विक्रम संवत २०७३सालले विश्राम लिन लाग्दा लाग्दै देश तथा विदेसमा नेपालीहरुले नया सालको आगमनलाई स्वागत गर्न आतुर देखिन्छन् । नया साल आउनु अगावै विभिन्न विभिन्न संघसंस्थामा आवद्द रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर नया साल मनाउने चल्ती नै वसिसकेको छ । यस्ता कार्यक्रमहरुले विदेसमा रहेका नेपालीहरुको आपसी सम्वन्ध, प्रेम,सद्भाव तथा नया विडिहरुमा नेपाली कला संकृति रीतिरिवाज र संस्कारको विकाश हुने गर्दछ । यसै अवसरमा ग्लास्गो नेपाली एसोसियसनले सधैका वर्षहरुमा जस्तै यस वर्ष पनि नयाँ सालको सुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएकोछ । ग्लास्गो नेपाली एसोसिएशनले १७ अप्रील सोमवार साँझ ग्लास्गोको कवाना रेस्टुरेण्टमा साँस्कृतिक कार्यक्रको आयोजना गरेर
More

नेपाल देशलाई खारेज गर — हिसिला यमी

काठमाडौं । ‘यो देशलाई खारेज गर’ भन्ने हिसिला यमीको अभिव्यक्ति विरुद्ध ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियान सुरु भएको छ । देशको अस्तित्व समाप्त पार्नुपर्छ भन्दै अभिव्यक्ति दिने हिसिला यमीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउने माग राखिएको हो । कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता घिमिरे, एमालेकी पूर्व सांसद शान्ता चौधरी, हालै नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बू, पत्रकार राजकुमार रेग्मी र राष्ट्रिय भूमि अघिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले ‘हिसिलालाई गिरफ्तार गर’ अभियान चलाएका हुन् । फेसबुक र ट्विटरबाट उनीहरुले चलाएको यो अभियान अन्र्तर्गत हजारौंले फेसबुक र ट्विटरमा हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्ने माग लेखिरहेका
More

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा

क्यालिफोर्निया । प्रवासी नेपाली मञ्च अमेरिकाको मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्ष पदमा चयन गरेको छ । थापाले खसेको कुल एक सय ४३ मतमध्ये ८५ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी जनक रानाले ५६ मत प्राप्त गर्नुभएको थियो । मञ्चको वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक्षमा यमुना भट्टराई, महासचिवमा राधाकृष्ण देउजा, उपमहासचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा हेमन्त भेटुवाल निर्वाचित हुनुभएको छ । अमेरिकाको विभिन्न राज्यमा रहेका राज्य समिति अन्तर्गत आज भएको निर्वाचनमा कुल एक सय ६३ मतदाता थिए ।
More

विमानस्थल अध्यागमनका अधिकारीलाई निलम्बन गरी छानबिन निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिबन्ध लगाइए यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको नेतृत्व गरेका अधिकारीलाई निलम्बन गरी छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले वैदेशिक रोजगारीमा पठाउने ‘दलाल तथा बिचौलिया’को आर्थिक प्रलोभनमा परेर सरकारी अधिकारीले मानव तस्करीलाई प्रश्रय दिइरहेको भन्दै निलम्बन र छानविन गर्न निर्देशन दिएको हो । खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिबन्ध लगाएपनि विमानस्थल अध्यागमनको ‘सेटिङ’मा विदेश पठाउन नरोकिएको समितिको ठहर छ । खाडी र मध्य–पूर्वसहितका ६ देशको स्थलगत अध्ययनपछि समितिले मन्त्रीलाई आइतबार बोलाएर द्वीपक्षीय श्रम सम्झौतासहितका उपयुक्त कानूनी आधार तयार नभएसम्म महिलालाई घरेलु कामदारका
More