Daily Archives April 4, 2017

गोरखा दरबार

गोरखा दरबार नियाल्दै आन्तरिक पर्यटक । तस्बिर: प्रशन्न पोखरेल
More

विदेशी जेलमा रहेका नेपाली कामदारलाई निःशुल्क कानुनी सहायता

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा जेल जीवन बिताइरहेका नेपाली नागरिकलाई सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जेल परेका व्यक्तिहरुलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने निर्णय गर्दै त्यसका लागि प्रारम्भिक चरणमा छ देशमा रहेका नेपालस्थित दूतावासमा रु ५५ लाख पठाएको छ । मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युयई) र कुबेतस्थित नेपाली दूतावासलाई रु १०-१० लाख र ओमनका लागि रु पाँच लाख पठाएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो । उहाँले आवश्यकताअनुसार थप रकमसमेत पठाइने बताउनुभयो । बोर्डले कानुनी सहायता दिनेसम्बन्धी निर्देशिका बनाएर श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ ।
More

बाइस हजार घुससहित नापीका सर्वेक्षक पक्राउ

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ । जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग रु २२ हजार घुस लिएको रकमसहित नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक रामलोचन ठाकुरलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा खटेको टोलीले ठाकुरलाई पक्राउ गरेको हो । गोप्य उजुरीका आधारमा सेवाग्राहीसँग सर्वेक्षक ठाकुरले घुस लिएर काम गर्ने कोठामा गएको समयमा अख्तियारको टोलीले उनलाई खानतलासी गरेपछि रु २२ हजार घुसको रकमसहित रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रहरी उपरीक्षक लम्सालले जानकारी दिनुभयो । अख्तियारले विगत केही दिनदेखि मालपोत, नापीलगायत सेवाग्राहीको बढी भीड रहने
More

सिलवाल पुगे गृहमन्त्रालय

काठमाडौं । डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्नु भन्दै गृह मन्त्रालयमा निवेदन दर्ता गरेका छन् । उनले मंगलबार प्रहरी प्रमुख बनाउन भन्दै गृहमन्त्रालयमा निवेदन दर्ता गरेका हुन् । सर्वोच्चको पूर्ण इजलासले कार्यसम्पादन मुल्याङ्कनका आधारमा तत्काल प्रहरी प्रमुख नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । परमादेशको पेट खण्डमा पछिल्लो चार वर्षको कार्यसम्पादन मुल्याङ्कन हेर्दा सिलवाल नै योग्य रहेको व्याख्या गरिएको थियो । यद्यपि, परमादेश जारी भएदेखि हालसम्म प्रहरी प्रमुख नियुक्त गर्नेबारे सरकारले औपचारिक छलफल पनि गरेको छैन । गृहमन्त्रालयले प्रहरी प्रमुख नियुक्त गर्ने आन्तरिक तयारी गरिरहेको भएपनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।
More

एभरेष्ट कप १३ मेमा फेल्थाम हुने

लन्डन । सहारा यूके आगामी १३ मे शनिबार लन्डन फेल्थाममा हुने एभरेष्ट कपको तयारीमा जुटेको छ । भेटघाट रेष्टुरेन्टमा आइतबार सम्पन्न संस्थाको बैठकले एभरेष्ट कप तयारीबारे अवगत गराउंदै अन्य महत्वपूर्ण निर्णयहरु गरेको छ । फेल्थाम कम्युनिटी कलेज मैदानमा हुने ९ ए साइड एभरेष्ट कपमा यसपटक २४ मेन टिमले प्रतिष्पर्धा गर्ने र अन्डर १६ का दुई टिम आमन्त्रित गरिने सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ ‘सांहिला’ ले जानकारी दिएका छन् । खेलबारे सहारा यूके डटकममा विस्तृत जानकारी उपलव्ध छ । प्रतियोगिताको संयोजन लेफ्टिनेन्ट (रिटायर्ड) कुसाङ गुरुङ र मनोज गुरुङले गरिरहेका छन् । बैठकमा नवनियुक्त सल्लाहकारहरुलाई औपचारिक स्वागत गरियो । बैठकले सन्डे लिग
More

यी मन्त्रीलाई महिला बेचेको आरोप

काठमाडौं । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतलाई संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले महिला बेच्ने मन्त्रीको आरोपसहित कारवाही गर्न सिफारिस गरेको छ । यी मन्त्री नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाका नजिकका मानिन्छन् । समितिले खाडी मलुकुमा अवैधानिक रुपमा महिला कामदार नपठाउन बारम्बार दिएको निर्देशन अटेर गरेको भन्दै मन्त्री महतलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई चैत २० गते निर्देशन दिएको छ । मन्त्रीले खाडी मुलुकका दूतावासलाई महिला कामदार रोक्न निर्देशन दिनुको बदला महिला तस्करीमा संलग्न एजेन्टकै हितमा काम गरेको आरोप पनि लगाएको छ । स्मरणीय छ, मेनपावर सम्बद्ध व्यक्ति राजदूतसमेत नियुक्त भएका छन् । समितिले खाडी मुलुकमा महिला असुरक्षित भएकाले पठाउन रोक लगाउन
More

जाग्न थाल्यो कांग्रेस : सातै प्रदेशमा आमसभा गर्ने

काठमाडौ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शङ्शाक कोइरालालगायत शिर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । समितिका संयोजक एवम् पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलको अध्यक्षतामा बसेको बैठकले प्रदेश नं ७ को कैलालीमा यही चैत्र २७ गते, प्रदेश नं ५ को दाङको तुलसीपुरमा चैत्र २८ र रुपन्देहीमा चैत्र २९ गते, प्रदेश नं ४ को कास्की, पोखरामा
More

जबर्जस्ती निर्वाचनले मुलुकमा द्वन्द्वको विजारोपण गर्छः अध्यक्ष महतो

लुम्बिनी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताउनुभएको छ । सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो— “मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन् ।” संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहनुभएका अध्यक्ष महतोले प्रमुख तीन दलको हठका कारण मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको उल्लेख गर्दै मधेसी, आदिवासी जनजाति र उत्पीडित समुदायको माग पूरा नहुँदासम्म मोर्चामा निर्वाचनमा सहभागी हुँदैन् भन्नुभयो । “संशोधनबिना गरिने चुनावले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ, हामी पनि निर्वाचन चाहन्छौँ, तर पहिला संविधान संशोधन गरेरमात्र निर्वाचन गर्नुपर्छ,” उहाँले भन्नुभयो— “सीमाङ्कनको टुङ्गो
More

राजविराजमा सकेट बम फेला

राजविराज । सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् । बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताउनुभयो । यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले
More

मुसहर बस्ती निर्माणमा रकम अभाव नहुने

बर्दिवास । महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न गर्न अब रकम अभावको स्थिति अन्त्य भएको छ । पछिल्लो पटक सोमबार अमेरिकाको मिनेसोटामा रहेका नेपालीको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले बस्ती निर्माणार्थ रु दुई करोड १० लाख सहयोग गरेपछि आर्थिक अभावको स्थिति अन्त्य भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको हो । यसअघि बस्ती हस्तान्तरणसम्म पुग्दा करिब रु एक करोड २५ हजार रकम अपुग हुने बताउँदै आउनुभएको फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले अब आर्थिक पाटोबाट ढुक्क भएको जानकारी दिनुभयो । “अब हामीलाई आर्थिक अभाव हुँदैन” धुर्मुसले भन्नुभयो–, “सात समुन्द्र पारी बसेर पनि नेपाल र नेपालीप्रति स्नेह राख्ने
More