Daily Archives 5th April 2017

गुटगत भन्दा राम्रो उम्मेदवार चयन गर्न सुझाव

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका नेताका व्यक्तिगत मान्छे र गुटको भन्दा लोकप्रिय जनमतको छवी भएका उम्मेदवार चयन गर्न बुद्धिजीवीले नेपाली काँग्रेसका शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् । मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसद्वारा घोषणा पत्र तयार गर्न सुझाव सङ्कलनका लागि आज यहाँ आयोजित कार्यक्रममा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिले स्थानीय तहमा पार्टीगत गुटको अन्त्य गरी सर्वस्वीकार्य उम्मेदवार चयन गर्नुपर्ने बताएका हुन । पार्टीका केन्द्रीय सदस्य महेश आचार्यको नेतृत्वमा गठित घोषणापत्र तयारी समितिले पार्टी शीर्ष नेताको सहभागितासहित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रजातान्त्रिक विचार अवलम्बन गरेका पेशागत सङ्गठनका प्रतिनिधि, पूर्व उच्च प्रशासक, राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, प्राध्यापक, पत्रकार, अधिवक्तालगायतले लिखित
More

तराई मधेसका राजनीतिक दलहरु चुनावी चलह पहलमा जुट्दै

धनुषा । संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई मधेसका सहरमा चुनावी गतिविधि नदेखिए पनि गाउँगाउँमा चुनावको तयारीमा मधेसी मोर्चा इतरका दल जुट्दैछन् । जनकपुरमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी नेपाललगायत दल दिनहुँ कार्यकर्ता भेटघाट गर्नेदेखि पार्टी प्रवेश अभियानलाई तीव्र पारेका छन् भने अर्कोतर्फ जिल्ला निर्वाचन कार्यालयले चुनाव केन्द्रित कुनै किसिमको तयारी गर्ने माहौल नभएको बताउँदा यस क्षेत्रमा अधिकांश सम्भावित उम्मेदवार अन्योलमा छन् । देशका धेरैजसो जिल्लामा सम्भावित उम्मेदवारको खोजी र चर्चा भइरहेको बेला धनुषा जिल्लासहित मधेसका जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका
More

घरेलु कामदार रोकले अवैध बाटोबाट विदेश जाने बढ्छन्

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ । समाजले यहाँ आज पत्रकार सम्मेलन गरी ‘घरेलु कामदारसम्बन्धी निर्देशिका २०७२’ अध्ययन नै नगरी घरेलु कामदार पठाउने कार्य बन्द गर्न निर्देशन दिइएको जिकिर गरेको छ । समाजका अध्यक्ष किरण प्रधानले निर्देशिकाअनुसार जाने कामदार पूर्णरुपमा सुरक्षित हुने भएपनि त्यो बाटो बन्द गर्दा भारत, श्रीलङ्का हुँदै अवैध ढङ्गले जानेको सङ्ख्या ह्वात्तै बढ्ने टिप्पणी गर्नुभयो । समाजमा आबद्ध ३० भन्दा बढी मेनपावरले घरेलु कामदार पठाउनका लागि अनुमति लिनकै लागि रु २५ लाखका दरले वैदेशिक रोजगार
More

राष्ट्रपति भण्डारी चतराधाममा

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार सुनसरीको चतराधाममा आयोजित आयुर्वेद विश्व विद्यालयबारे छलफल कार्यक्रममा सरिक हुन जानुहुँदै । तस्बिर : याम प्रधान
More

नारायणगढ–मुग्लिन सडक पूरा अझै एक वर्ष लाग्ने

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डको निर्माण सकिन अझै कम्तिमा एक वर्ष लाग्ने भएको छ । दुईहजार चौहत्तर जेठ १५ मा सक्ने गरी निर्माण सुरु गरिएपनि हालसम्म ४१ प्रतिशत मात्रै काम सकिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा भएको छलफलमा निर्माण कम्पनीका प्रतिनिधीले विविध समस्याका कारण तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकिने स्पष्ट पारेका हुन् । तीन खण्ड बनाएर तीन वटा निर्माण कम्पनीले ३२ किलोमिटर दूरीको सडक स्तरोन्नती गरिरहेका छन् । यातायात व्यवस्थापनमा चुनौती भएका कारण पनि तीव्र गतिमा काम गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ । आयोजना प्रमुख चन्द्रनारायण यादवले उपकरण र जनशक्ति थपेर कामलाई तीब्रता दिन निर्माण कम्पनीलाई आग्रह
More

फोरम लोकतान्त्रिकसँग दुई पार्टीको एकीकरण

काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । यहाँ आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गर्नुभएको हो । घोषणापछि पार्टीको नयाँ नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले जानकारी गराउनुभयो । कार्यक्रममा लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले पार्टीको उचाइ बढेको भन्दै आगामी दिनमा आदिवासी, दलित, पिछडिएका पक्षको हितमा पार्टी लाग्ने बताउनुभयो । जनमुक्तिका अध्यक्ष थापा र जनजातिका अध्यक्ष लामाले हिमाल, पहाड, तराई र मधेसलाई एक बनाउनका लागि आफू
More

विश्व हिन्दू महासङ्घ ३८ औँ वर्षमा

काठमाडौं । विश्व हिन्दू महासङ्घ स्थापना भएको ३७ वर्ष पूरा भई ३८ औँ वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । महासङ्घका अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिले बेग्लाबेग्लै आयोजना गरेको कार्यक्रममा वक्ताहरुले हिन्दू संस्था एक हुनुपर्नेमा जोड दिनुभयो । हाल महासङ्घका दुईवटा राष्ट्रिय समिति क्रियाशील छन् । एउटाको नेतृत्व पूर्वमन्त्री रामचन्द्र अधिकारीले गर्नुभएको छ भने अर्कोको नेतृत्व नीलप्रसाद भण्डारीले गर्नुभएको छ । अधिकारी नेतृत्वको समितिले आज आयोजना गरेको कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले धर्मका सन्दर्भमा यसअघि अन्तरिम व्यवस्थापिका–संसद्ले गरेको निर्णयमा कमीकमजोरी भएकाले सच्याइनुपर्नेमा जोड दिनुभयो । विसं २०६२÷६३ को जनआन्दोलनपछि २०६३ जेठ ४ गते अन्तरिम व्यवस्थापिका–संसद्ले नेपाललाई
More

उपत्यकावासीलाई चश्मा अनिवार्य लगाउन डाक्टरको सल्लाह

उपत्यकामा वातावरणीय प्रदुषण बढ्दो मात्रामा छ । बिकास निर्माणका काम भैरहँदा सडक धुलाम्मे छ । उपत्यकाको धुलो र धुवाँले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । उपत्यकावासीलाई चश्मा अनिवार्य लगाएर हिड्न आँखाको नानी विज्ञ डा. भाइराजा श्रेष्ठले आग्रह गरेका छन् । आँखालाई गर्ने असर र रोकथामका बारेमा दृष्ट्रि आई केयर सिस्टमका कार्यकारी निर्देशक श्रेष्ठसँग लोकराज अधिकारीले गरेको कुराकानी यस्तो छ– डा. भाइराजा श्रेष्ठ, कार्यकारी निर्देशक, दृष्टि आई कियर सिस्टम ० उपत्यकाको अहिलेको प्रदूषणले आँखामा के–के समस्या देखिन्छ ? – ध्वाँधुलोको प्रदूषणले आम मानिसमा अहिले एलर्जीको समस्या देखिएको छ । बच्चाहरुलाई भर्नल केराटो कन्डन एन्टिभाइटिस समस्या देखिएको छ । यो पनि
More

लोकसम्मत राज्यव्यवस्था आजको आवश्यकता : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था आजको नेपालमा टडकारो आवश्यकताको रुपमा देखापरेको बताएका छन । उनले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी भएको पनि बताए । रामनवमीको अवसरमा एक शुभकामना सन्देश दिदै पूर्वराजा शाहले त्रेता यूगमा यो धरतीमा लोकहितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको संझना गराउने बताए । उनले रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भुलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दिव्य आदर्श दिन सकोस् भन्ने कामना पनि गर्नुभएको
More

भारतले किन बोलायो सीमाविद् र पूर्वसुरक्षा प्रमुखहरुलाई

काठमाडौं । भारतीय राजदूत पदभार सम्हालेको २ हप्तामै अकस्मात दिल्ली जानु र दिल्लीको निर्देशनमा नेपाल भारत सुरक्षा पहिचान र निदान शीर्षकमा हुने विशेष कार्यक्रममा नेपालका पूर्वसुरक्षा प्रमुखहरु, सीमाविद्, केही ओपिनियन क्रियटरहरुलाई समेत भारतीय निम्तो प्राप्त भएको छ । आफ्नो मुलुकमा चुनाव हुन्छ कि हुन्न भन्ने अन्योल छ, सुरक्षात्मक हिसावले अनेक चुनौतीहरु छन्, त्यसमा सहयोग र सहजकर्ताको भूमिका खेल्नुपर्नेहरु नै दिल्लीको बासमति चामलको भात खाँदै देहरादूनको चिसोमा तातो बहस गर्न जान लागेका छन् । विज्ञहरु भन्छन्– भारतले यो कार्यक्रममा पूर्वसुरक्षा प्रमुख, विशिष्ट पदमा रहेका र सीमाविद्लाई समेत निम्तो दिनु रहस्यमय छ । किन भने काठमाडौंमा १९५० को सन्धि लगायतका समस्याहरुको निदान
More

सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने बन अधिकृतसहित दुईजना पक्राउ

रौतहट । रौतहटमा ब्यक्तिको नाममा सरकारी जमीन दर्ता गर्न सहयोग गर्ने जिल्ला बन कार्यालयकै एक अधिकृतसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेका दुई जनासहित ३६ जनामाथि अनुसन्धान भइरहेको बन कार्यालय रौतहटले जनाएको छ । जिल्ला बन कार्यालय गुल्मीमा कार्यरत सहायक बन अधिकृत रामकेबल यादव र तत्कालिन रङ्गपुर गाविसका पूर्व अध्यक्ष हरिनारायण बन्ठा पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला बन कार्यालय रौतहटले जिल्ला अदालत गौरबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालेको छ । रौतहटको तत्कालिन रङ्गपुर गाबिस–५ मा रहेको राष्ट्रिय बनको १ सय २२ बिगाहा जमीन सर्लाही, ओखलढुङ्गा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोकसहित जिल्लामा बसोबास गर्ने २३ जनाको
More

एक दर्जन प्रहरी युनिटको पुनःनिर्माण सुरु

नुवाकोट । सशस्त्र दशवर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका १२ वटा प्रहरी युनिट पुनःनिर्माण गर्न लागिएको छ । भूकम्प पछिको पुनःनिर्माण अभियान अन्तर्गत नुवाकोटमा रहेकामध्ये १२ वटा प्रहरी युनिट पुनःनिर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । “सशस्त्र १० वर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पु-याएकामध्ये छ वटा प्रहरी युनिट सरकारी जग्गामा निर्माण गर्न लागिएको छ ।” प्रहरी नायब उपरीक्षक कँडेलले भन्नुभयो “अन्य ६ स्थानमा दाताबाट प्राप्त भएको जग्गा कार्यालयको स्वामित्वमा ल्याएर भवन बनाउने तयारीमा छौ ।” ट्राफिक प्रहरी कार्यालय र विदुरस्थित अस्थायी प्रहरी पोस्टका साथै देउराली कुमारी र ककनीस्थित
More

आज रामनवमी पर्व

काठमाडौं । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईंदै छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्मदिनको स्मरणमा हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाइन्छ । रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा आज राम मन्दिरमा श्रद्धा भक्तिपूर्वक पूजापाठ गर्ने चलन छ । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ । यसैबीच, रामनवमीको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठाका कारण नेपाली राज्य प्रणालीले चर्को खडेरी भोग्नुपरेको औल्याएका
More

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै आन्तरिक व्यवस्थापन र परिचालनमा प्राथमिकता दिएको छ । संविधान संशोधनतिरभन्दा तिनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन हुँदै समृद्ध नेपाल बनाउनुपर्ने आवाज उठाउँदै आएको सो दलले केन्द्रीयस्तरमा उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ । यी दुवै समितिको बैठक र समन्वयका काम नियमित र दैनिक हुन थालेका छन् । यी समितिले पनि उपसमूह बनाएर फरकफरक कामको जिम्मेवारी दिइएको छ । निर्वाचनको घोषणा हुनुपूर्व नै तय गरेका आधारमा सो पार्टीले संविधान
More

इलाममा गाई पनि रेडियो सुन्छन्

इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् । गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् । त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताउनुभयो । उहाँले त्यहाँस्थित चियाबारी एफएम,
More