Daily Archives April 6, 2017

माइती नेपालका बालबालिका नृत्य प्रस्तुत

माइती नेपालद्वारा बिहीबार आयोजित माइती नेपालको २५औं जन्मोत्सव कार्यक्रममा नृत्य प्रस्तुत गर्दै माइती नेपालका बालबालिका । तस्बिर : प्रदीपराज वन्त
More

सन्धि संशोधन, पुनःलेखन वा पुनरावलोकनमा मतैक्यताको सहमति

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को आज यहाँ सम्पन्न तेस्रो बैठकमा दुवै मुलुकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई संशोधन, पुनरावलोकन वा पुनःलेखन के गर्ने भन्ने बारेमा मतैक्यता कायम गर्न सहमति जनाएको छ । बैठकपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली समूहका संयोजक पूर्वपराराष्ट्रमन्त्री भेषबहादुर थापाले द्विपक्षीय सम्बन्धका सबै पक्षका साथै उक्त सन्धिका सबै धारामा गहन छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सौहार्दपूर्ण वातावरणमा सम्पन्न बैठकमा हामीले सबै पक्षलाई समेटेर सबै कुरा भन्यौँ, भारतीय पक्षले ध्यानपूर्वक हाम्रा प्रस्तुति सुनेको छ ।” बैठक सकारात्मक रुपमा अघि बढेको र निर्धारित दुई वर्षभित्रै निष्कर्षमा पुगिने विश्वास संयोजक थापाले व्यक्त गर्नुभयो
More

मृत्यु संस्कार सुधारक पोखरेललाई जनसंस्कृति पुरस्कार

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले यस वर्षको राष्ट्रिय जनसंस्कृति पुरस्कार हिन्दू धर्म संस्कारअन्गर्तत षोड्ष संस्कारमध्ये मृत्यु संस्कारका सुधार अभियानकर्मी शङ्कर पोखरेल (मोरङ) लाई प्रदान गर्ने भएको छ । महासङ्घबाट साहित्यकार भिक्टर प्रधानको संयोजकत्वमा गठित चयन समितिको सिफारिसका आधारमा पोखरेललाई सो रु २५ हजार राशिको पुरस्कार प्रदानको निर्णय गरेको अध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । यस्तै रु १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार युवा नाट्यकर्मी रवि कार्की (म्याग्दी) लाई प्रदान गरिने भएको छ । महासङ्घको २९ औँ स्थापना दिवसमा आवसरमा भोलि शुक्रबार आयोजना हुने कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ती पुरस्कार प्रदान गर्नुहुने बताइएको छ ।
More

जङ्गली च्याउ खाँदा थप एकको मृत्यु

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका वडा नं १६ लामाचौरमा जङ्गली च्याउ पकाएर खाँदा आज थप एक जनाको मृत्यु भएको छ । गत शनिबार जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएपछि बिरामी परेका आठ वर्षीय सोनम मगरको चरक मेमोरियल अस्पताल पृथ्वीचोकमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । विषालु च्याउ खाँदा गएराति गण्डकी मेडिकल कलेजमा १९ वर्षीया मनमाया तामाङ र मनिपाल शिक्षण अस्पतालमा ६० वर्षीया माइली तामाङको उपचारका क्रममा मृत्यु भएको थियो । च्याउ खाएर बिरामी परेका १२ वर्षीय आयुष
More

निधिलाई हटाएर सिटौला उपप्रधान र गृहमन्त्री बन्ने योजनामा

काठमाडौं । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले निवासमा मन्त्रिपरिषद्को बैठक डाकेका थिए । वरियाताक्रम नमिलेसम्म कांग्रेसका मन्त्रीले मन्त्रिपरिषद्को बैठकमा सहभागी नहुने अडान लिएपछि आजको बैठक पनि स्थगित भयो । मन्त्रिपरिषद्को बैठक नबसेको दुई साता पुग्दैछ । पटक पटक मन्त्रिपरिषद्को बैठक स्थगित भएपछि कांग्रेसबाट नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आन्तरिक छलफलका लागि आफ्नो कार्यकक्षमा कांग्रेस मन्त्रीको बैठक बोलाए । मन्त्री निधिले बोलाएको बैठकमा स्वास्थ्यमन्त्री गगन थापा केही ढिलो पुगेका थिए भने अन्य मन्त्रीहरु समयमै पुगेका थिए । उक्त बैठकलाई आधार बनाएर केही अनलाइन सञ्चारमाध्यमले गृहमन्त्री निधिको राजीनामाको हल्ला पिटियो । कांग्रेस  निकट पत्रकारको संगठन प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सञ्चालन
More

माओवादी केन्द्रले आज उम्मेदरबारको मापदण्ड तोक्ने

काठमाडौं । निर्वाचन तयारी, मधेस केन्द्रित दलको माग सम्वोधन लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको वारेमा समिक्षा हुने बताइएको छ । बैठकमा स्थानीय निर्वाचनमा मधेशी मोर्चालाई सहभागि गराउन पार्टीका तर्फवाट गर्नुपर्ने पहल लगायतका विषयमा पनि छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । स्थानीय निर्वाचनमा पार्टीको सहभागिता र तयारीका विषयमा पनि बैठकमा छलफल हुनेछ । निर्वाचनका लागि घोषणापत्र तयारी, स्थानीय निर्वाचनमा उम्मेदरबार तोक्ने मापदण्ड लगायतका विषयमा पनि माओवादीले छलफल गर्दैछ । माओवादी केन्द्रले महानगरपालिका र उपमहानगर पालिकाको उम्मेदवार पार्टी केन्द्रले तोक्ने र बाँकी जिल्लाले टुङ्गो लगाउने
More

ग्यास सिलिण्डर पड्किदा आगलागी

काठमाडौं । काठमाडौंको कपन, मिलनचोक स्थित एक होटलमा ग्यास सिलिण्डर पड्किदा आगलागी भएको छ । आज दिउसो करिव तीन बजे उक्त होटलमा रहको एक ग्यास सिलिण्डरमा ग्यास लिक भई आगो सल्किएको थियो । आगो सल्किएपछि त्यहा रहेको अर्को सिलिण्डर समेत पड्केको प्रत्यक्षदर्शीले जनाएका छन् । सिलिण्डर पड्कदा एक व्यक्ति समेत घाईते भएका छन् । आगलागीका कारण उक्त पसल पूर्णरुपमा क्षती भएको छ भने आसपासका घरका सिसा फुटेका छन् । आगलागी भएको आधा घण्टापछि पुगेको दमकल , प्रहरी र स्थानिय वासिन्दा को सहयोगबाट आगलागी नियन्त्रणमा लिईएको थियो । आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।
More

पूर्व राजाले बोलाएको भोजमा राष्ट्रपति पुगिन्, प्रधानमन्त्री नजाने !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएको भोजमा सहभागी भएकी छिन् । काठमाडौंको होटल सोल्टीमा आयोजना गरिएको भोजमा भण्डारी सहभागी भएकी हुन् । गत चैत १७ गते निर्मल निवासमा आफ्ना नाती हृदयन्द्रको व्रतबन्ध गरि शाहले आज सोल्टीमा भोज दिएका हुन् । भोजमा स्वेदेशी तथा विदेशी गरी २ हजार भन्दा बढी पाहुनालाई निम्ता गरिएको छ । भोजमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री र मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि, बिभिन्न दलका नेताहरू, उद्योगी व्यावसायी, कलाकार, सञ्चारकर्मीलगायतलाई निम्ता गरिएको छ । राष्ट्रपति सहभागी भएपनि प्रधानमन्त्री दाहाल भने सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।       तस्बिर
More

राष्ट्रपति भण्डारी ब्रतबन्ध भोजमा सहभागी

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार सोल्टी होटलमा आयोजना हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नाति हृदयेन्द्र शाहको ब्रतबन्ध भोजमा सहभागी हुँदै । तस्बिर: रोशन सापकोटा
More

अवहेलना मुद्दामा देउवाको नाममा कारण देखाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज काँग्रेसका सभापति देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा १० दिनभित्र लिखित जवाफसहित उपस्थित हुन नेपाली काँग्रेस पार्टी कार्यालयका नाममा आदेश दिएको हो । आदेशमा के कारणले अदालतको अवहेलनासम्बन्धी अभिव्यक्ति दिएको हो सोे खुलाई लिखित जवाफ पेस गर्न भनिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले नेपाली काँग्रेस र नेपाली काँग्रेसका सभापति देउवालाई अदालतको अवहेलना गरेको आरोपमा यही चैत २० गते मुद्दा दायर गर्नुभएको थियो । मुद्दामा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको
More