Daily Archives 7th April 2017

एनआरएन बेल्जियमको चुनाव १३ अगष्टमा

गैर आवासीय नेपाली संघ, बेल्जियमको कार्यसमितिको पूर्ण वैठक संघका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा आन्त्वारपेनमा सम्पन्न भएको छ । कार्यसमितिको पूर्ण वैठकमा संघका महासचिव लोकप्रसाद दाहालले प्रस्तुत गरेका विभिन्न महत्वपूर्ण एजेण्डाहरुमाथि छलफल गर्दै सर्वसम्मतले पारित गरेको संघका महासचिव दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरेका छन् । महासचिव दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिका अनुसार, बेल्जियमको आन्त्वारपेन शहरमा जुलाईको दोश्रो हप्ता शनिवारका दिन हुन गईरहेको नेपाल महोत्सव २०१७ लाई भव्यताका साथ सपन्न गर्नको लागि चिनिया दुवालको संयोजकत्वमा ३ सदस्यीय समिति तोकको छ । जसमा क्षेत्रिय रुपमा जिम्मेवारी लिनेगरी ब्रुजबाट कमल पन्थी, ब्रसेल्सबाट भीम सुवेदी र ल्युभेनका गोविन्दसिंह अधिकारी रहेको छन् । आगामी १३ अगष्ट २०१७ का
More

‘एञ्जल अन द फ्लोर’ मा डेढ दर्जन मोडल

काठमाडौं । नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा आरएनआर गु्रपले विभिन्न सांगीतिक कार्यक्रमसहित डेढ दर्जन मोडललाई ¥याम्पमा उतार्दैछ । २९ चैतमा ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुने ‘एञ्जल अन द फ्लोर–३’ नाम दिइएको फेसन शोमा १६ जना व्यवसायिक मोडलहरु प्रस्तुत हुने आयोजक संस्था आरएनआरले जनाएको छ । संस्थाकी अध्यक्ष तथा इभेन्ट निर्देशक मञ्जु श्रेष्ठले भनिन्, ‘नेपाली नयाँ वर्षको स्वागतार्थ फेसन शो गर्न लागिएको हो ।’ ‘मिङ्स भोड्का’ को मुख्य प्रायोजन रहेको उक्त ¥याम्प शोमा करिश्मा केसी, मानसी खनाल, सबनम गुरुङ, जोत्स्ना महर्जन, प्रियंका थापा, कुसुम तामाङ, हेमा हमाल, प्रेस्था राई, विद्या बस्नेत, रसिया प्रधान, सिमन गोर्खाली, रिजा, रोजा शाक्य, तिलशा बज्रचार्य,दीपा लगायतका
More

निर्वाचन भाँड्ने षडयन्त्र

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको बताउनुभएको छ । अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजग अपनाउनुपर्ने बताउनुभयो । उहाँले अझै पनि प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै मधेसमा बाहिरबाट भाडाका मानिस ल्याएर निर्वाचन भाँड्ने षडयन्त्र हुने खतरा औँल्याउनुभयो । तीन तहको निर्वाचन सम्पन्न गरेर देशलाई समृद्धिको बाटामा लैजानुको विकल्प नभएको बताउँदै उहाँले निर्वाचन नभए देश भड्खालोमा पस्ने चेतावनी दिनुभयो ।
More

मेलाको उद्घाटन समारोह

काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार घर जग्गा मेलाको उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,एमालेका अध्यक्ष केपी शर्मा ओली, उद्योगमन्त्री नविन्द्रराज जोशी । तस्बिर : रोशन सापकोटा
More

दुई चरणको निर्वाचनबारे सोच्न सकिने

विराटनगर । उपप्रधानमन्त्री विमलेन्द्र निधिले देश विरोधी, विखण्डनकारी र अपराधीका सामु कडाइका साथ पेस हुन सुरक्षा निकायलाई निर्देश गरिएको बताउनुभएको छ । पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनपछि यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले भन्नुभयो, “राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सचेत एवम् सक्षम भएकाले आआफ्ना जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछन् ।” उपप्रधानमन्त्री निधिले सरकार र मधेसी मोर्चाबीच वार्ता भइरहेको र दुई चरणमा निर्वाचन भएमा मोर्चा निर्वाचनमा भाग लिने विषयमा सहमत भएकाले सो सम्बन्धमा पनि सोच्न सकिन्छ भन्नुभयो । उहाँका अनुसार पाँच विकास क्षेत्रमा क्षेत्रीय सुरक्षा गोष्ठीको आयोजना गरिने छ । मतदाता, उम्मेदवार र मतदानमा खटिने कर्मचारीलगायत सुरक्षाका विषय तथा निर्वाचन सफलतापूर्वक सम्पन्न
More

निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल

काठमाडौं । नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले आज आयोगमा पुगेर प्रमख आयुक्त डा अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो । काँग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो । सो अवसरमा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिता, निर्वाचनमा आउन सक्ने चुनौती र ऐन कानुनमा देखिएको कमी कमजोरीबारे छलफल भएको रक्षामन्त्री खाँणले जानकारी दिनुभयो । छलफलमा उहाँहरुबीच स्थानीय तहको
More

मोर्चाद्वारा आज पनि संसद् बैठक बहिष्कार

काठमाडौं । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले शुक्रबार पनि संसद् बैठक बहिष्कार गरेको छ । शुक्रबार बसेको बैठकको सुरुमै मोर्चाका नेता तथा सासंद अकवल अहमद शाहले संविधान संशोधन प्रकृया कार्यसूचीमा नपरेको भन्दै बैठक बहिष्कार गरेका थिए । उनले संशोधन प्रकृया टुङगोमा नपुगेसम्म बैठकमा सहभागी नहुने र स्थानीय निर्वाचनसमेत नहुने दाबी गरे । मोर्चाका सांसदहरु नाराबाजी गर्दै संसद् हलबाट बाहिरिएका थिए । मोर्चाले केही समयदेखि लगातार संसद् बहिष्कार गर्दै आएको छ ।
More

लन्डनमा भूपूगोर्खाको समस्या बुझ्दै सांसदहरु

फडिन्द्र भट्टराई । समान पेन्सन लगायतका मुद्दाहरुमा लामो समय देखी आन्दोलनरत बेलायती सेनाका अवकाश प्राप्त भुतपुर्व गोर्खा सैनिकहरुको समस्या र बेलायत सरकार संगको वार्ता प्रगति बारे अध्यययन गर्न नेपालका ५ जना सांसदहरु लन्डन आईपुगेका छन्। सांसदहरुको टोलीमा सर्वदलीय संसदीय समितीका दिलमान पाख्रिन, केशरी घर्ती मगर, अईन्द्र सुन्दर नेवांग, यज्ञ राज सुनुवार र जयन्ती राई छन्। आन्दोलनरत गोर्खा हरुको निमन्त्रणामा उनीहरु लन्डन आईपुगेका हुन्। लन्डन आगमन संगै उनीहरुले बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीसंग बेलायत सरकार संग भएको वार्ता वारे जानकारी लिएका छन। दुतावासका प्रवक्ता शरदराज आरनका अनुसार उक्त भेटघाटमा राजदुत सुवेदीले गत २९ मार्चमा सम्पन्न वार्ता बारे सांसदहरुलाई
More

मधेसवादी दलले जनतालाई अल्मल्याएको छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन् ।” अध्यक्ष ओलीले “देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमालेले देशलाई पछाडि फर्काउन प्रयासलाई सफल हुन दिँदैन,” भन्दै देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताउनुभयो । यहाँका केही व्यक्तिका कारण देश गरिबी भएको उल्लेख गर्दै उहाँले हिजोको जस्तो
More

विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा

काठमाडौं । हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु-याउने भएको छ । “विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पु-याइन्छ,” हुलाक विभागद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भन्नुभयो – “हुलाकीमार्फत घरघरमा पैसा पु-याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ ।” आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र जिल्ला हुँदै घरघरमा पु-याइने छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम केही जिल्लाबाट सुरु गरिने निर्देशक अधिकारीले बताउनुभयो । हाल हुलाक सेवा विभागको ६५ जिल्लामा कार्यालय रहेको छ । विभागकाअनुसार सङ्घीय संरचनाअन्तर्गत प्रत्येक स्थानीय तहमा एउटा हुलाक
More

डेनमार्कको कोपेनहेगनमा इनास-युरोप पाँचौ क्षेत्रीय कार्यक्रमको तयारी

आगामी अप्रिल १३ र १४ तारिकका दिन डेनमार्कको राजधानी कोपेनहेगन शहर कलाकारमय हुने भएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले महादेशस्तरीय नृत्य र गायन प्रतियोगिता सहित आयोजना गर्ने पाचौं युरोप महादेशस्तरीय कार्यक्रममा युरोप स्थित कलाकार, साहित्यकार, कुटनैतिक निकायका प्रतिनिधिहरु, विभिन्न सामाजिक, सांस्कृतिक तथा अन्य सामूदायिक संघसंस्थाहरुका प्रतिनिधीहरुको निकै ठूलो जमघट हुने भएको हो। नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय पहिचान तथा युरोपबाट नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्डले शुरु गरेको ‘नेपाल भ्रमण वर्ष २०१७ युरोप’ अभियानलाई सांस्कृतिक माध्यमबाट सहयोग पुर्र्याउने अभिप्रायले आयोजना गरिन लागिएको यसपटकको कार्यक्रम अघिल्लो वर्षहरु भन्दा केहि पृथक हुने जानकारी आयोजक राष्ट्र इनास डेनमार्कका अध्यक्ष
More

निर्वाचन एकै चरणमा हुनुपर्छ : कांग्रेस

काठमाडौं । मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ भन्ने चर्चा चलिरहेका बेला नेपाली काँग्रेसले भने एकै चरणमा निर्वाचन हुनुपर्ने जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन आज यहाँ आयोजित पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताले सो धारणा राख्नुभएको हो । बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएको बताउँदै निर्वाचन एकै चरणमा र तोकिएकै मितिमै हुनुपर्ने धारणा राख्नुभएको थियो । केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले संशोधनमार्फत संविधानको स्वीकार्यता बढाएर एकै चरणमा निर्वाचन हुनुपर्ने
More

अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

दामस्कस । अमेरिकाले सिरियामा शुक्रबार मिसाइल आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा चार जना सिरियाली सैनिकहरुको मृत्यु भएको अनुगमनकर्ताले जनाएका छन् । सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले आक्रमण गरेको जनाएको छ । सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारण विरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाइल आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताउनु भएको छ । अमेरिकाले गत मङ्गलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट पारेको थियो । सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ
More

बेलायत बस्ने दिलमायाले गरिन् लमजुङको स्कुलमा ६ लाख सहयोग

लमजुङको क्व्होलासोंथर गाउँपालिका-६ पसगाउँमा रहेको पसगाउँ ठाँटी माध्यमिक विद्यालयमा एक दम्पत्तिले ६ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । गिलुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका दिलमाया गुरुङले पति नन्दप्रसाद गुरुङका साथ माइती पसगाउँको विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । बेलायतस्थित तमुधिं लन्डन इकाई आमा समितिका महासचिव समेत रहेका दिलमाया र उनका पति नन्दप्रसादको पहल र बेलायतको एलएससी कम्पनीको सहयोगमा विद्यालयमा अक्षयकोष स्थापना गरेको दिलमायाले बताइन् । भूकम्पबाट प्रभावित उक्त विद्यालयमा विद्यार्थीहरु पालमुनी बसेर अध्ययन गरिरहेको फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा देखेपछि स्कुलका लागि सहयोग जुटाउने अभियान थालेको उनले बताइन् । रकम एक कार्यक्रमकाबीच गुरुङ दम्पत्तिले विद्यालयमै
More

निर्वाचन लक्षित सुरक्षा गोष्ठी पूर्वबाट

विराटनगर । स्थानीय तहको निर्वाचन सफल बनाउने उद्देश्यले एकीकृत साझा धारणा र आवश्यक दिशानिर्देशका लागि विराटनगरमा आजबाट पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्रालयद्वारा आयोजित उक्त गोष्ठिमा पूर्वाञ्चल क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्रका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता छन् । सुरक्षा निकायबीच आपसी समन्वय, एकीकृत साझा धारणा निर्माण, आमसमस्यालाई समाधान गर्न मानसिक रुपले तयार हुने, सुरक्षाको अवस्थालगायतका विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ । गोष्ठीको उद्घाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नका लागि चुनौतीहरुको
More

रक्तक्यान्सर पीडित भण्डारीको उपचारमा सहयोग

बाबियाचौर । रक्त क्यान्सरबाट पीडित म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमकी फूलमाया भण्डारीको उपचारका लागि प्रवासीबाट बिहीबार रु दुई लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । साबिक ताकम–४ की ३३ वर्षीया भण्डारीको उपचारका लागि बेलायतबाट रु एक लाख १५ हजार र कतारबाट रु एक लाख १४ हजार आर्थिक सहयोग प्राप्त भएको हो । बेलायतमा उमेश राना र कतारमा बालकृष्ण आचार्यको पहलमा सङ्कलित रकम परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत उपलब्ध गराइएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले फूलमाया बचाउ अभियान सञ्चालन गरेको छ । अभियानमा देश–विदेशमा रहेका म्याग्देलीबाट सहयोग प्राप्त हुने क्रम जारी छ । भरतपुरस्थित बिपी
More

लमजुङमा म्यादी प्रहरीको तालिम

आगामी स्थानीय तहको निर्वाचनका लागि लमजुङबाट छनौट भएका ६७२ जना म्यादी प्रहरीले तालिम सुरु गर्दै । तीस्बर : सन्देश पौडेल
More

निर्वाचन तोकिएकै समयमा हुन्छ — केशव पौडेल, एनआरएन अमेरिका

होमप्रसाद लम्साल । न्यूयोर्क—गैरआवासिय नेपाली संघ अमेरिकाको विपक्षमा दायर एक मुद्दा अमेरिकास्थिति टेनेसी अदालतको आदेशपछि अब निर्वाचनका लागि बाटो खुलेको छ। नगेन्द्र पौडेललगायतद्वारा मार्च १९ मा दायर मुद्दामा वर्तमान कार्य समिति विघटन, नयाँ तदर्थ समिति गठन र अदालतद्वारा गठित समितिद्वारा निर्वाचन गराउन गरिएको थियो। सो मुद्दा टेनेसी अदालतले मंगलबार खारेज गरेको संघका अध्यक्ष डा.केशव पौडेलले बताए। ३ लाख नेपाली रहेको अमेरिकामा १६ हजार ८ सय ८३ ले एनआरएनका लागि सदस्यता फारम भरेका छन्। सदस्यता वितरण गर्ने समयमा उम्मेदवारको चहलपहल देखिए पनि निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्यौलले अहिले सबै सेलाएका छन्। अदालतको निर्णयले आफूहरुलाई न्याय दिएकोमा खुसी प्रकट गर्दै डा.पौडेलले
More

लन्डनमा स्वास्थ्य विज्ञहरुको भेला २२ अप्रिलमा

लन्डन । नेपाली जनस्वास्थ्य विज्ञ, अनुसन्धाता, मेडिकल स्पेशलिष्ट र अन्य स्वास्थ्यसंग सम्वन्धित पेशेवरहरुको एउटा वृहत भेला लन्डनमा हुने भएको छ । आगामी २२ अप्रिल दिउसो गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारोमा कार्यक्रम गर्न लागिएको आयोजकमध्ये एकजना जनस्वास्थ्य विज्ञ राजेन्द्र थापाले जानकारी दिएका छन् । बेलायतमा रहेका हेल्थ केयर प्रोफेशनलहरु एकै ठाउं भेला भइ आफ्ना अनुभव, दक्षता र सीप साटासाट गर्ने अनि बेलायतस्थित नेपाली समुदाय र नेपालमा रहेका सर्वसाधारणमाझ त्यो सीप र ज्ञान बांड्ने कार्यक्रमको उद्देश्य छ । ‘नेपालीलाई स्वास्थ्य रहन प्रेरित 
गर्ने हाम्रो उद्देश्य हो’, थापाले भने । १२ देखि ४ बजेसम्म हुने उक्त कार्यक्रम दुई चरणमा विभाजित हुनेछ । पहिलो चरणमा
More

एनआरएन अष्ट्रेलियका पूर्वअध्यक्ष केसी लन्डनमा

  लन्डन– गैरआवासीय नेपाली संघ अष्ट्रेलियका पूर्वअध्यक्ष एवंम व्यवसायी गणेश केसी लन्डन आइपुगेका छन् । केसी नेपालमा पहिलोपटक पकाउने विधा (कुलिनरी) लाई केन्द्रित गरेर सञ्चालनमा आएको प्यासिफिक हस्पिटालीटी एण्ड कुलिनरी एकेडेमीले लन्डनमा आयोजना गर्ने एक सेमिनारमा भाग लिन विहीवार साँझ लन्डन उत्रेका हुन् । केसीको स्वागतको लागि गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहाकार विश्वआर्दश पण्डित हिथ्रो विमानस्थलमा पुगेका थिए । उनको स्वागतको लागि गैरआवासीय नेपाली संघका संस्थापक चिरन्जीबी ढकाल, यूरोप संयोजक कुल आचार्य, पत्रकार शीव भण्डारी समेत विमानस्थलमा उपस्थित थिए । उनीसंगै व्यवसायी प्रेम सापकोटा समेत लन्डन आइपुगेका छन् । शनिवार लन्डनको सडबरी टाउनस्थित हिमालयन क्लबको सभाहल भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम
More