Daily Archives April 8, 2017

गोल्छाको भोट माग्दै मुरारका र राणा

काठमाडौं । आउँदो सोमबार र मंगलबार हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनको चुनावी सरगर्मी बढ्दै गएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने नयाँ नियमअनुसार यसपटक भवानी राणा अध्यक्ष बन्ने छन् । महासंघमा वरिष्ठ उपाध्यक्षका लागि ठूलै रस्साकसी सुरु भएको छ । उक्त पदमा किशोर प्रधान, शेखर गोल्छा र अनुप प्रधानले छुट्टा छुट्टै प्यानल लिएर मैदानमा उत्रिने भएपछि रस्साकस्सी सुरु भएको हो । महासंघ वर्तमान नेतृत्वले दुवै प्यानलबीच सहमतीको प्रयास गरिरहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सहित अन्य पदमा हालका एसोसिएट उपाध्यक्ष शेखर गोल्छा प्यानललाई जिताउन वर्तमान अध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष भवानी
More

मोर्चा र एमालेलाई मान्य हुने संविधान संशोधन : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले मधेसी मोर्चा र विपक्षी एमालेलाईसमेत मान्य हुने गरी नयाँ संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताएका छन् । शनिबार राजधानीमा रिपोर्टस् क्लबको १९औं वार्षिकोत्सव समारोहमा उनले नयाँ संशोधन विधेयक दर्ता भएसँगै मधेसी मोर्चासहित सबैपक्षले स्थानीय तहको चुनावमा भाग लिने वातावरण बन्ने दाबी पनि गरे । वैशाख ३१ गते नै स्थानीय तहको चुनाव हुने उनको भनाइ थियो । कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकार वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्नेमा दृढ नदेखिएको टिप्पणी गरे । वैशाख ३१ मै स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै उनले स्थानीय तहको संख्या थप्न नहुनेमा जोड दिए
More

कार्यक्रम अवरोध गर्न खोज्ने मोर्चा कार्यकर्ता प्रहरी नियन्त्रणमा

लहान । नेकपा एमालेको कार्यक्रममा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका १७ जना नेता, कार्यकर्तालाई प्रहरीले आज सिरहाको लहानमा पक्राउ गरेको छ । एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवान, सांसद रामचन्द्र यादव, केन्द्रीय सदस्यहरु लीलानाथ श्रेष्ठ, धर्मनाथ यादवलगायतका नेताहरुको उपस्थितिमा लहानस्थित नगरसभा हलमा आयोजित कार्यक्रममा अवरोध गर्न खोजेपछि मोर्चाका १७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यक्रममा अवरोध गर्न जाँदा बाटोमै रोकेर मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिनुभयो ।
More

निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यक : प्रमुख आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट सहयोग र प्रतिबद्धता हुने विश्वास व्यक्त गर्नुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको १९औँ वार्षिकोत्सव समारोहमा उहाँले निर्वाचन आयोग तयारीका हिसाबले दिन गन्ती सुरु गरी अत्यन्तै मेहनतका साथ मध्यचरणमा पुगेको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते हुँदैछ । उक्त निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत भइसकेको छ । प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “ऐतिहासिक यो महान अभियानको जिम्मेवारीलाई पूरा गर्न आम नागरिक, राजनीतिक दल र सबैपक्षबाट सहयोग र सद्भाव होस् ।
More

विद्युत् ठगी धन्दामा दरबारमार्गको होटल अन्नपूर्ण संलग्न

काठमाडौं । राजधानीको दरबारमार्गमा रहेको होटल डेला अन्नपुर्ण प्रालीले होटल परिसरमै सन्चालित पसलहरुसँग सरकारले तोकेभन्दा बढि विद्युत महशुल उठाउदै आएको तथ्य बाहिर आएको छ । विद्युत प्राधिकरणले तोकेको महशुलमा दश प्रतिशतभन्दा बढि लिन नपाउने नियम भएपनि होटलले दुई सय प्रतिशतभन्दा बढि महशुल असुली गरिरहेको खुल्न आएको हो । दरबारमार्गमा रहेको होटल डेला अन्नपुर्ण प्रालिले परिसरमा भाडामा सञ्चालित दमास ज्वेलरीसँग सरकारी रेटभन्दा धेरै महशुल उठाएको हो । विद्युत प्राधिकरणले प्रति युनिट विद्युत महशुल बाह्र रुपैया नब्बे पैसा तोकेको छ । तर नौ वर्ष देखि परिसरमा सञ्चालित ज्वेलरीसगँ अन्नपुर्ण होटलले प्रति युनिट ३८ रुपैयाँ बहत्तर पैसा महशुल लिने गरेको छ । चर्को
More

आँखा अस्पतालको वार्षिकोत्सव

नेपाल आँखा अस्पतालको ४३औँ वार्षिकोत्सव समारोहका अवसरमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेका बिरामीहरु । तस्बिर: रोशन सापकोटा
More

अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । उहाँ नियमित उपचारका क्रममा बैंकक जानुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराउनुभयो । उहाँ दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुभएको हो । पछिल्लोपटक भदौ अन्तिम साता उहाँ उपचारका क्रममा बैँकक जानुभएको थियो । उहाँ उपचार गरेर एकसातापछि स्वदेश फर्कनुहुने प्रेस संयोजक अधिकारीले बताउनुभयो । मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहनुभएको छ ।
More

एघार स्थानमा जनता स्वास्थ्य केन्द्र खोल्ने सम्झौता

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौँ महानगरपालिकामा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रर्वद्वन केन्द्र) खोल्न काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ । स्वास्थ्य परामर्श, आधारभुत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको एकीकृत प्याकेज पु-याउन सरकारले प्रर्वद्वन खोल्न लागेको हो । स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा महानगर प्रमुख एवम् कार्यकारी अधिकृत इश्वरराज पौडेल र स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । मन्त्रालय र महानगरपालिकाको साझेदारीमा पहिलो चरणमा महानगरपालिकाका ११ वटा वडामा सुरु हुन लागको हो । यो सेवा आगामी ३ बर्षभित्रमा सबै वडामा विस्तार गरिसक्ने योजना मन्त्रालयले बनाएको छ । जनता स्वास्थ्य केन्द्रवाट नसर्ने रोगको नियन्त्रण, स्वास्थ
More

किन बड्दैछन् नेपालमा डिप्रेसनका रोगी

विश्वमा जस्तै नेपालमा पनि विभिन्न कारणले उदासीनता अर्थात् डिप्रेसनका रोगी बढेको चिकित्सकले बताएका छन् । अझै पनि मानसिक समस्यालाई लुकाएर राख्ने उपचारमा नजाने कारणले गम्भीर खालका घटनामा वृद्धि भएको छ । यसबारेमा सबैले खुलेर कुरा गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा सरोजप्रसाद ओझा बताउनुहुन्छ । यस वर्ष विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘डिप्रेसनः लेट्स टक’ अर्थात् उदासीनताबारे खुलेर कुरा गरौँ भन्ने नारालाई वार्षिक अभियानकै रुपमा अगाडि बढाएको थियो । उदासीनता कमजोरी नभई एउटा रोग भएकाले उपचार गरे निको हुने बताइएको छ । नेपालमा नौ हजार व्यक्ति उदासीनताबाट पीडित भएको जनाइएको छ । सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा करिब तीन करोड मानिस
More

बेगखोलामा यस्तो बन्दैछ खानेपानी आयोजना

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ बेगमा रु सात करोड भन्दा बढीको लागतमा वृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीमार्फत रु सात करोड २५ लाखको लागतमा आयोजना निर्माण हुनलागेको हो । छ चरणमा निर्माण हुने आयोजनाबाट बेग, सीमफाँट, सिरबारी, सेउलु, बादुक र औलाका चार सय ५० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष पूर्ण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारको ८० प्रतिशत अनुदान, उपभोक्ताको १९ प्रतिशत श्रमदान र एक प्रतिशत नगद सहभागितामा आयोजना निर्माण हुन लागेको हो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने उपभोक्ता समितिका सहसचिव
More