Daily Archives 9th April 2017

गोरखामा एनआरएनको अर्को सहयोग, एनआरएन नेदरल्याण्डले स्कुल बनाउने

एनआरएनले भूकम्पपीड़ितका निम्ति सयौ घरहरू बनाइरहेको गोरखा जिल्लामा एनआरएन नेदरल्याण्ड्सले विद्यालय भवन बनाउन आर्थिक सहयोग गर्ने भएको छ । एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष हिमाल गुरुङ्गका अनुसार १३ लाख ७४ हजार ४ सय ७४ रुपैंया आर्थिक सहयोग गर्ने गरी गोरखा जिल्लाको मान्बु गाविस वडा नम्बर ६ पोखरीचोकस्थित सिद्धार्थ बनस्थली निम्न माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माण गरिदिन लागिएको हो । भवन निर्माणका लागि एनआरएन नेदरल्याण्ड्सका वरिष्ठ उपाध्यक्ष केशवराज पाण्डे, उपाध्यक्ष महेन्द्र सुवेदी, उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भवन निर्माणका लागि पहिलो किस्ता स्वरुप ७ लाख १५ हजार रुपैंया प्रदान गरिसकिएको छ । सम्झौतापत्रमा हस्ताक्षर
More

मन्त्री निधिको राजीनामा खल्तीमै, भोलिको मन्त्रिपरिषद् बैठकमा निस्कने !

काठमाडौं । नेपाली कांगे्रसको तर्फबाट प्रतिनिधित्व गरेर सरकारमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि वरियता नमिलेपछि आज आइतबारका लागि तय भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाउने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री निधिको राजीनामा रोकिदिए । सभापति देउवाले टेलिफोन गरेर मन्त्री निधिलाई राजीनामा नबुझाउन निर्देशन दिएपछि उनको राजीनामा आज खल्तीमै रह्यो । नेपाली कांग्रेसले कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जानुअघि पार्टी सभापति देउवाले मन्त्री निधिलाई फोन गरेर राजीनामा नबुझाउन भनेका थिए । पार्टी सभापतिको उक्त निर्देशनलाई आत्मसात गर्दै मन्त्री निधिले राजीनामा बुझाएनन । राजीनामा नबुझाए पनि उनी प्रधानमन्त्री दाहालले निवासमा बोलाएको मन्त्रिपरिषद्को
More

आधा रातमा कसरी तयार भयो महामन्त्री कोइरालाको विज्ञप्ति

काठमाडौं ।‘अदालतलाई संसदको मातहतमा राख्नुपर्छ’ भनेर दिएको अभिव्यक्ति २४ घन्टा नबित्दै आफैले खण्डन गरे । महामन्त्री डा. कोइरालाले अदालतविरुद्ध दिएको अभिव्यक्ति भाइरल बनेपछि केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले खण्डन गर्न आग्रह गरे । शर्माको सक्रियतामा शनिबार राति ११ बजे खण्डन तयार भएको थियो । घर पुगेर सुतिसकेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल र सुचना अधिकृत केशव रिजाललाई पार्टी कार्यालयमा बोलाइयो । केन्द्रीय सदस्य शर्माले ड्राफ्ट गरेको पे्रस विज्ञप्तिमा महामन्त्री डा. कोइरालाको पार्टी कार्यालयमा स्क्यान गरेर राखिएको हस्ताक्षर राखिएपछि सबै सञ्चारगृहमा इमेल गरिएको थियो । आधा रातमा जारी गरिएको उक्त विज्ञप्ति भोलिपल्ट प्रायः कुनै पनि सञ्चारमाध्यमले कभर गरेनन् । उक्त विज्ञप्तिमा
More

नायक हमाल दाङमा

आइतबार दाङ आएका नायक राजेश हमालसँग तस्बिर लिँदै युवायुवती । तस्बिर : बालाराम खड्का
More

नयाँ वर्षमा मुसहर समुदायलाई नयाँ घर

बर्दिवास । महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती आगामी वैशाख १ गते मुसहर समुदायलाई हस्तान्तरण गरिने भएको छ । गत पुस २५ गते शिलान्यास गरेर निर्माणको काम थालिएको सो बस्ती निर्माणको कार्य सम्पन्न भइसकेको धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेलले आज बर्दिवासमा आयोजित सर्वपक्षीय बैठकमा जानकारी दिनुभयो । फाउन्डेसनले निर्माण सुरु गरेको ९५ औंँ दिनभित्रै काम सकिएको छ । वैशाख १ गते बिहान ८ बजे सुरु हुने हस्तान्तरण समारोहमा गत पुस २५ गते हास्यकलाकार मह जोडीले शिलान्यास गरेको सो बस्तीमा ५० घरधुरी मुसहरका लागि ५० घर, एउटा सामुदायिक भवन, दुई सार्वजनिक शौचालय, बालोद्यान, दृश्यस्तम्भ र मुसहरका कुलदेवता दिनभद्रीको मन्दिर बनेका छन्
More

२०७३ मा वैदेशिक रोजगार : समस्याको पहिचान भयो तर समाधान खोजिएन

काठमाडौं । वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको, कामदारलाई दोहोरो करारपत्रमा हस्ताक्षर गराउने, अवैध रुपमा खाडीमा घरेलु कामदार पठाउने, विभिन्न नाममा मलेसिया जानेप्रति कामदारबाट अवैध रुपमा १७ हजारभन्दा बढी रकम असुली राखिएको जस्ता विषयको स्पष्ट रुपमा पहिचान भए पनि तिनीहरुमाथि सरकारले कारबाही गर्न सकेन । समस्याको पहिचान भइसकेपछि त्यसको निदानमा लाग्नुको साटो सरकारले देखेको नदेख्यै गरी बस्नाले यो वर्ष पनि वैदेशिक रोजगार सुरक्षित र व्यवस्थित हुन सकेन । श्रम तथा रोजगार मन्त्रालयले गतवर्ष असार २१ गतेदेखि कतार, बहराइन, साउदी अरब, संयुक्त अरब
More

नेपथ्यको गृह मैदानमा खुशीको आँसु

पोखरा । अमृत गुरुङले ‘ए साइँला’ र ‘ए साइँली’ भनेर भाका हाल्नेबित्तिकै जताततै तन्नेरीहरु उफ्रिन थालिसकेका थिए । यो भाकालगत्तै गाउनलागेको गीत सधैजस्तै ‘चरि म¥यो शिशैको गोलीले’ हो भन्नेमा पोखरेली युवाहरु ढुक्क थिए । तर, शनिबार बेलुकी यहाँस्थित रंगशालामा कुरा बेग्लै भइदियो । लगातार दुइ घन्टासम्मको प्रस्तुतीमा त्यो गीत गाइएन। भाका सुन्नेबित्तिकै नाच्नका निम्ति खुट्टा उचालेका तन्नेरीहरु आश्चर्यमा परे । तर, यसरी भाकाले झुक्किएका भए पनि जुन गीत सुनाइयो त्यसले पोखरेलीहरुको स्थानीयता अझ भक्कानिएर आयो– ‘मर्दी खोला घुम्दै आएँ है साइँलीमाइली मेलैमा’ प्रायः नेपथ्यको कन्सर्टमा नसुनिने यो दुई दसक पुरानो गीत पोखराको प्रस्तुतीलाई बेजोड बनाउनै साँचेर राखेको साबित भइदियो ।
More

तीन लाख उम्मेदवार हुने : एक सयभन्दा बढी तेस्रोलिङ्गी मतदाता

काठमाडौं । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार ८२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । तीमध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष, ६९ लाख ८४ हजार छ सय २५ महिला र एक सय ४३ तेस्रो लिङ्गी छन् । विसं २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै
More

एनसेलले कर तिर्नुपर्छ, छुट दिउँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एनसेललाई कुनै पनि हालतमा कर छुट नदिने र राज्यलाई तिर्नुपर्ने करका विषयमा सम्झौता नहुने दृढता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “एनसेलले राज्यलाई तिर्नुपर्ने कर तिर्नु पर्दछ । कुनै पनि सर्तमा छुट दिइँदैन, दिने भन्ने पनि हुँदैन । तर विगतमा कर नतिराई बिक्रेता किन भाग्यो वा भगाइयो भन्नेबारेमा पनि छानबिन हुन्छ र दोषीमाथि कारबाही गरिन्छ ।” एनसेलको तत्कालीन प्रवद्र्धक टेलियाले मलेसियाली कम्पनी एक्जियटालाई स्वामित्व हस्तान्तरण गर्दा बिक्रीवापतको पुँजीगत लाभकर तिरेको छैन । रु एक खर्ब ४४ अर्बमा बिक्री भएको एनसेलले पुँजीगत लाभकर मात्रै रु ४३ अर्ब तिर्नुपर्ने देखिन्छ ।
More

मन्त्रिपरिषद् बैठक आज पनि नबस्ने, विशेष कारण भन्दै भोलिका लागि सारियो

काठमाडौं । उपप्रधानमन्त्रीको वरियताक्रमको विवाद र नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषय टुङ्गो नलागेपछि मन्त्रिपरिषद्को बैठक फेरि स्थगित गरिएको छ । यस अघिका बैठक पटक–पटक तोक्दै, सार्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले आजको बैठक पनि ‘विशेष कारणबस’ भन्दै सारेका हुन् । नियमित रुपमा सोमबार र बिहीबार बस्दै आएको बैठक प्रधानमन्त्रीले आज दिउँसो ३ बजेका लागि बोलाएका थियो । राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याएपछि उनलाई चौथो हैसियतमै राखेर मन्त्रिपरिषद् बैठक राखेका प्रधानमन्त्रीले निधिलाई एकाएक तेस्रो हैसियतमा पुर्‍याएपछि चैत ३ गतेपछि मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मन्त्रिपरिषद्ले नियुक्त गरेको प्रहरी महानिरीक्षक सर्वोच्च अदालतले बदर गरेकाले अर्को नियुक्ति प्रक्रिया समेत
More

मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि

हेटौँडा । पाश्चात्य मुलुकको अनुकरणसँगै मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख््यामा वृद्धि भएको छ । विभिन्न सामाजिक सङ्घ–संस्थाको सहयोगमा समाजमा समान हैसियतका लागि महिलावर्गले सङ्घर्ष गर्दै आएका छन् भने पछिल्लो समय सानातिना विवादले पनि सम्बन्धविच्छेद हुने गरेको यसै क्षेत्रका काम गर्नेहरुको अनुभव छ । स्थानीय निकायमा मेलमिलाप केन्द्रको व्यवस्था भएपनि वैदेशिक रोजगार, विलासिताको लागि भइरहेको अस्वस्थ प्रतिस्पर्धालगायतले पनि सम्बन्धविच्छेदको कारण बन्ने गरेको भिमफेदी गाँउपालिका मेलमिलाप केन्द्रका अध्यक्ष गोपालप्रसाद पनेरुको भनाइ छ । उहाँ भन्नुहुन्छ ¬– “महिला हिंसामा परेका महिलाको हकमा मेलमिलाप गराउँदा पनि कतिपय घटना बारम्बार दोहोरिने गरेका कारण अहिले महिलाले सहनुभन्दा अलग बस्नु उचित ठान्न थालेका छन्। ” उहाँ भन्नुहुन्छ– “श्रीमान्
More

भृकुटीमण्डपमा घरजग्गा मेला

काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित ‘छैटौँ घरजग्गा मेला–२०७३’मा आइतबार अवलोकन गर्दै सर्वसाधराण । सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् । तस्बिर: रोशन सापकोटा
More

बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ

धनुषा । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी रहेको आरोपित दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो । घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको
More

भूकम्पपीडितका लागि आयात गरिएको जस्तापाता वीरगन्जमै

पर्सा । भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । नेपाल सरकारको आदेशमा साल्ट्र टे«डिङ कर्पोरेसनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि चौरमा भण्डारण गरेर राखिएको हो । भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र टे«डिङले २०७२ सालको साउनमा भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको ३० लाख २० हजार ६६२ केजी जस्तापाता आयात गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ती सबै जस्तापाता खुल्ला चौरमै राखिएका कारण खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् । आपूर्ति मन्त्रालयको आपूर्ति तथा व्यापार विभागबाट कुनै निर्देशन नआएकाले
More

खोटाङ सेवा समाज युकेद्वारा सात एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन सहयोग

खोटाङ । खोटाङ सेवा समाज बेलायत युकेले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । समाजले दुई वर्षसम्म अभियान सञ्चालन गरेर जम्मा गरेको रकमले खरिद गरेको एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन शनिबार दिक्तेलमा एक कार्यक्रम गरी उपलब्ध गराएको हो । जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाख ३१ हजारको एम्बुलेन्स प्रदान गरेको एम्बुलेन्स परियोजनाका सचिव टङ्क थापाले जानकारी दिनुभयो । समाजले जन्तेढुङ्गा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ गाउँपालिकामा पर्ने डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, रुपाकोट
More

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको विरोध छोड्नुभयो

पाम बिच । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छोड्नुभएको छ भने शुक्रबार चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि उहाँहरूबीच उत्कृष्ट सम्बन्ध रहेको बताउनुभएको छ । फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताउनुभयो । उहाँले यस विषयमा वास्तवमै प्रगति भएको बताउनुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने बताउनुभएको थियो । चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुभयो । बेइजिङका सबैभन्दा शक्तिशाली नेता राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई
More