Daily Archives 10th April 2017

आधा रातमा नवनियुक्त आईजीपीलाई फुली

काठमाडौं । सरकारले नवनियुक्त आईजीपी प्रकाश अर्याललाई राति १० बजे फुली लगाइदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । सपथका लागि गृहमन्त्रालयका उच्च अधिकारी, सुरक्षा प्रमुखलाई आधा रातमा मन्त्रालयमा बोलाएर गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त अर्याललाई फुली लगाइ दिनेछन् । कानुनी रुपमा आफू बलियो हुनका लागि सरकारले आईजीपीलाई राति नै फुली लगाइ दिने निर्णय गरेको जानकारहरु बताउँछन् । गृहमन्त्री विमलेन्द्र निधिका कानुनी सल्लाहकार अरुणकुमार पञ्जियारका अनुसार अदालतले नै कार्य सम्पादन मूल्यांकनका आधारमा नियुक्त गर भनेकाले प्रकृया पूरा गरेर सरकारले आईजीपी नियुक्त गरेको हो । सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा आईजीपी नियुक्त गरेर फुली लगाइदिइ सकेपछि
More

काँग्रेसले सबै तहमा प्रचार समिति गठन गर्ने

काठमाडौं । नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि आगामी वैशाख २ गतेभित्र ७४४ तहमै प्रचारप्रसार समिति गठन गरिसक्ने भएको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको आज बसेको बैठकले यही चैत ३१ गतेभित्र अनिवार्य रुपमा सबै जिल्लामा प्रचारप्रसार समिति गठन गर्न परिपत्र गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त समिति गठन गर्दा जिल्लास्थित पार्टीको जिल्ला प्रचार विभाग प्रमुखको संयोजकत्वमा, नेपाल प्रेस युनियनको अध्यक्ष वा युनियनले तोकेको प्रतिनिधिलाई सहसंयोजक बनाउन निर्देशन दिइएको छ । जिल्ला प्रचारप्रसार समितिलाई आगामी वैशाख २ गतेभित्र जिल्लाभित्रको सबै स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्न पार्टीले निर्देशन दिएको छ । समिति गठन
More

एमालेले किन माग्यो गृहमन्त्री निधिको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा मागेका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद रेवतीरमण भण्डारीले प्रधानमन्त्रीय प्रणालीमा ‘क्याबिनेट’मा जान्न भन्ने मन्त्रीलाई पदमा बस्ने अधिकार नहुने भन्दै निधिलाई राजिनामा गर्न सुझाव दिएका हुन् । उनले प्रहरी प्रमुख नियुक्त गर्न नसक्ने सरकारले निर्वाचनमा कसरी सुरक्षा दिन्छ ? भन्ने प्रश्नसमेत गरे । यसअघि एमालेबाटै प्रतिनिधित्व गर्ने सांसद सत्यनारायण मण्डलले मधेसी मोर्चाका कार्यकर्ता नसुध्रिए आफूहरु पनि कानून हातमा लिन बाध्य हुने चेतावनी दिएका थिए । आफ्नो घर पुगेका मोर्चाका कार्यकर्ताले श्रीमति र बुहारीलाई लछार–पछार गरेको भन्दै उनले मधेसी मोर्चाको उदण्डतालाई सरकारले नै
More

अपहरण आरोपमा तीन पक्राउ

झापा । जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित तीनलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका घर भई जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत खरिदार तेजेन्द्र न्यौपाने, सोही स्थानका प्रेम न्यौपाने र भूपू कान्छा भनिने अजय राई रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुले शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी खाली कागजमा हस्ताक्षर गराउँदै रु १५ करोड मूल्य पर्ने जग्गा प्रेम न्यौपानेका नाममा रजिष्ट्रेशन पास गराएका थिए । विष्टको नाममा दर्ता कायम रहेको अनारमनी–७ स्थित भद्रपुर रोडको १६९ र १७०
More

उपसभामुख यादवसँग अमेरिका न्युजर्सीका उपसभामुख जोनसनको भेट

काठमाडौं । अमेरिकी राज्य न्युजर्सीका उपसभामुख गोर्डन एम जोनसनले उपसभामुख गंगाप्रसाद यादवसँग भेट गरेका छन् । संसद भवनमा भएको भेटमा दुई पक्षीय सहयोग आदान–प्रदानबारेमा छलफल भएको थियो । अमेरिकी संघीय संरचनाबारे पनि छलफल भएको थियो । उपसभामुख यादवको निमन्त्रणामा जोनसन नेपाल भ्रमणमा आएका हुन् । उपसभामुख यादवका राजनीतिक सल्लाहकार शम्भुप्रसाद घिमिरेका अनुसार जोसन बैशाख २ गतेसम्म नेपाल भ्रमणमा रहनु हुने भएको छ । भ्रमण टोलीमा एम जोनसनका श्रीमति ज्याक्लिन एम जोनसन, वातावरण तथा भूसंरक्षण समितिका अध्यक्ष टिम इस्टेन्सन, मुख्य सचिव चिल्स हिलम्यान छन् । उपसभामुख जोनसनले भोलि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायतसँग भेट गर्ने कार्यक्रम
More

नेपालमा दक्ष जनशक्तिले अभाव कम गर्न आग्रह

स्वदेशमा लगानीमात्र होइन, दक्ष जनशक्ति समेत उत्पादन गर्न गैर आवासीय नेपालीलाई सुझाइएको छ । मासिक ४० हजार श्रमिक रोजगारीका लागि विदेशिएको जनाउंदै लन्डनमा आयोजित एक कार्यक्रमका सहभागीले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न खांचो रहेको औंल्याए । नेपालस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी एकेडेमीले लन्डनमा आयोजना गरेको एक सेमिनारमा उक्त एकेडेमीका सञ्चालक एवं एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले ९८ प्रतिशत नेपाली निम्न स्तरको लेबर काममा विदेश जाने गरेको दृष्टान्त पेश गर्दै अब आर्थिक समृद्धि र रोजगारीका लागि एनआरएनले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । ‘नेपालमा व्यवसायिक शिक्षाको महत्व र विश्वमा सीपमुलक रोजगारीको माग’ विषयक उक्त सेमिनारमा केसीले दक्ष जनशक्तिकै लागि
More

बेलायती विदेशमन्त्रीको मस्को भ्रमण रद्द

बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गर्नुभएको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उहाँको कार्यालयले शनिबार जानकारी दिएको छ । विदेशमन्त्री जोनसन सोमबार मस्को भ्रमणका लागि जानुहुने कार्यक्रम तय भएको थियो । उहाँले अमेरिकी तथा अन्य अधिकारीसँग सम्पर्क गर्नु र अप्रिल १०–११ मा जीसेभेनको बैठक गराउनु उहाँको प्राथमिकता भएको बताउनुभयो । उहाँले सिरियामा असादको सरकारले निरपराध नागरिकमाथि रासायनिक हतियार प्रयोग गर्दा पनि निरन्तर समर्थन गरेको भनी रसियाको आलोचना गर्नुभयो । उहाँले शुक्रबार अमेरिकाले सिरियाको होम्स नजिकै सिरियाली सैनिक क्षेत्रमा ५९ वटा टमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमा समर्थन जानाउनुभएको छ । सिरियाको खान सेखुन
More

नेपाल प्रहरीको महानिरीक्षकमा प्रकाश अर्याल

सरकारले सोमबार साँझ डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने भएको छ। अर्याललाई आइजीपीमा नियुक्त गर्न मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा जारी छ। अदालतले जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारी निर्णय बदर गरेपछि वरिष्ठता र मूल्यांकनका आधारमा अर्याललाई नियुक्त गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका डीआईजी प्रहरीको नयाँ प्रमुख बन्नेछ । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यसम्पादनमा पहिलो हुनेलाई आईजीपी बनाउन निर्देशन दिएको थियो ।
More

एनआरएनको नमस्ते अभियानमा संस्थापक अध्यक्ष डा. महतो सकृय

नेपालको आर्थिक विकासका लागि पर्यटन सबभन्दा प्रभावकारी माध्यम भए पनि यसको समयोचित प्रबद्र्धन हुन नसक्दा यो क्षेत्रबाट लिन सकिने लाभ मुलुकले लिन सकेको छैन । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रले करिब तीन प्रतिशत योगदान गरेको छ । यो आँकडा ह्वात्तै बढाउन नसकिने हैन । त्यसैले विदेशमा रहेका नेपालीहरुअहिले नेपालको पर्यटन प्रबद्र्धनमा लागिरहेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आइतबारदेखि सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गैरआवासीय नेपाली सङ्घ, पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था लगायतको सहयोगमा अभियान सुरु भएको हो । राजधानीमा आयोजित
More

नेउबा महासंघको साधारण सभामा कुलमान घिसिङलाई सम्मान

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१ औं साधारणसभा काठमाडौंमा सुरु भएको छ । नयाँ नेतृत्व चयनसमेत गर्ने साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पूँजीको आवत–जावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गर्नुपर्ने औल्याएका छन् । मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन निर्यात व्यापारमा शून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पूँजीको आवत–जावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । महासंघले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट सम्मान गरेको छ । उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण
More

स्मारिका विमोचन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल उद्योग वाणिज्य महासङ्घको ५१ औं साधारणसभामा सोमबार काठमाडौँमा स्वर्ण वर्ष स्मारिका विमोचन गर्दै । तस्बिर : रोशन सापकोटा
More

बेनी अस्पतालप्रति जनविश्वास बढ्यो

हर्नियाको समस्या भएका रघुगंगा गाउँपालिका–३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनीस्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गराउनुभयो । ‘बि’ नेगेटिभ रगत र मुटुको समस्याले थलिएकी धौलागिरी–२ लुलाङकी ५१ वर्र्षीया मनकुमारी बिकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गर्नुभयो । पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश हुँदै घर फर्कने क्रममा बिकलाई आफन्तले अन्तिम अवस्थामा बेनी अस्पताल पु-याएका थिए । चिकित्सकका अनुसार बि नेगेटिभ रगतको कमी र उनको मुटुको चाल प्रतिमिनेट ७५ भन्दा माथि हुनुपर्नेमा ४६ मा झरेको थियो । दाहिने खुट्टा र कम्मरलाई जोड्ने ठाउँमा भएको सङ्क्रमणका कारण एउटा खुट्टा चलाउनै नसक्ने गरी कुँजिएपछि गत माघमा बेनी अस्पताल ल्याइएकी लुलाङकै
More

नेपाल एयरलाईन्सका सिनियर क्याप्टेननै अबैध अमेरिकी डलरसहित पक्राउ

काठमाडौं । नेपाल एयरलाईन्सका सिनियर क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन् । पाइलट जस्तो व्यक्ति यति ठूलो डलरसहित पक्राउ परेपछि प्रहरी पनि अचम्ममा परेको छ । आईतबार साँझ आरए २२९ जहाजको उडान भर्नका लागि एयरपोर्ट पुगेका अवालेलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिईएको त्रिभुवन विमानस्थलका एसएसपी प्रेम चन्दले जानकारी दिए । यति ठुलो रकम कहाँ बाट आयो त्यो भने अहिले सम्म खुल्न सकेको छैन ।
More

संविधान संशोधनको नयाँ प्रस्ताव आज दर्ता हुने

काठमाडौं । सरकारले आज संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । संघीय आयोग गठन गरी प्रदेश सिमांकनको विषय टुङ्गो लगाउने तथा नागरिकता, भाषा, माथिल्लो सदनमा प्रतिनिधित्व लगायतका विषयलाई यसअघि दर्ता भएको प्रस्ताव अनुसारनै टुङ्गो लगाउने गरी नयाँ संशोधन प्रस्ताव अघि वढाउने सरकारको तयारी छ । नयाँ संशोधन प्रस्तावलाई लिएर आजै सरकार र मधेसी मोर्चाबीच वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संशोधन प्रस्ताव पारित गरी चुनावमा सहभागीताका लागि मोर्चालाई आग्रह गर्नुहुने वताइएको छ । यसअघि प्रधानमन्त्री दाहालले मोर्चा नेताहरुसँग आइतबार छुट्टा छुट्टै वार्ता गरेका थिए ।
More

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु, सुरक्षाको चिन्ता

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुँदैछ । यससँगै भक्तपुर जात्राको रौनकमा झुम्न थालेको छ । तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने गदर्छ । आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । रथ तान्नुअघि रथमा खड्ग, तरबार, निशान राख्ने
More

स्थानीय तहको निर्वाचन एकै चरणमा : सचिव मैनाली

सिन्धुली । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताउनुभएको छ । न्धुलीको धुराबजारमा निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षक तालिमको उदघाटन सत्रमा बोल्नुहुँदै सचिव मैनालीले हिमाल, पहाड र तराईमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम छ भन्नुभयो । निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको अवस्थामा निर्वाचनको मिति सर्ने सम्भावना नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “अहिलेसम्म केही जिल्लाका मतदाता परिचयपत्र छपाइ सकिएको र बाँकी जिल्लाको पनि छपाइ कार्य सम्पन्न गरी बैशाख २७ गतेभित्र सबै जिल्लाका मतदान स्थलमा पु-याइनेछ ।” सो प्रशिक्षक तालिममा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सहभागिता
More

बालिका बलात्कार अभियोगमा दुईजना जेल सजाय

गाईघाट । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ । यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५ हजार दण्डजरिवाना गर्ने फैसला गरेको छ । पुर्पक्षका लागि थुनामा राखेर बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त राई र पाठकलाई जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले जेल सजाय र दण्डजरिवानाको फैसला गरेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार ऋतबहादुर मगरले बताउनुभयो । यस्तै राईलाई जिल्ला अदालत उदयपुरका
More

हाम्रो पोशाक, चाडपर्वबारे छोराछोरीले सोध्ने प्रश्नहरुको जवाफ तयार गरौं

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर क्षेत्रीले जिन्दगीका दुखसुख, आरोह अवरोहहरु सबै एकै ठाउँमा बाँडन नेपाली समुदायले मनाउने उत्सवहरुको निकै महत्व रहने बताउनुभएको छ। सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स (एसएनपी) युकेले नयाँ वर्ष २०७४ को अवसरमा दक्षिण पूर्वी लण्डनस्थित वेलिङमा शनिबार आयोजित समारोहमा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो। उहाँले डा. बच्चुकैलाश कैनीले लेख्नु भएको एक कवितामा छोराले आफ्ना बुवालाई हामी बेलायती हौं कि नेपाली? भनी प्रश्न गरेको स्मरण गर्दै अब त्यस्ता प्रश्नहरुको साथै हाम्रो पोशाक, हाम्रा चाडपर्व आदिबारे हाम्रा छोराछोरीले सोध्ने प्रश्नहरुको जवाफ तयार पारेर राख्नुीपर्ने सुझाव पनि दिनुभयो। सो अवसरमा राजदूत सुवेदीले सोसाइटीको पहिलो मुखपत्रको अनावरण गर्नुकासाथै
More

स्टकहोम आक्रमणमा स्वीस, बेलायती र बेल्जियन नागरिक भएको पुष्टि

स्टकहोम । गत शुक्रबार स्वीडेनको राजधानी स्टकहोममा ज्यान गुमाउने चार जनामध्ये दुई स्वीडेनी, एक बेलायती र एक जना बेल्जियन नागरिक भएको स्वीडेनको प्रहरीले पुष्टि गरेको छ । स्वीडेनको प्रहरीको टेलिभिजन (एसटीभी) ले प्रहरी स्रोतलाई उद्धृत गर्दै भनेको छ, “शुक्रबार मध्य स्टकहोममा आतङ्कवादी हमलामा परी मृत्यु हुने सबै जनाको परिचय खुलेको छ ।” प्रहरीका अनुसार मृत्यु हुने दुई स्वीडेनी एक बेलायती र एक बेल्जियन नागरिकको परिवारलाई सम्बन्धित स्रोतमार्फत् जानकारी गराइसकिएको छ । हमलामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा १५ जना घाइते भएका थिए भने चार जनाको अवस्था गम्भीर
More