Daily Archives April 11, 2017

राष्ट्रिय जनमोर्चाले ४२ जिल्लामा उम्मेदवार छान्यो (नामावली सहित)

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय उम्मेदवार छनोट समितिको बैठकले विभिन्न जिल्लाहरूबाट प्रस्तावित ३÷३ जना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप–प्रमुखका उम्मेदवारको नामावलीलाई छलफल गरी निम्न अनुसारका जिल्लाहरूको उम्मेदवार छनौट गरेको छ । कतिपय जिल्लाहरूबाट उम्मेदवारहरूका नामावली नआइपुगेकाले तिनीहरूबारेपछि निर्णय गरिने छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष वा नगरपालिकाका प्रमुख र उपप्रमुख बाहेक अन्य उम्मेदवारहरूबारे निर्णय गर्ने अधिकार सम्बन्धित जिल्ला समितिलाई नै हुने छ । विभिन्न जिल्लाहरूमा अन्य राजनीतिक पक्षहरूसित आवश्यकताअनुसार तालमेलको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्ला समितिलाई नै दिइएको कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौँ । (१) कञ्चनपुर १. महाकाली नगरपालिका प्रमुख – भक्तबहादुर सुनार, उप–प्रमुख
More

अदालतको सम्मान र सरकारको कार्यकारी अधिकार रक्षा भएको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको सम्मान गरिएको बताएका छन् । संविधान संशोधनको नयाँ प्रस्तावले मधेसी मोर्चालाई निर्वाचनमा आउन सहज बनाउने दावी गरेका प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री कमल थापा नेतृत्वको कार्यदलले मधेसी मोर्चा र सत्तारुढ गठबन्धनसँग छलफल गरेपछि निर्वाचन दुई चरणमा गर्ने वा नगर्ने टुङ्गो लाग्ने जानकारी गराए । तराईका केही जिल्लामा १०÷१५ दिन ढिला निर्वाचन गराउँदा राष्ट्रको हित हुन्छ भने सरकार त्यसो गर्न पनि तयार हुने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री दाहालले सुशासनलाई उच्च प्राथमिकता दिएर सरकारले काम गरिरहेको भन्दै त्यसको परिणामसमेत देखिन थालेको दावी पनि गरेका थिए ।
More

संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

काठमाडौं । सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो । विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । आज दर्ता गरिएको विधेयकमा सिमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन । सबैको सहमतिमा नयाँ प्रस्ताव : कानुनमन्त्री कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सरकारले ल्याएको संविधान संशोधन नयाँ प्रस्ताव सबैको सहमति पारित हुने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उहाँले
More

तेजेन्द्र रोकाको अध्यक्षतामा नेपाल इन्जिनियर्स एसोसिएसन यूके गठन

गत शनिबार भएको नेपाली इन्जिनियरहरुको एक वृहत भेलाले इन्जिनियर तेजेन्द्र रोकामगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल इन्जिनियर्स एसोसिएसन यूके सम्पर्क केन्द्र चयन गरेको छ । समितिको उपाध्यक्षमा उज्ज्वल ढकाल, महासचिव लोकराजसिंह, उपमहासचिव सुमन लामा र कोषाध्यक्ष उदिप राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हेमन्त पाण्डे, ध्रुवराज शर्मा, सुरज राई, मनेन्द्र राई, रविन्द्र मोक्तान र अमृत थापा चुनिएका छन् । गत वर्ष डिसेम्बर ११, २०१६ का दिन लन्डनस्थित नेपाली इन्जिनियरहरुको प्रारम्भिक कमिटीले विधान अनुरुप एसोसिएसनसमक्ष यूके सम्पर्क केन्द्र खोल्न निवेदन दिएको थियो । नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) ले सो निवेदन स्वीकार गरेपछि बेलायतमा केन्द्र खोलिएको हो। केन्द्रको औपचारिक उद्घाटन आगामी जुलाइ-
More

बाग्लुङमा कुन दलबाट को उम्मेदवार

बागलुङ । स्थानीय तहको निर्वाचन आउन करिब एक महिना बाँकी रहँदा दलहरु उम्मेदवार छनोटमा लागेका छन् । टिकटका लागि आफ्नै दलभित्र लड्नुपरेको उम्मेदवारका आकाङ्क्षीहरु बताउँछन् । एउटै दलबाट प्रमुख पदमा उम्मेदवारी दिनेको सङ्ख्या अत्यधिक रहेको छ । वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलहरुले जनाएका छन् । दलहरु उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । गाउँपालिकाको तुलनामा नगरपालिकाको नेतृत्व ताक्नेको सङ्ख्या बढी छ । जिल्लाका १० स्थानीय तहमध्ये चार नगरपालिकामा प्रमुख-उपप्रमुख को बन्ने भन्ने विषयले चर्चा पाएको छ । उम्मेदवार बन्ने आकाङ्क्षीको होडबाजी अत्यधिक छ । उम्मेदवारी सुनिश्चित गर्न आकाङ्क्षीको केन्द्रसम्मै दौडधुप सुरु भएको छ । बागलुङ नगरपालिकाको नगर प्रमुखका लागि नेपाली
More

नवनियुक्त प्रहरी महानिरीक्षक अर्याल

प्रहरी महानिरीक्षक प्रकाश अर्याल मङ्गलबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा सलामी ग्रहणपछि कार्यालयतर्फ जाँदै । तस्बिर: प्रदीपराज वन्त
More

सिलवाल पुनः अदालतमा, सर्वोच्चमा दोस्रो रिट दर्ता

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले सर्वोच्च अदालतमा दोस्रो रिट दर्ता गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई गरेको नियुक्ति बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखी उनले आज रिट दर्ता गराएका हुन् । सरकारले हिजो अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । सिलवालले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरेका छन् । यसअघि सरकारले गत फागुन १ मा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनः नियुक्ति
More

लगानी सम्बन्धी सरकारी उच्चस्तरीय समितिमा महेश श्रेष्ठ मनोनित

नेपाल सरकारले वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिमा जापानका स्थापित व्यवसायी महेश श्रेष्ठ मनोनित भएका छन्। जापानमा रेष्टुराँ, मनी ट्रान्सफर व्यवसायमा संलग्न श्रेष्ठ गैरआवासीय नेपाली संघको लगानी सम्बन्धी समितिको उपसंयोजक, गैरआवासीय नेपाली संघ जापानका सल्लाहकार समेत छन्। मार्च २ र ३ तारिक काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको निर्णय बमोजिम सो समिति गठन हुँदा उनलाई मनोनित गरिएको हो। उनी गैरआवासीय नेपाली संघतर्फबाट समितिमा परेका हुन्। विभिन्न मन्त्रालयका सचिव, नेपाल राष्ट्रबैंकको गर्भनर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेको सो समितिमा सरकारले गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गराएको हो। श्रेष्ठले सरकारको निर्णयको स्वागत गर्दै प्रशन्नता प्रकट गरेका छन् । उनले मंगलवार नेपालब्रिटेन डट
More

चलचित्र “तुयुमती” जापानमा प्रदर्शन

चलचित्र “तुयुमती” जापान टोक्योको मेगुरो कुमिन सेन्टरमा अप्रिल १० तारेख आइतवारको दिन प्रदर्शन सम्पन्न गरेको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र “तुयुमती” ले दर्शकहरुको मन छोएको संयोजक सबिता श्रेष्ठले बताएको छ । बिदेशी भूमिमा रहेर नेपाल भाषा चलचित्र “तुयुमती”को नेपाली भर्सन हेर्न पुगेका जापानबासीहरुलाई चलचित्रको कथाले मन छुने गरि कहिले हँसायो त कतिखेर भावुक बनायो । साथीहरुको लहै लहमा आफ्नो लोग्नेलाई पैसा कमाउनको लागि बिदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रियो तर बदलामा आफ्नो लोग्ने गुमाउनु परेको एक ज्ञान मुलक कथावस्तु बनाएर तयार गरिएको चलचित्र “तुयुमती”हेर्नको लागि तोक्योबासी नेपालीहरुको उपस्थित रहेको थियो । कार्यक्रमका अतिथि तथा दर्शकहरुले चलचित्र
More

नेपलिज ड्राइभिङ इन्सट्रक्टर एसोसिएसन यूकेको साधारणसभा शुक्रवार

लन्डन । नेपलिज ड्राइभिङ इन्सट्रक्टर एसोसिएसन यूकेको दोश्रो साधारणसभा यही अप्रिल १४ तारिखका दिन लन्डनमा हुने भएको छ । नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा साधारणसभा हुन लागेको हो । साधारणसभाले ३ वर्षका लागि नयां नेतृत्व चयन 
गर्ने एसोसिएसनका महासचिव राज विष्टले जानकारी दिए । एसोसिएसनले उक्त सभामा सहभागी हुन नयां प्रशिक्षकहरुलाई निमन्त्रणा समेत गरेको छ । करिब ५५ जना दक्ष प्रशिक्षक सदस्य रहेको उक्त संस्था गत ९ डिसेम्बर २०१२ मा गठन भएको थियो । बेलायतका विभिन्न स्थानमा रहेका नेपाली प्रशिक्षकबीच सम्वन्ध विस्तार र सामाजिक तथा व्यवसायिक कार्यमा सक्रिय रहेको उक्त संस्थाले यूकेमा हजारौं नेपाली तथा अन्यलाई प्रशिक्षण दिइ दक्ष बनाइसकेको दावी
More