Daily Archives April 12, 2017

दुई फ्लाइट निर्वाचन सामग्री भोलि चीनबाट आउँदै

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने ११ प्रकारको सामाग्री भोलि बुधवार र विहीवार दुईवटा फ्लाइट चाटर््ड गरी काठमाडौं ल्याइने भएको छ । निर्वाचन आयोगले अर्थमन्त्रालयमार्फत चीन सरकारसँग सामानको लागि अनुरोध गरेको थियो । चीनले ११ प्रकारको सामाग्री नेपाल पठाउन लागेको हो । स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारको सामाग्री मध्ये ११ प्रकारका सामाग्री चीनबाट ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय निर्वाचनमा आवश्यक पर्ने केही स्वदेशी सामाग्रीहरु पनि प्रयोग गर्न लागेको आयोगको भनाइ छ । आयोगले स्थानीय निर्वाचनमा आवश्यक पर्ने मसी, स्टावलर, रवर प्याड, इन्कलगायतका सामाग्रीहरु बुधवार र विहीवार गरी दुई चरणमा दुईवटा
More

नेका सभापति देउवा–सम्बोधन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार काँग्रेस प्रदेश नं ४ द्वारा पोखरामा आयोजित बृहत आमसभामा सम्बोधन गर्दै । तस्बिरः वासुदेव पौडेल
More

राप्रपा संविधान संशोधन विधेयकको पक्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो पटक सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारीको बैठकले स्थानीय चुनावमा विभिन्न राजनीतिक दलसँग तालमेल गरेर पार्टीलाई विजय गराउन सम्बन्धित जिल्लालाई अधिकार प्रत्यायोजन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र संशोधन गर्न यही चैत ४ गते गरेको निर्णयका विरुद्ध पार्टीले बुझाएको ध्यानाकर्षणका बारेमा अहिलेसम्म कुनै निर्णय नआएकाले आगामी वैशाख १ गते बस्ने बैठकले धारणा बनाउने निर्णय भएको छ ।
More

कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण अगामी वैशाख १५ गतेभित्र लिखित रुपमा जवाफ पेस गर्न सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । सो रिटको सुनवाई आगामी वैशाख १९ गतेको पूर्ण इजलासमा हुने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रूपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै आफूलाई महानिरीक्षक बनाउन माग गरेर मङ्गलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । निवेदनमा सिलवालले आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात
More

बेल्जियममा बागलुङ समाजको चैते दशैं तथा नयाँ बर्ष

लुभेन बेल्जियम । बागलुङ समाज बेल्जियमको आयोजनामा गत १० अप्रिलमा बेल्जियमको लुभेन शहरमा चैते दशैं तथा नयाँ बर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भयो । बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी राजदूत थापा, स्थानीय लुभेन नगरपालिकाकी उपमेयर दानिस, एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतम र एनआरएन केन्दीय सचिव अर्जुन श्रेष्ठले विशिष्ठ अतिथीको आसनबाट विदेशमा साँस्कृतिक पर्वहरुको महत्वमाथी चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो । समाजका अध्यक्ष गँगा शर्माको सभापतित्वमा भएको उदघाटन सत्रमा उपाध्यक्ष महेन्द्र पन्तले स्वागत मन्तव्य व्यक्त र महासचिव परमानन्द सापकोटाले सँचालन गर्नुभएको थियो । दोश्रो सत्रको कार्यक्रममा
More

म्याग्दीका स्थानीय तहमा यस्ता छन् उम्मेदवारका आकाङ्क्षी

बाबियाचौर । म्याग्दीका राजनीतिक दलले २०७४ साल वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको तयारी तीव्र बनाएका छन् । उम्मेदवार हुन आकाङ्क्षीको दौडधुप बढेसंगै वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलले जनाएका छन् । नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि हरिकुमार श्रेष्ठ, मीनबहादुर कार्की, नेत्रबहादुर महत, अनोद श्रेष्ठ, अमृतादेवी बानिया, रुद्रबहादुर केसी र बिमला गौचन आकाङ्क्षी हुनुहुन्छ । नेकपा (एमाले)बाट प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी, राजकुमार थापा, देवबहादुर घलेको नाम चर्चामा छ । नेकपा (माओवादी केन्द्र)मा कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमिरे, शेरबहादुर केसी, ज्योति लामिछाने र राप्रपाबाट एकेन्द्र रावल नगर प्रमुखको उम्मेदवार बन्न आकाङ्क्षी देखिएका छन् ।
More

स्थानिय तहको निर्वाचनमा सहभागी नहुने मधेसी मोर्चाको निर्णय

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी बैशाखमा हुने स्थानीय तहको चुनावमा सहभागी नहुने निर्णय गरेको छ । मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पुरानो भएको भन्दै चुनाव बहिस्कार गरेको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको छ ।
More

ट्रम्पभन्दा व्यापार किन हरियो छ

व्यापार, राजनीति तथा वातावरणबीच सम्बन्ध अब थप जटिल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वातावरणका महत्वपूर्ण संरक्षण भत्काइदिने चेतावनी दिएको छ । यीमध्ये केही दशकौँसम्म अस्तित्वमा थिए, व्यापारिक नेताहरूले वातावरणीय दिगो नीतिको आवश्यकतालाई बढ्दो रूपमा स्वीकार गरिरहेका छन् र सोही अनुरूप काम गरिरहेका छन् । कुनै बखत ट्रम्पले मौसम परिवर्तन अमेरिकी अर्थतन्त्र कमजोर बनाउने चिनियाँ छल भएको बताएका थिए र उनले कोइला उत्पादकलाई जलमार्गमा फोहर थुपार्न प्रतिबन्ध लगाउने ‘‘नदी संरक्षण नियम’’ खारेज गरिसकेका छन् । अब कटानमा पर्ने वस्तु ‘‘स्वच्छ ऊर्जा योजना’’ हुनसक्छ । यसले ऊर्जा उत्पादन संयन्त्रबाट उत्सर्जन हुने हरितगृह ग्यासको सीमा तोकेको छ । यो
More

मतदाता नामावलीको अन्तिम विवरण केही दिनमै सार्वजनिक हुने

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल र मतदाता नामावलीको विवरण केही दिनभित्रै ‘वेबसाइट’बाट सार्वजनिक गर्ने भएको छ । सबै जिल्लाबाट मतदानस्थलको सिफारिस भइसकेकाले त्यसलाई अन्तिम रुप दिने काम भइरहेको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार मंगलबार सिरहा र सप्तरीबाट समेत मतदान केन्द्रको संख्या यकिन भएर आएको हो । आयोगका अनुसार सिरहामा दुई सय १८ र सप्तरीमा दुई सय ९२ मतदान केन्द्र रहने छन् । केही दिनअघि मात्रै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको मतदानस्थलको विवरण प्राप्त भएको आयोगले जनाएको छ । स्थानीय राजनीतिक दल सम्मिलित जिल्ला समन्वय समितिको सिफारिसमा मतदानस्थल निश्चित गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा विवरण उपलब्ध गराउने
More

मधेसी मोर्चा स्थानीय तहको अधिकार कटौतीमा उद्दत

पाल्पा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन हुन नदिएर मधेसी मोर्चा प्राप्त उपलब्धी ‘खतरा’मा पार्ने योजनामा रहेको आरोप लगाएका छन् । पाल्पाको तानेसनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले लोकतान्त्रिक विधिविरुद्ध लागेको मोर्चा स्थानीय तहको अधिकार कटौतीमा पनि उद्दत रहेको भन्दै त्यसविरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताएका हुन् । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न निर्वाचन अत्यावश्यक रहेको बताएका नेता पौडेलले बैशाख ३१ का लागि निर्धारित स्थानीय तहको चुनाव कुनै पनि हालतमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए । चुनावलाई कुनै पनि दलको हार–जितभन्दा राष्ट्रको निकाससँग जोड्नु पर्ने उनको भनाइ थियो ।
More