Daily Archives April 14, 2017

लण्डनमा बन्ने भयो नेपाली मन्दिर

बेलायतको राजधानी लण्डनमा भव्य पूजा र धार्मिक कार्यक्रम गरी नेपाली नयाँ वर्ष मनाइएको छ । बेलायतस्थित नेपाली समुदायको सघन उपस्थिति रहेको उक्त कार्यक्रममा छिटै नेपाली मन्दिर स्थापना गर्ने उद्घोष गरियो । लण्डनको साउथहलस्थित हिन्दू मन्दिरमा बेलायतस्थित सम्पूर्ण पुरोहितहरूको सहभागितामा आयोजित विश्वशान्ति सत्यनारायण पूजामा बेलायतका निम्ति नेपाली राजदूत सपरिवार उपस्थित हुनुहुन्थ्यो । एनआरएन युरोपका संयोजक कुल आचार्य, एनआरएन यूकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, वरिष्ठ समाजसेवी ध्रुव केसी, रूपक केसी तथा सामाजिक अभियन्ता रविजङ्ग लामिछानेलगायतले उक्त पूजामा यजमानका रूपमा सहभागी हुँदै बढ्दो नेपाली समुदायको धार्मिक सांस्कृतिक आवश्यकता पूरा गर्न नेपाली मन्दिर आवश्यक रहेको बताए । नेपाली मन्दिरको स्थापनाका निम्ति आफूहरू जस्तोसुकै सहयोग
More

मध्यपूर्वका कामदारको समस्या समाधान गर्छौ : एनआरएन उपाध्यक्ष, कुमार पन्त

लन्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले मध्यपूर्वमा कार्यरत नेपाली समूदायका समस्याको समाधानका लागि बिषेश पहल गरिने वताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद ओमानले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पन्तले उक्त कुरा बताएका हुन् । उपाध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको समस्या बारे आफु पूर्णरुपमा जानाकार रहेका बताउदैं गैरआवासीय नेपाली संघले स्थापना गरेको वैदेशिक राहत कोषलाई अझ सशक्त वनाएर लैजाने प्रतिबद्धता जनाए । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघले एउटै साझा सञ्जालमा आवद्ध गरेर लैजाने उदेश्यले मध्यपूर्वमा बिषेश अभियान संचालन गरिने जनाए । रोजगारी र राम्रो शिक्षाका लागि विदेशिएका नेपालीहरुसँग अहिले सीप,
More

राम्रो संकल्प गर्न नयाँ बर्ष नै किन कुर्ने?

डा. बच्चु कैलाश कैनी । हामी सबै खुसियालीका साथ नेपाली नयाँ बर्ष मनाउंदैछौ । यो अवसरलाई परिवारसंग घुमफिर गर्ने, साथीभाई र इष्टमित्रहरुलाईसँग रमाउने, आफूले चाहे जस्तै गरी रमाइलो गर्ने र शुभ कामना सांटने मौकाको रुपमा सबैले लिन्छौ । यो स्वभाभिक पनि हो । त्यति मात्रै हैन, नयाँ बर्षको दिनलाई राम्रो संकल्प गर्ने दिनको रुपमा पनि लिन्छौ । राम्रो कुराको शुरुवात गर्न के नयाँ बर्ष नै कुर्नु पर्छ ? यसको जवाफ सजिलो छ । कसैको लागि नयाँ बर्षको दिन नै कुर्नु पर्ला, जुन हरेक बर्ष एक दिन मात्रै आउँछ । तर, कसैको लागि हरेक दिन नै काम गर्ने, राम्रो कुराको शुरुवात
More

विदेशमा बस्ने नेपाली प्रति आभारी छु — शेष घले

लन्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संघको गतिलाई निरन्तरता दिन विदेशमा रहेका गैरआवासीय नेपालीहरुको सहयोग प्रति आभार व्यक्त गरेका छन् । घलेले नयाँ वर्ष २०७४ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संघको अभियानलाई निरन्तरता दिदै संघको संजाल विस्तार, वैदेशिक रोजगार, पर्यटन प्रवद्र्धन, परोपकारी कार्यहरु, खुला विश्वविद्यालय, ज्ञान र सीपका कार्यहरु, नागरिकता निरन्तरता, महीला तथा युवा सम्बन्धि कार्यहरु भैरहेको जनाएका छन् । वक्तव्यमा ‘गैरआवासीय नेपाली संघले २०७३ सालमा महत्वपूर्ण कार्यहरु संचालन गरेको र नयां वर्षमा पनि यसको निरन्तरता रहिनै रहने छ। २०७२ सालमा गएको महाभूकम्पबाट ध्वस्त भएको लाप्राक गाविसलाई नेपाल सरकार र संघवीच सम्झौता भए अनुसार गुप्सीपाखामा वस्ती
More