Daily Archives April 15, 2017

नारी उत्थान केन्द्र नारायणगढको शुभकामना आदान-प्रदान

चितवन । नारी उत्थान केन्द्र नारायणगढले नव बर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । सो कार्यक्रममा उद्योग बाणिज्य महासंघ नेपालको कार्यसमिति सदस्यमा निर्बाचित हुन सफल डाक्टर तिलचन्द्र भट्टराई , कल्याण जोशी तथा मिसेस चितवनमा सहभागि भई उत्कृष्ट १० भित्र पर्न सफल नारी उत्थान केन्द्रका धनु थापा र सुष्मा तामाङगलाई समेत सम्मान गरिएको छ । खादा माला र दोसल्लाले उहाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै उद्योग बाणिज्य महासंघ नेपालको कार्यसमिति सदस्य तथा उद्योग बाणिज्य संघ चितवनका पुर्वअध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले हाम्रो देशमा न्यायाधिस, राष्ट्रपति, सभामुख संगै उद्योग बाणिज्य महासंघ नेपालको नेतृत्वकर्ताको
More

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले मधेसवादी दलहरुसँग अन्तिम समयसम्म छलफल जारी राख्नुपर्नेमा जोड दिनुभयो । “स्थानीय तहको निर्वाचन सम्पन्न भए प्रजातान्त्रिक समाजवाद मजबुत हुन्छ, संविधान कार्यान्वयनमा समेत बल पुग्छ,” उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनले अल्पसङ्ख्यकलगायत सबै जातजातिको हकअधिकार सुनिश्चित गर्ने पौडेलको भनाइ थियो । दुरा समाजका राष्ट्रिय अध्यक्ष गोकुलप्रसाद दुराको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वमन्त्री शिवलाल थापा, सांसद यज्ञबहादुर थापा, पूर्वसांसद सावित्री दुरा, समाजका केन्द्रीय सचिव दलबहादुर दुरालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
More

नेपाली युवाले विश्व परिवर्तन गर्न सक्छन्

काठमाडौं । महिला विकास तथा महिला सशक्तीकरणका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको छ । अमेरिका तथा नेपालमा काम गर्दै आएको ‘सशक्तीकरण कार्य’ संस्थाको आयोजनामा कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष एवम् अनुसन्धानकर्ता डा महावीर पुनले विकासका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “मुलुक समृद्ध बनाउनका लागि सामाजिक काम मात्र होइन आर्थिक क्रान्ति पनि गर्नुपर्छ,” उहाँले भन्नुभयो । संस्थाकी अध्यक्ष मेलानी सेन्ट जेम्सले मुलुकको विकासका लागि युवा नै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा यस्ता युवा छन् जसले नेपाल मात्र होइन विश्वलाई समेत परिवर्तन गर्न सक्छन्,” उहाँले भन्नुभयो । एसिया फाउन्डेसन नेपाल शाखाका उपाध्यक्ष नन्दिता बुराहले
More

नगर परिक्रमा गर्नेक्रममा

मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रामा आफ्नो जिब्रो छेडेर बोडे नगर परिक्रमा गर्नेक्रममा बुद्धकृष्ण बाग श्रेष्ठ । तस्बिर : रत्न श्रेष्ठ
More

निर्वाचन दश दिन पछि सार्न कांग्रेस जिल्ला सभापतिहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर दुईका जिल्ला सभापतिहरुले मधेसी मोर्चालाई सहमतिमा ल्याएर मात्र स्थानीय तहको निर्वाचन गर्न नेतृत्वलाई सुझाब दिएका छन् । पार्टी कार्यालय सानेपामा आज जिल्ला सभापति, केन्द्रीय सदस्य र सांसदसँगको सामुहिक छलफलमा मधेसी मोर्चालाई पनि स्थानीय निर्वाचनमा समेट्न नेतृत्वलाई सुझाव दिएका हुन् । उनीहरुले बैशाख ३१ का लागि निर्धारण गरिएको निर्वाचन दश दिन पछि सारेर भएपनि मधेस केन्द्रित दल सहितको सहभागितामा निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए । छलफलमा सिराहा बाहेक ७ जना जिल्ला सभापतिले जिल्लामा निर्वाचनको माहोल तयार हुँदै गएपनि आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन नभएकाले निर्वाचन हुनेमा बिश्वस्त हुन नसकेको बताएका थिए । निर्वाचनको मिति सर्दैन:
More

किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड

संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउने सम्बन्धी सम्झौतामा सन् १९९० मा हस्ताक्षर गरेपछि त आम मान्छेलाई लाग्यो, अब संसारभर कहि कतै रासायनिक हतियार प्रयोग हुने छैन । इराकमा रासायनिक हतियार भएको नाममा अमेरिका, उसको गठबन्धन राष्ट्र र उत्तर एटलान्टिक सहयोग सङ्गठन(नेटो) गठबन्धनले हमला ग¥यो । मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको हिसाबले उक्त आक्रमण इतिहासकै महंगो सावित भयो अमेरिकालाई । किनकी आजसम्म पनि
More

दानाको रुप्से झरना

म्याग्दीको अन्नपूर्ण–३ दानामा रहेको रुप्से झरनामा नयाँ वर्षको अवसरमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । रुप्से झरनामा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ । तस्बिर : सन्तोष गौतम
More

शान्तिवाटिकामा नयाँ शक्तिसहित ६८ दलको धर्ना सुरु

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन् । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विरोधस्वरुप आजदेखि अनशनको सुरुवात गर्नुभएको हो । लोकतान्त्रिक राज्य व्यवस्थामा दललाई दलीय चुनाव चिन्हबाट नदिइ सरकारले अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोधस्वरुप वैधानिकरुपमा दर्ता भएका सबै दललाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन् । शान्तिवाटिकामा रिले अनशनको सुरुवात गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले २५-३० वर्षअघि यही रत्नपार्कबाट बहुदलीय
More

प्रवासीद्वारा रु. एक करोडको अक्षयकोष स्थापना

बागलुङ । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा शुक्रवार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गर्नुभयो । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । “शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ पु-याउन कोष स्थापना गरिएको हो’
More

पुर्वी तराईमा एकाएक मौसम परिवर्तन, इटहरीमा दिउँसै अँध्यारो

सुनसरी । आकासमा कालो बादल लागेर हावाहुरी चल्न थाल्दा इटहरी आसपासको क्षेत्र दिउँसै अँध्यारो बनेको छ । सडकमा सवारी साधनहरु बत्ती वाल्दै गुडिरहेका छन् भने पैदल यात्रीहरु हतार हतार गन्तव्य तर्फ लागिरहेका छन् । यसअघि, पुर्वी तराईमा मौषममा एकाएक परिवर्तन आइ केही ठाउँमा विहानै असिना सहितको पानी परेको थियो भने अहिले इटहरी लगायतका ठाउँहरुका कालो बादल र मेघ गर्जन सहित पानी परिरहेको छ । सुनसरी सदरमुकाम इनरुवा लगायतका ठाँउहरुका विहानै देखि असिना सहितको पानी परेको थियो । विहान ९ वजे पछि केही समयसम्म मौसममा सुधार भई घाम लागे पनि अहिले इटहरी लगायत पुर्र्वी उत्तरी क्षेत्रमा हावाहुरी सँगै मेघ गजर्नसहित पानी
More