Daily Archives April 16, 2017

सैन्य तालिमका सहभागीहरुलाई शुभकामना

महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको संयुक्त तालिम ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ मा सहभागी विशेष फौजहरुलाई शुभकामना दिँदै व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठ । तस्बिर सौजन्यः नेपाली सेना
More

पक्राउ परेका वरिष्ठ पाइलट सुवर्ण अवाले धरौटीमा छुटे

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवाले ९६ लाख ९० हजार ४०८ रुपैयाँ धरौटीमा छुटेका छन् । अवाले गत चैत २८ गते अवैध डलरसहित विमानस्थलमै पक्राउ परेका थिए । काठमाडौं दुबई उडानका लागि विमानस्थल पुगेका वरिष्ठ पाइलट अवाले ९३ हजार ६०० डलरसहित पक्राउ परेका हुन् । एयरपोर्ट प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । उनीविरुद्ध अनुसन्धान भइरहेको र मुद्धा दायर हुन बाँकी रहेको विभागले जनाएको छ । अवालेको ठाउँमा नेपाल एयरलान्इसले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको छ ।
More

वीरमा आयो अक्सिजन प्लान्ट

काठमाडौं । लामो समयको प्रयासपछि वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ । एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्ने गरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन रु दुई करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो । अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेपछि अन्यत्र सार्न नमिल्ने मेसिन भएको तर वीरमा ल्याइएको मेसिन भने आवश्यक परेमा अन्यत्र पनि सहज रुपमा सार्न मिल्ने पहिलो कन्टेनर मेसिन भएको जानकारी दिनुभयो । मेसिन ल्याएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने, सेवा पनि छिटो हुने उहाँले बताउनुभयो । वीर अस्पतालमा दैनिक करिब एक सय सिलिन्डर अक्सिजन खपत
More

रोजगारीका लागि विदेशिनु पर्दैन

काठमाडौं । उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको मन्त्रालयको आन्तरिक बैठकमा स्वदेशमा नै रोजगारीको सिर्जना गरी उच्च प्राथमिकता दिने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माणका लागि आर्थिक सुधार गर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगको विकासमा प्राथमिकता दिने निर्णय पनि गरेको छ । साथै प्रविधि हस्तान्तरण र प्रशोधनयन्त्रका लागि सरकारले अनुदान दिने, औद्योगिक पूर्वाधारको विकास तथा विदेशमा बस्ने नेपालीलाई नेपाली वस्तु उपभोगमा विशेष कार्यक्रम चलाउने निर्णय गरेको छ । त्यस्तै मन्त्रालयको नियमित बजेटको अलावा कार्यक्रमका लागि थप
More

काठमाडौंमा पाँच लाख ५७ हजार मतदाता

काठमाडौं । काठमाडौं जिल्लामा करिब पाँच लाख ५७ हजार तथा कामपामा दुई लाख ८४ हजार मतदाता रहेका छन् । काठमाडौंका तीन सय १९ मध्ये महानगरमा एक सय ५६ मतदानस्थल छन् । त्यस्तै काठमाडौंका सात सय ५४ मध्ये महानगरमा एक सय ७८ मतदान केन्द्र छन् । काठमाडौं जिल्लामा सबैभन्दा कम मतदानस्थल भएको नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका बनेको छ । सो नगरपालिकामा १३ मतदानस्थल छन् । त्यस्तै सबैभन्दा कम मतदान केन्द्र भएको नगरपालिका दक्षिणकाली रहेको छ जहाँ २३ मतदान केन्द्र छन् । यसैबीच, काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले कार्यालय सञ्चालन
More

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र’ पार्टीको विधानबाट हटाउने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगलाई पुनः दवाव दिएको छ । एकपक्षीय ढंगले विधान नै परिवर्तन गरी पार्टीको सिद्धान्त र विचारमाथि प्रतिबन्ध लगाउने अलोकतान्त्रिक कदम चालेको भन्दै राप्रपाले त्यसलाई सच्याउन माग गर्दै आज पुनः आयोगलाई स्मरण–पत्र बुझाएको हो । राप्रपाले यस अघि पनि ज्ञापन–पत्र बुझाएर यसअघिको निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो । राप्रपाले आयोगको निर्णय पुनर्विचार ननभए सरकार छोडन बाध्य हुने चेतावनी दिँदै आएको छ । आयोगले भने संविधान प्रतिकूल रहेकाले राप्रपाको विधानबाट ति शब्द हटाउनु परेको बताउँदै आएको छ ।
More

राष्ट्रपति भण्डारी भारत जाने र फर्कने दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि सोमबार र शुक्रबार सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि भोलि भारत जान लागेकाले जाने र फर्कने दिन विदा दिने निर्णय गरेको हो । राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् । मन्त्रिपरिषद बैठकले उनको भारत भ्रमणको तालिका पनि स्वीकृत गरेको छ । राष्ट्रपति भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नेछिन् । उनले
More

आन्दोलनका कार्यक्रम सार्वजनिक

स्थानीय निकायको चुनावको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भलाकुसारी गर्दै नेताद्धय उपेन्द्र यादव तथा राजेन्द्र महतो । तस्बिर : प्रदीपराज वन्त,
More

विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको निधन

रोम । विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको निधन भएको छ । इटालीकी एमा मोरानोको १ सय १७ बर्ष १ सय ३७ दिनमा हिजो अर्थात् १५ अप्रिलमा मृत्यु भएको हो । २९ नोभेम्बर १८९९ मा जन्मिएकी मोरानोलाई उन्नाइसौं शताब्दीकी एक मात्र जीवित व्यक्ति मानिन्थ्यो । दुईवटा विश्वयुद्ध देखेकी एमाको पालामा इटालीमा नब्बेभन्दा बढी सरकार परिवर्तन भएको बताइएको छ । उनका एक मात्रै छोरोको समेत मृत्यु भइसकेको छ । उनीहरुको परिवारमै धेरै समय बाच्ने ‘जीन’ रहेको बताइएको छ । आठ भाईबहिनीमा सबैभन्दा जेठी मोरानोको ९० वर्षसम्म दैनिक तीन वटा अण्डा खान्थिन । उनकी आमा ९१ वर्षसम्म जीवित थिइन् भने केही बहिनी पनि
More

मिति सारेर भए पनि एकै चरणमा चुनाव : वरिष्ठ नेता पौडेल

बागलुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत गर्नुभएको हो । “बरु पाँच दिनपछि सारौँ तर चुनाव एकै चरणमा गर्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो । दुई–दुई पटक संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि मेधेसी मोर्चाले नयाँ–नयाँ माग थप्दै राजनीतिक अड्चन सिर्जना गरेको उहाँको आरोप थियो । “सरकारले मोर्चासँग सल्लाह गरेरै संशोधन प्रस्ताव ल्याएको हो”, नेता पौडेलले भन्नुभयो, “उहाँहरु प्रस्ताव ल्याएकै दिन आन्दोलन र चुनाव
More