Daily Archives April 17, 2017

महासङ्घ साउथ युकेको वातावरण कविता प्रतियोगिताको नतिजाः बन्दना राई प्रथम

१७ अप्रिल २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाद्धारा आयोजित अर्थ आवर वातावरण साहित्य प्रतियोगितामा भोजपुरकी बन्दना राईको यो साझा घरको मान्छे शिर्षकको कविता प्रथम बन्न सफल भएको छ । नेपाली भाषाको अनलाइनमा पहिलो पटक प्रसारण शुरु गर्ने प्रभावशाली रेडियो बिएफबिएस गोर्खा रेडियोको काठमाडौ स्टेशनबाट १७ अप्रिल २०१७ का दिन नतिजा घोषणा गर्दै पुरस्कार वितरण गरिएको छ । विजयी तिनैजना रेडियो स्टेशनमा उपस्थिती हुनुहुन्थ्यो । प्रतियोगितामा प्रज्वल अधिकारीको शहरले गुमाएको प्राकृतिक पेन्टिंग शिर्षकको कविता दोस्रो र पवित्रा राईको खर्पनमा धर्ति बोकर शिर्षकको कविता तेस्रो बन्न सफल भएको छ । पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद १२ हजार,
More

केन्टको आसफोर्ड टाउनमा नयाँ बर्ष

गत १६ अप्रिल २०१६ का दिन विक्रम संवत नयाँ बर्ष २०७४ लाई साहित्यिक र सांगेतिक कार्यक्रम गरि भब्यता पूर्वक सम्पन्न गरेको छ । युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट सांगेतिक यात्रामा युके आईपुग्नु भएका सिर्जना क्षेत्रकै गायक राजु परियारलाई प्रमुख अतिथि एवं वहाकै मुख्य सांगेतिक प्रस्तुती रहेको थियो । पहिलो चरणमा प्रमुख अतिथि परियार, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेला र शाखाका कार्यबाहक अध्यक्ष औतारी साईलाले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो भने सुरेन्द्र थेवेले हेल्थएण्ड सेप्टिबारे बताउनु भयो र सुस्मा रुपावुङ राईले स्वागत मन्तब्य दिनु भयो । महासङ्घ केन्द्रको तर्फबाट अध्यक्ष तिगेलाले
More

बालगृहका बालबालिकालाई परिवारमा पुनर्मिलन

एक दशकभन्दा बढी समय बेंसीसहरस्थित आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बालगृहमा बसेर कक्षा १० सम्मको अध्ययन सकाएका चार बालबालिकालाई परिवार तथा आफन्तसँग पुनर्मिलन गराउँदै। तस्बिर : सन्देश पौडेल
More

निर्वाचनमार्फत नेपाल स्थिरतातर्फ जाओस्ः भारतीय नेताहरु

नयाँदिल्ली । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा आज राजधानी आइपुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय राष्ट्रपति भवनमा भारतका विभिन्न राजनीतिक दलका नेताले भेट गर्नुभएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा आज अपराह्न यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीसँग नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल, भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी) का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काँग्रेस पार्टीका महासचिव डिपी त्रिपाठीले अलग अलग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणले दुई निकट छिमेकी देशबीचको सम्बन्ध अझै प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालमा लोकतन्त्र संस्थागत गर्न भारत र भारतीय जनताको हिजोका दिनमा जस्तै सहयोग र शुभेच्छा रहने अपेक्षा गर्नुभयो । राष्ट्रपति
More

मैना सुनुवार हत्याकाण्ड : दश वर्षपछि जन्मकैदको फैसला

बनेपा । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुनेगरी फैसला भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालक रहेका तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ । काभ्रेपलाञ्चोकको खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनुवारलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको
More

पर्यटन प्रर्वद्धनका लागि नेपालको प्रचार

टोकियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जापानबासी नेपालीको पहलमा टोकियोसहित प्रमुख १२ स्थानमा आइतबार प्रचारात्मक पदयात्रा गरिएको छ । जापानस्थित नेपाली राजदूतावासको विशेष सहयोग र गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा राजधानी टोकियोमा गौतम बुद्धको जन्मथलो लुम्बिनी हो र सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश जापानी, अङ्ग्रेजी र नेपाली भाषामा दिइएको थियो । ढाका, टोपी र दौरासुरुवालमा सजिएका युवकहरूले सगरमाथा र लुम्बिनीको तस्बिर बोकेरै ‘अतिथि देवो भवः’ भन्दै जापानीलाई नपाल भ्रमण गर्न निम्ता दिए । कार्यक्रममा नेपाली राजदूतावासका कावा राजदूत कृष्णचन्द्र अर्यालले स्वदेशप्रति माया र सद्भाव देखाउँदै विदेशमा भएका नेपालीले नेपालमा पर्यटन प्रर्वद्धनका लागि गरेको प्रचारप्रसारको प्रतिफल छिट्टै देखिने आशा
More

लन्डनमा एसिड आक्रमणबाट १२ जना घाइते

लन्डन । बेलायतको राजधानी लन्डनमा एउटा रात्रिकालीन क्लबमा सोमबार बिहानै एसिड हमला हुँदा कम्तीमा १२ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये करिब २० देखि २५ वर्ष उमेरका दुई युवाको स्वास्थ्य अवस्था एसिडले जलेर गम्भीर बनेको तर उनीहरुको अवस्था स्थिर रहेको छ भने बाँकी १० जना सामान्य घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । लन्डन वारुण बाहिनीका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार ‘अज्ञात क्षयकारी तत्व’ क्लबमा रमाइरहेका युवामाथि छर्किएपछि क्लबमा रहेका करिब छ सय मानिसबीच भागदौड मच्चिएको थियो । प्रहरीले आक्रमण आतङ्ककारी समूहले गराएको नभई दुई समूहबीचको झडपपछि भएको जनाएको छ । प्रहरीले सख्त घाइते भएका दुई जनालाई नै
More

लन्डनमा नाम्लो र शिव परियारको विषेश प्रस्तुति हुने

लन्डन । बिबिसी मार्फत नेपाली संगीतलाई विश्ववजारमा प्रस्तुती दिएको नाम्लो ब्याण्डले लन्डनमा नेपाली समूदायका बीच आफ्नो बिषेश प्रस्तुति दिने भएको छ । एक्सप्रेस स्टुडियो लन्डनको उत्पादनमा नेपाली टिभी यूके मार्फत प्रसारीत रियाक्सन वीथ चिरन शर्मा र इभेन्ट एण्ड मोर कार्यक्रमको २५ औं एपिसोड पुगेको अवसरमा आयोजित बिषेश कार्यक्रममा उक्त प्रस्तुती हुने भएको हो । नयां वर्ष २०७४ को अवसर समेत पारेर आगामी आइतबार हयारोस्थित क्लब केटिएम सांगीतिक सांझको आयोजना गरिएको कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठले जनाए । नाम्लो ब्याण्ड बेलायतको नेपाली समुदायमा भन्दा पश्चिमी समुदाय र युवाहरु माझ भन धेरै परिचित रहेको छ । यसका ब्याण्ड मेम्बरहरु कोही युरोपियन छन भने
More

ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने तयारी

लन्डन । बुद्ध फाउण्डेसन यूकेको आयोजना र लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा आगामी ७ मे बेलुका लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने व्यापक तयारी भएको छ । गौतम बुद्धको शान्ति सन्देश र उनी नेपालमा जन्मिएको तथ्य विश्वभर फैलाउने उद्देश्यले ट्राफलगर स्क्वायरमा सांझ ७ देखि राती दश बजेसम्म दीप प्रज्वलन र अन्य गतिविधि गरि बुद्ध जयन्ती मनाउने तयारी गरिएको हो । फाउण्डेशन कार्यसमिति र सल्लाहकारहरुले उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न र बेलायतमा रहेका सम्पूर्ण संघसंस्था र तिनका प्रतिनिधि एवं विदेशी संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिताका लागि अपिल गरेका छन् । जयन्तीबारे रणनीतिक छलफल
More

सियाटलमा स्थापना हुने वाणिज्य दुताबासको उद्धघाटन राजदूतले गर्ने

न्युयोर्क । अमेरिकाको वासिंटन स्टेटको सियाटलका लागि नेपाल सरकारद्धारा अवैतनिक वाणिज्य दुतमा नियूक्त एसी शेर्पाले यहि अप्रिल २९ तारिकबाट औपचारिक रुपमा अफिस स्थापना गर्नु हुने बताएका छन । अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले सो दिन कार्यालय स्थापनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको वाणिज्य दुत शेर्पाले बताए । वाणिज्य दुतावास उद्घाटन कार्यक्रममा सियाटलस्थित सिटी अफ रेडमण्डका मेयर जोन मार्क क्वाईन, र सिटी अफ बेथलका मेयर एण्डी रेयुमीसहित एनआरएनका अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामा, अमेरिका एनआरएनका अध्यक्ष डा केशव पौडेललगायत विशिष्ठ अतिथिहरुको उपस्थिति हुने अवैतनिक वाणिज्य दुत एसी शेर्पाले बताएका छन । नेपाल सरकारले अमेरिकामा रहेर सामाजिक काम,
More