Daily Archives April 18, 2017

मधेस केन्द्रित दल सहमतिमा आए चुनाव दुई चरणमा

दाङ । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागी गराउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसी दललाई पनि सहभागी गराएर चुनावमा जाने वातावरण सरकारले बनाइहेको जानकारी दिनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले भन्नुभयो–“यो ऐतिहासिक महत्वको निर्वाचन भएकाले चुनावको विरोधमा रहेका दललाई एक पटक पुनःविचार गर्न आग्रह गर्दछु । “अझै पनि केही भएको छैन, सहमतिका आधारमा निकास खोज्न सकिन्छ ।” उहाँले मधेस केन्द्रित दल पनि सहमतिमा आए चुनाव दुई चरणमा गर्न सकिने विचार व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री थापाले कुनै बहानामा अब चुनाव नरोकिने र तोकिएकै मितिमा हुनेमा
More

जमिनमुनिबाट ग्यास निस्केर लागेको आगो निभाउन चार घन्टा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ । आज बिहान सिरुटारको साबिक गाविस भवननजिकै रहेको चापाखर्क सिरुटार खानेपानीको ट्याङ्की रहेकै जमिनमा खानेपानीका लागि जमिनमुनिको पानी निकाल्ने क्रममा बिहान १०:१५ बजे एक्कासि आगोको मुस्लो निस्किएको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको रु ३५ लाखको लागतमा सिरुटार खानेपानी आयोजना दोस्रो चरणको काम गर्ने क्रममा १८० फिट गहिरोमा गएपछि एक्कासि आगोको मुस्लो निस्किएको तत्कालीन सिरुटार गाविस अध्यक्ष शशिजङ्ग थापाले बताउनुभयो । थापाले भन्नुभयो, “सोमबार बिहान मैले नै यो डिपबोरिङ्को शिलान्यास गरी काम सुरु गरेका हौँ, तर काम गर्दै जाँदा सुरुमा
More

राष्ट्रपति भण्डारीको स्वागत

भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा मङ्गलबार भारतको राष्ट्रपति भवन परिसरमा प्रदान गरिएको सम्मान गारदपछि भारतका राष्ट्रपति प्रणम मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्वागत । तस्बिर : भरत केसी
More

दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौं । निरन्तर उकालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ९.०८ बिन्दुले घटेको छ । कुल १४२ कम्पनीको २२ लाख नौ हजार ९३१ कित्ता सेयर रु एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२८ मूल्यमा बिक्री भएको स्टकले जनाएको छ । उत्पादन समूहबाहेक अरु समूहको सेयर घट्दा बजार ओरालो लागेको हो । सो समूहको सेयर मूल्य ८.९६ बिन्दुले बढेको छ । बैंकिङ समूह ४४.०७, होटल ४६.३७, विकास बैंक
More

पोखरा महानगरमा एमालेका यस्ता उम्मेदवार

पोखरा । आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखरा–लेखनाथ महानगरपालिका केही र चार गाउँपालिकाबाट वडाअध्यक्ष तथा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । महानगरपालिकाको वडा नं ४, ९, १०, १५, २२, २५ र २७ मा क्रमशः ढाकामोहन पराजुली, गोपी तुलाचन, महेन्द्र गुरुङ, प्रकाश पौडेल, मित्रलाल बराल, शोभाखर तिमिल्सिना र कुमार गुरुङ एमाले वडा कमिटीबाट वडाध्यक्षमा सर्वसम्मत सिफारिस भएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ती वडामा वडासदस्य, महिला र दलित महिला सदस्यमा पनि सर्वसम्मत सिफारिस भएका छन् । यस्तै माछापुच्छे गाउँपालिकाको वडा नं १, २, ३, ५, ६, ७, ८, ९ मा क्रमशः अनुप गुरुङ (आशा),
More

युकेमा जुन ८ मा मध्यावधि निर्वाचन गर्ने प्रस्ताव

लन्डन । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले निर्धारित समयभन्दा तीन वर्षअगावै आगामी जुन ८ तारिखमा देशमा आमनिर्वाचन गर्ने योजनाको घोषणा गरेकी छिन् । उनले आफू अनिच्छापूर्वक यो निष्कर्षमा पुगेको भन्दै युरोपेली संघबाट बाहिरिन ब्रिटेनले वार्ताहरु आरम्भ गर्न लागेका बेला देशमा निश्चितता र स्थायित्वको ग्यारेन्टी गर्ने यो एकमात्र उपाय भएको बताइन्। उनले भनिन्, “देश एकताबद्ध हुँदैछ तर वेस्टमिन्स्टरमा अवस्थित संसद् भने विभाजित छ।” ब्रेक्जिट पनि भनिने ब्रिटेन इयुबाट बाहिरिने प्रक्रियाका सन्दर्भमा सरकारले गरिरहेको तयारीलाई विपक्षी दलहरुले अप्ठ्यारोमा पारिरहेको र वार्तामा सरकारको अवस्थालाई कमजोर पारेको उनको आरोप थियो। चुनौती ती दलहरुको त्यस्तो प्रयास निर्वाचन नगरिंदासम्म जारी रहनेमा पनि उनले जोड दिइन्। उनले निर्वाचन
More

निर्वाचन सार्ने कि गर्ने ? सत्तारुढभित्रै सकस

काठमाडौं । प्रधानमन्त्री र उनका प्रमुख सहयोग दल कांगे्रसीले मधेशी दलहरु दुई चरणमा निर्वाचन गर्न चाहन्छन् भने अझै तिनलाई मिलाएर चुनावमा जान सकिन्छ भनिरहेका छन् । निर्वाचनबारे सत्तारुढ दलहरु नै स्पष्ट छैनन् । घोषित वैशाख ३१ को चुनावबारे संशय बा“की नै छ । विभाजित मधेसी दलहरुले एउटै मुख र एउटै स्वरमा भनेका छन्– ‘मधेसमा चुनाव हुनैसक्दैन, हामी बिथोल्छौं । उनीहरुले आन्दोलन पनि घोषणा गरिसकेका छन् । सवाल २ नम्बर प्रदेशको सतहमा छ । कांग्रेसका तराईका जिल्ला सभापति र सांसदको कुरा सुन्दा मधेसमा चुनाव हुनै नसक्ने अवस्था छ । स्थिति झन अप्ठेरो बन्दै गएको छ । यहा“सम्म कि चुनाव प्रचारमा जानोस्
More

सत्तामा बसेर राप्रपा आक्रोसित, आयोग मौन

काठमाडौं । राप्रपाको अधिवेशनले पारित गरेको मुख्य सिद्धान्त ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपाले पुनर्विचार गरोस् भनेर दिएको अल्टिमेटममा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले मौनता साधेका छन् । आफ्नो विधानअनुसार नै चुनावमा जान पाउने हक छ भन्दै विधान रक्षाका लागि राप्रपाको पदाधिकारी बैठकले आन्दोलन गर्ने घोषणा गरेर सडकमा उत्रिएको छ । राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनका अनुसार सत्ता, सडक र सदन तीनवटै फोरम प्रयोग गरेर राप्रपाले आफ्नो पार्टीको सिद्धान्तलाई स्थापित गर्ने बताए । निर्वाचन आयोगले निर्णय नसच्चाए गम्भीर परिणाम भोग्न महामन्त्री लिङदेनले आयुक्त यादवलाई चुनौति दिए । राप्रपा आफूले बुझाएको ज्ञापनपत्रको जवाफ दिनैपर्छ भनेर आन्दोलनमा गएको हो । यस
More

राष्ट्रपतिबाट यमुना उद्यानमा वृक्षरोपण

नयाँदिल्ली । मित्र राष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गर्नुभएको छ । कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोप्नुभएको हो । राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी हुनुभएको थियो । यसअघि आज बिहान राष्ट्रपति भण्डारीले यहाँस्थित महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
More

भयरहित निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाऊ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भयरहित ढङ्गबाट स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीलाई आज बालुवाटार बोलाएर आपसमा आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे जानकारी लिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । भेटमा सुरक्षा अङ्गका प्रमुखले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा
More