Daily Archives April 20, 2017

फोटो जर्नालिज्म अवार्ड २०७३ को मनोनयनमा परेकाहरु

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्वारा प्रदान गर्ने फोटो कन्सर्न नेशनल फोटो जर्नालिज्म अवार्ड २०७३ को मनोनयनमा परेकाहरुको सामूहिक तस्बिर । तस्बिर : प्रदीपराज वन्त
More

चुनावका लागि राजनीतिक वातावरण छैन : गृहमन्त्री निधि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण अझै बनिनसकेको बताएका छन । आजको संसद बैठकमा गृहमन्त्री निधिले सरकार वैशाख ३१ मै चुनाव गराउन प्रतिवद्ध रहे पनि राजनीतिक वातावरण तयार नभइसकेको बताएका हुन । राजनीतिक वातावरण निर्माणमा जुट्न उनले सबै पक्षलाई आग्रहसमेत गरेका छन् । निर्वाचन सुरक्षाबारे जानकारी गराउँदै गृहमन्त्री निधिले जिल्लाहरुलाई तीन तहमा वर्गीकरण गरेर सुरक्षा प्रदान गरिरहेको बताए । उनले जिल्लालाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर सुरक्षा प्रदान गरिरहेको बताए । केन्द्रमा निर्वाचन परिचालन योजना लागू भइसकेको बताउँदै उनले जिल्लामा पनि लागू गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिए ।
More

यस्तो निर्णय आयो मन्त्रिपरिषद्को

काठमाडौं । सरकारले धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीमा निर्माण गरेको मुसहर बस्तीको जग्गा दर्तामा राजश्व छुट दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बर्दिवासको मुसहर बस्तीको जग्गा र घरको मालपोतमा दर्ता गर्दा लाग्ने शुल्क छुट गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई न्याय मिल्ने गरि दोषीमाथि कारवाही अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली नेतृत्वको छानविन समितिको सिफारिसको आधारमा सरकारले दोषीलाई कारवाही गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले मिजार परिवारलाई राहत स्वरुप दस लाख रुपैयाँ र परिवारका सदस्यलाई निःशुल्क शिक्षा दिने पनि
More

राप्रपाको संघर्ष कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको गरिमा र संवैधानिक हैसियतबारे आफ्नो पार्टी पूर्ण रुपमा सचेत रहेको जनाएको छ । आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिप्रति आफ्नो दल ध्यानाकर्षित भएको जनाउँदै राप्रपाले एक जिम्मेवार राजनीतिक दलका रुपमा पार्टीले सञ्चालन गरेको र गर्ने कार्य संविधान र प्रचलित कानुनअनुरुप रहने स्पष्ट गरेको छ । पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्थानीय तहको निर्वाचन मुख्य एजेन्डा भएको र निर्वाचन सुनिश्चितता प्राथमिकता भएको हुँदा निर्वाचन आयोगले पार्टीको मागबमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेतलाई दृष्टिगत गर्दै पार्टीले सञ्चालन गर्ने सङ्घर्षको कार्यक्रम अहिलेलाई स्थगन गरिएको छ । ” यद्यपि पार्टी
More

एनआरएन पोल्यान्डको शुभकामना आदानप्रदान कार्यक्रम

पोल्यान्ड । गैरआवासीय नेपाली संघ पोल्यान्डको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पोल्यान्डको वारसवामा संस्थाका अध्यक्ष डा बोधराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको छ । नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न क्षेत्रबाट उपस्थिति भएका व्यक्तिहरूलाई शुभकामना दिदै डा सुवेदीले भन्नुभयो ” पोल्यान्डमा दर्ता भएको नेपालीहरुको एक मात्र गैरआवासीय नेपाली संघ पोल्यान्ड तपाईं हामी सबैको साझा संस्था हो । यो संस्थाबाट समय समयमा नेपाली समुदाय हरु एक आपसमा जमघट हुने वातावरण तयार गर्न पाउँदा खुशी लागेको छ ।” आगामी दिनमा हुने एनआरएन पोल्यान्डको अधिवेशनमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको थियो । उक्त कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान गरिरहेका र रमाइलो गरिरहेका थिए
More

ईटालीको रोममा मन्दिर र जनजातिका पोशाक प्रदर्शनी हुने

रोम । ईटालीको रोममा अप्रिल २२ बाट शुरु हुन लागेको अन्तर् राष्ट्रिय मेलामा पहिलो पटक नेपाली मन्दिर र झण्डै एक दर्जन बिभिन्न जनजातिका पोशाकहरुको प्रदर्शन हुन गैरहेको छ । यसै मेलामा वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारीकरण बिषयक अन्तरक्रिया कार्यक्रमपनि हुँदैछ । त्यसकालागि गैह्र आवाशिय नेपाली संघका पूर्व केन्द्रिय अध्यक्ष, वर्तमान प्रमुख संरक्षक तथा ब्यापारी जिवा लामिछाने, गैह्र अवाशिय संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, गैह्र आवाशिय संघका अन्य मुलुकका पदाधिकारी, कलाकार, लेखक, पत्रकार तथा युरोपमा नेपाली उत्पादनको ब्यापार गरिरहेका तिन दर्जनभन्दा बढि ब्यवशायीहरुकाबिच अन्तर्क्रिया हुँदै छ । कार्यक्रममा ब्यापारी जिवा लामिछानेको पुस्तक सर्सर्ति संसारको बिमोचनसमेत गरिने भएको छ
More

नेपाली योगा थेरापिस्ट पन्त बेलायतमा

स्कटल्याण्ड । नेपालका पुर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा ख्यातिप्राप्त योग प्रशिक्षक पुष्करराज पन्त बेलायतमा विभिन्न स्थानमा योग प्रशिक्षण दिइरहेका छन् । बेलायत र जर्मनीका विभिन्न ठाउ“मा उनले ६ मईसम्म योग कक्षा संचालन गर्नेछन् । पन्तले १३ अप्रिलमा हिमालयन सेन्टर फर आर्टस एन्ड कल्चरले स्कटलेण्डमा र नेपाल स्कटलेण्ड एशोसिएनले एडिनबर्गमा आयोजना गरेको नया“ वर्षको कार्यक्रममा योग र सकारात्मक जीवनशैलीबारे प्रशिक्षण दिएका थिए । त्यस्तै, १६ अप्रिलमा ग्लास्गो नेपालिज एशोसिएसन र दियो क्लब युके द्वारा आयोजित एक दिवसीय निःशुल्क योग प्रशिक्षण शिविर सञ्चालन गरेका थिए । बेलायतको ब्रम्हिमगममा शान्ति समाज युकेको आयोजनामा १९ अप्रिलमा हुने कार्यक्रममा पनि प्रशिक्षक पन्तले योगसम्बन्धि कार्यपत्र प्रस्तुत
More

पत्रकार महासङ्घको ताला खुल्यो

काठमाडौं । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खोलिएको छ । सप्तरी शाखाका असन्तुष्ट सदस्यको माग सम्बोधन भएपछि ताला खोलिएको महासङ्घका महासचिव उजिर मगरले जानकारी दिनुभयो । वैशाख २० गते अधिवेशन गर्ने, अघिल्लो अधिवेशनमा सहभागी भएका सबैको नवीकरण गर्ने सहमति भएपछि ताला खुलाइएको उहाँले बताउनुभयो । यसैगरी प्रकाश खतिवडाको अध्यक्षतामा बनेको कार्यसमितिले नयाँ सदस्यका लागि पुनःआह्वान गर्ने सदस्य दिलाउने सहमतिसमेत भएको मगरले जानकारी गराउनुभयो । शाखाका असन्तुष्ट सदस्यले पुराना सदस्यको नवीकरण गर्नुपर्ने, नयाँ सदस्य खुलाउनुपर्ने जस्ता माग राख्दै चैत ३० गते ताला लगाएका थिए । पछिल्लोपटक महासङ्घका सदस्यका विषयलाई लिएर तालाबन्दी गर्ने प्रचलन बढेको छ ।
More

काँग्रेस पदाधिकारी गम्भीर छलफलमा

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका सम्बन्धमा नेपाली काँग्रेसका पदाधिकारी तथा वरिष्ठ केन्द्रीय सम्मिलित बैठकले छलफल गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज भएको बैठकमा मुलुकभर पार्टीको निर्वाचन तयारी र अवस्थाका बारेमा छलफल भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीको निर्वाचन तयारी, निर्वाचनमा सर्वसम्मतरुपमा पार्टीको उम्मेदवार चयन गर्नुपर्ने विषयदेखि निर्वाचनमा सहभागी नहुने निर्णय गरेका मधेसकेन्द्रित दललाई कसरी सहमति ल्याउने भन्नेबारेमा समेत छलफल भएको बताइएको छ । काँग्रेसले निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन पार्टीका स्थानीय संरचनालाई जिम्मा दिईसकेको छ । पार्टीले निर्वाचन तयारीका लागि सबै जिल्लामा पदाधिकारी तथा केन्द्रीय सदस्य खटाउनुका
More

निर्वाचनपछि संविधान संशोधनबारे सोचिनेछ : अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताउनुभएको छ । थाइल्यान्डमा नियमित उपचार गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचनमा अड्को थाप्ने र निर्वाचनसँग असम्बन्धित विषय अघि सारेर अल्मल्याउने काम गर्न नहुने जनाउँदै तोकिएको समयमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहो-याउनुभयो । सरकारले संविधान संशोधनको नयाँ विधेयक एक साताअघि व्यवस्थापिका–संसद्मा दर्ता गरेको थियो । अध्यक्ष ओलीले भन्नुभयो, “वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुन्छ भन्नेमा ‘बट र इफ’ भन्ने हुँदैन । यो लोकतन्त्रका लागि भात खानु जस्तै हो । यसमा सबैले भाग लिएर जनताका बीचमा निर्वाध
More