Daily Archives 21st April 2017

अरुण थुनिएकाले सतर्क रहन आग्रह

भोजपुर । अरुण नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले प्रभावित स्थानका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । दुई दिनदेखि अरुण नदी थुनिएर बनेको ताल फुटेर हुन सक्ने सम्भावित दुर्घटनाबाट सतर्क रहन प्रशासनले भोजपुर जिल्लाको नदी किनार आसपास साल्पासिलिथो गाउँपालिका, अरुण गाउँपालिकाको लेगुवा बजार र षडानन्द नगरपालिकाको देउरालीका बासिन्दालाई आग्रह गरेको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको आकस्मिक बैठकले ताल फुटेर हुन सक्ने खतराबाट सजग हुन सर्वसाधारणलाई सूचना गर्ने र नदीको किनारमा माछा मार्न, गाईवस्तु चराउन, डुङ्गामा आवतजावत गर्नसमेत रोक लगाउने निर्णय गरेको समितिका संयोजक एवम् प्रजिअ गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । बिहीबार गेगरसहितको बाढीले सङ्खुवासभाको अरुण नदीमा
More

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौ । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिसँगै भ्रमण दलका सदस्य शान्तिमन्त्री सीतादेवी यादवलगायत पनि स्वदेश फर्कनुभएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत सो भ्रमणअन्तर्गत नयाँ दिल्लीका महत्वपूर्ण भ्रमणपछि नेपाल फर्कनुभएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख ३ गते त्यसतर्फ जानुभएको थियो ।
More

चन्दा बोलेर नदिनेलाई एनआरएनमा उम्मेदवार बन्न नदिइने

लण्डन। गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्दै केन्द्रीय कार्यालय भवन निर्माण, वैदेशीक रोजगार कोष लगायतका परियोजनामा वोलेको रकम सहयोगदाताले नदिए पछि त्यस्ता दाताको आलोचना हुन थालेको छ । गैरआवासीय नेपाली संघ बेल्जियको आयोजनामा शुक्रवार भएको एक अन्तरक्रियामा सहभागीहरुले सहयोग बोलेर नदिनेलाई गैरआवासीय नेपाली संघको राष्ट्रिय समिति र आगामी अक्टोवरमा हुने विश्व सम्मेलनमा उम्मेदवार हुनबाट रोक्नु पर्ने आवाज उठाए । गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसी र महिला संयोजक सपिला राजभण्डारीको आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले संघले पछिल्लो पटक साधारण सदस्यको शुल्क ५ डरलबाट १५ डलर बढाउनुको औचित्य माग गरे । कार्यक्रममा बोल्दै संघका महासचिव केसीले साधारण सदस्यताको शुल्क बृद्धी नगरिएको
More

म्यादी प्रहरीको तालिम

स्थानीय तह निर्वाचन सुरक्षाका लागि छनौट भएका म्यादी प्रहरीलाई म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा शुक्रबार तालिम प्रदान गरिँदै । तस्बिर : सन्तोष गौतम,
More

मधेसी मोर्चा निर्वाचनमा जान सकारात्मक

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधनको विधेयक परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रधानन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सत्तारुढ दल र मोर्चामा आबद्ध छ दलबीचको बैठकमा सोसम्बन्धी समझदारी भएको हो । बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रस्तावमा केही कुरा परिमार्जन गर्नुपर्ने, संविधान संशोधन पारित गर्ने र सबैले चुनावमा भाग लिने कुरा उठेको बताउँदै निर्वाचन दुई चरणमा गर्ने वा एकै पटक गर्ने भन्ने विषयमा भने शनिबार छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्ने र सबैले निर्वाचनमा भाग लिने विषयमा छलफल
More

काङमाङ नरेश राईको ‘पप्पी फूल’ मा बहस

काठमाडौं । काङमाङ नरेश राईकृत कविता संग्रह ‘पप्पी फूल’माथि बहस भएको छ । सोमबार राजधानीमा आयोजित कृतिको विमोचन समारोहसँगै यसमाथि बहस गरिएको हो । विमोचनपश्चात पत्रकार, लेखक दीपक सापकाले सहजीकरण गरेको विमर्श कार्यक्रममा बोल्दै कवि भूपाल राईले युद्धको ‘आइडियोलोजी’ आफू बाँच्नु रहेको बताए । ‘युद्धको रुप र आयाम फरिन्छ, तर कुनै न कुनै रुपमा युद्ध भइरहेकै हुन्छ’ राईले भने । उनले समकालीन नेपाली कविताको दुनियाँमा नरेशका कविता नयाँ विषय भएको बताए । साथै उनले नेपालमै पनि दश वर्षे जनयुद्धपछि आख्यानको तुलनामा कविता कम सिर्जना भएको स्वीकार गरे । आख्यानकार युग पाठकले भने युद्ध ‘कम्फर्ट जोन’मा रहँदा परेवा उडाएर बस्नेहरुले युद्धलाई
More

‘शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न

शान्ति नेपाली समाज बेलायत को आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री कोशलेश्वर ढकालको सभापतित्व तथा महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी द्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभआरम्भ गरिएको हो। कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि, बुद्दिजिबि वर्ग लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ५०० जना भन्दा बढीको संख्यामा नेपालीहरुको उपस्थिति रहयो। साथै कार्यक्रममा संस्थाका उपाध्क्षय भोजराज भण्डारीले स्वागत मन्तब्य राखेका छन्। नेपाली सहिदहरूको सम्झनामा मिनेट मौन धारण गरी राष्ट्रिय गान गाउँदै कार्यक्रम अगाडी बढेको थियो। मनमोहक बातावरणमा उपस्थित सबै मा नयाँ वर्षको सुभकामना आदान-प्रदान भएको थियो्र कार्यक्रममा चर्चित राष्ट्रिय लोक
More

राप्रपाले बैशाख ११ गतेसम्म घोषणा–पत्र सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागि हुन आह्वान गरेको छ । केन्द्रीय कार्य समितिको आजको आकस्मिक बैठकले मधेस केन्द्रित दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार र प्रमुख दललाई आह्वान गर्दै प्रदर्शन गरेर भएपनि निर्वाचनमा सहभागी हुन मोर्चालाई आग्रह गरेको हो । बैशाख ११ गतेसम्म निर्वाचन घोषणा–पत्र सार्वजनिक गर्ने निर्णय गरेको बैठकले कमल थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । समितिमा वरिष्ठ नेताद्वय लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर राणा, दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे छन् । रामचन्द्र राय, ध्रवबहादुर प्रधान, राजेन्द्र लिङदेन, धवलशम्शेर राणा,
More

बेलायती संसदमा सप्तरी घटनाबारे छानबिन हुनुपर्ने माग

काठमाडौं । बेलायती सांसद एन्न क्लाउडले ब्रिटिस संसदमा नेपालको सप्तरीमा भएको घटनाको छानविन हुनुपर्ने बताएकी छन् । नेपालबारे प्रस्ताव दर्ता गर्दै उनले संविधान संशोधनपछि मात्रै नेपालमा स्थानीय निर्वाचन हुनुपर्नेमा समेत जोड दिएकी हुन् । साइनन् उपत्यकाबाट संसदमा प्रतिनिधित्व गर्ने लेबर पार्टीकी सांसद क्लाउडले तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्यधिक बलको प्रयोग हुनु चिन्ताजनक रहेको र नेपालको सुरक्षा अंगलाई कुनै पनि सहयोग दिनुअघि उनीहरुको काम अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए/नभएको विश्लेषण गर्नुपर्ने पनि बताइन् । साथै राजनीतिक कार्यकर्ता र प्रदर्शनकारीलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक सञ्चालन गर्न आग्रह पनि गर्नुपर्ने उनको प्रस्ताव छ । सांसद क्लाउडले वैशाख ३१ गते हुने निर्वाचन अघि संविधान संशोधन हुनुपर्नेमा
More

कुल आचार्यद्धारा एनआरएनए उपाध्यक्ष पदको दावी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक कुल आचार्यले संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विश्व सम्मेलनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने वताएका छन् । आचार्यले पत्रकार बसन्त रानाभाटसंगको एक अन्तरवार्तामा आफुले यूरोप संयोजकको जिम्मेवारी समालि सकेको अनुभवको आधारमा पदाधिकारी पद मध्य उपाध्यक्षमा उम्मेदवारी दिने सम्भवना रहेको वताए । उनले भने ‘मेरो चहाना संघको पदाधिकारी मध्य एक पदको जिम्मेवारी लिएर काम गर्ने हो साथीहरुले के सल्लाहा दिनुहुन्छ त्यही अनुसार अगाडि बढ्ने हो’ । आचार्यले ‘सबैसँग छलफल गरेर संघको हितमा हुने गरि आफ्नो उम्मेदवारीको बारेमा उदार दिलले छलफल गर्न तयार रहेको’ वताए । उनले गैरआवासीय नेपाली संघको आसन्न निर्वाचन अघि हुने
More

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कनुहुने

उडिसा । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुने भएको छ । भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही वैशाख ४ गते मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आउनुभएकी राष्ट्रपति भण्डारीले आफ्नो पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत यहाँस्थित विभिन्न पार्टीका नेताहरुले राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्नुभएको थियो । भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित
More

बरुण नदीमा बाढी आएपछि अरुण नदी थुनियो

सङ्खुवासभा । बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ । नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेको छ । नदी थुनिएपछि कपासे, भोटखोला गाउँपालिका ४ र ५ नं वडा, तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन् । ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्था छ
More

दाजुभाइ अध्यक्षको चुनावी प्रतिस्पर्धामा

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि सहोदर दाजुभाइ कर्णबहादुर राना र लोकेन्द्रबहादुर राना चुनावी मैदानमा उत्रिने भएका छन् । कर्णबहादुर नेपाली काँग्रेस र लोकेन्द्रबहादुर नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिने भएका हुन् । “हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट अध्यक्ष पदको उम्मेदवार बनेका छौँ । भाइ नाता पारिवारिक नाता हो । हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट उम्मेदवार बनेका हौँ” – कर्णबहादुर रानाले भन्नुभयो । आफू १४ वर्षको उमेरदेखि नै माओवादीमा लागेको र अहिले गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेको लोकेन्द्रबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो
More

दूतावासले केही नेपालीलाई उद्धार गरी स्वदेश फर्कायो

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको जनाइएको छ । सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङको पक्षमा कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको पनि जनाइएको छ । सन् २०१५ देखि मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दै आएका सिन्धुपाल्चोकका तामाङलाई पनि नेपाल फर्काइएको छ । यसअघि गत चैत २४ गते सोही दूतावासले नुवाकोटका बिफ लामा तथा सिन्धुलीका लीला भोलन तथा भोजपुरका जयकुमार खवासलाई
More

सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकनको कागजात किर्ते !

काठमाडौं । सर्वोच्च अदालतमा विचारधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेस गरिएको एउटा सरकारी कागजातको किर्तेबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । डिआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षकको पदमा आफ्नो दाबीका रुपमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्यांकन फारम कसरी उनको हात पर्यो, त्यसबारे छानबिन गर्न मन्त्रिपरिषद्ले आदेश दिएको हो । सिलवालले पेस गरिएको भनिएको कागजात किर्ते भएको भन्दै मन्त्रिपरिषद्ले कार्यसम्पादन मूल्यांकनमा प्रकाश अर्याल र उनको नम्बर हेरफेर गरी बुझाइएको ठहर गरेको छ । सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही
More