Daily Archives 22nd April 2017

बेलायतको संसदीय चुनाबमा उम्मेदवार बन्ने अभियानमा प्रवासी नेपाली

डार्टफोर्ड काउन्सिलमा हाल लेबर पार्टीबाट काउन्सिलर हुनु भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको सम्भावित उम्मेदवार हुने भएका छन् । लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट आगामी जुन ८ मा हुने संसदीय चुनावमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा. कैनीले समेत आवेदन दिएको बुझिएको छ । प्रारम्भिक सूचना अनुसार उक्त क्षेत्रबाट डा. कैनी सहित जम्मा तीन जनाको आवेदन पर्ने सम्भावना रहेको कुरा जानकारीमा आएको छ । आवेदकहरु मध्येबाट यो अप्रिल महिनाको अन्त्य सम्ममा पार्टीको केन्द्रिय समितिले एक जना उम्मेदवारको छनौट गर्नेछ । डा. कैनी लेबर पार्टीको सन् २०१४ मा म्यानचेस्टर मा भएको बार्षिक अधिवेशनमा
More

आन्दोलन स्थगित गरेर मधेशी मोर्चा निर्वाचनमा जान सहमत

काठमाडौं । सत्तारुढ दल र मधेसी मोर्चाबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ । पहिलो चरणमा वैशाख ३१ गते नै र दोस्रो चरणको मिति निर्वाचन आयोगसँग छलफल गरी तोकिने । मोर्चाले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने र मोर्चा निर्वाचनमा जाने सहमति भएको हो । सहमतिअनुसार पहिलो चरणको निर्वाचन वैशाख ३१ गते नै हुनेछ भने दोस्रो चरणको मिति सरकारले निर्वाचन आयोगसँगको परामर्शमा तय गर्नेछ। त्यसभन्दा अगाडि संविधान संशोधन हुनुपर्ने मोर्चाको माग सरकारले पूरा गर्दिनुपर्ने छ ।
More

मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी । विगतमा सरकारसँग भएको सम्झौता र सहमति कार्यान्वयन नभएसम्म निर्वाचनमा सहभागी पनि नहुने र बिथोलेरै छाड्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज सप्तरी सदरमुकाम राजविराजमा झडप भएको छ । निर्वाचनको प्रयोजनका लागि स्थानीय केशो अनिरुद्ध माविमा आज आयोजित मतदाता शिक्षा स्वयम्सेवक तालिम बिथोल्न जाँदा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । मोर्चाका कार्यकर्ताले तालिम हल भित्र पसेर शैक्षिक सामग्री र आवश्यक कागजात च्यात्ने र नियन्त्रणमा लिन थालेपछि प्रहरीले लाठी प्रहार गरेको हो । घटना पछि मतदाता शिक्षा कार्यक्रम स्थगन गरिएको छ । प्रहरीको लाठी प्रहारबाट मोर्चाका शम्भु यादव, विनोद यादव, आशोलाल यादल र मनोज
More

व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा निर्वाचन सर्दैन: प्रमुख आयुक्त डा यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले वैशाख ३१ को स्थानीय तहको निर्वाचन व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा नसर्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मतपेटिका र मसीलगायतका सामग्रीको व्यवस्थापन गरी ढुवानीसमेत सुरु भइसकेकाले यो अवस्थामा प्रतिकूल हुने निर्णय भएमा हामी सङ्कटमा पर्दछौँ, त्यसैले ३१ गतेको निर्वाचनको मिति सर्दैन, फेरबदल हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो–‘‘वैशाख ३१ गतेको लागि मेहनतका साथ अघि बढिरहेका छौँ, निर्वाचन सम्पन्न नहुन्जेलसम्म हरेक दिन नयाँ समस्या आउँछन् त्यसलाई समाधान गर्ने क्षमता आयोगले राख्नुपर्दछ, त्यो क्षमता छ, तर आयोगको परिधिभन्दा बाहिरको राजनीतिक समस्या अझै
More

मलेसियाबाट १८ नेपालीको उद्धार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्बद्ध अधिकारीलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिट्टै उद्धार गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्धारका लागि पहल गरेको थियो । सरकारको कूटनीतिक पहल र परराष्ट्र मन्त्रालयको
More

चर्चामा ‘साँइला…’ (भिडियोसहित)

काठमाडौं । केही समयअघि ‘साँइली’ ले नेपाली सांगीतिक बजार तताएको थियो । तर, यतिखेर भने ‘साँइला’ चर्चा छ । केही दिनअघि यु–ट्युबमा सार्वजनिक भएको गायिका अनिला राईको ‘साँइला’ बोल गीतको भिडियो दर्शक तथा श्रोताले रुचाएका छन् । जसमा प्रदेशिएका साँइलाहरुलाई समर्पित गरिएको छ । पत्रकार एमपी सुब्बाले निर्देशन गरेको यस भिडियोमा साँइलीको भूमिकामा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुलेले अभिनय गरेकी छन् भने अभिनेता दिक्पाल कार्की प्रदेशिएका साँइला बनेका छन् । गीतको भावअनुसार निशा र दिक्पालले जीवन्त अभिनय गरेका छन् । थुप्रै म्युजिक भिडियो तथा केही नेपाली चलचित्रमा अभिनय गरिसेकी निशाले यस भिडियोबाट धेरै अपेक्षा गरेको सुनाइन् । भिडियो रिजिलकै
More

नेका जे बोल्छ, त्यो पूरा गर्छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताउनुभएको छ । जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको उहाँहरुले दाबी गर्दै विसं २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोषसमेत गर्नुभएको छ । अखण्ड नेपाल पार्टी समानान्तरको काँग्रेसमा प्रवेश कार्यक्रमलाई आज पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई–मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो । काँग्रेस केन्द्रीय समितिको विसं २०७२ माघ ११ गते बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आप्mनो पार्टीलाई काँग्रेसमा
More

प्रम दाहालसँग अमेरिकी सिनेटरले भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीले भेटवार्ता गर्दै । तस्बिर: प्रदीपराज वन्त
More

‘आज मधेसी मोर्चासँग निर्णायक वार्ता’

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसी मोर्चासँग भएको वार्ता सकारात्मक भएको बताएका छन् । मिरमिरे युवा समाजले आज सिनामङ्गलमा आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले निर्वाचनमा जान मधेसी मोर्चा सहमति नजिक आएको बताएका हुन । आज मधेसी मोर्चा र सरकारबीच निर्णायक वार्ता हुने उनको दाबी थियो । नेता सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनको मुख्य भूमिका काँग्रेसको रहेको भन्दै यसका लागि सबै दललाई मिलाउने र निर्वाचनमा लैजाने जिम्मा काँग्रेस भएको विचार व्यक्त गरे । नेता सिंहले पछिल्लो समय भएका छलफल र वार्ताले मुलुकमा चुनावी वातावरण बन्दै गएको भन्दै निर्धक्क भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई
More

मुस्ताङको कागबेनीमा बस दुर्घटना, पाँच जनाको मृत्य, सबैको सनाखत

मुस्ताङ । मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलका अनुसार मृत्यु हुनेमा काठमाडौं–३५ का भोला अधिकारी, काठमाडौं कोटेश्वरका पुरुषोत्तम ढकाल, भक्तपुर, चाँगुनारायणकी सीता तिमिल्सिना, काठमाडौं कागेश्वरीकी कान्ति खड्का र ललितपुर, इमाडोलकी लिला खड्का रहेका छन् । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ना ५ ख ६०६७ नम्बरको बस कागवेनीको उकालोमा दुर्घटना भएको हो । म्याग्दी बस सञ्चालक समितिद्वारा सञ्चालित बसमा ३५ यात्रु सवार रहेको बताइएको छ । बसमा सवार अघिकांश यात्रु घाइते भएको जनाईएको छ । १५ जना गम्भिर घाईतेलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको प्रजिअ पोखरेलले बताए ।
More

महासङ्घ काठमाडौंको निर्वाचन आइतबार

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ । शुक्रबार शाखाको १० आँै अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी गराउनुभयो । निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ । आइतबार निर्वाचनका लागि आज उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने छन् । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शाखा कार्यालय भृकुटीमण्डपमा कार्यसमितिका लागि बिहान ११ देखि १ बजेसम्म र केन्द्रीय पार्षद् तथा प्रदेश पार्षद्का लागि बिहान २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउने समय तोकिएको पोखरेलले जानकारी गराउनुभयो ।
More

आजको राशीफल हेर्नुस्

आज मिति २०७४ बैशाख ९ गते, शनिवार । तदनुसार २२ अप्रिल, २०१७, एकादशी । तपाईको आज कस्तो रहला त ? आउननुहोस् आजको राशिफल हेरौंः मेषः आफन्तहरुको सहयोगमा काम पूरा हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । वृषः लामो समयपछि आफन्तसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । काम गर्ने तरिकामा सुधार आउनेछ । लेनदेनमा भने विवाद बढ्ने देखिन्छ । मिथुनः बिश्वास गरेकाले साथ दिनेछन । सोचे भन्दा खर्च बढ्नेछ । नोकरीमा पदोन्नति हुने योग रहेको छ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । कर्कटः नयाँ जागिरको योग रहेको छ । नसोचेको काममा सफलता मिल्नेछ । ब्यापार
More

घुस लिएको अभियोगमा तीन पक्राउ

चितवन । जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडीन्द्रराज तिवारी छन् । उनीहरुमध्ये निरौलाले चण्डीभन्ज्याङका बिर्खलाल गुरुङको हजुरबुबाका नामको जग्गा हजुरआमाका नाममा नामसारी गर्न नाममा मणि र मनि नमिलेको भन्दै रु छ हजार मागेको गुरुङले आरोप लगाउनुभयो । त्यस्तै कम्युटर अपरेटर तिवारीले रु ५०० लिएको अभियोग लगाइएको छ । । लेखापढी व्यवसायीले बिचौयियाको काम गरेको आरोप छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार संरक्षण मञ्च
More

शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष कार्यक्रम भव्य

लन्डन । शान्ति नेपाली समाज बेलायतको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कोशलेश्वर ढकालको सभापतित्वमा, प्रमुख अथिति महामहिम राजदुत डा. दुर्गाबहादुर सुवेदीद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो। कार्यक्रममा बिभिन्न संगसस्थाका प्रतिनिधि,बुद्दिजिबि वर्ग लागायत बिशिस्ठ व्यक्तिहरुको उपस्थिति थियो। उक्त कार्यक्रम मा ५०० भन्दा बढी को संख्यामा नेपाली दिदीबहिनी , बुवा आमा तथा दाजुभाई हरुको उपस्थिति थियो। साथै कार्यक्रममा सस्था का उपाध्क्षय भोजराज भण्डारी ले स्वागत मन्तब्य दिएका थिए भने भुपेन्द्र पाठकले औपचारिक कार्यक्रम संचालन गरेका थिए र सास्कृतिक कार्यक्रम सस्थाका सक्रिय सदस्यहरु जानकी गैरे र
More

नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको अधिबेशन सम्पन्न

स्वीट्जरल्यान्ड । नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको चौथो अधिबेशन सफल सम्पन्न भएकोछ। १६ अप्रिल २०१७( तदनुसार बैशाख 3 गते २०७४) गते स्वीट्जरल्यान्डको राजधानी बर्न शहरमा भएको थियो। समितिका अध्यक्ष राम कुमार महतोको सभापतित्वमा महामन्त्री तिलक थापाले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि, सभापति लगायत अतिथिहरु संगै संयुक्त दीप प्रज्वलन गरेर जन सम्पर्क समिति स्वीट्जरल्यान्डको चौथो अधिबेशन शुरु गरिएको थियो। नेपाली काङ्ग्रेसले आफ्नो स्थापना देखि प्रतिपादन गरेको राष्ट्रियता,लोकतन्त्र र समाजवादका आदर्श, मुल्य र मान्यताका आधारमा न्यायपूर्ण,गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाको लागि देखाएको प्रतिबद्धता र यस पार्टीका नेता तथा कार्यकर्ताले गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता
More