Daily Archives 25th April 2017

द्वन्द्वपीडितले पाउने रकम अर्कैलाई

खोटाङ । जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको रु पाँख लाख रकममध्ये रु चार लाख ३० हजार रकम नेकपा (एमाले)का स्थानीय नेता विदुर राईले लिएको खुलासा भएको हो । द्वन्द्वका क्रममा २०६० साल चैत २५ गते राति हत्या गरिएका मृतक तामाङ परिवारले जिल्लाका दलहरुबीचको विवादका कारण दश वर्ष ढिला गरी राहत पाएपनि राईले झुक्याएर चलाइदिएको पीडित जमुनाले गुनासो गर्नुभयो । “म अनपढ र गाउँकी एक्ली महिला भएकाले
More

अल्ट्रा धाविका मीरा राईलाई सम्मान

इटहरी । किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ । किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले उक्त नगद पुरस्कारसहित सम्मानपत्रबाट मीरा राईलाई सम्मान गरिएको हो । नेता किरातीले अल्ट्रा धाविका राईलाई रु ५० हजार नगद एवम् सम्मानपत्र प्रदान गर्नुहुँदै राईले सानै उमेरमा पु-याउनुभएको योगदान नेपालका लागि उच्च मूल्याङ्कनयोग्य रहेको कुरामा जोड दिनुहुँदै एक आदिवासी जनजाति किशोरीले विश्वमा नै धाविका बनेर नेपाल चिनाउने साहसिक काम गरेकोमा गौरव गर्नु पर्दछ भन्नुभयो । नेसनल ज्योग्राफी एन्ड नेचर एडभेन्चर्स अफ द
More